#मयद
Explore tagged Tumblr posts
Text
आधार-पैन लिंक करने की मियाद मार्च 2020 तक बढ़ी: सीबीडीटी
आधार-पैन लिंक करने की मियाद मार्च 2020 तक बढ़ी: सीबीडीटी
[ad_1]
नई दिल्ली. आधार-पैन कार्ड को लिंक करने की मियाद मार्च 2020 तक बढ़ा दी गई है। सेंट्रल बोर्ड ऑफ डायरेक्ट टेक्सेस (सीबीडीटी) ने सोमवार को इसकी जानकारी दी। पहले इसकी डेडलाइन 31 दिसंबर थी। सीबीडीटी ने अपने ट्विटर अकाउंट पर लिखा, आधार और पैन कार्ड को लिंक करने की मियाद 31 दिसंबर 2019 से बढ़ाकर 31 मार्च, 2020 कर दी गई है। विभाग ने आठवीं बार यह समयसीमा बढ़ाई है। इससे पहले आधार-पैन लिंक की डेडलाइन…
View On WordPress
#- देश न्यूज़#Aadhar#Aadhar-PAN Link#Biometrics#CBDT#National news#UIDAI#आधरपन#क#करन#तक#देश समाचार#बढ#मयद#मरच#लक#सबडट
0 notes
Photo
म्याद सकियो, हतियार बुझाइएन नवलपरासी, २५ चैत । नवलपरासीमा स्थानीय प्रशासनले इजाजतपत्र प्राप्त हातहतियार स्थानीय प्रहरी कार्यालयमा बुझाउन आग्रह गरे पनि कसैले पनि ��ातहतियार बुझाएका छैनन् । स्थानिय प्रशासनले सूचना प्रकाशन गरी गत चैत १६ गतेभित्र स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरुपमा इजाजतपत्र प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैको सूचना जारी गरेको थियो । यद्यपि सूचना जारी भई म्याद सकिएपनि कसैले पनि प्रहरीमा हातहतियार नबुझाएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो । नवलपरासीमा विभिन्न किसिमका तीनसय ३५ थान बन्दुकलाई निजी प्रयोजनका लागि आफनो सुरक्षार्थ लाइसन्स दिइएको प्रशासन कार्यालयको तथ्याङ्क छ जसमध्ये सबैभन्दा बढी १२ बोरका दुई सय ४२ बन्दुकको लाइसेन्स दिएको जिल्ला प्रशासनले जनाएको छ । यसैगरी भरुवा तीन, कटुई १३ र २२ बोरको राइफल पाँचच थान, १२ र २३ बोरको तीन, पेस्तोल एक, बृजलोड आठ, मेनीचर दुई थानलगायत विभिन्न देशमा निर्मित विभिन्न प्रकारका बन्दुकलाई इजाजत दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिलो चरणमा सूचना जारी भई म्याद सकिए पनि हालसम्म कसैले पनि हातहतियार कार्यालयमा नबुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो । आसन्न स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ अनुसार विभिन्न व्यक्तिसँग रहेका हातहतियार प्रहरीमा बुुझाउन स्थानीय प्रशासनले सूचित गरिएको थियो । लामो समसम्म पनि एउटा पनि हातहतियार प्रहरी कार्यालयमा इजाजतपत्र लिएका व्यक्तिले नबुझाएपछि पुन स्थानीय प्रशासन कार्यालयले पुनः सूचना जारी गरी आगामी वैशाख १६ गतेभित्र स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरुपमा इजाजतपत्र प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैका लागि स्थानीय प्रशासनले सूचना जारी गरेको छ । The post म्याद सकियो, हतियार बुझाइएन appeared first on Etajakhabar.
0 notes
Photo
पूर्वआईजीपीका नाति पनि म्यादी प्रहरीमा चैत २१ । ३१ वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी छनोट कार्य अहिले तीव्र रूपमा भइरहेको छ । ७५ हजार जनशक्तिका लागि १ लाख ७० हजारभन्दा बढीको आवेदन परेको छ । म्यादी प्रहरी भर्नाका लागि देशभर आकर्षण रहेको उल्लिखित तथ्यांकबाट पनि पुष्टि हुन्छ । म्यादी प्रहरीका लागि आर्थिक रूपमा कमजोर रहेका, बेरोजगार युवा शक्तिलगायतको आवेदन परेको हामी अनुमान गर्न सक्छौं । तर, म्यादी प्रहरीका लागि आवेदन हालेका एक युवाको पहुँच, आर्थिक स्थिति, सम्पन्नता हेर्ने हो भने हाम्रो अनुमान गलत पनि हुन सक्छ । हो, म्यादी प्रहरीका लागि एकजना यस्ता युवकले निवेदन हालेका छन्, जसलाई हामी सहजै पत्याउन सक्दैनौं । पत्याउन उनका कुरा सुन्नैपर्छ । उनी हुन्, नेपाल प्रहरीका पूर्वआईजीपी खड्गजित बरालका नाति पूजन बराल । उनले म्यादी प्रहरीका लागि दरखास्त हालेको त्यतिबेला खुलासा भयो, जब काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी छविलाल जोशीलाई पूर्वआईजीपी बरालले आफ्नो नातिलाई छनोटका लागि सिफारिस गरे । म्यादी प्रहरी छनोटमा व्यस्त एसएसपी जोशी सुरुमा त आफैं अचम्ममा परे । पूर्वआईजीपी बरालले आफ्ना नातिको म्यादी प्रहरी बनेर दुर्गम ठाउँमा गई सेवा गर्ने रहर सुनाउँदै ��एपछि उनलाई पत्याउन करै लाग्यो । त्यसपछि एसएसपी जोशीले म्यादी प्रहरी छनोट भइरहेको टेकु परिसरमा पूजनको खोजी गरे । उनलाई फेला पारेपछि एसएसपी जोशीले सोधे, ‘म्यादी प्रहरीमा भर्ना हुने हो र’ पूजनले सहजै जवाफ दिए, ‘हो, त्यसैका लागि त निवेदन हालेको र छनोटमा परिन्छ कि भनेर यहाँसम्म आएको ।’ पूजनले एसएसपी जोशीसँग भने, ‘म्यादी प्रहरी बन्न निवेदन दिएको मलाई तपाईंले बोलाएर नै सोधेपछि भर्ना हुने थप उत्साह मिलेको छ ।’ एसएसपीले जोशीले उनले आफू हजुरबाको प्रेरणाले म्यादी प्रहरीमा भर्ना हुन आएको बताएको जानकारी दिए । पूजन भर्खरै प्लस टु सकाएर उच्च शिक्षा अध्ययनका लागि भारत जाने तयारीमा छन् । ‘को–को आउँछन्, सबैको पारिवारिक अवस्था र उनीहरूको हैसियत केलाउने कुरा भएन, तर यसले के देखायो भने सम्पन्न परिवार, उच्च तहका व्यक्तिहरू पनि म्यादी प्रहरीमा भर्ना भएका छन्,’ परिसर प्रमुख एसएसपी जोशीले भने । पूर्वआईजीपी बरालले आफूले नेपाल आमाको सेवा गर्नुपर्छ भन्ने प्रेरणा दिएपछि उनमा म्यादी प्रहरीप्रति मोह बढेको बताए । ‘जागिरको आकर्षण आफ्नै स्थानमा होला, तर जीवनको महत्वबोध पनि हुन्छ, त्यसकारण म्यादी प्रहरीमा भर्ना भए राम्रै हुन्छ भन्ने सल्लाह दिएको हुँ,’ पूर्वआईजीपी बरालले भने, ‘आजकालका केटाहरूको सोचाइ ठूलो हुन्छ तर भुइँको सत्य जो छ, त्यसलाई आधार मान्नुपर्छ ।’ उनले आफूले नातिलाई घरमा बस्नुको साटो नेपाल बुझेर आइज भनेर सल्लाह दिएको पनि बताए । पूर्वआईजीपी बराले नाति पूजनलाई नेपालको सबैभन्दा दुर्गम गाउँमा जान पनि सल्लाह दिएका छन् । ‘आम नेपालीले कस्तो पीडा भोगेका छन्, दुर्गममा बस्ने नेपालीहरू कस्तो समस्यामा छन्, त्योबारे जानकारी हुने भएकाले पनि नातिलाई दुर्गममा जान सल्लाह दिएको हुँ,’ उनले भने । राजधानी The post पूर्वआईजीपीका नाति पनि म्यादी प्रहरीमा appeared first on नेपाल आज.
0 notes
Photo
एमाले झापाको दश दिने म्याद बनियानी (झापा), २३ चैत । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा (एमाले) झापाले उम्मेदवार सिफारिस र छनोटका लागि प्रक्रिया, विधि र समय सीमा निर्धारण गरेको छ । पार्टीको मङ्गलबार बसेको जिल्ला सचिवालयको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सबै गाउँपालिका र नगरपालिका तथा वडाका उम्मेदवारको सिफारिस गर्न १० दिनको समयसीमा निर्धारण गरेको छ । गाउँपालिका र नगरपालिका बिजोडी वडामा चैत २७ गते र जोडी वडामा चैत २८ गते बैठक बसेर वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्यको लागि उम्मेदवारको नामावली सिफारिस गर्न निर्देशन गरेको हो । त्यस्तै, गाउँपालिका र नगरपालिकाका अध्यक्ष–उपाध्यक्ष र मेयर–उपमेयरका उम्मेदवारको नामावली सिफारिस गर्न गाउँ–नगर सङ्गठन कमिटीलाई वैशाख ३ गते बैठक बस्न निर्देशन दिएको छ । पार्टी केन्द्रले निर्धारण गरेको मापदण्डसँगै स्थानीय पार्टी कामसमेतलाई आधार मानी उम्मेदवारको नाम सिफारिस गर्न अन्तरपार्टी निर्देशन जारी गरेको जिल्ला प्रचार विभाग प्रमुख माधव विद्रोहीले जानकारी दिनुभयो । जिल्ला पार्टीले मातहतका कमिटीलाई धेरैजनाको नाम सिफारिस नगर्न पनि सुझाएको छ । जिल्ला पार्टी कार्यालयका सचिव शिव ढुङ्गेलका अनुसार मातहत कमिटीले सकेसम्म एक÷एक जनाको नाममात्र निर्णय गरी अनुमोदनका लागि जिल्लामा पठाउन निर्देशन गरिएको छ । पार्टी स्थायी कमिटीको निर्णयअनुसार वडा कमिटीबाट सिफारिस गरिएका नामावलीमध्ये वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य तथा खुल्ला दुई सदस्यको उम्मेदवार जिल्ला ��मिटीले निर्णय गर्नेछ । यस्तै, नगरपालिकाको मेयर र उपमेयर तथा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने प्रावधान बनाइएको छ । The post एमाले झापाको दश दिने म्याद appeared first on Etajakhabar.
0 notes
Photo
म्यादी प्रहरीको तालिमको क्रममा तीन जनाको मृत्यु १९ चैत, काठमाडौं । म्यादी प्रहरीमा भर्ना हुनका लागि तालिममा रहेका तीन जनाको मृत्यु भएको छ । बाँकेमा तालिमका क्रममा २९ वर्षीय टोलबहालुर थारुको मृत्यु भएको हो । शनिबार
0 notes
Photo
म्यादी प्रहरीको तालिमको क्रममा एक युवकको मृत्यु १९ चैत, नेपालगञ्ज । म्यादी प्रहरीमा भर्ना हुनका लागि तालिममा रहेका एक युवकको मृत्यु भएको छ । २९ वर्षीय टोलबहालुर थारुको मृत्यु भएको हो । शनिबार एक किलोमिटर दौड
0 notes
Photo
७ नम्बर प्रदेशमा म्यादी प्रहरीमा भर्ना हुन मागभन्दा तेब्बर आवेदन १९चैत , कैलाली । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनको लागि सात नरम्बर प्रदेशमा माग गरेको म्यादी प्रहरीका लागि १९ हजार २ सय ५८ जनाको आवेदन परेको छ । यो
0 notes
Photo
कुमारीको कथाः भत्केको घर बनाउन र टुक्रेको मन बुझाउन म्यादी प्रहरीको सहारा १७ चैत, सिन्धुपाल्चोक । साँगाचोकगढी नगरपालिका इर्खुकी ३३ वर्षीया कुमारी नेपालीको पीडा सुनाउने हो भने एउटा ठूलो कथा बन्छ । तर, मनको बह पोख्न छाडेर उनी म्यादी प्रहरीको लाइनमा उभिएकी
0 notes
Photo
म्यादी प्रहरीमा भर्ना हुन चाहनेको लर्को बर्दिया, १७ चैत । स्थानीय निकायको निर्वाचनका लागि खोलिएको म्यादी प्रहरीमा भर्ना हुन बर्दियाका चौधरी समुदायका युवायुवतीको आकर्षण बढेको छ । जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा चौधरी समुदायका युवायुवती म्यादी प्रहरीमा जागिर खानका लागि आवेदन दिन बिहान ७ बजेदेखि नै लाइनमा बस्दै आएका छन् । बिहानैदेखि लाइनमा बसेका युवायुवतीले पढाइ भएपनि त्यही अनुसारको जागिर नपाएका र म्यादी प्रहरीमा भर्ना हुन आएको गोला गाविसका नरबहादुर चौधरीले बताउनुभयो । आवेदन फारम जिल्ला प्रहरी कार्यालय बर्दियाबाट वितरण भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम शाहीले बताउनुभयो । बिहानदेखि फाराम भर्नेको भीड भएका कारण बेलुकी ६ बजेसम्म फारम बुझ्ने गरेको उहाँले बताउनुभयो । चैत १७ गतेसम्म मात्र आवेदन फारम भर्न सकिने भएकाले बुधबारसम्म करिब पाँच हजारजनाले आवेदन फारम भरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । म्यादी प्रहरीको अवधि ५५ दिनको हुने बताइएको छ । म्यादी प्रहरी बन्नका लागि नेपाली नागरिक भएको हुनुपर्ने, १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, साधारण लेखपढ गर्न सक्ने, कुनै नैतिक पतन देखिने फौजदारी कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको तथा शारीरिक तथा मानसिकरुपले तन्दुरुस्त रहेको हुनुपर्ने आवश्यक योग्यता रहेको छ । आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन मधेसमा हुनै नदिने अडान राखेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सडकमा सङ्घर्ष गरिरहेका बेला निर्वाचनलाई लक्षित गरी सरकारले आह्वान गरेको म्यादी प्रहरी भर्नामा भने मधेसकै युवाको सहभागिता अत्यधिक रहेको छ । The post म्यादी प्रहरीमा भर्ना हुन चाहनेको लर्को appeared first on Etajakhabar.
0 notes
Photo
राउतलाई थप दश दिन म्याद थप ११ फागुन, सिराहा । देश टुक्र्याउने अभिव्यक्ति दिएका कारण प्रहरी हिरासतमा रहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई थप दश दिन म्याद थप गरिएको छ । सिरहा जिल्ला अदालतले आज तेस्रो पटक थप दस दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । स्वतन्त्र मधेशको पक्षमा गतिविधि गर्दै आएको आरोपमा राउत गएको माघ २० गते धनुषाको जनकपुरबाट पक्राउ परेका हुन् । राउत अहिले अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका छन् । हिरासतबाटै उनले सामाजिक सञ्जाल अपडेट गर्दै मधेशका नागरिकलाई आन्दोलनका लागि उक्साइरहेका छन् । यसैबीच, राउतका कार्यकर्ताले सिरहा सदरमुकाम जाने सडकमा पर्ने भलुवाही चोकमा झुण्ड्याएको ‘फ्रि मधेस’ लेखिएको ब्यानर प्रहरीले हटाउँदै गर्दाको फोटो खिच्दा पत्रकार कुटिएका छन् । राउत समर्थकहरुले झुण्ड्याएको ब्यानर प्रहरीले हटाउँदै गर्दाको फोटो खिच्दा प्रहरीले कुटपिट गरेको माउन्टेन टिभीका स्थानीय संवाददाता सुरेन्द्र कामती कुटिएका हुन् । ��त्रकार महासंघ जिल्ला शाखाले विज्ञप्ती जारी गरेर आक्रमणकारीलाई कारवाही गर्न माग गरेको छ । The post राउतलाई थप दश दिन म्याद थप appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
द्वन्द्वकालीन घटनाको छानविन गर्न बनेको समितिको समय सकिँदै, म्याद थप्न मन्त्रालयलाई पत्र काठमाडौँ, २४ माघ- द्वन्द्वकालीन घटनाको सत्य/तथ्य छानबिन गर्न गठित सत्य निरुपण तथा मेलमिलाप आयोगले म्याद थपका लागि अाइतबार शान्ति तथा पुनःनिर्माण मन्त्रालयलाई पत्र पठाएको छ । दुई वर्षका लागि गठन गरिएको आयोगको यही माघ २७ गते समय सकिने भएको हुँदा म्याद थपका लागि पत्र पठाएको आयोगका सदस्य मञ्चला झाले जानकारी दिनुभयो । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले म्याद थपका लागि यही माघ १२ गते नै मन्त्रालयलाई पत्र पठाइसकेको छ । दुई वर्षका लागि गठन गरिएको आयोगको काम पूरा नभएको अवस्थामा एक वर्ष म्याद थप गर्न सकिने कानुनी व्यवस्था छ ।
0 notes
Photo
सामुदायिक विद्यालयहरूमा करिब १४ लाख मूल्यबराबरको म्याद गुज्रिएका औषधि ! पुस १४ गते– जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले सामुदायिक विद्यालयहरूमा करिब १४ लाख मूल्यबराबरको म्याद गुज्रिएका औषधि पठाएको छ । स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत जनस्वास्थ्य कार्यालयले दुई सय ४८ वटा सामुदायिक विद्यालयमा १४ लाख रुपैयाँ मूल्यको प्राथमिक उपचार बक्स पठाएको थियो । म्याद गुज्रिएका पारासिटामोल, हेन्डिप्लास्ट, मलम, जीवनजल र हातमा लगाउने ग्लोब राखेर प्राथमिक उपचार बक्स विद्यालयमा पठाइएको थियो । जनस्वास्थ्यले खरिद गरेर विद्यालयमा पठाएका प्राथमिक उपचार बक्समा रहेका औषधिमध्ये पारासिटामोल ट्याब्लेटको सन् २०१६ अगस्ट र पेरिनोर्म मलमको म्याद नोभेम्बर २०१६ मै सकिएको छ । ब्यान्डेज, ग्लोब र साबुनको म्याद पनि ६ महिनाअघि सकिएको छ । जनस्वास्थ्यले साउन २३ मा शिक्षा कार्यालय पर्सामा सामुदायिक विद्यालयमा वितरण गर्न औषधिसहितको प्राथमिक उपचार बक्स पठाएको थियो । तर शिक्षा कार्यालयले असोज पहिलो सातामा ६ वटा स्रोत केन्द्रमातहतका सामुदायिक विद्यालयमा प्राथमिक उपचार बक्स वितरण गरेको थियो । ठोरी, भिस्वा, पोखरिया, जितपुर नौका टोला, बर्बा छटौली एवं वि श्रामपुर स्रोत केन्द्रमातहतका विद्यालयमा असोज पहिलो साता र श्रीपुर स्रोत केन्द्रअन्तर्गतका विद्यालयमा भने चार दिनअघि प्राथमिक उपचार बक्स पठाइएको जानकारी पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारीले दिए । ‘म यहाँ असोज १७ मा सरुवा भई आएको हुँ’, उनले भने, ‘सातवटा स्रोत केन्द्रमा म आउनुअघि नै बक्स पठाइसकिएको रहेछ । मैले श्रीपुर स्रोत केन्द्रमा मात्रै पठाएको हुँ । बाँकी दुई केन्द्रमा औषधि पठाउन बाँकी छ ।’ अन्नपूर्ण पाेष्टबाट ।
0 notes
Photo
खाद्यान्न पसलमा म्याद नाघेका सामग्री ललितपुर, ३ मङ्सिर । कार्यविनायक नगरपालिकाका कतिपय खाद्यान्न पसलमा म्याद नाघेका खाद्यान्न बेच्न राखिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा एस मिनीस्टोर र दीपक गुप्ता स्टोरले म्याद नाघेका र लेबल नभएका खानेकुरा बेच्न राखेको पाइएको हो । जिप्रका ललितपुरका बजार संरक्षण अधिकृत विष्णुप्रसाद सुवेदीले दूध, मसला, खुर्सानी लगायत खाद्यान्न म्याद सकिएको पाइएको बताउनुभयो । अनुगमन टोलीले कार्यविनायक–१ मा रहेको एस मिनीस्टोरमा बेच्न राखिएको दूध म्याद नाघेको पाएकाले सोही स्थानमा नष्ट गरेको छ । खुर्सानीको धुलो, बेसार, मसला लगायत खाद्यान्नमा भने लेबल नभएको पाइएको छ । कार्यविनायक–३ को गुप्ता स्टोरले बेच्न राखेको म्याद नाघेका पाउरोटी टोलीले नष्ट गरेको छ । त्यस्तै दुनोट, मकैको पिठोलगायत खाद्यान्नमा लेबल नभएको पाइएको छ । टोलीले अरु खाद्यान्न पसलमा समेत अनुगमन गरेको थियो । टोलीले ठूला गल्ती नपाइएका खाद्यान्न पसललाई लेबल भएका सामान मात्रै किन्न र बेच्न निर्देशन दिएको छ । पहिलेभन्दा खाद्यान्न पसल सुधार हुँदै गएको पाइएको सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो,– पहिलेभन्दा पछिल्ला दिनमा खाद्यान्न पसल सजग हुँदै गएको हामीले पाएका छौँ, पहिले नगरका भित्री भागमा मात्रै अनुगमन केन्द्रित भए पनि पछिल्लो समयमा नगरोन्मुख ठाउँमा समेत हुन थालेको छ ।
0 notes
Photo
म्याद गुज्रेका औषधिसहित सिअहेब पक्राउ राजविराज, १३ कात्तिक । सप्तरीको लालपट्टि गाविसको स्वाथ्यचौकीबाट म्याद गुज्रेका औषधिसहित सिनियर अहेबलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा इप्रका, सखडाबाट खटिएको प्रहरी टोलीले जिल्लाको लालपट्टि गाविसमा रहेको स्वाथ्यचौकीबाट उपभोग्य म्याद सकिएको सन् २०१५ लेखिएको पारासिटामोल ५०० मिलिग्रामको ६०२ थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । आवश्यक अनुसन्धानका लागि सो स्वास्थ्य कार्यालयमा कार्यरत सिअहेब आनन्दलाल यादवलाई नियन्त्रणमा लिइएको छ । काठ बरामद हर्दिया गाविसबाट काठसहित शुक्रबार सात जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा इप्रका, भेडियाबाट खटिएको प्रहरी टोलीले हर्दिया गविस–२ बस्ने रामप्रित चौधरीका घरमा लुकाइराखेको ५.८ क्युविक फिट सखुवाको काठसहित उनीहरुलाई पक्राउ गरेको हो । अभियुक्तलाई शुक्रबार नै इलाका वन कार्यालय, दौलतपुरमा ��वश्यक कारबाहीका लागि बुझाइएको जिप्रका, सप्तरीले जनाएको छ । यस्तै जिल्लाका विभिन्न ठाउँबाट ठूलो परिमाणको पटाका बरामद गरिएको छ ।
0 notes
Photo
लोकमानको म्याद नबुझाउने तामेलदारलाई स्पष्टीकरण, जेल सजाय पनि हुनसक्ने काठमाडौँ, ३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालतमा उपस्थित हुन गरिएको म्याद सूचना बुझाउन अवरोध खडा गरेको भन्दै ��ामेलदार, वडा सचिव र खरिदारलाई स���्वोच्च अदालतले लिखित जवाफ बुझाउन आदेश दिएको छ । सर्वाेच्चले तामेलदार शम्भुबहादुर खत्री, काठमाडौँ महानगरपालिका वडा नं १० का सचिव अधिकृत सरिता राई र खरिदार अभिषेक अर्याललाई न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले किन कारबाही नगर्ने भन्दै प्रश्न सोधेको छ । इजलासले तीनै जनालाई मुलुकी ऐन, अदालती बन्दोबस्त १११ नम्बरबमोजिम रु एक हजार जरिवाना र १५ दिन कैद किन गर्न नपर्ने हो, त्यसको जवाफ सात दिनभित्र दिन सूचना जारी गर्न आदेश दिएको छ । इजलासले उनीहरुलाई आफैँ उपस्थित भएर अदालतमा लिखित जवाफ बुझाउन समेत आदेश दिएको छ । प्रमुख आयुक्त कार्कीको नियुक्ति विवाद सर्वोच्चले पुनरावलोकन गर्ने निर्णय गरेसँगै १५ दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चले गत असोज ९ गते उहाँको नाममा म्याद सूचनासम्बन्धी पत्र पठाएको थियो । विभिन्न बाहनामा म्याद तामेल गर्न आलटाल गरिएको भए पनि सोमबार प्रमुख आयुक्त कार्कीको बानेश्वरस्थित घरमा सूचना टाँसेर म्याद तामेल गरिएको सर्वोच्चले जनाएको छ । यसअघि प्रमुख आयुक्त कार्कीको घरमा सूचना पु¥याउने क्रममा निज तीनै जनाले बाधा आवरोध गरेको अदालतको ठहर छ ।
0 notes
Text
लोकमानको घरमा म्याद टाँस्न जाँदा अवरोध
लोकमानको घरमा म्याद टाँस्न जाँदा अवरोध
१ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्ने सर्बोच्च अदालतको प्रयास पुनः असफल भएको छ । आफुलाई सामसुङको कर्मचारी बताउने केही पुरुषहरुको समूहले सर्बोच्चको तामेलदार नेतृत्वको टोलीलाई म्याद टाँस्न रोकेको हो । लोकमानसिंह कार्कीको नयाँ बानेश्वरस्थित घर आफुहरुले भाडामा लिएको भन्दै उनीहरुले म्यादपत्र टाँस्न नदिएको बताइएको छ । केहिबेरको…
View On WordPress
0 notes