#गजरक
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
धनाढ्य बन्नुअघि यति धेरै असफलताबाट गुज्रेका थिए ज्याक मा ३१ चैत, काठमाडौं । चीनका चर्चित धनाढ्य ज्याक मा गत १० सेप्टेम्बरमा ५२ वर्ष पुगेका छन् । उनीसँग अहिले २७ अर्ब ९० करोड अमेरीकी डलर बराबरको सम्पत्ति छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
दैनिक गुजाराको लागि आयोडिनरहित नूनको बढी प्रयोग पाल्पा, मङ्सिर ११ । जिल्लाका केही विकट र दुर्गम गाउँबस्तीमा अझैसम्म पनि ज्ञान र चेतनाको कमीले गर्दा आयोडिनयुक्त नूनको प्रयोग गर्नेको संख्या अझै कम छ र खुला नुन (ढिके नुन) को प्रयोग गर्ने संख्या धेरै रहेको छ । अझै पनि दुर्गम ग्रामीण भेगहरुका जनताहरु खुल्ला नुनकै भरमा जीवन गुजारा गर्दै आएका छन् । झिरुवास खाँदरकी लक्ष्मी पाटा मगरले आफूले जानेदेखि नै खुल्ला नुनको प्रयोग गर्दै आइरहेको बताएकी छिन् । आयोडिनयुक्त प्याकेटको नुन प्रयोग सम्बन्धी उनी अझैपनि अनविज्ञ रहेकी छिन् । पाटा जस्तै यस गाउँका धेरै महिलाले खाना पकाउँदा सधैं खुल्ला नुनको प्रयोग गर्ने गरेको बताउने गरेको छ। विरकोटका व्यापारी दलबहादुर श्रेष्ठले एक महिनामा दश क्वीन्टल भन्दा बढी खुल्ला नुन बिक्री हुने गरेको बताएको छ । मित्याल रुक्से भज्याङका व्यापारी सन्तोष सारु मगरले भनृ, ‘ग्राहकले प्याकेटको नुनको सट्टा खुल्ला नुन नै खोज्छन्, एक–दुई जनाले मात्र आयोडिनयुक्त नुन प्रयोग गर्ने गर्दछन् ।’ खुल्ला नुनको व्यापार अन्यको तुलनामा राम्रै हुने गरेको उनले बताएको छ । प्याकेटको नूनभन्दा खुल्ला नुनको मूल्य अलि सस्तो रहेकोले प्याकेटको नूनभन्दा खुल्ला नुनको बढी प्रयोग गर्दै आइरहेको गोठादीकी मीना चिदिले बताउँछिन् । आयोडिनयुक्त नुनको प्रयोग सम्बन्धमा जिल्ला स्वास्थ्य कार्यालय, नेपाल सरकार, विभिन्न सङ्घ संस्थाले गरेको सचेतनामूलक कार्यक्रम प्रभावकारी नभएका कारण ग्रामीण बस्तीमा खुल्ला नुनको प्रयोगमा न्यूनीकरण नभएको हो । सूचना तथा सञ्चारको क्षेत्र विस्तार भइरहेकै बेला रेडियो, टेलिभिजनबाट प्रसारण हुने सचेतनामूलक सन्देश वर्तमान समयमा स्थानीयस्तरमा रहेका एफएम रेडियोबाट समेत प्रसारण हुने गर्दछ । सबैका घरघरमा रेडियोको पहुँच पुगेकै छ । मानिसमा चेतनाको कमीका कारण ग्रामीण क्षेत्रमा आयोडिनरहित नुनको प्रयोग कम हुन नसकेको स्वास्थ्य प्राविधिक बताउँछन् । ग्रामीण बस्तीका मानिसमा आयोडिनयुक्त नुनको प्रयोग कम भएका कारण विभिन्न रोग लाग्ने गरेको स्वास्थ्यकर्मी जीवन रानाले बताएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
जाजरकाेटका बजारमा ८० प्रतिशतभन्दा बढी म्याद गुज्रेका वस्तु भेटिए अर्थ/बजारः जाजरकाेट कात्तिक – १७ । जाजरकाेटका स्थानीय बजारमा पाइने ८० प्रतिशतभन्दा बढी वस्तुको म्याद गुज्रेको पाइएको छ । जिल्लाका ग्रामीण क्षेत्रका बजारमा अनुगमन कहिल्यै पनि नहुने भएकाले व्यापारीले म्याद गुज्रेका सामग्री धमाधम बिक्री गर्ने गरेको पाइएको हो । जाजरकोट तथा रुकुमका स्थानीय बजारमा खुलेआम यस्ता म्याद गुज्रेका सामग्री बिक्री गर्ने गरेको भए पनि नियामक निकाय भने मौन बसेको स्थानीयको गुनासो छ । जिल्लाका कालीमटी, चौखा, रिम्ना, थलहबजार, घाट, छेडा, मोर्क, तल्लु र रुकुमको आठविसकोट राडीलगायतका दर्जनौँ ठाउँमा यस्तो समस्या देखिएको छ । यही बाटो भएर डोल्पा जाने सामग्री पनि अधिकांश म्याद गुज्रेको पाइएको डोल्पाका रामचन्द्र न्यौपानेले बताए। ग्रामीण क्षेत्रका किसान पसलबाट खरिद गरी लिने सामग्रीको म्याद नहेर्ने भएकाले पनि व्यापारीलाई ठग्न सजिलो भएको छ । बिस्कुट, विभिन्न पिय पदार्थ, चाउचाउ, खानेतेललगायतका वस्तु बढी म्याद गुज्रेको पाइएको छ । स्थानीय प्रशासनले भने टाढा भएको भन्दै अनुगमनमा आलटाल गर्दै आएको छ । केही औषधि पसलमा समेत औषधिको म्याद गएको फेला परेको छ । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले तिहारपछि अनुगमनलाई तीव्रता दिइने बताए। वर्षौंदेखि ग्रामीण क्षेत्रमा दर्ता नै नभएका पसलमा म्याद गुर्जेका वस्तुको बिक्री वितरण हुँदै आएको छ । रासस The post जाजरकाेटका बजारमा ८० प्रतिशतभन्दा बढी म्याद गुज्रेका वस्तु भेटिए appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
म्याद गुज्रेका औषधिसहित सिअहेब पक्राउ राजविराज, १३ कात्तिक । सप्तरीको लालपट्टि गाविसको स्वाथ्यचौकीबाट म्याद गुज्रेका औषधिसहित सिनियर अहेबलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा इप्रका, सखडाबाट खटिएको प्रहरी टोलीले जिल्लाको लालपट्टि गाविसमा रहेको स्वाथ्यचौकीबाट उपभोग्य म्याद सकिएको सन् २०१५ लेखिएको पारासिटामोल ५०० मिलिग्रामको ६०२ थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । आवश्यक अनुसन्धानका लागि सो स्वास्थ्य कार्यालयमा कार्यरत सिअहेब आनन्दलाल यादवलाई नियन्त्रणमा लिइएको छ । काठ बरामद हर्दिया गाविसबाट काठसहित शुक्रबार सात जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा इप्रका, भेडियाबाट खटिएको प्रहरी टोलीले हर्दिया गविस–२ बस्ने रामप्रित चौधरीका घरमा लुकाइराखेको ५.८ क्युविक फिट सखुवाको काठसहित उनीहरुलाई पक्राउ गरेको हो । अभियुक्तलाई शुक्रबार नै इलाका वन कार्यालय, दौलतपुरमा आवश्यक कारबाहीका ��ागि बुझाइएको जिप्रका, सप्तरीले जनाएको छ । यस्तै जिल्लाका विभिन्न ठाउँबाट ठूलो परिमाणको पटाका बरामद गरिएको छ ।
0 notes