#परवरलई
Explore tagged Tumblr posts
Photo
भूकम्पप्रभावित परिवारलाई सौर्यबत्ती र सुधारिएको चुलो वितरण नगरकोट, १७ वैशाख । भक्तपुरका भूकम्पप्रभावित परिवारलाई जिल्ला समन्वय समिति, वैकल्पिक ऊर्जा केन्द्र भक्तपुरले सौर्यबत्ती र सुधारिएको चुलो वितरण गरेको छ । साबिक नगरकोट नगरपालिका–५, अनन्तलिङ्गेश्वर नपा–६, ७ र ८, सूर्यविनायक नपा–१२ र १३, चाँगुनारायण नपा–१, २, ३ र ४ मा सौर्यबत्ती तथा नगरकोट –२, ७, ९, १२ र १३ मा सुधारिएको चुलो वितरण गरिएको हो । वैकल्पिक ऊर्जा केन्द्रले उपलब्ध गराएको सामग्री समुदायमा वितरण गर्ने कार्य भने नेपाल रेडक्रस सोसाइटी भक्तपुरले गरेको हो । हालसम्म पाँच सय ८५ भूकम्पप्रभावित घरधुरीलाई सुधारिएको चुलो र तीन हजार पाँच सय ८८ घरधुरीलाई सौर्यबत्ती वितरण गरिएको छ । The post भूकम्पप्रभावित परिवारलाई सौर्यबत्ती र सुधारिएको चुलो वितरण appeared first on Etajakhabar.
0 notes
Photo
एसएसबीको गोलीबाट मृत्यु भएका यादवको परिवारलाई क्षतिपूर्ति दिइने पर्सा (पोखरिया), १६ वैशाख । भारतीय एसएसबीका जवानले प्रहार गरेको गोली लागेर मृत्यु भएका नेपाली ��ागरिकले आठ वर्ष पछि क्षतिपूर्ति पाउने भएका छन् । बाराको मटिअर्वा घर भएका ५० वर्षीय मुकुन्द राय यादवको विसं २०६६ साल असोज १७ गते भारतको बिहार जमुनिया नजिकै एसएसवीले चलाएको गोली लागेर मृत्यु भएको थियो । जमुनिया बजारबाट उपभोग्य सामान खरिद गरी फर्किने क्रममा एसएसबीसँग विवाद हुँदा यादवको गोली हानी हत्या गरिएको थियो । निर्दाेष व्यक्तिको हत्या भएको भन्दै दुवै देशका मानवअधिकारवादी सङ्घ सङ्गठन र विभिन्न सङ्घसंस्थाले चर्काे विरोध गरेपछि आठ वर्ष पछि मृतक नेपालीको परिवारले क्षतिपूर्ति पाउने भएका हुन् । एसएबीका प्रहरी अधिकृतले बारा र पर्साका प्रहरी प्रशासनलाई यही वैशाख ७ गते पत्राचार गर्दै मृतक यादवलाई रु पाँच लाख भारतीय रुपैयाँ क्षतिपूर्र्ति दिने निर्णय गरिएको जनाएको छ । The post एसएसबीको गोलीबाट मृत्यु भएका यादवको परिवारलाई क्षतिपूर्ति दिइने appeared first on Etajakhabar.
0 notes
Photo
अजित मिजार र लक्ष्मी परियारको परिवारलाई १०/१० लाख, दोषीलाई कारबाही गर्न निर्देशन ७ वैशाख, काठमाडौं । अन्तरजातिय विवाहका कारण गैरदलित परिवारबाट मारिएका काभ्रे पाँचखालका अजित मिजार र काभ्रेकै लक्ष्मी परियारको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीको प्रस्तावमा मन्त्रिपरिषदको आज विहान बसेको बैठकले प्रति परिवार १० लाख राहत दिने निर्णय गरेको हो । त्यस्तै मन्त्रि श्रीपालीकै प्रस्तावमा मन्त्रिपरिषदले लक्ष्मी परियारको छोरा छोरीको लालन पालन तथा शिक्षाको समेत सरकारले जिम्मेवारी लिने भएको छ । स्थानिय कल्पना पराजुलीसँग विवाह गरेका अजित मिजारलाई गत असारमा धादिङको कुम्पुर गाविस स्थित फुर्के खोला किनारमा हत्या गरिएको थियो । त्यस्तै बोक्सीको आरोपमा काभ्रेकै लक्ष्मि परियारलाई मलमुत्र खुवाएर गैरदलितले हत्या गरेका थिए । यी दुवै घटना छानबीन गर्नका लागि यसअघिको मन्त्रिपरिषद बैठकले मन्त्री श्रीपालीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले उक्त घटनामा दोषी रहेका व्यक्तिहरुको किटानी समेत गरेको छ । दोषीलाई कारबाही गर्न आजको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको नाममा निर्देशन समेत दिएको छ । त्यस्तै मृतक अजित मिजारको शव प्रक्रिया पु-याएर आफन्तलाई जिम्मा लगाउन पनि आजको मन्त्रिपरिषद बैठकले निर्देशन दिएको छ ।
0 notes
Photo
मृत्यु हुँदा गर्भवती थिइन् यी अभिनेत्री, परिवारलाई लाश पनि मिलेन वैशाख–२ । बलिउडको चर्चित फिल्म ‘सूर्यवंशम’ रिलिज हुनेबित्तिकै फ्लप भएको थियो । तर, आज यो बलिउडको सबभन्दा चर्चित फिल्ममध्ये एक हो । मुभी च्यानलमा हरेक दुई तीन दिनमा यो फिल्म देखाइने गरेको छ । फिल्ममा अमिताभ बच्चनसँग दक्षिण भारतीय फिल्मकी नायिका सौन्दर्या रघुले जोडि बाँधेकी थिइन् । फिल्म रिलिज भएको पाँच वर्षपछि सौन्दर्याको मृत्यु भएको […] The post मृत्यु हुँदा गर्भवती थिइन् यी अभिनेत्री, परिवारलाई लाश पनि मिलेन appeared first on नेपाल आज.
0 notes
Photo
ई-रिक्साले फेरेको जीवनः पहिले परिवारको सहारामा, अहिले परिवारलाई सहारा ३० चैत, झापा । नेपाल सरकारबाट ‘क’ वर्गको पूर्ण अशक्त अपाङ्गता परिचय पत्र पाएका दमकका ४२ वर्षीय पदम थापा एक वर्ष अघिसम्म परिवारको पूर्ण सहारामा बाँच्दै आएका थिए ।
0 notes
Photo
सहिद गौतमको परिवारलाई माओवादीबाट ६ लाख राहत १० चैत, काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले केही दिन पहिले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले हत्या गरेका सहिद गोविन्द गौतमको परिवारलाई रु ६ लाख सहयोग प्रदान गरेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव र केन्द्रीय कार्यालयको निर्णयअनुसार नै आज कञ्चनपुरमा स्थानीय पार्टी नेतृत्वले सहिद गौतमका श्रीमती लक्ष्मी गौतमलाई राहत रकम प्रदान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । माओवादीले सहिद गौतमका श्रीमती, बुबा, आमा र छोरीलाई साथै राखेर राहत रकम प्रदान गरेको हो । माओवादी केन्द्रका नेता एवम् कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले केही दिन अघि कञ्चनपुरमा गौतम परिवारलाई राहत रकम प्रदान गर्ने घोषणा गरेका थिए । सरकारले गौतमलाई सहिद घोषणा गरिसकेको छ । पुनर्वासमा कल्भर्ट बनाउने विषयमा सामान्य विवाद हुँदा भारतीय सुरक्षाकर्मीको हातबाट गौतमको हत्या भएको थियो । सरकारका तर्फबाट रु १० लाख राहत रकम दिइसकिएको छ । रासस The post सहिद गौतमको परिवारलाई माओवादीबाट ६ लाख राहत appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
तेह्रथुमका अग्निपीडित ३५ परिवारलाई राहत तेह्रथुम, २ चैत- तेह्रथुमस्थित सक्रान्ति बजारका अग्निपीडित ३५ परिवारलाई जिल्ला दैव���प्रकोप उद्धार समितिले प्रतिपरिवार नगद रु १० हजारका दरले राहत वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, स्थानीय विकास अधिकारी तुलसी गौतमसहितको टोलीले सक्रान्ति बजार पुगेर सो राहत वितरण गरेको हो । गत पुस १ गते आगलागी हुँदा सक्रान्ति बजारका २४ घर पूर्णरुपमा जलेका थिए भने बाँकीमा आंशिक क्षति पुगेको थियो । आगलागीपछि सो क्षेत्रको स्थलगत निरीक्षणका क्रममा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले आगलागीबाट विस्थापित भएका व्यवसायीलाई स��ेत नगद रु १० हजार उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । सोही घोषणा बमोजिम घर भाडामा बसेका ३५ परिवारलाई नगद रु १० हजारका दरले राहत वितरण गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी आशमान तामाङले बताउनुभयो । आगलागीबाट ७३ परिवार विस्थापित भएका थिए भने कुल रु १४ करोड आठ लाखको क्षति भएको थियो ।
0 notes
Photo
उपचार गर्दागर्दै दिवंगत भएका पत्रकार छत्र परियारको परिवारलाई आर्थिक सहयोग काठमाडौं, २५ माघ – काठमाडौंमा उपचार गर्दागर्दै दिवंगत हुनुभएका पत्रकार छत्र परियारको परिवारलाई संस्थागत र व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्ने क्रम जारी छ । यसै क्रममा परियार मित्रता समाज – कतारबाट परियार मित्रता समाजका केन्द्रिय अध्यक्ष सुमन नेपाली, परियार मित्रता समाज, रुपन्देहीका सचिव सपना परियार र परियार मित्रता समाज, रुपन्देहीका सह–सचिव आशिष परियारमार्फत रु. १८ हजार सहयोग प्राप्त भएको छ । त्यस्तै युकेमा कार्यरत रिता परियारबाट रु. ५ हजार सहयोग प्राप्त भएको छ । दाङ निवासी स्वर्गीय छत्र परियारको केही समय अघि उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो । ‘मृत्युपछि उहाँको परिवारलाई दैनिक गुजारा असहज भएको र केही सहयोग उठाउन सके परिवारलाई (विशेषगरि सानो १ वर्षे बालकलाई) केही भएपनि राहत पुग्ने थियो’ पोखरा घर भई काठमाडौंमा कार्यरत पत्रकार सन्तोष परियारले भने, ‘थोरै–थोरै भएपनि सहयोग जुटेको छ, खुशी लागेको छ ।’ उनले थपे, ‘जे जति सकिन्छ, विश्वभरका साथीहरुबाट सहयोगको वाचा आइरहेको छ ।’ यसभन्दा अघि पनि सन्तोष परियारको पहलमा विभिन्न व्यक्तिहरुबाट रकम संकलन गरि छत्र परियारको उपचार भइरहेको र उपचार गर्दागर्दै वहाँको मृत्यु भएपछि पनि परिवारलाई राहत दिने कार्य गरिएको थियो । साथै गल्र्स राइजिङ्ग रुमले पनि परिवारलाई सहयोग गरेको थियो ।
0 notes
Photo
भिडमा च्यापिएर मृत्यु भएका युवकको परिवारलाई शाहरुखले पूर्ण रुपमा सहयोग गर्ने एजेन्सी । रइशको प्रचारका लागी निस्केका शाहरुख खान आफ्ना एक फ्यानको मृत्यु भएपछि उनी अप्ठ्यारोमा परेका छन् । गुजरातको वडोदरा स्टेशन नजिकै शाहरुख खानलाई हेर्न आएका एक व्यक्रिको मृत्यु भएपछि शाहरुखले मृत्यु भएका ब्यक्ति शाहरुखका सहयोगीका अफन्त भएको शाहरुखले बताएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सो अवसरमा शाहरुखले ति युवकको मृत्यु हृदयघातका कारण आँफुहरु त्यहाँबाट गएपछि भएको बताए । शाहरुखले यो निकै दुःखद घटना भएको र मृतकका परिवारलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । दुर्घटना हुनु अघि शाहरुख खान अगस्ट क्रान्ति एक्सप्रेसमार्फत मुम्बईबाट दिल्ली आइरहेका थिए ।
0 notes
Photo
तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका रार्इकाे परिवारलाई १ करोड क्षतिपूर्ति माघ – ७ । कुवेतमा ज्यान गुमाएका मात्तिम–७ का चन्द्रबोल राईको परिवारलाई करिब एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको छ । वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई रु ९८ लाख दश हजार २२० क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो । राईले काम गर्ने कम्पनीबाट जिल्ला प्रशासन कार्यालयमा आएको रकम मृतककी आमा सुभद्रालाई उपलब्ध गराइएको प्रजिअ चन्द्रबहादुर कार्कीले बताए। मृतकका परिवारले पाएको उक्त रकम जिल्लामा अहिलेसम्मकै सबैभन्दा धेरै रहेको जिप्रकाले जनाएको छ । कुवेतमा दुई वर्ष बसेर घर फर्केपछि पुनः कुवेत पुगेका चन्द्रबोलको तीन महिनापछि विसं २०७१ साउन १३ गते गाडी दुर्घटनामा मृत्यु भएको उनका भाइ सन्तोषले बताए। छुट्टीमा घर आएका समयमा विवाह गरेर कुवेत गएका राईको तीन महिनापछि नै मृत्यु भएपछि उनकी श्रीमती दोस्रो विवाह गरेर अन्यत्र गएकी छन् । श्रीमान्को मृत्यु भएपछि कम्पनीले दिने क्षतिपूर्तिबापतको रकमका लागि कागजी प्रक्रिया मिलाइदिएर उनी अर्कैसँग विवाह गरेर गएको स्थानीयवासीले बताएका छन् । राईकी श्रीमती अर्कैसँग विवाह गरेर गएपछि हकवालाका रुपमा उनकी आमा सुभद्रालाई चेकमार्फत क्षतिपूर्ति रकम उपलब्ध गराइएको प्रशासनले जनाएको छ । The post तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका रार्इकाे परिवारलाई १ करोड क्षतिपूर्ति appeared first on नेपाल आज.
0 notes
Photo
हत्या गरिएका वन रक्षक शाहीको परिवारलाई सहयोग काठमाडौँ, २६ पुस- वन तथा भूसंरक्षण मन्त्रालयले कार्यरत भएकै अवस्थामा हत्या गरिएका वन रक्ष��� गणेशबहादुर शाहीको परिवारलाई सहयोग गरेको छ । वनमन्त्री शङ्कर भण्डारी, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यलगायतको टोलीले आज स्व शाहीको परिवार बसोबास गरेको जिल्ला जाजरकोट पुगी परिवारलाई राहतस्वरुप रु एक लाख हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ । यसबाहेक मन्त्री भण्डारीले मृतककी पत्नीलाई जिल्ला वन कार्यालय जाजरकोटमा करार सेवामा नियुक्तिको पत्रसमेत हस्तान्तरण गर्नुभएको मन्त्रालयका सहप्रवक्ता यज्ञनाथ दाहालले जानकारी दिनुभयो । वन रक्षक शाहको हाल कार्यरत जिल्ला ताप्लेजुङमा कामका सिलसिलामा यही पुस १७ गते हत्या भएको थियो । उहाँलाई सरकारले सहिद घोषणा गरिसकेको छ ।
0 notes
Photo
चिसोबाट प्रभावित परिवारलाई डसना र सिरक वितरण राजविराज, १ पुस- बढ्दो चिसो तथा शीतलहरबाट प्रभावित सप्तरीका दिघवा गाविसका गरिब तथा विपन्न परिवारलाई डसना र सिरक वितरण गरिएको छ । सुनसरी इटहरीका ‘क्वीक भोलेन्टियर्स’को सहयोग र सरसफाइ, वातावरण तथा ऊर्जा नामक संस्थाको सहकार्यमा चिसोबाट बच्नका लागि एक/एकवटा सिरक र डसनाका दरले २० परिवारलाई वितरण गरिएको क्वीक भोलेन्टियर्सका संयोजक सञ्जय चौधरीले जानकारी दिनुभयो । सप्तरीमा विगत एक सातादेखि चिसो हावासंगै चलेको ��ीतलहरबाट गरिब तथा विपन्न परिवार प्रभावित भएका छन् ।
0 notes
Photo
शिक्षकको मृत्यु भएपछि विद्यार्थीले उठाए सहयोग रकम, डेढ लाख रुपैयाँ परिवारलाई हस्तान्तरण पोखरा, २८ कात्तिक – लुम्ले–४, चन्द्रकोट स्थित संगम माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले आफ्ना पूर्व शिक्षक स्व. यमलाल देवकोटाको परिवारलाई आर्थिक सहयोग गरेका छन् । स्व. देवकोटाको छोराछोरीको पढाईको सहयोगार्थ वहाँका पूर्व विद्यार्थीहरुद्वारा संकलन गरिएको एक लाख ३१ हजार रुपैयाँ, पोखरा–१ सिम्पानी स्थित वहाँकै निबासमा पुगी औपचारिक रुपमा आज हस्तान्तरण गरिएको छ । गत भदौ १६ गते ५२ वर्षको उमेरमा मस्तिष्कघातका कारण देवकोटाको असामयिक निधन भएपछि संगम मा.वि.का पूर्व विद्यार्थीहरुले आफ्ना श्रद्धेय शिक्षकको परिवारको लागि सामाजिक सञ्जाल फेसबुक मार्फत आर्थिक सहयोग संकलन अभियान शुरु गरिएका थिए । सोही विद्यालयका पूर्व विद्यार्थी आश बहादुर गुरुङ्गको विशेष पहलमा शुरु गरिएको उक्त अभियानमा स्वदेश तथा विदेशमा रहेका २७ जनाले स्वतःस्फूर्त रुपमा सहयोग गरेका थिए । अभियानमा हङ्गकङ्गमा कार्यरत लुम्ले–६ की कमला गुरुङ्गको ���क्रियतामा २२ हजार दुई सय ५० रुपैयाँ संकलन भएको थियो भने बेलायत (यु.के.) मा कार्यरत लुम्ले–१, माझगाँउका जया गुरुङ्ग र निता गुरुङ्गको विशेष पहलमा ३६ हजार चार सय रुपैयाँ संकलन भएको थियो । यसैगरी उक्त अभियानमा हाल अमेरिका, जापान, अस्ट्रेलिया, मकाऊ, पोर्चुगल, स्पेन, फिलिपिन्स र बहराईन लगायतका मुलुकमा रहेका विभिन्न सहयोगदाताहरुबाट समेत रकम प्राप्त भएको थियो । कार्यक्रममा आर्थिक सहयोग संकलन अधियानका संयोजक आश बहादुर गुरुङ्गले अभियानमा सहभागी सम्पूर्ण सहयोगदाताहरुको बारे परिचय गराउनुका साथै उक्त अभियानको उद्देश्य माथि प्रकाश पारेका थिए । त्यस्तै कार्यक्रममा संगम मा.वि. का पूर्व शिक्षक भक्त बहादुर गुरुङ्गले आफ्ना सहकर्मी स्व. देवकोटाको बारेमा मन्तव्य राख्नु भएको थियो । यसैगरी देवकोटा परिवारका तर्फबाट स्व. यमलाल देवकोटाका भाई सुनील देवकोटाले आफ्नो परिवार माथि आइपरेको यस दुःखद घडीमा सहानुभूतिपूर्वक साथ र सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । संगम मा.वि., चन्द्रकोटका पूर्व विद्यार्थीहरुका साथै विदेशबाट सहयोग रकम पठाउनेहरुको परिवारका सदस्यहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन संयोजक आश बहादुर गुरुङ्गले गरेका थिए । कार्यक्रमको अन्तमा स्थानीय गुरुङ्ग परम्परा अनुसार स्व. शिक्षक देवकोटाको परिवारजनलाई स्याईस्याई गरिएको थियो । साथै स्व. देवकोटा प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना स्वरुप एक मिनेट मौनधारण गरी कार्यक्रम बिसर्जन गरिएको थियो । लुम्ले–५ स्थायी घर भई पोखरा–२ अर्चलबोट स्थित श्री विन्ध्यबासिनी उच्च मा.वि. मा प्राध्यापन गर्दै आएका स्व. देवकोटाको श्रीमति, एक छोरा र एक छोरी रहेका छन् । छोरा चर्चित र छोरी चर्चिता (एलिसा) देवकोटा हाल क्रमशः कक्षा १० र कक्षा ६ मा अध्ययनरत छन् । उक्त सहयोग रकम स्व. देवकोटाका छोरा र छोरीको नाँउमा ५ वर्षे मुद्दती खाता खोली बैंकमा जम्मा गरिएको छ । बैंकबाट प्राप्त ब्याज आम्दानी चर्चित र चर्चिताका लागि आवश्यक स्टेशनरी सामाग्री खरिदमा प्रयोग हुने विश्वास गरिएको छ ।
0 notes
Photo
माथिल्लो तामाकोसीको सेयर अतिविपन्न र सहिद परिवारलाई दिइने कात्तिक – २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा सरकारको तर्फ गरिएको लगानी सेयरस्वरुप अतिविपन्न र सहिद परिवारलाई बाँड्ने तयारी भइरहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले माथिल्लो तामाकोसी बनाउन सरकारले दिएको ११ अर्ब ऋण अतिविपन्न र सहिद परिवारका लागि सेयरका ��ूपमा रूपान्तरण गर्ने बताएका हुन् । ऋणलाई सेयरमा रूपान्तरण गर्नका लागि सरकारले गृहकार्य गरिरहेको पनि उनले जानकारी दिए । आयोजना निर्माणमा कर्मचारी सञ्चय कोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोष र बिमा संस्थानको २(२ अर्ब ऋण लगानी छ । नपुग ११ अर्ब सरकारले ऋण लगानी गर्ने प्रतिबद्धता गरेको छ । आयोजनाको सेयर संरचनाअनुसार नेपाल विद्युत् प्राधिकरण ४१ प्रतिशत, नेपाल टेलिकम ६ प्रतिशत, नागरिक लगानी कोष २ प्रतिशत, राष्ट्रिय बिमा संस्थान २ प्रतिशत र कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरु १७ दशमलब २८ प्रतिशत लगानी रहेको छ । त्यसैगरी सर्वसाधारणको १५ प्रतिशत, आयोजनामा ऋण लगानीकर्ता संस्थाका कर्मचारीको २ दशमलब ८८ प्रतिशत, कम्पनी र विद्युत प्राधिकरण कर्मचारीको ३ दशमलब ८४ प्रतिशत र दोलखाबासीको १० प्रतिशत सेयर हुनेछ । The post माथिल्लो तामाकोसीको सेयर अतिविपन्न र सहिद परिवारलाई दिइने appeared first on नेपाल आज.
0 notes
Photo
आस हराएकाको सास आइपुगेपछि परिवारलाई पत्याउन मुस्किल, विक्षिप्त निरज स्वदेश फर्के भारत, २१ कात्तिक । आँखाबाट आँसु खसेन, न त मुखबाट बोली नै फुट्यो । आलिङ्गन गर्ने होस जुटेन । खुसीले मुटु भक्कानियो । मञ्जुदेवी निःशब्द बनिन् । छत्तीस वर्षीय निरजले पाउमा ढोगे । चिनेजानेका अरुलाई पनि उनले ढोग गरे । निरजका झैं गाउँलेका आँखामा आँशु टिलपिलाए । पिंढीको खाटमा निरज थ्याच्च बसे । कोही बोल्न सकेनन् । हेराहेर मात्रै भयो । एकछिन सन्नाटा छायो । निरजका नजर सबैतिर डुले । पाँच वर्षकी छोरी सनिकुमारी पहिलो भेटमै नौलोको काखमा लुटपुटिइन् । ऊ पनि आश्चर्यचकित भयो । एक सय वर्षकी हजुरआमा (दादी) चम्पादेवी सकि नसकी निस्किइन् । नातिको अनुहार सुम्सुम्याई । आँशु खसाल्दै आवाजविहीन तोते बोलीले हालखबर सोधिन् । म्वाइँ खाइन् । ‘कलेजा जोड्गिया अर क्या’ जिज्ञासामा आमा मञ्जुदेवीबाट मलिन स्वरमा फुत्त वाक्य निक्लियो । विहार राज्यको सारन डिस्ट्रिक । थाना अखिलपुर । वाकरपुर ग्राम । रक्सौलबाट करिव साढे २ सय किलोमिटर पटनाबाट केही पर सोना नदी । नदीपारि करिब ७ किलोमिटरको दूरी । दुई नदीको बीचको टापूमा सानो गाउँ । बर्खाका बेला बाढी पस्ने । हिउँदमा पाँगो र बालुवाले भरिने । त्यही गाउँमा बिहीबार कल्पनै नगरिएको पारिवारिक मिलाप भयो । आस हराएकाको सास आइपुगेपछि परिवारलाई पत्याउन मुस्किल भइरहेको थियो र यसबीचमा बाबुजी कमलाकान्त सिंहले भने, ‘संसार धर्ती उज्वल भैलिया ।’ निरजले भारतको गवाँटीमा रहेको काकाका छोरा सन्तोष सिंहको फर्निचर उद्योग पुगेर करिब २ महिना काम गरे । केही मानसिक समस्या समेत देखिएपछि उनलाई सन्तोषले घर फर्काइदिए । उनी घर पुगेनन् । आफन्तजन सबैतिर खोजियो तर उनको पत्तो लागेन । यो सन् २०११ को अन्त्यतिरको कुरो हो । तिन सुकियाबाट आसा�� जाने ब्रम्हपुत्र रेलमा चढेका थिए उनी । रेलवेमा पनि सोधियो । छोराको तस्बिर लिएर कमलकान्तले सहर चहारे । गाउँवस्ती घुमे । कहीं पत्तो लागेन । आमा शोकमा परिन् । सात दिनपछि परिवारले डिसेम्बर ३१ मा प्रहरी थानामा निरज हराएको भन्दै निवेदन दिए । स्थानीय पत्रिकामा हराएको सूचना पनि छापियो । कहीं कतैबाट कुनै जानकारी नआएपछि भगवान् भरोसामा बस्न थाले परिवार । परिवारले भुलिसकेका थिए । मात्र काजकिरिया गर्न बाँकी थियो । ‘आशै नै था,’ सन्तोषले भने । घरको कुल धान्ने एक मात्र छोरो । दुई दिदीबहिनीका एक्ला निरज हराएपछि बालखा छोरी सनीकुमारीलाई छाडेर श्रीमती दुई तीन वर्षदेखि घरमा छैनन् । उनीहरु हिन्दी वा रैथाने भाषामा कुरामा गरिरहेको थिए । पुरानो चारैतिर घेरिएको घर र बीचमा खुला आँगन । बुधबार एक्कासी फोन आयो । छोरा भेटिएको नेपालबाट खबर आएको कुरा गाउँका अन्य व्यक्तिबाट खबर पाए । छोरा नेपालमा छ । जिउँदै छ । नेपालबाट फेसबुकमा पठाएको तस्वीर पनि पुग्यो घरमा । मोबाइलबाट फोटो पनि हेरे । आमा मञ्जुदेवीलाई भने विश्वास लागिरहेको थिएन । निरज जिउँदो रहेको खबर गाउँभर आगो झै फैलिसकेको थियो । मञ्जुदेवीको घरमा गएको बुधबारदेखि नै भीडले छोप्न थालिसकेको थियो । मानवसेवा आश्रम चितवनका अभिभावक तथा समाजसेवी केशव अधिकारी मार्फत खबर घरमा पुगेपछि गाउँलेले आश्रम र उनलाई भगवान् सम्झेका छन् । टेलिफोनबाट ठूलो प्रयासपछि परिवारका सदस्य पत्ता लगाएको अधिकारी बताउँछन् । छोरा फेला परेको खबरले उत्साहित भएका बाबु कमलाकान्त र उनका सहयोगी बलेखर शाह बुधबार घरबाट रक्सौल हिँडिसकेका थिए । घर परिवार र यी दुईको फोन सम्पर्क जारी थियो । उनीहरु नेपालमा पनि बेलाबेलामा सम्पर्कमा आउँथे । निरजसँगै केशव अधिकारी, अर्का अभिभावक प्रेमप्रभा अधिकारी र आश्रमका अभियन्ता राजगोपाल श्रेष्ठ निस्किए । निरजलाई घर पुग्न हतारो थियो । ‘जब स्वास्थ्य राम्रो भयो त्यो दिनदेखि घर पहुँचा दो भनिरहनुहुन्थ्यो’, अभियन्ता राजगोपालले सुनाए । गाडीमा पनि उनले भनेका थिए – ‘हाम् को नयाँ जीवन दे दिया । आप लोगों उपरवालें हो ।’ घरपरिवारको नाम, ठाउँ, ठेगाना सबै निरजले नै लेखेर दिएपछि खोज्न सजिलो भएको हो । नेपाली ढाका टोपीमा थिए निरज । वीरगञ्जको भारतीय सीमामा लिन आइपुगेका उनका बुवा कमलाकान्त भेटेपछि उनले खुट्टा ��ोंगे । गाडीमा छँदै आमाको फोन बारम्बार आइरहेको थियो । ‘बेटा मिलगयल बा, हम् लेकर आ रहा हे’, जवाफ फर्काइयो । विसं २०७३ साउन २९ गते मानवसेवा आश्रम चितवनका अभियन्ता सडक सेवामा निस्किएका बेला नारायणी पुल नजिकै गैंडाकोटको यात्रु प्रतिक्षालयमा कपडाविहीन अवस्थामा निरज भेटिएको थियो । निधारमा गम्भीर चोट र शरीरका विभिन्न भागमा घाउ थियो । आक्रामक भएकाले जबरजस्ती उठाएर ल्याइएको थियो । गन्धले उनको नजिक जानसक्ने अवस्था थिएन । ‘झुस्स दारी–कपाल थियो, मानसिक अवस्था पनि ठीक थिएन,’ उद्धारकर्ता आदर्श ढकाल आफ्नो अनुभव सुनाउँछन् । उद्धार गरेर ल्याइएपछि उनको सरसफाइदेखि औषधोपचार सुरु भयो । छोटो समयमै बोल्न सक्ने भए र नाम ठेगाना बताए । घर जाने भने पनि खुसी लागेको आश्रमकी संयोजक रुपा केसी सम्झन्छिन् । घरमा खेतीकिसान गरेर बस्ने धोको सुनाएका उनले आगामी दिन आफूजस्तै असहायको सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । मानवसेवा आश्रमले चितवन, मकवानपुर र काठमाडौँमा गरी अहिलेसम्म सडकबाट ५०० जनाको उद्धार गरेकामा १६६ जनालाई यसरी नै परिवारसँग पुनर्मिलन गराइसकेको छ । रासस
0 notes
Photo
पूर्वसैनिक परिवारलाई भेट्न गएका राहुल गान्धी पक्राउ वर्ल्ड / काठमाडौं कात्तिक – १७ । एक पद एक पेन्सनुको माग राखेर आत्महत्या गरेका भनिएका पूर्वसैनिकको परिवारलाई भेट्न गएका भारतीय राष्ट्रिय कांग्रेसका उपाध्यक्ष राहुल गान्धी प्रहरीले पक्रेको छ । मृत पूर्वसैनिकको परिवारका सदस्यलाई पनि प्रहरीले पक्रेको समाचार दी टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा बुधबार दिइएको छ । पक्राउ पर्नेमा दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पनि रहेका छन् । गान्धीलाई राममनोहर लोहिया अस्पतालको ढोकामा पक्राउ गरी मन्दिर मार्गको प्रहरी थानामा राखिएको छ । एक पद एक पेन्सन आन्दोलनमा सक्रिय रहेका ७० वर्षे पूर्वसैनिक रामकृष्ण ग्रेवालले विष खाएर आत्महत्या गरेका हुन् । सरकारी रवैयाप्रति विरोध जनाउन उनले आत्महत्या गरेको छोरालाई लेखेको पत्रमा उल्लेख गरेका छन् The post पूर्वसैनिक परिवारलाई भेट्न गएका राहुल गान्धी पक्राउ appeared first on नेपाल आज.
0 notes