#अगनपडत
Explore tagged Tumblr posts
Photo
तेह्रथुमका अग्निपीडित ३५ परिवारलाई राहत तेह्रथुम, २ चैत- तेह्रथुमस्थित सक्रान्ति बजारका अग्निपीडित ३५ परिवारलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले प्रतिपरिवार नगद रु १० हजारका दरले राहत वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, स्थानीय विकास अधिकारी तुलसी गौतमसहितको टोलीले सक्रान्ति बजार पुगेर सो राहत वितरण गरेको हो । गत पुस १ गते आगलागी हुँदा सक्रान्ति बजारका २४ घर पूर्णरुपमा जलेका थिए भने बाँकीमा आंशिक क्षति पुगेको थियो । आगलागीपछि सो क्षेत्रको स्थलगत निरीक्षणका क्रममा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले आगलागीबाट विस्थापित भएका व्यवसायीलाई समेत नगद रु १० हजार उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । सोही घोषणा बमोजिम घर भाडामा बसेका ३५ परिवारलाई नगद रु १० हजारका दरले राहत वितरण गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी आशमान तामाङले बताउनुभयो । आगलागीबाट ७३ परिवार विस्थापित भएका थिए भने कुल रु १४ करोड आठ लाखको क्षति भएको थियो ।
0 notes
Photo
अग्निपीडित दोहोरी गायक मगरलाई बागलुङ–पोखरा मगर समाजको सहयोग पोखरा, १० फागुन- अग्निपीडित लोक तथा दोहोरी गायक सञ्जय पुनमगरलाई बागलुङ–पोखरा मगर समाजले आर्थिक सहयोग गरेको छ । शनिबार समाजले गायक पुनलाई ४५ हजार ५ सय ५८ रुपैय��ँ सहयोग रकम हस्तान्तरण गरेको हो । पोखरा–८, नागढुड्डास्थित गायक पुनको घर आगलागीबाट गत महिना क्षतिग्रस्त भएको थियो । शनिबार समाजको कार्यालयमा आयोजित कार्यक्रममा समाजका संस्थापक अध्यक्ष दलबहादुर थापामगरले गायक पुनकी श्रीमती खगी पुनलाई सो सहयोग रकम हस्तान्तरण गरेका हुन् । समाजका संस्थापक अध्यक्ष दलबहादुर थापामगरले समाजका सदस्यहरूबीच बेलाबखतमा पर्ने दुःख, पीर मर्कामा एक अर्कामा सहयोग आदानप्रदानका लागि नै समाजको आवश्यकता पर्ने बताए । समाजले दुःख, सुख साटासाटका लागि एकताबद्ध भएर अघि बढ्न सहयोग गर्ने बताउँदै उनले सानै भएपनि सहयोगको ठूलो महत्व रहेको उल्लेख गरे । समाजका उपाध्यक्ष कृष्णाकुमारी श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रममा सचिव गजेन्द्र थापामगर र कोषाध्यक्ष कृष्णा पुनमगरले पनि बोलेका थिए ।
0 notes