#गएक
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
भैँसी चराउन गएका कालेको नदीले बगाएर मृत्यु चितवन, १७ वैशाख । राप्ती नदीले बगाएर खैरहनी नगरपालिका–११ बस्ने ६३ वर्षीय काले सार्कीको भए कोछ । भैँसी चराउनका लागि गएका सार्की नदीले शनिबार बगाएकामा आज बिहान मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । The post भैँसी चराउन गएका कालेको नदीले बगाएर मृत्यु appeared first on Etajakhabar.
0 notes
mithilanchaltoday · 2 years ago
Text
राजु परियारको बुवाको निधन पछि काजक्रममा बसेका राजुलाई भेट्न बद्रि पँगेनी पुग्दा भाबुक, बाबालाई भेट्न नपाउँदा पिडा (भिडियो सहित) – Anautho
राजु परियारको बुवाको निधन पछि काजक्रममा बसेका राजुलाई भेट्न बद्रि पँगेनी पुग्दा भाबुक, बाबालाई भेट्न नपाउँदा पिडा (भिडियो सहित) – Anautho
नेपाली लोक दोहोरी क्षेत्रका लोक स्वर सम्राट् राजु परियारका बुवाको निधनको खबरले गाएक बद्रि पँगेनी पनि भाबुक बनेका थिए । परियारका बुवा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आइतबार असमायिक निधन भएको थियो । स्वर्गीय बाबाको स्वर्गमा बासको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै गाएक बद्रि पँगेनी गहृ निवास भरतपुर महानगरपालिका वडा नम्बर २० पुर्बी भिमनगर टुडिखेलबाट पुगेका हुन । गएक…
Tumblr media
View On WordPress
0 notes
pnpmedia · 7 years ago
Text
बार्यन म्युनिखद्वारा शाल्के ३–० गोलले पराजित
बार्यन म्युनिखद्वारा शाल्के ३–० गोलले पराजित
असोज ४, जेम्स रोड्रिग्वेजले जर्मन बुण्डेस लिगा फुटबलको आफ्नो पहिलो खेलमा एक गोल गरेका छन् भने दुई गोलका लागि सहयोग गरेका छन् । स्पेनिस क्लब रियल मड्रिडबाट लोनमा जर्मन क्लब बार्यन म्युनिख गएक रोड्रिग्वेजले बुण्डेस लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा क्लबलाई जिताउन रोड्रिग्वेजले महत्वपूर्ण भूमिका खेले । बार्यनले एफसी शाल्केलाई ३–० ले हराएको हो । बार्यनको जितमा रोबर्ट लेवान्डोस्की, रोड्रिग्वेज र…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
महाभूकम्प गएको २ वर्ष पुग्दा फेरी गयो अर्को भूकम्प, केन्द्रबिन्दु बाजुरा बाजुरा, १२ वैशाख । गोरखामा भूकम्प गएको दुई वर्ष बित्न लाग्दा बाजुरामा पनि भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति ९ बजे भूकम्प गएको थियो । भूकम्प गएको दुई वर्ष बित्न लागेको एक दिनअघि नै बाजुरामा पनि भूकम्प गएको हो । छिमेकी जिल्ला बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प गएपछि स्थानीय त्रसित बनेका थिए । The post महाभूकम्प गएको २ वर्ष पुग्दा फेरी गयो अर्को भूकम्प, केन्द्रबिन्दु बाजुरा appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
निर्वाचन कार्यक्रम विथोल्न गएका मोर्चाका १३ जना नेता पक्राउ ७ वैशाख, जनकपुर। निर्वाचनको कार्यक्रम विथोल्न गएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका १३ जना जिल्ला स्तरीय नेतालाई जनकपुरमा प्रहरीले आज पक्राउ गरेको छ । डिभिजन सडक विभागको प्रांगणमा रहेको ग्रामिण प्रशिक्षण केन्द्रमा कार्यक्रम भइरहेको बेला नारावाजी गर्दै मोर्चाका नेताहरु पुगेर कार्यक्रम विथोलेपछि पक्राउ गरिएको हो । पक्राउ पर्नेमा परमेश्वर साह, संजय सिंह, सतिशकुमार दास, प्रमोद यादव, रामरतन यादव, रामपुकार यादव, सुमनकान्त ठाकुर, हरिनारायण यादव, उदय सिंह, शिलाकान्त झा, रामचन्द्र साह, प्रदीप सिंह र सीताराम यादव रहेका छन । पक्राउ गर्ने क्रममा सशस्त्र प्रहरीले दुर्व्यवहार गरेको राष्ट्रिय जनता पार्टीका नेता सतिशलाल दासले आरोप लगाएका छन । पक्राउ परेका नेताहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
भूकम्प गएको करिब दुई वर्षपछि खोटाङमा आवास अनुदान सम्झौता सुरु खोटाङ, ३० चैत । भूकम्प गएको करिब दुई वर्षपछि खोटाङमा आवास निर्माणका लागि अनुदान सम्झौता गर्न सुरु गरिएको छ । भूकम्पबाट क्षतिग्रस्त आवास निर्माणका लागि मङ्गलबारदेखि रुपाकोट मझुवागढी नगरपालिकाबाट सम्झौता गर्न सुरु गरिएको हो । मझुवागढी नगरपालिका–१ का १८ घरधुरीबाट सुरु गरिएको अनुदान सम्झौताको काम केही दिनभित्रै अन्य गाउँपालिका र नगरपालिकामा विस्तार गरिने स्थानीय विकास अधिकारी राजनकुमार बिसीले बताउनुभयो । रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय विकास अधिकारी बिसीले लाभग्राही तोरण बजियमसँग पहिलो आवास अनुदान सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । भूकम्पीय आवास पुनःनिर्माणका लागि जिल्लाका साविक गाविसका सात हजार ४०३ लाभग्राही पहिचान भएलगत्तै आवास अनुदानको काम अघि बढाइएको छ । अन्य साविक गाविसको लाभग्राहीको सूची आउन बाँकी रहेको जिल्ला समन्वय समितिले जनाएको छ । भूकम्पपछिको पुनःनिर्माणका लागि खोटाङलाई रु १३ ��रोड रकम प्राप्त भएको बिसी��ो जानकारी दिनुभयो । सम्झौतालगत्तै आवश्यक कागजात पेस गर्ने लाभग्राहीलाई पहिलो किस्तामा रु ५० हजार, डिपिसीको काम सकिएपछि दोस्रो किस्तामा रु एक लाख ५० हजार र छानो हाल्ने बेलामा तेस्रो किस्ताबापत रु ७५ हजार तथा शौचालय निर्माणपछि रु २५ हजार रकम खातामै उपलब्ध गराइने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (सिएलपिआइयु)का इन्जिनियर उदयनारायण ठाकुरले बताउनुभयो । जिल्लामा अहिलेसम्म लाभग्राहीको सङ्ख्या यकिन भइनसकेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । भूकम्पबाट जिल्लामा १३ हजार ३३३ घरमा क्षति पुगेको छ । The post भूकम्प गएको करिब दुई वर्षपछि खोटाङमा आवास अनुदान सम्झौता सुरु appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
वैदेशिक रोजगारीमा गएका महराको लडेर मृत्यु गौशाला, २४ चैत । महोत्तरी जिल्लाबाट वैदेशिक रोजगारीको लागि खाडी मुलुक साउदी गएका एक व्यक्तिको गएराति शौचालयमा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–७ बजराही गाउँ बस्ने ३५ वर्षीय मिथिला महरा रहेको परिवारजनले बताएका छन् । चरम गरिबीसँगै लड्दै दुई वर्षअघि रोजगारीका सिलसिलामा साउदी गएका महरा गएराति सुतिरहेका बेला दिसा लाग्दा शौचालय गएको र शौचालयमै लडेर उनको मृत्यु भएको उनका भाइ सिकिन्दर महराले बताउनुभयो । साथीहरुले आज बिहान ड्युटीका लागि उनलाई उठाउन जाँदा नउठेपछि उनको ढोका फोरेर हेर्दा उनी शौचालयमै लडेर मृत अवस्थामा फेला परेको भाइ सिकिन्दरले बताउनुभयो ।मृतक मिथिलाको आमा, पत्नी, चार सानासाना छोरी र एक छोरा रहेका छन् । The post वैदेशिक रोजगारीमा गएका महराको लडेर मृत्यु appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
विदेश गएका श्रीमान्को मृत्युपछि श्रीमतीको बिचल्ली रोल्पा, २० चैत । श्रीमान्ले विदेशबाट पैसा कमाएर ल्याएपछि सुखको जीवन बिताउने आशामा रात काटिरहेकी घर्तीगाउँ–७ रोल्पाकी बुद्धमाला विकलाई २०७३ कात्तिक २० गते अकल्पनीय बज्रपात आइलाग्यो । पैसा कमाउन गएका श्रीमान्ले खाडीमै मृत्युवरण गरे भन्ने अशुभ समाचार सुनेपछि उनी मुर्छित भइन् । तीस वर्षीय श्रीमान् हरिप्रसाद कामी रोजगारीको सिलसिलामा २० महिना पहिले कतार गएका थिए । कति पटक त पैसा पनि पठाए उनले । मृत्यु हुनुभन्दा केही दिन पहिले आफू बिरामी परेको खबर त गरेका थिए उनले श्रीमतीलाई । बिरामी सामान्य रहेकाले चाँडै निको हुने भन्दै नआत्तिनु भनेपछि उनी श्रीमान् छिट्टै सञ्चो हुने आशामा दिन पर्खिरहेका थिइन् । अस्पताल भर्ना भएको दिनदेखि उनको फोन पनि स्विच अफ भयो । त्यही दिन नै रहेछ उनले श्रीमान्सँग अन्तिम पटक कुरा गरेको । “फुसले छाएको सानो घर छ बुद्धमालाको । श्रीमान्ले पैसा कमाएर ल्याएपछि राम्रो घर बनाउने सपना थियो । पैसा कमाएर आउँछु भनेर गए, आउँदा बाकसमा लास बनेर फर्के,” बुद्धमालाले रुँदै भनिन् । घरको आर्थिक अवस्था कमजोर रहेका रोल्पा घर्तीगाउँका हरिप्रसाद रोजगारीको सिलसिलामा कतार पुगेका थिए । कामीको रक्त क्यान्सरका कारण गत कात्तिकमा सोही ठाउँमा मृत्यु भएपछि घरमा श्रीमती बुद्धमालाको बिचल्ली भएको छ । यसैगरी, रोल्पा जंकोटका ४१ वर्षीय तुलसीविक्रम पुन मलेसियाको क्वालालाम्पुरमा रहेको एक इन्डियन कम्पनीमा काम गर्थे । गत कात्तिक २४ गते उनी आप्mनै कोठामा मृत भेटिए । कारण थियो उच्च रक्तचाप । शिक्षित रहे पनि देशमा रोजगारी पाउन नसक्दा उनी २ वर्ष पहिले खाडी गएका थिए । घरमा श्रीमती मीना पुनसहित तीन छोरी, एक छोराको भविष्य उज्ज्वल बनाउन भन्दै खाडीमा पसिना बगाउन पुगेका उनी पनि बाकसमै लास बनेर नेपाल भित्रिए । श्रीमान्को मृत्युपछि मीना पुनको सहारा बनेका छन् साइला जेठाजु नौलसिं पुन । मृतक भाइको परिवार आफूसँग आश्रित रहेको नौलसिं पुनले बताए । “छोराछोरीले अध्ययन गर्दैछन्, बुहारीको आम्दानीको अन्य स्रोत छैन त्यसकारण मैले हेर्नु परेको छ,” पुनले अगाडि थपे । लिवाङ नगरपालिका–९ ग���रुङगाउँकी कमला गुरुङ डेढ वर्षअघि साउदी अरबमा मृत्यु भएका श्रीमान्को शवको पर्खाइमा रहेकी थिइन् । श्रीमान्को शव हेर्न नपाउँदै उनको मृत्यु भयो । वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका श्रीमान् खुमबहादुर गुरुङको मृत्युपछि तनावमा रहेकी गुरुङको गत पुस २७ गते आफ्नै घरमा रहस्यमय तरिकाले मृत्यु भएको हो । दिउँसो दाँत माँझ्दै गरेकी बुहारी एक्कासि बेहोस भई लडेको देखेर मृतककी सासूले छिमेकीलाई खबर गरेकी थिइन् । बेहोस भई लडेकी गुरुङको छमेकीले खुट्टा मालिस गर्दै गर्दा निधन भएको छिमेकीले बताए । श्रीमान्को मृत्युपछि लामो समयसम्म निकै तनावमा रहेकी गुरुङको हृदयघातबाट मृत्यु भएको बताइएको छ । साउदी अरबको एक कम्पनीमा काम गर्ने मृतक कमलाका श्रीमान्लाई कम्पनीकै गाडीले ठक्कर दिँदा मृत्यु भएको थियो । कमलाको मृत्यु भएको लामो समयपछि मात्रै मृतकको लास नेपाल आएको थियो । मृतकका चार नाबालिका छोरी रहेका छन् । वृद्धा हजुरआमासँग बस्दै आएका उनीहरुको पालनपोषणमा निकै समस्या रहेको छिमेकंी हरिजङ्ग गुरुङले बताए । खासगरी खाडी मुलुकमा गई ज्याला मजदुरी गर्ने रोल्पाली युवाको बाहुल्यता छ । आंशिकरुपमा दक्षिण कोरिया, जापान, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा पनि केही रोल्पाली रोजगारीका लागि पुगे पनि झन्डै ९० प्रतिशत सङ्ख्या खाडी मुलुकमा छन् । जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याङ्कअनुसार दैनिक करिब १५ देखि २० जना रोल्पाली युवा वैदेशिक रोजगारीमा जान राहदानी लिने गर्दछन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्म जिल्लाबाट राहदानी लिने पाँच सय ७५ जना छन् । काठमाडाँैबाट राहादानी लिनेको सङ्ख्या भने दुई हजार चार सय ७३ जना रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाका राहदानी फाँटका नासु डिल्लीराज रेग्मीले बताए । अघिल्ला वर्षको तुलनामा यो सङ्ख्या बढी हो । खासगरी देखासिकी, युवाको सङ्ख्या बढ्दै जानु, विदेशमा छिटो पैसा कमाइन्छ भन्ने धारणाले यो सङ्ख्या बढेको हुन सक्ने उनको भनाइ छ । घरेलु कामदार, कृषि मजदुर, कारखाना मजदुरजस्ता जोखिमयुक्त काममा जानेको सङ्ख्या अधिक रहेका कारण बर्सेनि थुप्रै रोल्पालीको मृत्यु हुने गरेको छ । विदेश गएका नागरिकको कार्यस्थलमै मृत्यु भएर घरमा श्रीमती र छोराछोरीको बिचल्ली हुने गरेपनि राज्यले उनीहरुको हेरचाह नगर्नु लोककल्याणकारी राज्यको मान्यता विपरीत भएको महिला नेत्री पुष्पा श्रेष्ठले बताइन् । The post विदेश गएका श्रीमान्को मृत्युपछि श्रीमतीको बिचल्ली appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
वैदेशिक रोजगारीमा गएका परिवार बिरामी भएमा आर्थिक सहयोग पाउने चैत – १४ । वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेको अवस्थामा उनीहरुलाईसमेत सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । उनीहरुलाई क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरसहित पाँच किसिमको रोग लागेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बढीमा रु पचास हजारसम्मको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले पहिलो चरणमा पाँच रोगका लागि मात्रै यस्तो सुविधा तय गरिए पनि पछि यसलाई विस्तार गर्दै जाने तयारी गरिएको जानकारी दिए । क्यान्सर, मृगौला, मुटुलगायतका रोग लाग्दा राज्यले दिने भनि यसअघिनै घोषणा गरेका सुविधा लिएकाहरुले समेत छ���ट्टै यो रकम सहयोग स्वरुप पाउनेछन् । बोर्डबाट सुविधा लिएकै कारणले त्यस्ता बिरामीले राज्यबाट पाउने अन्य सुविधाबाट वञ्चित हुनुपर्नेछैन । कामदार आफैले पालनपोषण गर्नुपर्ने पतिपत्नी, छोराछोरी, आमाबुबा र महिला कामदारको हकमा निजको सासू, ससुराले समेत यस्तो सुविधा पाउनेछन् । बोर्डले वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावलीको नियम २६को उपनियम (१) को खण्ड (ख) अनुसार स्वास्थ्य उपचारमा सहयोग गर्न र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्य सञ्चालन निर्देशका, २०६८को प्रकरण ९को(३)को व्यवस्थाको कार्यान्वयनका लागि बोर्डले ‘कामदारका परिवारको स्वास्थ्य उपचार सम्बन्धी मापदण्ड, २०७३’ परित गरेको छ । वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि कायम रहेको अवस्थामा निजका परिवारका सदस्यलाई यस्ता रोग लागेमा बोर्डले सो रकम उपलब्ध गराउने मापदण्डमा उल्लेख छ । यसअघि पनि रु २५ हजारसम्म परिवारका सदस्यलाई उपचार खर्च उपलब्ध गराउने व्यवस्था रहेपनि त्यसको कार्यान्वयन हुनसकेको थिएन । बोर्डका कार्यकारी निर्देशक काफ्लेले यस पटक यो मापदण्ड पूर्णरुपमा कार्यान्वयन गरिने प्रतिवद्धता जनाए । कामदारलाई राज्यकातर्फबाट प्रदान गर्ने सेवा, सुविधामा बढोत्तरी गर्दै लैजाने नीति बमोजिम यो सुविधा प्रदान गर्न लागिएको उनले बताए । रोगको अवस्थाका आधारमा सामान्य, मध्यम र गम्भीर गरी तीन तहमा विभाजन गरिएको छ । शल्यक्रिया गर्नु नपर्ने अवस्थामा बढीमा रु १५ हजार, सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा रु ३० हजार र शल्यक्रिया गरी नियमित औषधि सेवन गर्नुपर्ने अवस्थामा रु ५० हजार उपलब्ध गराइने मापदण्डमा उल्लेख छ । यस मापदण्ड बमोजिम उपचार खर्च पाउन बोर्डको सचिवालयमा सम्बन्धी व्यक्तिले निवेदन दर्ता गराउनुपर्नेछ । निवेदन दिँदा कामदारको श्रम स्वीकृतिको निस्साको प्रतिलिपि, कामदारको राहदानीको प्रतिलिपि, बिरामी व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कामदार र बिरामीबीचको नाता प्रमाणित प्रतिलिपि, बिरामीलाई आर्थिक समस्या परेको प्रमाणित प्रतिलिपि, बिरामीको रोग स्पष्ट रुपमा खुल्नेगरी सरकारी अस्पताल वा मान्यताप्राप्त चिकित्सकको ‘प्रेस्किप्सन’ वा सिफारिसपत्र पेस गर्नुपर्नेछ । कामदारको करार अवधि सकिएको अवस्थामा भने निजको परिवारले उपचार खर्च पाउनेछैन । किरण भट्टराई The post वैदेशिक रोजगारीमा गएका परिवार बिरामी भएमा आर्थिक सहयोग पाउने appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
विनाशकारी भूकम्प गएको २३ महिनापछि पर्वतमा भूकम्पपीडितको लगत सङ्कलन पर्वत, २६ फागुन- विनाशकारी भूकम्प गएको २३ महिनापछि पर्वतमा भूकम्पपीडितको लगत सङ्कलन कार्य सम्पन्न भएको छ । जिल्लामा झन्डै ११ हजार भूकम्पपीडितको लगत सङ्कलन गरिएको छ । गत पुस २६ गतेदेखि सुरु भएको लगत सङ्कलन मङ्गलबार सम्पन्न भएको हो । अभियान अन्तर्गत ११ हजार घरको लगत सङ्कलन गरिएको छ । बाँकी छुटफुट भएको र उनीहरुलाई पुनः अर्को चरणमा लगत सङ्कलन गरिने जिल्ला लगत सङ्कलन कार्यालय पर्वतले जनाएको छ । केन्द्रीय तथ्याङ्क विभागले जिल्लाका प्रभावित गाविसमा क्षतिग्रस्त संरचनाको लगत सङ्कलनका लागि पर्वतमा २९ जना इन्जिनियर खटाएको थियो भने त्यति नै सङ्ख्यामा सामाजिक परिचालक खटाइएको थियो । तथ्याङ्क विभाग लगत सङ्कलन कार्यालय, पर्वतले दिएको जानकारीअनुसार ११ हजार घरको लगत सङ्कलन भइसकेको र सबै इन्जिनियर र सामाजिक परिचालक फर्किसकेको जनाएको छ । पर्वतका कुल ११ हजार ८०९ घरमध्ये अब ८०० घर गणना भएका छैनन् । कतिपयको पुरानो लगतमा नसमेटिएको वा कतिपय घरवार अन्यत्रै बसाइँ सरेको र नभेटिएका कारण सङ्कलनमा नपरेका हुन् । उनीहरुलाई पुनः अर्को चरणमा समावेश गरिने तथ्याङ्क सङ्कलन कार्यालयका प्रमुख शिव श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाका एक नगरपालिकासहित ४७ गाविसका सबै पीडितको घरधुरीमा प्राविधिक पुगेका थिए । जिल्लामा खटाइएका २९ इन्जिनियरमध्ये १७ जना फागुन दोस्रो साता नै फर्किएको भए पनि बाँकी इन्जिनियर आफ्नो काम सकेर मङ्गलबार फर्किएको उहाँले जानकारी दिनुभयो । सरकारले भूकम्पबाट कम प्रभावित पर्वत जस्तै १७ जिल्लाको तथ्याङ्क अद्यावधिक गर्ने कार्यक्रमअन्तर्गत पर्वतमा पनि लगत सङ्कलन गरिएको हो । तत्कालीन अवस्थामा प्रहरी, प्रशासन र स्थानीय निकायलगायतले गरेको सर्वेक्षणको तथ्याङ्क फरक फरक भएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ‘ख’ वर्गमा समावेश गरेको पर्वतमा भूकम्प प्रभावित आवास पुनःनिर्माण सङ्कलन कार्यक्रमअन्तर्गत जिल्ला लगत सङ्कलन कार्यालय खोलेर काम गरिरहेको छ । पर्वतका ४७ गाविस र एक नगरपालिकामा गरी ११ हजार ८०९ घर परिवार भूकम्पबाट पीडित बनेका थिए । सही तथ्याङ्क नहुँदा वास्तविक पीडितको पहिचान हुन समस्या भएको र विभिन्न दातृ निकायले समेत जथाभावी तथ्याङ्क आएको भन्दै गुनासो गरिरहेका थिए । जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार अहिलेसम्म पूर्ण रुपमा भवन क्षतिग्रस्त भएका दुई हजार ३४४ र आंशिक क्षति भएका छ हजार ७७७ जनाले राहत बुझेका छन् । चार महिना पहिले थप विवरण सङ्कलन भएकाले सङ्ख्या ११ हजार ८०९ पुगेको थियो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
भूकम्प गएको दुई वर्ष हुनलाग्दा पनि पीडित अझै पालमा काठमाडौँ, ४ फागुन- भूकम्प गएको दुई वर्ष हुनलाग्दा पनि काठमाडौँको चुच्चेपाटीस्थित ताराचौरमा अहिले पनि छ सय परिवार पालमा बस्न बाध्य छन् । नुवाकोट र सिन्धुपाल्चोकमा यी परिवारले कुनै पनि राहत नपाएको गुनासो गरेका छन् । भूकम्पपीडित सुस्मिता थापाले सानो पालमुनि आठ÷नौ जना बस्नुपर्दा निकै गाह्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कुनै राहत पाउन सकेनाँै, पिउने पानी, शौचालयको निकै समस्या छ, बालबच्चा र वृद्धवृद्धालाई रुघाखोकी र ज्वरो आउने समस्या भएको छ ।” राहत नपाएर गाउँ फर्कन नसकेका कारण जीवन गुजार्न पनि मजदुरी गर्नुपरेको भूकम्पपीडितले बताए । थापाले चौरको पालमा बस्दा महिला पनि असुरक्षित बन्दै गएकाले सरकारलाई राहत सहयोगका लागि आग्रह गर्नुभयो । चौरमा सञ्चालन भएका साना होटलमा आई रक्सी सेवन गर्न आएका पुरुषले पालमा बस्ने महिला र युवतीलाई अपशब्द बोल्ने र दुव्र्यवहार गर्ने गरेको उनीहरुले गुनासो गरेका छन् । पीडितले सरकार र प्रशासनसँग राहत र सुरक्षाको मागसमेत गरेका छन् ।
0 notes
nepal123 · 8 years ago
Text
इण्डोनेशियामा भारी वर्षासंगै गएको पहिरोमा परी ७ जनाको मृत्यु
इण्डोनेशियामा भारी वर्षासंगै गएको पहिरोमा परी ७ जनाको मृत्यु
माघ २८ । इण्डोनेसियाको बालीमा पहिरोमा परी ७ जनाको ज्यान गएको छ । पहिरोमा परि २ जना बालबालिका सहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ । धाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । इण्डोनेसियाको राष्ट्रिय विपत व्यवस्थापनका अनुसार भारी वर्षापछि आएको पहिरोमा निधन भएको जनाएको छ । निधन भएकाको रेडकक्रसका कर्मचारी, आर्मी, पुलिसले उद्दार गरेको थियो । पहिरोमा ५ घरमा क्षति…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
२ लाख तिरेर भारत गएका ३० जना ठगिएपछि विचल्ली माघ २३ गते– २ लाख रुपैयाँ धरौटी राखेर भारत पुगेका रसुवाका ३० जना ठगिएका छन् । जिल्लाको सरमथली, यार्सा, हाकु तथा राम्चेका महिला तथा पुरुष ठगिको सिकार बनेका हुन् । ठगिमा परे पनि उनीहरु उजुरी गर्न भने कतै गएका छैनन् । भारतको वनारसमा एक हप्ताको तालिम लिएपछि गाउँमा फर्किएर पाँच जना सदस्य बनाएर लैजानुपर्ने एजेन्टले बताएकाले उनीहरुको माध्यमबाट ५ सय ९० जना नेपाली पुगेका छन् ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
शान्ति सेनामा गएका नेपाली मेजरले विदेशी महिला जवान जिस्काएपछि… काठमाडौं – नेपालीको छुकछुके बानी, कहिल्यै नजाने ! शान्ति सेनाअन्तर्गत लाइबेरिया मिसनमा खटिएका मेजर गणेश रायमाझी एउटी डच(नेदरल्याण्डकी) सैनिक युवतीमाथि यौन दुर्व्यवहार गरेपछि छानबिनमा परेका छन्। अनुसन्धान प्रक्रिया टुङ्गिनासाथ उनलाई नेपाल फर्काइने भएको छ। ती युवती पनि आफ्नो देशको तर्फबाट सोही मिसनमा खटिएकी थिइन। यसैबीच, नं ९ बाहिनी सिन्धुलीमा कार्यरत लेफ्टिनेन्ट कर्णेल सूर्य अधिकारीले अवकाशप्राप्त पूर्वप्रमुख सेनानी अनिरुद्रसिंह नगरकोटीको ३२ लाख लगानी गरिदिन्छु भनेर भुस बनाइदिएपछि परेको उजुरीउपर जंगी अड्डामा छानबीन शुरु भएको छ। पूर्वयुवराज दीपेन्द्र शाहसंगै भक्तपुर खरिपाटीमा (सि. सं २९) तालिम लिएकाहरुको पननि बिजोगका दिन शुरु भएको छ। यिनैमध्यका हुन्, रामजी थापा। धुञ्चेमा गणपति रहँदा तिब्बततर्फ रक्तचन्दन तस्करीमा संलग्नताको आरोप���हित जेल जीवन बिताए। हा�� पोखरातिर जग्गा दलालीमा व्यस्त छन्। दीपेन्द्रसंग तालिम गरेकै कारण ‘शाही बेसिक’ भनेर चिनिने उक्त टोलीकै हुन्, सबुज गण गजुरमा ‘नाचु’ नामले चर्चित गणपति रामेश्वर सुवेदी। पाहुना पुग्दा स्वागत गरेको नाममा एउटा फुलको मालाको हिसाब ६० हजार देखाए। कोकाकोला पिएको बिल ४० हजार बनाए। यसरी ४५ लाखको टोयोटा गाडी चढ्ने हैसियतमा पुगे। आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
भूकम्प गएको करिब २ बर्ष हुनै लाग्दा पनि अझै भूकम्प पीडितको यथार्थ तथ्याङ्क किन आएन ? ललितपुर, २० पुस- ललितपुर जिल्लामा २५ हजार आठसय ९२ जना भूकम्पका समयमा घर क्षति भएका लाभग्राही पहिचान भएको छ । यसअघि छुटेका लाभग्राहीसमेत गर्दा यो तथ्याङ्क आएको स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “घर सर्वेक्षण भएर वा नभएर छुटेका लाभग्राही समेत हामीले पहिचान गरिरहेका छौँ ।” जिविसले लाभग्राहीका सूचीमा छुटेका तीनसय १७ र घर सर्वेक्षण नै छुटेका १४ जना लाभग्राहीको गुनासो सम्बोधनका लागि पुनःनिर्माण प्राधिकरणमा पठाएको थियो । पहिचान भएका लाभग्राहीमध्ये १७ हजार एकसय ४२ घरधुरीको अनुदान सम्झौता भइसकेको जिविसले बताएको छ । जिविसले तीनहजार ४० घरधुरीको भुक्तानीका लागि सिफारिस गरेको छ । विभिन्न नगरपालिका र गाविसले आठहजार दुईसय ४२ लाभग्राहीलाई भुक्तानीका लागि सिफारिस गरिसकेका छन् । भूकम्पपछि जिविसमा छ हजार एकसय १८ वटा गुनासो दर्ता भएका थिए । तीमध्ये एक हजार छसय ३२ गुनासो फस्र्याैट भइसकेको स्थानीय विकास अधिकारी दाहालले बताउनुभयो । निजी आवास पुनःनिर्माणकै लागि ललितपुरका विभिन्न गाविस र नगरपालिकाका वडामा गैरसरकारी संस्थासँग पनि पुनःनिर्माण प्राधिकरणले सम्झौता गरेको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
केन्द्रीय प्रसारण लाइनमा गएको मध्यरातदेखि थप ४० मेगावाट विद्युत् थप काठमाडौँ, १७ पुस- नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा गएको मध्य���ातदेखि थप ४० मेगावाट विद्युत् थप भएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीकाअनुसार ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात गरिएको हो । भारतको मुजफ्फरपुर सबस्टेसनमा जडान गरिएको एक सय एमभीएको ट्रान्सफर्मरबाट भारतको विद्युत् व्यापार गर्ने संस्स्था एनभिभिएमले प्रतियुनिट पाँच रुपैयाँ ६० पैसामा नेपाललाई विद्युत् उपलब्ध गराएको हो । भारतबाट यसअघि ३०० मेगावाटसम्म बिजुली आयात गर्ने गरिएको थियो । यसमा ४० मेगावाट थप भएको छ । मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्ने अभियान स्वरुप नै प्राधिकरणले भारतबाट थप विद्युत् आयात गरेको हो । प्रवक्ता अधिकारीले उक्त अन्तरदेशीय प्रसारण लाइनबाट यसअघि ८० मेगावाट विद्युत् आयात भइरहेको छ भने थप ४० मेगावाट आयात भएपछि १२० मेगावाट पुगेको छ । सोही प्रसारण लाइनबाट आगामी माघ १७ गतेदेखि थप ४० मेगावाट विद्युत् आयात गरिनेछ । गत तिहारबाटै काठमाडौँ उपत्यकामा विद्युत्भार काटौती अन्त्य भएको छ भने थप विद्युत्को जोहो गरेर मुलुकलाई नै विद्युत्भार कटौती अन्त्य गर्ने योजनामा सरकार लागिरहेको छ । नदीमा पानीको बहाव घटेर उत्पादन कम भए पनि भारतबाट आयात गरिएको विद्युत्ले सन्तुलन कायम गराउन मद्दत पुग्ने प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ । त्यस्तै, कटैया–कुसाह र परावनीपुर–रक्सौलमा १३२ केभी प्रसारण लाइन निर्माण भइरहेकाले त्यो सम्पन्न भएपछि ती प्रसारण लाइनबाट ५०÷५० मेगावाट विद्युत् आयात हुनेछ । प्राधिकरणले काठमाडौँ उपत्यका, कास्की, नुवाकोट, धादिङ, रसुवा, गोरखालगायतका जिल्लामा पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त गरिसकेको छ ।
0 notes