#चरउन
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
भैँसी चराउन गएका कालेको नदीले बगाएर मृत्यु चितवन, १७ वैशाख । राप्ती नदीले बगाएर खैरहनी नगरपालिका–११ बस्ने ६३ वर्षीय काले सार्कीको भए कोछ । भैँसी चराउनका लागि गएका सार्की नदीले शनिबार बगाएकामा आज बिहान मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । The post भैँसी चराउन गएका कालेको नदीले बगाएर मृत्यु appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
वन्यजन्तु संरक्षणका लागि वनमा गाईबस्तु चराउन बन्द रत्ननगर (चितवन), १५ वैशाख । पर्यटकीय क्षेत्रका रुपमा विकास भएको पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गाईबस्तु चराउन बन्द गरेको छ । पर्या–पर्यटनको विकास र वन्यजन्तु संरक्षणका लागि यहाँ चरिचरन बन्द गरिएको कुमरोज सामुदायिक वनका कार्यालय सचिव भरत नेपालले जानकारी दिनुभयो । सामुदायिक वन संरक्षण भएसँगै यहाँ वन्यजन्तुको वासस्थानमा बृद्धि भएकाले निश्चित स्थान छुट्याएर अन्य क्षेत्रमा चरिचरन बन्द गरिएको हो । सामुदायिक वनले अहिले गाउँका बस्तु चराउन दुई ठाउँमा तारबार लगाएर स्थान छुट्याएको छ । कुमरोज वनको इचर्नी पोष्ट र जनकपुर पोष्टनजिकै झन्डै १०÷१० हेक्टर क्षेत्रफलमा मात्रै चरिचरन गर्न पाइने नियम बनाइएको नेपालले जानकारी दिनुभयो । अन्य क्षेत्रमा मानिस र पालुवा जनावरको आवतजावत हु��दा पर्या–पर्यटनमा र वन्यजन्तुको वासस्थान प्रभावित हुने भएकाले चरिचरनमा रोक लगाइएको सामुदायिक वनले जनाएको छ । स्थानीय बूढी राप्ती उपभोक्ता समिति, कुमरोज सामुदायिक वन, खैरहनी नगरपालिका, चोरी सिकार नियन्त्रण युवा जागरण अभियानलगायत सङ्घसंस्थाको पहलमा चरिचरन बन्द गरिएको हो । जङ्गलमा चरिचरन र घाँस दाउरा गर्न जाँदा वन्यजन्तुको आक्रमणमा परी मानिसको समेत ज्यान जाने खतरा रहेकाले अहिले जोखिम कम भएको स्थानीयवासी गोविन्द दराईले जानकारी दिनुभयो । चितवनको सौराहासँगै जोडिएको उक्त क्षेत्रमा अहिले विदेशी पर्यटकसमेत गैँडा हेर्न पुग्छन् भने हात्ती सफारी र जिप सफारी गरेर वन्यजन्तु अवलोकनको सुविधा उपलब्ध गराइएको छ । The post वन्यजन्तु संरक्षणका लागि वनमा गाईबस्तु चराउन बन्द appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
बाख्रा चराउन जाँदा भीरबाट दुईसय मिटर तल खसेर मृत्यु जाजरकोट, २५ पुस- यहाँको डाँडागाउँ–१ पालीको भानेभिरबाट खसेर एक वृद्धको आज बिहान ज्यान गएको छ । बिहान बाख्रा चराउन गएको बेला डाँडागाउँ–१ का ६५ वर्षीय वृद्ध भोटे पुनको भिरबाट लडेर ज्यान गएको स्थानीय भवीलाल पुनले जानकारी दिनुभयो । भिरबाट करिब दुई सय मिटर तल खसेर उनको मृत्यु भएको हो ।
0 notes
nepal123 · 9 years ago
Text
प्रधानमन्त्रीले भने-म गाउँघरमा बाख्रा चराउने गोठालो हुँ
प्रधानमन्त्रीले भने-म गाउँघरमा बाख्रा चराउने गोठालो हुँ
‘दुरीले प्रेमीका प्रेम पनि खतम हुन्छ’
(more…)
View On WordPress
0 notes