#सहभग
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
आयोगमा दर्ता नभएका दललाई निर्वाचनमा सहभागी गराउनेबारे छलफल काठमाडौँ, ११ वैशाख । संविधान संशोधन र दुई चरणको निर्वाचनको विषयमा समझदारी बनेपछि सरकार सङ्घीय गठबन्धनमा आबद्ध दलहरु र निर्वाचन आयोगबीच आज बिहान भएको छलफलमा हालसम्म दर्ता नभएका दलहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउन कानुनी र अन्य जटिलता फुकाउन छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मधेस केन्द्रित दलहरुको एकतापछि निर्माण भएको राष्ट्रिय जनता पार्टी र अन्य छुटेका दलहरुलाई पहिलो चरणको निर्वाचनका लागि तोकिएको उम्मेदवारी मनोनयनको दिन यही वैशाख १६ गतेको सट्टा १८ गतेलाई सार्ने र उम्मेदवारहरुको हस्ताक्षर बुझाउने समय पनि केही दिन पर सार्न आफूहरु तयार भएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले बताउनुभयो । उहाँले विद्यमान संविधान र कानुनमा केही दलले माग गरेजस्तो पार्टीको निर्वाचन चिह्न हाललाई दिन नसकिने तथा दोस्��ो चरणको निर्वाचन (जेठ ३१) मा जाँदा पनि नयाँ मतपत्र छाप्न कठिनाइ हुने स्पष्ट गर्नुभयो । उहाँले जेठ १५ मा बजेट ल्याउनुपर्ने संविधानको व्यवस्थालाई पछि सार्ने गरी संविधान संशोधनमा गएर दोस्रो चरणको निर्वाचन गर्दा आचारसंहिता प्रतिकूल नहुने बताउनुभयो । सङ्घीय गठबन्धनका नेता राजेन्द्र श्रेष्ठले सरकार र आफूहरुबीचको समझदारीलाई चाँडै लिखित सहमतिमा रुपान्तरण गरी दल दर्ता र निर्वाचन चिह्नका बारेमा अध्यादेशबाट भए पनि कानुन संशोधन गरेर निर्वाचनमा जाने वातावरण बनाउन सरकार सकारात्मक भएकाले आन्दोलन स्थगन गरिएको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आमन्त्रणमा भएको सो छलफलमा सङ्घीय गठबन्धनका नेताहरु र निर्वाचन आयोगका पदाधिकारी सहभागी हुनुहुन्थ्यो । The post आयोगमा दर्ता नभएका दललाई निर्वाचनमा सहभागी गराउनेबारे छलफल appeared first on Etajakhabar.
0 notes
theadventureworld · 8 years ago
Link
Just Pinned to USA NEWS: वशवकप फटबल वसतरत : सहभग टलक सखय पगय खल हन http://ift.tt/2j3K5Cy
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मधेसी मोर्चा सरकारमा सहभागी हुने १० वैशाख, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारमा सहभागी हुने भएको छ । वैशाख ३१ गते पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले सरकारको न���तृत्व हस्तन्तरण गरे लगत्तै बन्ने शेरबहादुर देउवा नेतृत्वको सरकारमा मधेसी मोर्चा सहभागी हुने भएको हो । यो पढ्नुस्: प्रचण्डले जेठ २ गते सरकार छोड्दै ! किन झस्कियो एमाले ? राष्ट्रिय जनता पार्टीका नेता केशव झाले नेपाली हेडलाइन्ससँग भने,‘देउवा नेतृत्वको सरकारमा मधेसी मोर्चा सहभागी हुन्छ ।’ तीन बुँदे सहमति अुनसार प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको मधेसी मोर्चाले सहमति पालना नभएको भन्दै आठ महिनापछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । तर सरकारले मोर्चाको चाहना अनुसार संविधान संशोधन विधेयक पेश गर्न सहमति जनाएपछि अन्ततः मधेसी मोर्चाले पनि सरकारमा सहभागी हुने निर्णय गरेको छ । यो पढ्नुस्। देउवाको ठाडो निर्देशनमा अन्ततः यसरी झुके निधि The post मधेसी मोर्चा सरकारमा सहभागी हुने appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
स्थानीय चुनावमा ८० पार्टी सहभागी हुने, साझा पार्टीको नाम छैन २६ चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नामावली प्रकाशित गरेको छ, जसमा ८० वटा दलहरुको नाम छ । आयोगले स्थानीय तह निर्वाचनमा भाग
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
कोपा पुमा यू—१२ फुटबलमा नेपाल सहभागी टोकियो (जापान), १७ चैत । शुक्रबारदेखि जापानमा सुरु हुने एक अन्तर्राष्ट्रिय फुटवल प्रतियोगितामा नेपालले १२ खेलाडीलाई आक्रामक प्रस्तुतिका साथ सहभागिता जनाउने भएको छ । कोपा पुमा टोरेरोस कप यू—१२ फुटबल नाम दिइएको प्रतियोगितामा उपाधि प्राप्तिका लागि भन्दै १२ खेलाडीले आक्रामकरुपमा भिड्ने तयारीका साथ प्रशिक्षण दिइएको छ । उनीहरुलाई आक्रामक रुपमा प्रस्तुत गराउन पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचन र राजेन्द्र तामाङले आज दिनभर प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ । गत वर्ष १८औँ स्थानमा परेको नेपाल यस पटकको राम्रो प्रयास भएपनि उपलब्धि नजिक नरहेको प्रशिक्षक गौचनको भनाइ छ । गौचनले कमजोर भएपनि नेपाली खेलजगत्को हौसला र बालबालिकाको खेलप्रति आकर्षण बढाउन आफू कार्यरत जापान एकेडेमीको सहयोगमा १२ खेलाडीलाई प्रतिस्पर्धामा उतारेको बताउनुभएको छ । अङ्कका आधारमा विजेता घोषणा गरिने यो प्रतियोगितामा आक्रामक वा मैत्रीपूर्ण जुनसुकैमा पनि उत्कृष्ट प्रस्तुति भएमा उपलब्धि टाढा नरहेको नेपालबाट खेलाडीको नेतृत्व गर्दै आएका प्रशिक्षक तामाङ बताउनुहुन्छ । खेलाडी ल्याउन सक्रिय भूमिका निभाएका व्यवसायी प्रकाश तुलाचनले प्रतिस्पर्धीसँग भिड्नका लागि बुटवल, भैरहवा, पोखरा, काठमाडौँलगायत न��पालभरका पाँचसयभन्दा बढीबाट १२ जना छनोट भएको खेलाडी जापानको खेलमैदानमा आएको जानकारी दिनुभयो । प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी गौचनको पहलमा करिब एक साताका लागि आएका नेपाली खेलाडी ब्राजिल, स्पेन, अस्टे«लिया, जर्मनीलगायतका प्रतिस्पर्धी १२ टिम तथा जापानका स्थानीय २० टिमसँग भिड्नेछन् । राजधानी टोकियोबाट झन्डै साढे ४ घन्टा पश्चिम दक्षिणमा पर्ने सिजुओका प्रान्तको खामियामास्थित गोतेन्बा मैदानमा हुने प्रतियोगितामा नेपाली खेलाडीको सहयोगार्थ बुधबार साँझ सिनओकुबोमा आयोजित च्यारिटी सोमा सहभागीले बालखेलाडीलाई बधाई �� हौसला दिएका थिए । कार्यक्रममा जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष सुदन थापा, विभिन्न सङ्घसंस्था र राजनीतिक भ्रातृसङ्गठनका पदाधिकारीले कलिलो उमेरमा अभिभावकलाई छोडेर जापानमा विदेशी टिमसँगको प्रतिस्पर्धामा भिड्ने खेलाडीको आक्रामक शैलीको प्रशंसा गरेका थिए । गत वर्षको प्रतियोगितामा स्पेनको एट्लेटिको म्याड्रिड, जर्मनीको हर्था बर्लिन, मेक्सिकोको चिभास, दक्षिण कोरिया र हङकङ तथा जापानको टोली अन्तिमसम्म भिडेका थिए । प्रतियोगितामा प्रथम हुने टोलीले युरोपमा हुने यू—१२ खेलमा सिधै सहभागी हुन पाउने प्रावधान छ । The post कोपा पुमा यू—१२ फुटबलमा नेपाल सहभागी appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
निर्वाचनमा सक्रिय सहभागी हुन थवाङीलाई आह्वान लिवाङ (रोल्पा), ८ चैत । थवाङको विकासका लागि कृषि, पर्यटन र जडीबुटीमा जोड दिनुपर्नेमा स्थानीय दलका नेताहरुले बताउनुभएको छ । थबाङमा भएको राजनीतिक दलहरुको समन्वयात्मक बैठकमा उहाँहरुले थबाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्नका लागि सदनमा आवाज उठाउन सांसदहरुलाई आग्रह गर्नुभयो । नेकपा राप्ती ब्युरो सदस्य जयप्रकाश रोकाले अब हामीलाई झुटा आश्वासन नभई थबाङ र समग्र सिङ्गो देशकै विकासको आवश्यकतामा जोड दिनुभयो । सांसद तथा नेपाली काँग्रेसका पार्टी सभापति अमरसिंह पुनले आगामी चुनावमा थबाङको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । जलजलामा शान्तिबाटिका स्थापना गर्न र जलजलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफू सधँै लागिरहने बताउनुभयो । नेकपा(माओवादी केन्द्र)का जिल्ला सम्मेलन आयोजक समिति सदस्य ग्रीस पुनले थबाङी जनता विचारमा विविधता भए पनि विकासका साझा विषयमा एक छन् भन्नुभयो । नेकपाका डिसिएम हितप्रसाद रोकाले थबाङमा औषधिजन्य कृषिको व्यावसायिक सम्भावना रहेको औँल्याउनुभयो । उहाँहरुले. लिबाङ, धबाङ, जलजला, थबाङ सडकलाई थबाङदेखि जलजलासम्म विस्तार गर्नुपर्ने, सिँचाइ योजना सञ्चालन गर्नुपर्ने, साना लघु जलविद्युत्को स्तर वृद्धि तथा मर्मतसम्भार गर्नुपर्ने, खानेपानी मर्मतका लागि पहल गर्नुपर्ने तथा जलजलाको समग्र संरक्षण र प्रबद्र्धनका लागि पहल गर्नुपर्ने लगायत सुझाव दिनुभएको थियो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मोर्चालाई निर्वाचनमा सहभागी हुन कमल थापाको आग्रह विराटनगर, ६ चैत । उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहभागी हुन आह्वान गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अहिले सहमति हुन सक्ने विषयमा सहमति गर्न र अन्य विषयमा भविष्यमा सहमति हुने गरी मध्यमार्गी बाटो अपनाएर निर्वाचनमा सहभागी हुन मोर्चालाई आह्वान गर्नुभयो । आधुनिक नेपालको निर्माणपछि स्थानीय सरकारको वास्तविक अवधारणानुरुप निर्वाचन हुन गइरहेको बताउँदै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले निर्वाचन आयोग युद्धस्तरमा निर्वाचनको तयारीमा जुटेको र दलहरु निर्वाचनतर्फ अग्रसर भइरहेको अवस्थामा मधेसी मोर्चालाई अलग नहुन आग्रह गर्नुभयो । उपप्रधानमन्त्री थापाले स्थानीय तहको सङ्ख्या, आकार परिवर्तन मात्रै नभई नयाँ संरचनानुसार स्थानीय तह बढी अधिकारसम्पन्न भएको पनि स्पष्ट पार्नुभयो । वैशाख ३१ गते हुने निर्वाचन सम्पन्न गर्न सरकारले पनि तयारी तीव्र रुपमा गरेको उल्लेख गर्दै उहाँले निर्वाचन निर्धारित समयमै हुनेछ भन्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले निर्वाचन आयोगले आफ्ना पार्टीको नीतिमा निषेध गरेका विषय स्वीकार नभएको स्पष्ट गर्दै सो विषयमा औपचारिक रुपमा आयोगलाई ज्ञापनपत्र बुझाउने तयारी भइरहेको जानकारी गराउनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
सुस्तः श्रवण भएका नौजना विद्यार्थी एसइईमा सहभागी झापा, ४ चैत- माध्यमिक शिक्षा परीक्षा (एसइई) मा झापाबाट सुस्तःश्रवण भएका र दृष्टिविहीन गरी नौजना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । सरस्वती मावि केन्द्रबाट सुस्तःश्रवण भएका नौजना विद्यार्थी परीक्षामा सहभागी भएका हुन् । सुरुङ्गाको कनकाई माविमा अध्ययनरत उनीहरुले यो परीक्षा केन्द्रबाट परीक्षा दिएको जिल्ला शिक्षा कार्यालय, झापाले जनाएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
स्थानीय तहको निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दललाई अपिल काठमाडौँ, २१ फागुन । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले संविधानप्रति असन्तुष्ट सम्पूर्ण राजनीतिक दललाई आगामी वैशा�� ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन अपिल गर्नुभएको छ । उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिद्वारा यहाँ आज आयोजित दलित जिल्ला समन्वय समितिका उपाध्यक्षका निमित्त दुईदिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री पाण्डेले संविधानप्रतिको असन्तुष्टिलाई निर्वाचनपछि पनि सम्बोधन गर्न सकिने हुँदा अहिले चुनावका लागि तयारी अवस्थामा रहन सबै दललाई आग्रह गर्नुभयो । “संविधान कार्यान्वयन गर्नु वर्तमान सरकारको पहिलो प्राथमिकता हो, त्यसैले तोकिएकै समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गरी मुुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुको विकल्प छैन”– मन्त्री पाण्डेले भन्नुभयो । ��र्तमान सरकारले दलित विकास समितिलाई विघटन गर्न खोजेको भन्ने आरोप मात्र भएको भन्दै मन्त्री पाण्डेले आगामी दिनमा विकास समितिलाई अझै प्रभावकारी र अधिकार सम्पन्न बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले अधिकार मागेर नभई लडेर मात्र पाउने भएकाले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि दलित, महिला, मधेसी, मुस्लिमलगायत उत्पीडनमा पारिएका समुदायले एकीकृत रूपमा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । सदियौँदेखि दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत समस्याको अन्त्य गर्दै ती समुदायले गर्दै आएको पेसालाई आधुनिकीरण गर्नुपर्ने मन्त्री पाण्डेको भनाइ छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्माले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिताका लागि नीतिगत व्यवस्था गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । दुईदिने गोष्ठीमा दलित जिल्ला समन्वय समितिका उपाध्यक्षलाई ‘स्थानीय तहको निर्वाचनमा दलित प्रतिनिधित्वको सवाल’, ‘समावेशीकरण सिद्धान्तको कसिमा नेपालको संविधान र कार्यान्वयनको चुनौती’ र ‘स्थानीय निकायको बजेट तर्जुमा र दलित समुदायको पहुँच अभिवृद्धि’ लगायतका विषयका प्रशिक्षण दिइने दलित विकास समितिका कार्यकारी निर्देशक डा वुद्धि नेपालीले जानकारी दिनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
पर्वतबाट ९८ हजार मतदाता निर्वाचनमा सहभागी हुने फलेवास (पर्वत), ११ फागुन । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पर्वत जिल्लाबाट ९८ हजार मतदाताले सहभागिता जनाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार हालसम्म ९८ हजारले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएका हुन् । गत असोज मसान्तसम्ममा जिल्लामा ९७ हजार ३९३ जनाले मतदाता नामावलीमा नाम लेखाएका छन् भने ६ सय जनाभन्दा बढीले अन्य जिल्लामा नाम लेखाएकाले ९८ हजारभन्दा बढीले मतदानमा सहभागिता जनाउन पाउने भएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । जिल्लामा सङ्कलन भएका ९७ हजार ३९३ जना मतदातामध्ये ४६ हजार १८६ पुरुष र ५१ हजार २०७ महिला रहेका छन् । पुरुष बढी मात्रामा वैदेशिक रोजगारीका लागि मुलुक बाहिर भएकाले पनि महिलाहरुको सङ्ख्या बढी भएको हो । मतदाता नामावलीमा नाम लेखाएकामध्ये दुईहजार ९३० जनाले भने मतदानमा सहभागी हुन नपाउने भएका छन् । उनीहरु फागुन मसान्तसम्म १८ वर्षभन्दा कम उमेर समूहका हुने भएकाले उनीहरुले स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउन नपाउने निर्वाचन अधिकारी शर्माले जानकारी दिनुभयो । सरकारले सोमबार आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि मङ्गलवारदेखिनै मतदाता नामावली सङ्कलन कार्य रोकिएको छ । सोमबारसम्म जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय, हुवासबाट समेत मतदाता नामावली सङ्कलन हुँदै आएकोमा मङ्गलवारदेखि सबैठाउँमा रोकिएको हो । उहाँका अनुसार स्थानीय तहको निर्वाचनसम्म मतदाता नामावली सङ्कलनको कार्य हुँदैन । विदेशमा भएका वा अन्य कुनै कारणले छुटेकाहरुले स्थानीय निर्वाचनपछि मात्र पुनः मतदाता नामावलीमा नाम लेखाउन पाउने भएका छन् । निर्वाचन कार्यालयले २०७० सालको सविधान सभा निर्वाचन अघिदेखिनै मतदाता नामावली सङ्कलन गर्दै आएको थियो । उक्त अभियानबाट हालसम्म ९९ हजार १३० जनाले नाम लेखाएको भएपनि दुई हजार ९३० जना १८ वर्षभन्दा कम उमेर समूहका रहेकाले मतदान गर्नका लागि अयोग्य रहेको कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतले सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै सबैजसो तयारी सुरु गर्न थालेको जनाएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
११ औं सफल पोखरा म्याराथनमा ४ हजार सहभागी हुँदै पोखरा, ५ फागुन– पोखरामा शनिबार हुने सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भुतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा ११औं संस्करणको म्याराथन प्रतियोगितामा  शुक्रबार साँझसम्म नाम दर्ता गर्न सकिने म्याराथनमा करीब ४ हजार प्रतिष्पर्धीले भाग लिने अपेक्षा गरिएको मञ्चका अध्यक्ष खड्गबहादुर रानाभाटले बिहीबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए । ४२ दशमलव १९५ मिटर म्याराथनमा करीब १२५ जनाले सहभागिता जनाउने उनले जानकारी दिए । त्यस्तै, छात्र /छात्रा ५ किलोमिटर दौडमा करीब २ हजार, रन फर फनमा करीब �� हजार ५ सय तथा अपाङ्गताहरुको हृविलचेयर दौडमा करीब ५० जनाले भाग लिने अनुमान गरिएको रानाभाटले बताए । उनका अनुसार म्याराथनमा दौडनका लागि हालसम्म नेपाली खेलाडीहरु ५५ जना पुरुष र ६ जना महिला तथा एक स्पेनिस खेलाडीले नाम दर्ता गराईसकेको जानकारी दिए । त्यस्तै छात्र दौडमा ८ सय, छात्रा दौडमा ६ सय तथा रन फर फनका लागि १ हजार ६ सयले नाम दर्ता गराइसकेका छन् । शनिबार विहान ७ बजे पोखरा रंगशालाबाट शुरु हुने म्याराथन पृथ्वीचोक, छोरेपाटन, विरौटा, राष्ट्रवैंकचोक, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा, सिद्धार्थचोक, मोहरियाटोल, विन्ध्यबासिनी, बगर, लामाचौर, बाटुलेचौर, उपल्लो दीप, तल्लो दीप, पुनः बगर हुँदै नदीपुर, महेन्द्रपुल, हस्पिटलचोक, अमरसिंहचोक, बिजयपुर, लेखनाथचोक, औद्यौगिक क्षेत्र, इन्द्रचोक हुँदै पुनः रंगशालामा आएर टुंगिनेगरी उनले बताए । लक्ष्मी हाउसको उत्पादन सफल दुधको प्रायोजनमा हुने प्रतिस्पर्धा अन्तर्गत म्याराथन बिजेताले नगद ६० हजार, उपबिजेताले ४० हजार, तृतीय हुनेले २५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले ५ हजार पुरस्कार पाउने मञ्चका सचिव हरिप्रसाद पराजुलीले जानकारी दिए । यसैगरी पाँच किलोमिटर छात्र /छात्रा दौडका विजेताले नगद ७, ५ र ३ हजार पुरस्कार पाउने छन् । ह्विलचियर महिलारपुरुष चारसय मिटर दौडमा विजेताले भने ३, २ र १ हजार नगद पाउने छन् ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
पोखरा उपत्यका बृहत् सफाइ अभियान, डा. रवीन्द्र समीर र जीवा लामिछाने पनि सहभागी पोखरा, १६ माघ- पोखरामा जारी बृहत सफाइ अभियानको ३५ औं श्रृंखलामा डा. रवीन्द्र समीरसँगै एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछानेले ऐक्यवद्धता जनाएका छन् । सृजनाचोकदेखि रत्नचोक हुँदै एयरपोर्टसम्म सम्पन्न अभियानमा झण्डै २ टन फोहोर मैला संकलन गरिएको सृजना टोल विकास संस्थाका अध्यक्ष बलराम बरालले जानकारी दिएका छन् । सफाइ अभियानमा कास्कीका स्थानीय विकास अधिकारी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनिलकुमार शाही, मुक्तिनाथ विकास बैंक, विभिन्न आमा समूह, टोल विकास संस्था, जनप्रिय मावि, सरस्वती बोर्डिङ स्कुल, ला ग्राण्डी कलेज लगायत सामाजिक अभियन्ताहरु र स्थानीय वडाबासीहरुको उल्लेख्य उपस्थिति रहेको वडा नं. ८ का वडासचिव चन्द्रबहादुर गुरुङले बताए । कार्यक्रमको समापनमा टोल विकास संस्था समन्वय समिति पोखरा ८ क��� अध्यक्ष शारदा गिरीले धन्यवाद ज्ञापन गरेकी थिइन् । ३६ औं हप्ताको सफाइ अभियान वीपी चोकबाट सुरु हुने वडा नं. ९ का सचिव लोकदर्शन कोइरालाले जानकारी दिए ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
इरानका पूर्व राष्ट्रपति रफसञ्जानीको अन्त्यष्ठीमा लाखौं इरानी सहभागी इरान, २६ पुस- इरानका पूर्व राष्ट्रपति अकवर हासेमी रफसाञ्जानीको मृत्युपछि शोक मनाइरहेका लाखाँै इरानी जनता उहाँको अन्त्येष्ठीमा उपस्थित भई उहाँप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् । रफसाञ्जानीको हृदयघातका कारण आइतबार निधन भएको थियो । उहाँ ८२ वर्षको हुनुहुन्थ्यो । तेहरान युनिभर्सिटी परिसरमा राखिएको शव वरपर इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको नेतृत्वमा लाखाँै मानिस भेला भएका छन् । प्रार्थना सभाका अवसरमा खामेनीले आफ्नो भन्दा भिन्न विचार राख्ने सफसाञ्जानीको अन्तेष्ठी समारोहकाबीच इरानी पूर्व राष्ट्रपतिको इरानक��� इश्लामिक क्रान्ति र त्यसपछिका कामको प्रशंसा गर्दै उहाँको निधनबाट इरानले एक कर्म योद्धालाई गुमाएको बताउनुभयो । रफसाञ्जानी इरानी राजनीतिमा क्रान्ति, धेर्य र प्रतिरोधका प्रतिक हुनुहुन्थ्यो । अन्त्येष्ठी प्रार्थनामा सर्वोच्च नेता खामेनीलाई राष्ट्रपति हसन रुहानी,इरानी संसदका सभामुख अलिलारिजानी र उहाँका भाई तथा न्यायापालिका प्रमुख आयोतोल्लाह सादेग लारिजानी लगायतका उच्च पदस्थ अधिकारले सघाएका छन् । प्रार्थनापछि पूर्वराष्ट्रपति रफसाञ्जानीको शवलाई सन् १९७९ इरानी क्रान्तिका शिर्षस्थ नेता आयोतोल्लाह रुहोल्लाह खोमेनीको शव राखिएकै शवकक्षमा अन्त्येष्ठी गरिने छ । उहाँको निधनपछि शोकमग्न बनेको इरानमा सरकारले तीन दिन राष्ट्रिय शोक र विदाको समेत घोषणा गरेको छ । सन् १९३४ मा जन्मनुभएका रफसाञ्जानी इरानका प्रभावशाली राजनीतिज्ञ, धार्मिक विद्धान, र इरानका संस्थापक नेता आयतोल्लाह रुहोल्लाह मुसाभी खोमेनीका विश्वासपात्र हुनुहुन्थ्यो । सन् १९८९ देखि १९९७ सम्म राष्ट्रपति भएका रफ्साञ्जानीले सन् १९७९ को इरानी क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो भने जीवनको उत्तराद्र्धमा उहाँलाई अनुदार कट्टरपन्थीहरुका लागि चुनौतीपूर्ण व्यक्तित्वका रुपमा लिइने गरिन्थ्यो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनमा सहभागि हुन पर्यटनमन्त्री शाही थाइल्याण्ड प्रस्थान काठमाडौँ, २४ पुस- अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को बैठकमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही आज थाइल्यान्ड प्रस्थान गर्नुभएको छ । बैङ््ककमा रहेको आइकाओको एसिया तथा प्रशान्त क्षेत्रको कार्यालयमा यही पुस २५ देखि २६ गतेसम्म हुने बैठक मा सहभागी हुन मन्त्री शाही आज दिउँसो थाइल्यान्ड जानुभएको हो । उक्त कार्यक्रममा आइकाओका सदस्य राष्ट्र नेपालसहित एसिया प्रशान्त क्षेत्रमा रहेका मुलुकको सहभागिता रहनेछ । बैठक नेपालजस्तो पर्यटकीय सम्भावना बोकेको र नागरिक उड्डयन क्षेत्रमा अगाडि बढ्ने अवस्थामा रहेको मुलुकका लागि क्षेत्रीय कार्यालयको कार्यक्रमका सहभागी हुनाका साथै आफ्नो विषय प्रस्टसँग नेपालको नागरिक उड्डयन क्षेत्रको हितमा राख्ने महत्वपूर्ण अवसरसमेत मानिन्छ । कार्यक्रममा एसिया प्रशान्त क्षेत्रमा रहेको नागरिक उड्डयन क्षेत्रको विद्यमान अवस्था र सुरक्षाको पछिल्लो अवस्था लगायत विषयमा छलफल हुने बताइएको छ । मन्त्री शाहीका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमसमेत हुनुहुन्छ । मन्त्री शाही पुस २७ गते नेपाल फर्कने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार सुनिल सापकोटाले बताउनुभयो ।
0 notes
theadventureworld · 8 years ago
Link
Just Pinned to EDUCATION: वशवकप फटबल वसतरत : सहभग टलक सखय पगय खल हन http://ift.tt/2ieze7w
0 notes
theadventureworld · 8 years ago
Link
Just Pinned to USA NEWS: वशवकपम सहभग दश बढउन मतदन हद पच वकलप खल http://ift.tt/2jmowt9
0 notes