Tumgik
#छनट
nepal123 · 7 years
Photo
Tumblr media
कांग्रेसले गर्यो जिल्ला उम्मेदवारको छनोट प्रक्रिया केही दिनका लागि स्थागित १३ वैशाख,  धनगढी । नेपाली काँग्रेस कैलालीले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारको छनोट प्रक्रिया केही दिनका लागि स्थागित गरेको छ । काँग्रेसका जिल्ला उपसभापति प्रकाश बमले वैशाख ३१ गतेका लागि तोकिएको निर्वाचनको मिति सरेर जेठ ३१ गते तोकिएपछि केही दिनका लागि उम्मेदवार छनोट प्रक्रिया स्थगित गरिएको बताए । “केही दिन छनोट प्रक्रिया स्थगित गरेर वैशाख महिनाभित्रमा उम्मेदवारको टुङ्गो लगाइसक्छौँ,” उनले भने । काँग्रेसको तर्फबाट प्रमुख पदका लागि धनगढी उपमहानगरपालिकामा कृष्णबहादुर महरा र नृप ओड, टीकापुर नगरपालिकामा जङ्गबहादुर साउद र केशरी विष्ट, गोदावरी नगरपालिलकामा हेमप्रकाश उप्रेती, वीरेन्द्र भट्ट र खडक बडैला, गौरीगङ्गा नगरपालिकामा दिनेश जोशी, शेरबहादुर देउवा र भोजबहादुर बम, लम्कीचुहा नगरपालिकामा देवानन्द जैशी र भक्तबहादुर थापा तथा घोडाघोडी नगरपालिकामा लक्ष्मीराज जैशी र रीता चौधरीलगायतका आकाङ्क्षी रहेको जिल्ला उपसभापति बमले बताए। नेकपा एमालेले भने जिल्लाका १३ स्थानीय तहमध्ये १० वटा स्थानीय तहमा पार्टीबाट उठाइने प्रमुख, उपप्रमुखलगायत पदका उम्मेदवारको टुङगो लगाइसकेको छ । एमालेको– ७ नं प्रदेश सङ्गठन समितिको कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले धनगढी उपमहानगरपालिका, लम्की चुहा र गोदावरी नगरपालिकामा उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको जानकारी दिए । सो पार्टीले टिकापुर नगरपालिकामा तपेन्द्र रावल, भजनी नगरपालिकामा प्रदीप मल्ल, घोडाघोडी नगरपालिकामा अमर साउद, गौरीगङ्गा नगरपालिकामा भीम देउवालाई प्रमुखको उम्मेदवार बनाउने टुङ्गो लगाएको छ । नेकपा (माओवादी केन्द्र)ले अधिकांश तहमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारको टुङ्गो लगाइसकेको छ । सो पार्टीले धनगढी उपमहानगरमा रामसमझ राना, गोदावरी नगरापलिकामा गोकर्ण भट्ट, भजनी नगरमा शेरबहादुर थारुलाई प्रमुख पदमा उठाउने निर्णय गरिसकेको छ । राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायतका दललेले उम्मेदवारको टुङ्गो अहिलेसम्म लगाउनसकेका छैनन् । चुनावी सरगर्मी बढ्दै जाँदा प्रायः सबै दलहरुले आ–आफ्नो प्रचारप्रसार अभियान गरिरहेका छन् । उद्योगी एवम् व्यापारी गोपाल हमाल धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै चुनावी अभियानमा लागेका छन् । रासस The post कांग्रेसले गर्यो जिल्ला उम्मेदवारको छनोट प्रक्रिया केही दिनका लागि स्थागित appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
छनौट गरिएका योजना मूल्याङ्कनको चरणमा कैलाली, ५ वैशाख । सरकारले चालु आर्थिक वर्ष २०७३÷७४ को बजेटमा धनगढीलाई अत्याधुनिक सहरको रुपमा विकास गर्न सघन सहरी विकास कार्यक्रमका लागि छनोट गरिएका योजना मूल्याङ्कनको चरणमा रहेका छन् । सहरी विकास तथा भवन डिभीजन कार्यालय धनगढीका प्रमुख रवीन्द्र बोहराका अनुसार छनोट गरिएका आयोजनाका लागि धनगढी उपमहानगरपालिकाले रु एक अर्ब ५० करोड लागतका २५ योजनामध्ये हाल १९ वटा सडकको बोलपत्र आह्वान गरी मूल्याङ्कनको चरणमा रहेका छन् । फोहरमैला व्यवस्थापन, सडक, ढल, बसपार्कलगायतका पूर्वाधार निर्माणलाई केन्द्रित गरेर सो आयोजना लागू गरिएको हो । वैशाखभरिमा छनोटमा परेका योजनाको मूल्याङ्कन गरेर स्थानीय तहको निर्वाचनपछि मात्र निर्माणकार्य सुरु गर्ने बोहराले बताउनुभयो । धनगढी उपमहानगरपालिको कार्यालय भवन, पटेलाको थारु सङ्ग्रहालय, फूलबारी बसपार्क, धनगढीको पुरानो बसपार्कको स्तरोन्नति गरिने छ । The post छनौट गरिएका योजना मूल्याङ्कनको चरणमा appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
उम्मेदवार छनोट गर्न प्रमुख दललाई सकस सिन्धुली, ३ वैशाख । वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा सिन्धुलीमा दलले अझै उम्मेदवारको छनोट गर्न सकेका छैनन् । दलमा उम्मेदवार बन्ने आकाङ्क्षी धेरै भएपछि उम्मेदवार छान्न सकस भएकोे हो । विशेषतः सिन्धुलीमा प्रमुख तीन दललाई नै उम्मेदवार छान्न सकस परेको छ । एउटै वडा तथा गाउँपालिका र नगरपालिकामा तीनदेखि नौजनासम्मका आकाङ्क्षी देखिएपछि दलले अहिले आकाङ्क्षीको नाडी छाम्ने काम गरिरहेका छन् । अहिले सबैजसो मेलापात, घाँस, दाउरा, चियापसल, भेटघाटमा उम्मेदवार को बन्ने होलान् भन्ने चासो र चर्चाको विषय बनेको छ । प्रतिस्पर्धामा जित्नेगरी उम्मेदवारको छनोट गर्न दल पर्ख र हेरको स्थितिमा रहेका छन् । कुनै पनि दलले उम्मेदवार टुङ्गो लगाएपछि अरू दलले टुङ्गो लगाउने प्रमुख दलले मनस्थिति बनाएको देखिन्छ । विगतको स्थानीय तहभन्दा अहिलेको स्थानीय तह अधिकारसम्पन्न भएकाले पनि युवादेखि वृद्धसम्मको आकाङ्क्षा देखिएको छ । अहिले सिन्धुलीमाडीमा चुनावको चर्चा गर्ने प्रमुख दलका नेताहरु उम्मेदवार छनोट नै नगरी चुनावी प्रचार–प्रसारमा लागेका छन् । लामो समयसम्म गाउँ नफिर्किएका नेताहरु पनि अहिले गाउँमै व्यस्त देखिएका छन् । नेपाली काँग्रेसले हरिहरपुरगढी गाउँपालिकामा उम्मेदवारको टुङ्गो लगाइसकेको जिल्ला सचिव दीपक घिमिरेले बताउनुभयो । अन्य गाउँपालिका तथा नगरपालिकाका वडामा भने अन्तिम चरणमा पुगिसकेको उहाँको भनाइ छ । गाउँपालिकाको अध्यक्ष तथा नगरपालिकाको मेयरमा आकाङ्क्षी चार÷पाँचजना हुँदा वैशाख ७ गतेसम्म सिन्धुलीमा उम्मेदवार छनोट भइसक्ने घिमिरेले बताउनुभयो । सिन्धुलीका दुई नगरपालिका र सात गाउँपालिकाका ८० वटा वडामध्ये नेकपा (एमाले)ले ७० वटा वडामा सर्वसम्मतिबाट उम्मेदवार छनोट गरेको एमाले सिन्धुलीका उपाध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिनुभयो । यस्तै, दुधौली नगरपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा पनि सर्वसम्मतिबाट मेयर र अध्यक्षका उम्मेदवार छनोट स्थानीयस्तरमा नै भएको उहाँको भनाइ छ । दशवटा वडामा जिल्ला कमिटीलाई उम्मेदवार तोक्ने अधिकार दिइएको र कमलामाई नगरपालिकासहित अन्य बाँकी गाउँपालिकामा अबको केही दिनभित्रमै स्वच्छ छवि, जनतामाझ लोकप्रिय र जनप्रतिनिधि बनेपछि जनताको हितमा काम गर्न सक्ने उम्मेदवार छनोट गरिने उहाँ बताउनुहुन्छ । नेकपा (माओवादी केन्द्र)ले भने वडा, नगरपालिका र गाउँपालिकाबाट मेयर, अध्यक्षसहितको प्यानलका लागि सिफारिस आएको केन्द्रीय सदस्य पानिराज बम्जनले जानकारी दिनुभयो । माओवादी केन्द्रले सिन्धुलीमा यही ८ गतेभित्र सबै नगरपालिका तथा गाउँपालिकामा उम्मेदवारको टुङ्गो लगाइसक्ने बताउनुभयो । अहिलेसम्म यति नै वडा तथा गाउँपालिकामा उम्मेदवारको छनोट भयो भन्न नसकिने उहाँको भनाइ छ । राप्रपाले भने घ्याङलेक गाउँपालिकाबाहेक अरू सबै गाउँपालिका र नगरपालिकामा उम्मेदवारको छनोट सकेको जिल्ला अध्यक्ष भीष्मराज श्रेष्ठले जानकारी दिनुभयो । घ्याङलेक गाउँपालिकामा पनि वैशाख ९ गतेभित्र उम्मेदवारको टुङ्गो लाग्ने उहाँको भनाइ छ । यस्तै, नयाँशक्ति पार्टीले सिन्धुलीका सबै वटा र तहमा उम्मेदवार उठाउने भएको छ । अहिलेसम्म तीनपाटन गाउँपालिका, मरिणठाकुर गाउँपालिका र घ्याङलेक गाउँपालिकामा उम्मेदवार चयन भइसकेको जिल्ला संयोजक दीर्घराज श्रेष्ठले जानकारी दिनुभयो । कमलामाई नगरपालिकाका केही वडाबाहेक वडाअध्यक्ष, मेयर तथा उपमेयरको उम्मेदवार चयन भइसकेको र बाँकी वडा, गाउँपालिका र दुधौली नगरपालिकामा पनि अबको केही दिनमा उम्मेदवार छनोट गरिने उहाँको भनाइ छ । The post उम्मेदवार छनोट गर्न प्रमुख दललाई सकस appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
ताप्लेजुङमा उम्मेदवार छनोटः माओवादीले सक्यो, काँग्रेस र एमाले छलफलमै १ वैशाख, ताप्लेजुङ । ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र) ले आफ्ना उम्मेदवार घोषणा गरेर गाउँगाउँमा भोट माग्न पठाइसक्दा नेपाली काँग्रेस र नेकपा एमाले भने उम्मेदवार छनोट गर्नमै व्यस्त छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
रुश विश्वकपमा छनौट हुने पहिलो देश बन्यो ब्राजिल १६ चैत, काठमाडौं । पाँच पटकको विश्व च्याम्पियन ब्राजिल रसिया विश्वकपमा स्थान बनाउने पहिलो देश बनेको छ । विश्वकप छनौटमा ब्राजिलले पाराग्वेमाथि ३-० ले हराएको छ । साथै अर्जेन्टिना
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
विश्वकप छनाैटः मेस्सीको अनुपस्थितिमा अर्जेन्टिना बोलिभियासँग हार्‍यो १६ चैत, काठमाडौं । सन् २०१८ मा हुने विश्वकप फुटबलको दक्षिण एशियाली छनौट अन्तर्गत बोलिभियाबिरुद्धको खेलमा अर्जेन्टिनाले २-० को पराजय ब्यहोरेको छ । सुपरस्टार स्ट्राइकर लिओनल मेस्सी फिफाद्वारा चार
0 notes
nepal123 · 8 years
Text
विश्वकप छनोट खेल : ९ खेलाडीमा सीमित बेल्जियम ग्रिससँग १–१ को बराबरीमा रोकियो
विश्वकप छनोट खेल : ९ खेलाडीमा सीमित बेल्जियम ग्रिससँग १–१ को बराबरीमा रोकियो
एजेन्सी । सन् २०१८ मा रसियामा हुने विश्वकप खेल अन्र्तगतको गएराती सम्पन्न खेलमा बेल्जियमले ग्रिससँग १–१ को बराबरी खेलेको छ । समुह एच अन्तर्गत गएराति सम्पन्न खेलमा बेल्जियम ९ खेलाडीमा सीमित भएको ग्रिससँग बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा बेल्जियमले कुनै उल्लेखनिय प्रगती गर्न सकेन ।
View On WordPress
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
कृषि विशेष कार्यक्रमका लागि ११ किसानलाई छनोट भद्रपुर, ३ फागुन- जिल्ला कृषि विकास कार्यालयले चालु आर्थिक वर्षमा सीमान्तकृत तथा पिछडिएका समुदायलक्षित कृषि विशेष कार्यक्रमका लागि ११ किसानलाई छनोट गरेको छ । सत्तार, माझी, सन्थाल र मेचे जातिका किसान छनोटमा परेका हुन् । प्रत्येकले कम्तीमा १० कठ्ठा जग्गामा तरकारीबाली लगाउनु पर्नेछ । कार्यालयले जनही रु ४० हजारका दरले अनुदान उपलब्ध गराउने वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले जानकारी दिनुभयो । कार्यक्रमका लागि जिल्लाका ४९ किसानले कार्यालयमा निवेदन दिएका थिए । स्थलगत मूल्याङ्कन, अनुगमन र ग्राहयताका आधारमा ११ किसान छनोटमा परेको बताइएको छ । छनोट गरिएकामा लखनपुर ४ का लुखिराम मुर्मु र ५ का चुकि मुर्मु, दुवागढी– ८ का डब्लु विर्जा, शरणामती – ७ का लखिराम मुर्मु, चकचकी – ४ का शिवलाल मुर्मु, जलथल– ७ का शयामलाल मुर्मु र बालुवाडी – ८ का लखिराम मुर्मु रहेका छन् । यस्तै कन्काई नगरपालिकाका –७ का बाबुलाल मराङग मई, खजरगाछी – ६ का विपिन हास्दा, केचना – १ का गौरसिंह माझी र जलथल –८ का शान्ति मुर्मु छनोटमा परेका छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत अनुदानका १३ वटा विकास योजना छनोट मोरङ, २४ माघ- सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत मोरङ जिल्लामा पँजीगत अनुुदानअन्तर्गत १३ वटा योजना छनोट भएका छन् । जिल्ला विकास समिति, मोरङका अनुसार विराटनगर उपमहानगरपालिकाको दुुईवटा वडा, रङ्गेली नगरपालिकामा एउटा र बाँकी १० वटा गाविसमा एक–एकवटा योजना छनोट गरिएको हो । जिविस मोरङका स्थानीय विकास अधिकारी शोभाखर रेग्मीका अनुसार योजनाहरु गाउँ परिषद्, नागरिक वडा मञ्च तथा जिविस समितिले गाउँगाउँमा अनुुगमन गरी योजना छनोट गरिएको हो । जिविसका इन्जिनियर घनश्याम दाहालका अनुसार योजनाहरु महादेवा, झुुर्किया, वर्डगा, डायनिया, सोराभाग, बुुधनगर, मझारे गाविस तथा विराटनगर उपमहानगरपालिका र रङ्गेली नगरपालिकाका केही वडामा सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत योजना छनोट भएका हुुन् । कार्यक्रमअन्तर्गत महत्वपूर्ण सडकमा कालोपत्रे गर्ने, पुुल पुुलेसो तथा कलभर्ट निर्माणदेखि सिँचाइका लागि सौर्य ऊर्जाबाट सिँचाइ सञ्चालनमा ल्याइने योजना छनोट भएका छन् । स्थानीय विकास अधिकारी शोभाखर रेग्मीले जनतालाई बढी लाभ हुुनेखालका र सबैले देख्नेखालका महत्वपूर्ण योजना छनोट गरेर काम गर्ने बताउनुभयो । उहाँले चाँडै काम सम्पन्न भए थप बजेटका लागि आफूले पहल गर्नेसमेत बताउनुुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
सातौँ बिग आइकन: तेस्रो चरणमा ७७ प्रतिस्पर्धी छनौट पोखरा, २२ माघ- सातौँ सँस्करणको बिग आइकन अन्तरगत ७७ जना प्रतिस्पर्धीहरु तेस्रो चरणका लागि प्रवेश पाएका छन् । पहिलो चरणको अडिसनबाट छानिएका १ सय १९ प्रतिस्पर्धीमध्येबाट उनीहरु दोस्रो चरणको अडिसन पास भएर तेस्रो चरणको अडिसनका लागि छनौट भएका हुन् । दोस्रो चरणको अडिसन दुई दिनसम्म चलेको थियो । दोस्रो चरणको अडिसनको पहिलो दिन ५७ र दोस्रो दिन २० जना प्रतिस्पर्धीहरुले अघिल्लो चरणका लागि ‘पहेँलो कार्ड’ प्राप्त गरेका थिए । यो पटकको बिग आइकनमा ५४ जिल्लाका कुल ११ सय ५२ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । तेस्रो चरणको अडिसनका आगामी आईतबार हुने आयोजक बिग एफएमले जनाएको छ । ‘बिग आइकनको यो पटकको सिजनमा निकै राम्रा प्रतिस्पर्धीहरु आएका छन् । अघिल्ला चरणमा प्रतिस्पर्धा अझै बढि पेचिलो बन्दै जानेछ ।’ निर्णायक श्यामसुङ तामाङले भने–‘दुई चरणको अडिसनमा हामीले त्यति कडाई नगरेपनि आगामी चरणमा भने निर्णयमा कुनै कम्प्रोमाइज हुनेछैन ।’ करिब २ महिनासम्म चल्ने यो सिजनको बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका छन् । यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हालसम्म म्याग्दीका गगन पुन, पोखराका सुमन गौतम, सर्लाहीका नबिन काफ्ले, बिरौटाकी मुस्कान रानाभाट, मुस्ताङका कुन्साङ गुरुङ र चितवन पटिहानीका साजन आलेले बिग आइकनको उपाधी चुमिसकेका छन् । यी सबै बिग आइकन बिजेताहरु साँगीतिक फाँटमा क्रियाशिल रहेको बिग एफएमले जनाएको छ । यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
जापानमा हुने यु १२ को अन्तराष्ट्रिय प्रतियोगिताको लागि पोखराबट ३५ खेलाडी छनोट पोखरा, ६ माघ- एक महिनापछि जापानमा यु १२ को अन्तराष्ट्रिय प्रतियोगिताको लागि पोखरामा खेलाडी छनोट गरिएको छ । पहिलो चरणबाट ६० जना बाल खेलाडीबाट अहिले ३५ जना छनोट गरिएको छ । अहिले विभिन्न ठाँउका ३५ जना खेलाडीहरु प्रशिक्षण रहेको प्रशिक्षक राजेन्द्र तामाङले जानकारी दिए । छनोट भएकाहरुलाई विहान र साँझ समय अनुकुल नियमित प्रशिक्षण दिईरहेको छ । नेपालको प्रतिनिधित्व गराउने लक्ष्य सहित नेपाल अधिराज्यव्यापी छनोट गरिने प्रशिक्षक राजेन्द्र तामाङले बताए । छनोट पोखरा रंगशालामा छनोट हुने छ । अन्य जिल्लाबाट समेत उमेर समूहका खेलाडीलाई अन्तिम छनोटमा समावेश गरेर अन्तिम नामावली निकाल्ने उनको भनाई थियो । ‘अन्तिम नामावलीको लागि जापानबाटै बसन्त गौचनसहितको टोली पोखरा आउने छ ।’ उनले भने—‘त्यसपछि उहाँहरुले छनोट गरेर नेपाली टिमको फाईनल हुने छ । बन्द प्रशिक्षणपछि जापान लैजाने छन् ।’ नेपाली पुर्व राष्ट्रिय खेलाडी समेत रहेको बसन्त गौचन अहिले जापाननमा व्यस्त छन् । उनको उपस्थितिमा अन्तिम नामावली प्रकाशन गरेपछि अप्रिलमा जापानमो हुने यु १२ अन्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने छ । जापानस्थित फनरुट्स एकेडेमीका संयोजक समेत रहेको गौचनले नेपाली फुटबलको विकास गर्ने उद्देश्य अनुरुप यु १२ को टोली जापान लैजान लागेका हुन् । यु १२ टोली दोस्रो पटक जापान जाने छ । नेपाली फुटबल खेलाडीलाई अन्तराष्ट्रिय प्लेटफर्म बनाउनको लागि पनि गौचनको यो अभियान प्रभावकारी हुने एएफसी ए लाईसेन्सप्राप्त प्रशिक्षक तामाङले सुनाए । अन्तिम नामावलीसगै आवश्यक कागजपत्र मिलाउन गौचन नेपाल आउने उनको भनाई छ । अप्रिलमा हुने कोपा पुमा टोरेरोस—२०१७ मा नेपालसँगै कोरिया, जर्मन, मेक्सिको, इरान, डर्टमुण्ड लगायतका देशबाट सहभागिता रहने छ । गौचनको अभियानलाई युवा व्यवसायी प्रकाश तुलाचनले सहयोगी भूमिका खेल्दै आएका छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
केन्याविरूद्ध विश्व क्रिकेट : ५२ खेलाडीबाट राष्ट्रिय टोलीको छनोट हुने, को को परे सुपर लिगमा ? माघ – ४ । आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि खेलाडी छनौट गर्न सुपर लिग खेल हुने भएको छ । केन्याविरूद्ध आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि ५२ खेलाडीबाट राष्ट्रिय टोलीको छनोट हुने भएको हो । यसका लागि खेलाडीहरूलाई ४ टोलीमा विभाजन गर्दै आगामी ६ गतेदेखि कीर्तिपुर मैदानमा हुने खेलका लागि ५२ खेलाडी छनौट गरिएको हो । कीर्तिपुरस्थित एक मात्र अन्तर्रा्ष्ट्रिय खेल मैदानमा आयोजना हुन लागेको सुपर लिग ६ दिनसम्म सञ्चालन हुनेछ । टिम ‘ए’ र टिम ‘बि’ को खेल बिहीबार हुनेछ । ‘ए’ र ‘सि’ को खेल शुक्रबार, ‘बि’ र ‘डि’ को खेल शनिबार, ‘ए’ र ‘डि’ को आइतबार, ‘बि’ र ‘सि’ को सोमबार साथै ‘सि’ र ‘डि’ को म���गलबार हुनेछ । सुपर लिगमा खेलाडीले गर्ने प्रदर्शनका आधारमा राष्ट्रिय टिम छनौट हुनेछ । ५२ खेलाडीमा तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्रको एपिएफ क्लबका खेलाडीहरूको वर्चश्व रहेको छ । बाँकी युथ टिमका खेलाडी पनि सहभागी छन्। को को परे सुपर लिगमा ? पारस खड्का ज्ञानेन्द्र मल्ल शरद भेषावकर शक्ति गौचन बसन्त रेग्मी सोमपाल कामी सागर पुन अनिल कुमार मण्डल राजेश पुलामी मगर बिक्रम शोब सुवास खकुरेल सुनिल धमला सन्दीप लामिछाने आरिफ शेख राजु रिजाल बिनोद भण्डारी अभिनाश कर्ण प्रदीप ऐरी सुशान भारी दीपेन्द्र सिंह ऐरी मेहबुब आलम महेश क्षेत्री नरेश बुढाएर सिद्धान्त लोहनी सन्दीप सुनार ललित सिंह भण्डारी जितेन्द्र मुखिया दीलिप नाथ आदिल खान कमल सिंह ऐरी आसिफ शेख दिपेश श्रेष्ठ किशोर महतो बिक्रम कुमार भुसाल सुशान्त सिंह थापा मन्जित श्रेष्ठ रसिद खान सन्दिप ढुङ्गाना प्रेम तामाङ भुवन कार्की हरि शंकर साह पृथु बास्कोटा सोनु तामाङ रोहित कुमार पौडेल रामनरेश गिरी सुशिल कँडेल अमित श्रेष्ठ पवन सर्राफ अभिनाश बोहरा कुशल भुर्तेल अमर सिंह रौटेला सुवार नाकर उराव The post केन्याविरूद्ध विश्व क्रिकेट : ५२ खेलाडीबाट राष्ट्रिय टोलीको छनोट हुने, को को परे सुपर लिगमा ? appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
पश्चिमाञ्चलबाट पुरुष भलिबल र हकीका खेलाडी छनोट पोखरा, २९ मंसिर- सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पश्चिमाञ्चलबाट भलिबल खेलाडी छनोट भएका छन् । म्याग्दीमा भएको छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको हो । पुरुष भलिबल तर्फ सन्जु शाही(स्याङजा),धनश्याम चौधरी(नवपरासी), ओमकार थापा(बाग्लुङ), रमेश केसी(स्याङजा), यमबहादुर गुरुङ(कास्की), कमल सुनार(स्याङजा), रामनारायण महतो(नवलपरासी), काजी केसी(स्याङजा), लोकेन्द्र भण्डारी(रुपन्देही), सुजन चोख्याल(म्याग्दी), सुजन थापा(स्याङजा) र हरिप्रसाद पाण्डे(स्याङजा) छनोट भएका छन् । भएको महिला भलिबल प्रतियोगितामा म्याग्दी लिल्ला भलिबल संघ प्रथम भएको छ । मगलबार भएको फाइलन खेलमा म्याग्दीले बाग्लुङलाई ३–१ को सेटमा पाखा लगाउदै प्रथम भयो भने कास्की तेश्रो भएको छ ।त्यस्तै पुरुष भलिबलमा स्याङजा जिल्ला भलिबल संघ प्रथम भएको छ । फाइनलमा स्याङजाले कास्कीलाई ३–० को सोझो सेटमा पाखा लगाउदै प्रथम भएको हो । २५–२०,२५–२२,२५–१८ को स्कोरमा पराजित गरेको हो । रुपन्देही तेश्रो भयो । त्यस्तै सातौका लागी पश्चिमाञ्चलबाट हक्कीका खेलाडी महिला पुरुष खेलाडी छनोट भएका छन् । पोखरा रगंशालामा सोमबार र मंगलबार भएको प्रतियोगिताबाट खेलाडी छनोट गरिएको हो । हक्की महिला तर्फ मनिला मगर, समिक्षा पुन मगर, कमलादेवी धर्तीपुन, सुनिता गुरुङ, कमला रानामगर, पवित्रा गुरुङ, छाया थापा मगर, मनिता राना मगर, अन्जली ठकुरी, रोनी गुरुङ, रेनु गुरुङ्, नानु गुरुङ,अतिथि शाही, अन्तीम गौचन, गिता परियार, सुजिना लामा छनोट भएका छन भने बैकल्पिकमा र रेष्मा खान र पुष्पा गुरुङ रहेको प्रशिक्षक सन्जोग थापाले बताए । त्यस्तै हकी पुरुष तर्फ हित गुरुङ,यमन रसाइली, इन्द्र पुन, अमरबहादुर गुरुङ,दुत गुरुङ,सागर खाँण, नविन धमाल, विप्लव गिरी,पवन परियार, राजन नेपाली, एलम्वर आले, कमल सुनार, सुवास राना मगर, प्रेम विक, नविन गुरुङ, रोयान श्रेष्ठ र बैकल्पिकमा आसेन नेपाली र आसीम थापा बैकल्पिकमा रहेका प्रशिक्षक राजेन्द्र पाठकले बताए ।
0 notes