Tumgik
#खलडबट
nepal123 · 8 years
Photo
Tumblr media
केन्याविरूद्ध विश्व क्रिकेट : ५२ खेलाडीबाट राष्ट्रिय टोलीको छनोट हुने, को को परे सुपर लिगमा ? माघ – ४ । आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि खेलाडी छनौट गर्न सुपर लिग खेल हुने भएको छ । केन्याविरूद्ध आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि ५२ खेलाडीबाट राष्ट्रिय टोलीको छनोट हुने भएको हो । यसका लागि खेलाडीहरूलाई ४ टोलीमा विभाजन गर्दै आगामी ६ गतेदेखि कीर्तिपुर मैदानमा हुने खेलका लागि ५२ खेलाडी छनौट गरिएको हो । कीर्तिपुरस्थित एक मात्र अन्तर्रा्ष्ट्रिय खेल मैदानमा आयोजना हुन लागेको सुपर लिग ६ दिनसम्म सञ्चालन हुनेछ । टिम ‘ए’ र टिम ‘बि’ को खेल बिहीबार हुनेछ । ‘ए’ र ‘सि’ को खेल शुक्रबार, ‘बि’ र ‘डि’ को खेल शनिबार, ‘ए’ र ‘डि’ को आइतबार, ‘बि’ र ‘सि’ को सोमबार साथै ‘सि’ र ‘डि’ को मंगलबार हुनेछ । सुपर लिगमा खेलाडीले गर्ने प्रदर्शनका आधारमा राष्ट्रिय टिम छनौट हुनेछ । ५२ खेलाडीमा तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्रको एपिएफ क्लबका खेलाडीहरूको वर्चश्व रहेको छ । बाँकी युथ टिमका खेलाडी पनि सहभागी छन्। को को परे सुपर लिगमा ? पारस खड्का ज्ञानेन्द्र मल्ल शरद भेषावकर शक्ति गौचन बसन्त रेग्मी सोमपाल कामी सागर पुन अनिल कुमार मण्डल राजेश पुलामी मगर बिक्रम शोब सुवास खकुरेल सुनिल धमला सन्दीप लामिछाने आरिफ शेख राजु रिजाल बिनोद भण्डारी अभिनाश कर्ण प्रदीप ऐरी सुशान भारी दीपेन्द्र सिंह ऐरी मेहबुब आलम महेश क्षेत्री नरेश बुढाएर सिद्धान्त लोहनी सन्दीप सुनार ललित सिंह भण्डारी जितेन्द्र मुखिया दीलिप नाथ आदिल खान कमल सिंह ऐरी आसिफ शेख दिपेश श्रेष्ठ किशोर महतो बिक्रम कुमार भुसाल सुशान्त सिंह थापा मन्जित श्रेष्ठ रसिद खान सन्दिप ढुङ्गाना प्रेम तामाङ भुवन कार्की हरि शंकर साह पृथु बास्कोटा सोनु तामाङ रोहित कुमार पौडेल रामनरेश गिरी सुशिल कँडेल अमित श्रेष्ठ पवन सर्राफ अभिनाश बोहरा कुशल भुर्तेल अमर सिंह रौटेला सुवार नाकर उराव The post केन्याविरूद्ध विश्व क्रिकेट : ५२ खेलाडीबाट राष्ट्रिय टोलीको छनोट हुने, को को परे सुपर लिगमा ? appeared first on नेपाल आज.
0 notes