Tumgik
#करयकरमक
nepal123 · 7 years
Photo
Tumblr media
धनुषामा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको बजेट फ्रीज हुँदै १९ चैत, काठमाडौं । विवादका कारण धनुषाका दुईवटा निर्वाचन क्षेत्रको योजना छनौट हुन सकेको छैन । समयमा योजना छनोट हुन नसकेको कारणले गर्दा रकम फि्रज हुने सम्भावना समेत बढेको
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण, गैरसरकारी संस्थाको कार्यक्रमका लागि काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता सम्हालेको ८ महिनापछि आएर चैतमा उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन् । नै बर्षअघि पहिलोपटक प्रधानमन्त्री हुँदा चीनबाट आफ्नो विदेश भ्रमण थालेका दाहाल यसपटक भने चौथो विदेश भ्रमणको रुपमा चीन जान लागेका हुन् । यो पल्ट प्रधानमन्त्री भएपछि उनी दुई पटक भारत र एकपल्ट दुबाई (यूएई) गएका छन् । तर उनको यो चीन भ्रमण दुईपक्षिय वा औपचारिक भने होइन । एक गैरसरकारी संस्थाले गर्ने कार्यक्रममा सहभागी हुन उनी चीन जान लागेका हुन् । चैत १० देखि १३ गतेसम्म हाइनान प्रान्तमा हुने बोआओ फोरम फर एसिया सम्मेलनमा सहभागी हुन उनी त्यता जान लागेका हुन् । आजको कान्तिपुरमा खबर छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
नयाँ कार्यक्रमका लागि ३०० अर्बको बजेट माग काठमाडौँ, ११ फागुन । रकमान्तर र थप बजेटको निकासाको लागि दबाब दिनुको साटो पहिले पुँजीगत शीर्षकमा विनियोजन भएको रकम खर्च गरिसक्न अर्थमन्त्रालयले सुझाव दिएको छ । व्यवस्थापिका– संसद् अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा विकास खर्चको स्थिति र रकमान्तरका विषयमा उठेको प्रश्नको जवाफमा अर्थमन्त्रालय बजेट महाशाखाका प्रमुख मधु मरासनीले सो सुझाव प्रस्तुत गर्नुभएको हो । उहाँले भन्नुभयो– “एकातिर पँुजीगत खर्च नभएको अवस्था छ भने अर्काेतिर धेरै सङ्ख्यामा नयाँ कार्यक्रमका लागि ठूलो परिमाणमा बजेट माग भई आएको छ । अहिलेसम्म झन्डै तीन सय अर्बको नयाँ कार्यक्रमका लागि रकम माग भई आएको छ, हामी बजेट बनाउँदा कुन कार्यक्रमलाई प्राथमिकता दिने हो भन्नेमा चुकिरहेका छाँ,ै कि भन्ने जस्तो भएको छ, यद्यपि मन्त्रालयले बजेट सम्बन्धी नियमको परिधिभित्र रहेर प्राथमिकता र आवश्यकताका आधारमा मात्रै रकमान्तरको लागि स्वीकृति दिने गरेको छ ।” बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजन भएको बजेट समेत रकमान्तर गरिएको भनी आपत्ति प्रकट गर्दै सरकार फेरिने वित्तिकै विकासका प्राथमिकता बदल्ने सोचले मुलुकलाई कहिले पनि समृद्ध तुल्याउन नसकिने धारणा व्यक्त गरेका थिए । दक्षिण एसियाली पूर्वाधार, मदन–आश्रित प्रतिष्ठान तथा पर्यप्रवद्र्धन शीर्षकमा विनियोजन भएको बजेट रकमान्तरको लागि प्रयास भइरहेको भनी प्रतिपक्ष दलका सांसदले आपत्ति जनाउँदै राष्ट्रिय गौरवका आयोजनाको नियमित अनुगमन गरेर पँुजीगत खर्च बढाउने काम गर्न सुझाव दिएका थिए ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
नयाँ कार्यक्रमका लागि तीन खर्ब बजेट माग फागुन–११ । रकमान्तर र थप बजेटको निकासाको लागि दबाब दिनुको साटो पहिले पुँजीगत शीर्षकमा विनियोजन भएको रकम खर्च गरिसक्न अर्थमन्त्रालयले सुझाव दिएको छ । व्यवस्थापिका– संसद् अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा विकास खर्चको स्थिति र रकमान्तरका विषयमा उठेको प्रश्नको जवाफमा अर्थमन्त्रालय बजेट महाशाखाका प्रमुख मधु मरासनीले सो सुझाव प्रस्तुत गरेका हुन् । उनले भने– “एकातिर पुँजीगत खर्च नभएको अवस्था छ भने अर्कोतिर धेरै सङ्ख्यामा नयाँ कार्यक्रमका लागि ठूलो परिमाणमा बजेट माग भई आएको छ । अहिलेसम्म झन्डै तीन खर्बको नयाँ कार्यक्रमका लागि रकम माग भई आएको छ, हामी बजेट बनाउँदा कुन कार्यक्रमलाई प्राथमिकता दिने हो भन्नेमा चुकिरहेका छौँ कि भन्ने जस्तो भएको छ, यद्यपि मन्त्रालयले बजेट सम्बन्धी नियमको परिधिभित्र रहेर प्राथमिकता र आवश्यकताका आधारमा मात्रै रकमान्तरको लागि स्वीकृति दिने गरेको छ ।” बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजन भएको बजेट समेत रकमान्तर गरिएको भनी आपत्ति प्रकट गर्दै सरकार फेरिने वित्तिकै विकासका प्राथमिकता बदल्ने सोचले मुलुकलाई कहिले पनि समृद्ध तुल्याउन नसकिने धारणा व्यक्त गरेका थिए । दक्षिण एसियाली पूर्वाधार, मदन–आश्रित प्रतिष्ठान तथा पर्यप्रवद्र्धन शीर्षकमा विनियोजन भएको बजेट रकमान्तरको लागि प्रयास भइरहेको भनी प्रतिपक्ष दलका सांसदले आपत्ति जनाउँदै राष्ट्रिय गौरवका आयोजनाको नियमित अनुगमन गरेर पुँजीगत खर्च बढाउने काम गर्न सुझाव दिएका थिए । रासस The post नयाँ कार्यक्रमका लागि तीन खर्ब बजेट माग appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
कृषि विशेष कार्यक्रमका लागि ११ किसानलाई छनोट भद्रपुर, ३ फागुन- जिल्ला कृषि विकास कार्यालयले चालु आर्थिक वर्षमा सीमान्तकृत तथा पिछडिएका समुदायलक्षित कृषि विशेष कार्यक्रमका लागि ११ किसानलाई छनोट गरेको छ । सत्तार, माझी, सन्थाल र मेचे जातिका किसान छनोटमा परेका हुन् । प्रत्येकले कम्तीमा ���० कठ्ठा जग्गामा तरकारीबाली लगाउनु पर्नेछ । कार्यालयले जनही रु ४० हजारका दरले अनुदान उपलब्ध गराउने वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले जानकारी दिनुभयो । कार्यक्रमका लागि जिल्लाका ४९ किसानले कार्यालयमा निवेदन दिएका थिए । स्थलगत मूल्याङ्कन, अनुगमन र ग्राहयताका आधारमा ११ किसान छनोटमा परेको बताइएको छ । छनोट गरिएकामा लखनपुर ४ का लुखिराम मुर्मु र ५ का चुकि मुर्मु, दुवागढी– ८ का डब्लु विर्जा, शरणामती – ७ का लखिराम मुर्मु, चकचकी – ४ का शिवलाल मुर्मु, जलथल– ७ का शयामलाल मुर्मु र बालुवाडी – ८ का लखिराम मुर्मु रहेका छन् । यस्तै कन्काई नगरपालिकाका –७ का बाबुलाल मराङग मई, खजरगाछी – ६ का विपिन हास्दा, केचना – १ का गौरसिंह माझी र जलथल –८ का शान्ति मुर्मु छनोटमा परेका छन् ।
0 notes
nepal123 · 8 years
Text
कलाको सम्मान गर्दै "कला संगत नेपाल"ले सास्कृतिक कार्यक्रमको आयोजना गर्ने
कलाको सम्मान गर्दै “कला संगत नेपाल”ले सास्कृतिक कार्यक्रमको आयोजना गर्ने
मङ्सिर २८, (सुवास संकल्प), इटहरी, नेपाली कला क्षेत्रमा कलाकारहरुको हक हित र प्रतिभा प्रस्फुटन गर्दै पछिल्लो समय नेपाली रंगिन दुनियाँमा काठमाडौ बाट एक सस्था निकै अग्रसर रहेको छ ।  http://bdv.bidvertiser.com/BidVertiser.dbm?pid=742904&bid=1834741“कला संगत” नाममा स्थापना भैइ हाल नेपाली कलाकारको हक हितमा लागिपरेको उक्त सस्थाले हाल नेपालको विभिन्न जिल्लामा कलाकारहरुको प्रतिभालाई प्रोत्साहन गर्ने…
View On WordPress
0 notes