#अनदनक
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत अनुदानका १३ वटा विकास योजना छनोट मोरङ, २४ माघ- सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत मोरङ जिल्लामा पँजीगत अनुुदानअन्तर्गत १३ वटा योजना छनोट भएका छन् । जिल्ला विकास समिति, मोरङका अनुसार विराटनगर उपमहानगरपालिकाको दुुईवटा वडा, रङ्गेली नगरपालिकामा एउटा र बाँकी १० वटा गाविसमा एक–एकवटा योजना छनोट गरिएको हो । जिविस मोरङका स्थानीय विकास अधिकारी शोभाखर रेग्मीका अनुसार योजनाहरु गाउँ परिषद्, नागरिक वडा मञ्च तथा जिविस समितिले गाउँगाउँमा अनुुगमन गरी योजना छनोट गरिएको हो । जिविसका इन्जिनियर घनश्याम दाहालका अनुसार योजनाहरु महादेवा, झुुर्किया, वर्डगा, डायनिया, सोराभाग, बुुधनगर, मझारे गाविस तथा विराटनगर उपमहानगरपालिका र रङ्गेली नगरपालिकाका केही वडामा सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत योजना छनोट भएका हुुन् । कार्यक्रमअन्तर्गत महत्वपूर्ण सडकमा कालोपत्रे गर्ने, पुुल पुुलेसो तथा कलभर्ट निर्माणदेखि सिँचाइका लागि सौर्य ऊर्जाबाट सिँचाइ सञ्चालनमा ल्याइने योजना छनोट भएका छन् । स्थानीय विकास अधिकारी शोभाखर रेग्मीले जनतालाई बढी लाभ हुुनेखालका र सबैले देख्नेखालका महत्वपूर्ण योजना छनोट गरेर काम गर्ने बताउनुभयो । उहाँले चाँडै काम सम्पन्न भए थप बजेटका लागि आफूले पहल गर्नेसमेत बताउनुुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
एक्काइस महिनापछि रगनीमा अनुदानको पहिलो किस्ता रगनी (ओखलढुङ्गा), १३ माघ । श्रममन्त्री सूर्यमान गुरुङले पुनःनिर्माण र आवास निर्माणका लागि अनुदान वितरणमा सरकारले कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । जिल्लाको सबैभन्दा सुदूरपश्चिमस्थित रगनी गाविसको चण्डेश्वरी माध्यमिक विद्यालयमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविर तथा आवास निर्माण अनुदान प्रदान कार्यक्रमको आज शुभारम्भ गर्दै उहाँले भूकम्पपीडित जनताको राहत र सहयोगका लागि यहाँका जनप्रतिनिधिले पु¥याएको योगदान अनुकरणीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो – सबै जनता र राजनीतिक दलहरु मिलेर देश र जनताको भलो हुने काम गर्नुपर्छ, जनतालाई परेको अप्ठेरोलाई सुल्झाउने काममा ओखलढुङ्गाका सांसदले सक्रिय रुपमा काम गरेर आफूलाई सक्षम सावित गरिसक्नुभएको छ । सो अवसरमा मन्त्री गुरुङले स्थानीय सुजिता बुढाथोकीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेर शिविर सञ्चालनको शुभारम्भको घोषणा गर्नुभएको थियो । सांसद रामहरि खतिवडाले सबै राजनीतिक दल र स्थानीय प्रशासनको संयुक्त प्रयासमा जिल्लाको पलापुबाट सुरु गरिएको अनुदान वितरणसहितको एकीकृत घुम्ती शिविरबाट जिल्लाका अधिक जनता लाभान्वित मात्र भएको होइन अरु जिल्लाका लागिसमेत यस्तो कार्यक्रम नमुना बनेको धारणा व्यक्त गर्नुभयो । अर्का सांसद यज्ञ सुनुवारले भूकम्प प्रभावितमध्ये सबैभन्दा बढी मानवीय र भौतिक पूर्वाधारको क्षति भएको रगनीमा आयोजना भएको घुम्ती शिविरबाट स्थानीय जनता निकै लाभान्वित भएको बताउनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव जनार्दन गुरागार्इंले जिल्लाका कुल लाभग्राही १९ हजार ८१९ मध्ये १८ हजार ४८६ सग अनुदान सम्झौता गरिएकामा १८ हजार ३०१ लाई बैंकमार्फत रकम पठाइसकिएको जानकारी दिनुभयो । प्रमुख जिल��ला अधिकारी फणीन्द्र दाहालले रगनी गाविसका ७१९ घर परिवारलाई आवास निर्माणका लागि पहिलो किस्ताबापत रु ५० हजारको दरले दुई दिनभित्र रकम वितरण हुने जानकारी दिनुभयो । गाविस सचिव प्रदीप पौडेलले जिल्लाका सबै राजनीतिक दलबीच भएको सहमतिअनुरुप घुम्ती शिविरमा आवास अनुदान वितरणका साथै जिल्ला प्रशासनबाट नागरिकता, निर्वाचन कार्यालयबाट मतदाता परिचयपत्र, महिल��� कार्यालयबाट अपाङ्गलाई परिचयपत्र वितरणका साथै नेपाली सेनाबाट स्वस्थ्य शिविरजस्ता सेवा उपलब्ध गराइएको जानकारी दिनुभयो । एक नगरपालिकासहित ५० गाविस रहेको ओखलढुङ्गा सात हजार ८१० जनाले अनुदानका बारेमा गुनासो गरेकामा ६ हजार ४४ गुनासा हेरिसकेको प्राधिकरणले जनाएको छ । ओखलढुङ्गामा हालसम्म ७६७ वटा घर बन्दै गरेको तथा ६९९ जनाले दक्ष डकर्मीको तालिम लिएको जानकारी दिइएको छ । ओखलढुङ्गाका २३४ परिवारले अघिल्लो वर्ष नै वितरण गर्ने भनेर सरकारले घोषणा गरेको न्यायो कपडाबापतको भत्ता अझै प्राप्त गर्न नसकेको जानकारी दिइयो । भूकम्प गएको २१ महिनापछि रगनी गाविसका स्थानीयवासीले आवास निर्माणका लागि पहिलो किस्ताको रकम प्राप्त गर्न लागेका हुन
0 notes
nepal123 · 9 years ago
Text
नेपालले साउदी सरकारसँग माग्यो १ करोड लिटर अनुदानको तेल  
२२ मंसिर, काठमाडाैं । नेपालले साउदी अरेबियाको सरकारसँग एक करोड लिटर तेल अनुदानमा उपलब्ध गराउन आग्रह गरेको छ । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
अनुदानको तेल लिन २६ ट्यांकर केरुङ गए  
३० कात्तिक, काठमाडौं । चीनबाट अनुदानको पेट्रोल लिन २६ वटा ट्यांकर रसुवागढीबाट केरुङ गएका छन् । (more…)
View On WordPress
0 notes