Tumgik
#चतवनम
nepal123 · 7 years
Photo
Tumblr media
चितवनमा ठूलो परिमाणमा लागुपदार्थ बरामद चितवन, २० वैशाख । जिल्ला प्रहरी कार्यालय चितवनले ठूलो परिमाणमा लागुपदार्थ चरेस बरामद गरेको छ । ना ४ ख ७६३० नम्बरको ट्रकबाट आज बिहान १० बजेको समयमा नारायणगढको लायन्सचोकबाट १२६ केजी चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । ट्रकको पछाडि ढालामा थोत्रा बोरामा राखेर धादिङको आदमघाटबाट लोड गरी काठमाडाँैं पुगेर पुनःफर्किएर चितवन आउने क्रममा नारायणगढमा ट्रक नियन्त्रणमा लिइएको थापाले बताउनुभयो । ट्रक चालक वीरगञ्जका मजार मुसुर र ट्रकमै यात्रा गरेका अजयकुमार रायलाई पनि प्रहरीले पक्राउ गरेको छ । ट्रक चालकले ५० हजार भाडा पाउने भएपछि सामान ढुवानी गरेको जनाएको थापाले बताउनुभयो । उक्त चरेस पाँच÷पाँच सय ग्रामका दुई सय ५३ वटा प्याकेट बनाएर ल्याइएको थियो । यसअघि पनि प्रहरीले धादिङबाटै ल्याउने क्रममा चितवनबाट एक सय किलो चरेस नियन्त्रणमा लिएको जनाएको छ । The post चितवनमा ठूलो परिमाणमा लागुपदार्थ बरामद appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Text
शुक्लाफाँटाबाट चितवनमा बाह्रसिङ्गे
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवन राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गे स्थानान्तरण गरिँदै । चितवन निकुञ्जमा पाँच बटा बाह्रसिङ्गे ल्याईसकिएको छ । तस्बिर : सौजन्य–पुरुषोत्तम पाण्डे The post शुक्लाफाँटाबाट चितवनमा बाह्रसिङ्गे appeared first on Etajakhabar.
View On WordPress
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
चितवनमा उम्मेदवारीका लागि महिलाको उत्साहाजनक सहभागिता चितवन, ५ वैशाख । उन्नाइस वर्षअघि भएको स्थानीय निकायको निर्वाचनमा चितवनबाट पदाधिकारी पदमा एकजना महिलाको मात्र उम्मेदवारी परेको थियो । तर अब हुन लागेको स्थानीय तहको निर्व��चनमा महानगरदेखि गाउँपालिकासम्मको नेतृत्व तहमा महिलाले उम्मेदवारी दिइने आँट गरेकि छिन् । राजनीतिक परिवर्तनका लागि हुने विभिन्न आन्दोलनमा महिलाको सहभागिता उल्लेखनीय रह्यो । मुलुकमा भएको राजनीतिक परिवर्तनसंगै संवैधानिक रुपमा नै कूल उम्मेदवारीको ४० प्रतिशत अवसर प्राप्त गरेपछि महिलामा यो ऊर्जा थपिएको हो । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठकाअनुसार जिल्लाका सात स्थानीय तहमध्ये चारवटाको प्रमुखमा महिलाले दाबी गरेकि छिन् । काँग्रेसकातर्फबाट रत्ननगरको प्रमुखमा गङ्गामाया भन्तना, राप्तिमा अनिता मैनाली, खैरहनी नगरपालिकामा सुुशीला उप्रेतीले दाबी गरेकि छिन् भने इच्छाकामना गाउँपालिकामा गिता गुरुङ्ले दाबी गरेकि श्रेष्ठले बताउनुभयो । त्यस्तै महानगर, नगर र गाउँपालिकाको उपप्रमुखमा अधिकांश महिलाकै दाबी छ । प्रमुख वा उपप्रमुख पदमध्ये एक महिला हुनुपर्ने प्रावधानअनुसार अधिकांश महिलाको दाबी उपप्रमुखमा छ । भरतपुर महानगरपालिकमा काँग्रेसकातर्फबाट ३२ जना पुरुषले प्रमुखमा दाबी गरेका छन्, भने १५ जनाले उप प्रमुखको दाबी गरेका छन् । उपप्रमुखको दाबी गर्नेमा एक पुरुष र १४ महिला छन् । नेकपा एमालेमा भरतपुर महानगरपालिकामा सूर्यबदना हमाल र उमा कार्कीले प्रमुख पदमा दाबी गर्नुभएको छ भने राप्ति नगरपालिकामा प्रमुखमा प्रभा बराल, माडीमा बिना तिमिल्सिनाले दाबी गरेको एमालेका जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले बताउनुभयो । पार्टीले केन्द्रमा तीनजना सिफारिस गर्दा प्रमुख र उपप्रमुख एक÷एकजना महिला सिफारिस गर्नैपर्ने बताउँदै उहाँले वडा तहमा पनि महिलाको दाबी रहेको बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष यमबहादुर परियारले महिलाको सक्रियता निकै राम्रो रहेको बताउनुभयो । पार्टीको क्षेत्र तहमानै छलफल भइरहेकाले एकिन अहिले भन्न नसकिए पनि महिलाको सिफारिस सकारात्मक ढङ्गबाट आइरहेको र सन्तोषजनक रहेको बताउनुभयो । केही दिनमा उम्मेदवारी तय भएपछि एकिन भन्न सकिने उहाँले बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले नगर र गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा महिलाको दाबी रहेको भन्दै अधिकतम महिलाको सहभागिता रहने बताउनुभयो । वैशाख ७ गते सम्ममा टुङ्गो लाग्ने भन्दै उहाँले सक्रिय राजनीतिमा महिला लागेकाले आशालाग्दो उपस्थिति पार्टीमा हुने बताउनुभयो । चितवन क्षेत्र नम्बर– ४ का नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सांसद एवम् पूर्व पार्टी सभापति रामकृष्ण घिमिरे २०५४ सालमा स्थानीय निकायको निर्वाचन हुँदा शिवनगर गाउँ विकास समितिमा समग्र महिलाको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा ईन्द्र गुरुङ्ले विजयी हासिल गरेको बताउनुहुन्छ । आफ्नो पार्टीकोबाहेक कसैको पनि मुख्य पदमा जिल्लामा महिला उम्मेदवारको जित नभएको उहाँले बताउनुभयो । अहिले महिलाको सहभागिता निकै राम्रो रहेको घिमिरेले बताउनुभयो । चितवन क्षेत्र नम्बर– ३ बाट नेकपा एमालेका तर्फबाट निर्वाचित सांसद एवम् नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोख्रेल २०५४ सालमा पदाधिकारी तहमा नेकपा एमालेका तर्फबाट महिलामा भोजपुर जिल्लाको उपसभापति जयन्ती राईले मात्र निर्वाचनमा विजयी भएको बताउनुहुन्छ । संवैधानिक रुपमा महिलालाई अवसर दिएका कारणले पनि महिलामा यो ऊर्जा आएको उहाँको ठम्याइ छ । नेपाल महिला सङ्घ चितवनकी अध्यक्ष पार्वती शाह संविधानले तोके भन्दा बढी उम्मेदवार महिला बनाउन आफू लागिरहेको बताउनुहुन्छ । स्थानीय तह महिलाले हाक्नसक्ने भन्दै उहाँले ‘सक्षम उम्मेदवार महिला रहेको बताउनुभयो ’। नेकपा एमाले चितवनका सचिव एवम् महिला नेतृ दिलकुमारी रावल कानुनी व्यवस्थाले गर्दा महिलामा यो ऊर्जा पैदा भएको बताउनुहुन्छ । जनतामा महिलाले काम गर्न सक्छन्, भन्ने विश्वास दिलाउन सकेकाले महिला उम्मेदवारको विजय सहज रहेको पनि उहाँले बताउनुभयो । माओवादी केन्द्र निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी चितवनकी अध्यक्ष सङ्गिता भट्टराई साथीको इच्छा प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा रहेको बताउनुहुन्छ । जिल्लामा भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, राप्ति, कालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका छन् । The post चितवनमा उम्मेदवारीका लागि महिलाको उत्साहाजनक सहभागिता appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
चितवनमा खडेरीका  कारण  तालतलैया र खोला सुक्न थाले चितवन , ५ वैशाख । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका तालतलैया र खोलानाला खडेरीका कारण सुक्न सुक्नथालेपछि संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका पूर्वी क्षेत्रका प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले पानी नपरेकाले तालको सतह घट्न थालेको बताउनुभयो । उहाँले पानीका स्रोत खोजेर सफा गरी व्यवस्थापन गर्नुपर्ने भएकाले तयारी गरेको जानकारी दिनुभयो । चितवनको पूर्वी सेक्टरमा पर्ने मूल खोलाका कारण पुरानो पदम��ुर क्षेत्रको घाँसेमैदान र तालतलैयामा दुर्लभ वन्यजन्तुको उपस्थिति राम्रो छ । अह���ले सोही क्षेत्रमा ताल निर्माण गरेर कोसीबाट ल्याइएका १५ अर्ना राखिएको छ । अर्नाका लागि बनाइएको तालको सतहसमेत घट्न थालेको पाठक बताउनुहुन्छ । केही ताल सुकेका छन् भने केही तालमा मिचाहा प्रजातिका झारले कुरुप बन्दै गएको छ । विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तुका लागि अत्यावश्यक मानिने तालका पानीको स्रोत चुरे क्षेत्र हो । वन र पानीको मुहान संरक्षणमा सबै लाग्नुपर्ने आवश्यक रहेको चरा विज्ञ तथा संरक्षणकर्मी टीका गिरी बताउनुहुन्छ । चितवन निकुञ्जमा मात्रै झन्डै पाँच दर्जन ताल छन् । पानीका स्रोत व्यवस्थापन आवश्यक बाइसौँं वन्यजन्तु सप्ताहको अवसरमा आज चितवन निकुञ्जको सो क्षेत्रमा पानीको सतहको अवस्थाबारे स्थलगत अनुगमन तथा सरसफाइ कार्यक्रम भएको छ । सप्ताहको पाँचौँ दिन आज क्षेत्रीय होटल सङ्घ, क्षेत्रीय रेवान, हात्ती तथा जिप बुकिङ सेन्टर, चितवन जिप सफारी र निकुञ्ज जिप सफारीको संयोजनमा यहाँका ४० सङ्घसंस्थाको सक्रियतामा कार्यक्रम भएको हो । कार्यक्रममा क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेले पर्यटन व्यवसाय फस्टाउन वन्यजन्तुको संरक्षण हुनुपर्ने र वन्यजन्तुको संरक्षणका लागि तालतलैया अति आवश्यक पर्ने भएकाले खोलानाला र तालको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । सङ्घका महासचिव राममणि खनाल वन्यजन्तुको चरन बढाउन पनि पानीको व्यवस्थापन अपरिहार्य भएको उल्लेख गर्दै यसतर्फ ध्यान दिन आग्रह गर्नभयो । निकुञ्ज जिप सफारीका टीकाप्रसाद कँडेलले तालतलैया आसपास क्षेत्र नै वन्यजन्तुको मुख्य वासस्थान हुने भएकाले यसका स्रोतकै व्यवस्थापन आवश्यक छ भन्नुभयो । The post चितवनमा खडेरीका  कारण  तालतलैया र खोला सुक्न थाले appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
चितवनमा आजदेखि २२औँ वन्यजन्तु सप्ताह सुरु चितवन, १ वैशाख । चितवनमा आजदेखि २२औँ वन्यजन्तु सप्ताह सुरु भएको छ । संरक्षणबारे चेतना दिन यसवर्ष ‘युवा अग्रसरता ः संरक्षण र समृद्धिको सुनिश्चितता’ भन्ने मूल नारासहित साताव्यापी कार्यक्रम सुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि सुरु भएको कार्यक्रम वैशाख ७ गतेसम्म चल्ने छ । यो अवधिमा सरसफाइ, सचेतनामूलक कार्यक्रम, चरा अवलोकन, जङ्गल सफारी, फोटो प्रदर्शनी, घाँसे मैदान व्यवस्थापन, बाघ र गैँडा संरक्षणसम्बन्धी अन्तक्र्रियालगायतका कार्यक्रम आयोजना गरिएको वन्यजन्तु संरक्षण अभियानका संयोजक जितु तामाङले जानकारी दिनुभयो । सप्ताहअन्तर्गत आज सरसफाइ, वैशाख २ गते चरा अवलोकनसहित वन्यजन्तुको फोटो प्रदर्शनीको कार्यक्रम रहेको संरक्षणकर्मी तथा वन्यजन्तु फोटोग्राफर सागर गिरीले जानकारी दिनुभयो । यस्तै ३ गते गैँडा तस्करले मारेको भन्दै शोक ¥याली निकालिने, ४ गते घाँसे मैदन व्यवस्थापन, ५ गते निकुञ्जभित्रको खोला सरसफाइ, ६ गते बाघ संरक्षणसम्बन्धी अन्तक्र्रिया र ७ गते गैँडा संरक्षणसम्बन्धी अन्तक्र्रिया गरेर कार्यक्रम सम्पन्न गरिने छ । चितवन निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, वल्र्ड एजुकेसन सोसाइटी, पर्यटन व्यवसायी समूह, विभिन्न सामुदायिक वन, क्षेत्रीय होटल सङ्घ, रेवान, नेचर गाइड एसोसिएसनलगायत विभिन्न सङ्घसंस्थाको सहकार्यमा सप्ताह सुरु भएको हो । The post चितवनमा आजदेखि २२औँ वन्यजन्तु सप्ताह सुरु appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
चितवनमा एक अर्बको केरा बिक्री रत्ननगर (चितवन), २४ चैत । चितवनमा केराखेती फस्टाउँदै गएको छ । गत वर्ष जिल्लामा दुईसय बिगाहामा केराखेती विस्तार भएको थियो । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार अघिल्लो वर्ष दुई हजार ४०० बिगाहामा केराखेती गरिएको थियो । यस वर्ष क्षेत्रफल विस्तार भई दुई हजार ६२० बिगाहा पुगेको छ । “राज्यले खेतीयोग्य जमिनलाई प्लटिङबाट रोक्नुपर्छ,” पन्त भन्नुहुन्छ – “प्लटिङले केराखेती घटदै गएको ।” एकसय बिगाहाभन्दा बढी केराखेती भएको जमिन प्लटिङ भएको छ । जिल्लामा हाल ६१५ केरा किसान छन् भने गत वर्ष ४६ हजार मेट्रिक टन केरा उत्पादन भएको थियो । “गत वर्ष करिब रु एक अर्बको केरा बिक्री भएको छ,” अध्यक्ष पन्तले भन्नुभयो । आम्दानीमात्रै रु २५ करोड भएको उहाँको भनाइ छ । सबैभन्दा बढी केराखेती सङ्घका पूर्वअध्यक्ष यज्ञ सुवेदीले ५५ बिगाहामा गर्नुभएको छ । उहाँले वार्षिक रु दुई करोडको कारोबार गर्दैआउनुभएको छ । रत्ननगर, पदमपुर, पिठ्वा, जुटपानी, चैनपुर, जगतपुर, मेघौली, ठिमुरा केराखेतीको पकेट क्षेत्र हुन् । एक गाउँ एक उत्पादन कार्यक्रमका कारण केराखेती ह्वात्तै बढेको अध्यक्ष पन्तको भनाइ छ । कृषि अनुदान कर्जा सहज भए र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममा केरासमेत समावेश गरिएमा केराखेती अझै फस्टाउने व्यवसायीहरु बताउँछन् । यस्तै रोग निरोधक टिस्युकल्चर प्रविधिबाट उत्पादन गरिएका बिरुवालाई सरकारले अनुदानमा उपलब्ध गराउन सके केराखेती गर्नेको सङ्ख्या बढ्ने व्यवसायीको भनाइ छ । यहाँ उत्पादन भएको केरा ६० प्रतिशत जिल्ला बाहिर खपत हुन्छ । The post चितवनमा एक अर्बको केरा बिक्री appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
चितवनमा विक्रम बाबा मेला सुरु १५ चैत, चितवन । नेपाल कै पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने एक मात्र विक्रम बाबा मेला आजदेखि सुरु भएको छ । चैते दशैंका अवसरमा लाग्ने मेलाको आज
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
एमाले चितवनमा मेयर र उपमेयरमा यस्ता छन् आकांक्षी चितवन  । सरकार स्थानीय निकायको चुनावको तयारीमा जुटेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तयारी तिब्र पारेको छ । एमालेका महानगरपालिका, उपमहानगर र नगरपालिका तथा गाउँपालिकाका पार्टी कमिटीहरु संभावित उम्मेदवार चयनको लागि भेला र बैठकमा जुट्न थालेका छन् । यसै क्रममा राजधानीपछि निकै महत्वपूर्ण जिल्ला मानिने चितवनमा एमालेबाट मेयर र उपमेयरको आकाक्षीमा धेरै जना देखिएका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । मेयरमा विजय सुवेदी, घनश्याम भट्टराई, देवी ज्ञवाली, कृष्णराज न्यौपाने ‘लभ्ली’ र पार्वती रावलको चर्चा छ । चितवन जिल्लाका पूर्व पार्टी प्रमुख रहेका सुवेदी भरतपुर विकास समितिको अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । त्यस्तै चर्चित विद्यार्थी नेताका रुपमा चिनिने र जिल्ला कमिटि सदस्य रहेका भट्टराई विभिन्न संघ संस्थामा रहँदा कुशल नेतृत्व प्रदान गरी लोकप्रिय समेत छन् । लायन्स क्लवमा आवद्ध भट्टराईको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत राम्रो पहुँच रहेको एमालेका कार्यकर्ताहरु नै बताउँछन् । मेयरमा अकाक्षी ज्ञवाली पनि जिल्ला प्रमुख भई हाल पार्टीको केन्द्रिय सल्लाहकार रहेका छन् । उनी भरतपुर उपमहानगरपालिकाका पूर्व उपमेयर समेत हुन् । त्यस्तै संविधानसभाकी उम्मेदवार रहेकी पार्वति रावलको नाम पनि मेयरमा चर्चामा नै छ । उनी जिल्ला सचिव समेत हुन् । मेयरका यि आकांक्षीहरुमध्ये विजय सुवेदीलाई महासचिव इश्वर पोखरेल, भट्टराईलाई माधवकुमार नेपाल र योगेश भट्टराई, तथा ज्ञवालीलाई ��ध्यक्ष केपी ओलीले च्यापेको पनि जिल्लामा चर्चाको विषय बन्ने गरेको छ । त्यस्तै स्वास्थ्यसँग सम्बन्धित विभिन्न संघ संस्थामा आवद्ध लभ्भी भने एमाले नेता माधवकुमार नेपाल निकट हुन् । उनी पनि जिल्लामा प्रभावशाली देखिएका छन् । त्यसैगरी उपमेयरका लागि कृष्ण भुर्तेल, प्रकाश ढुंगाना, रामजी प्रसादसापकोटा, सुरज तिवारी र सन्देश श्रेष्ठमध्येबाट प्रतिनिधित्व गरी पार्टीले मैदानमा पठाएको खण्डमा जित्ने निश्चित रहेको एमालेका एक कार्यकर्ताले बताए । पार्टी जिल्ला सचिवालय सदस्य तथा युथफोर्सको चितवन जिल्लाका संस्थापक अध्यक्ष रहेको ढुंगाना पार्टीकै युवा तथा खेलकुद विभाग प्रमुख समेत हुन् । उनी किसान महासंघको केन्द्रिय सदस्य पनि हुन् । ढुंगाना युवाहरुबीच लोकप्रिय छन् । हाल पार्टी जिल्ला कमिटी सदस्य रहेका भुर्तेल साविक मेघौली गाविसका निर्वाचित अध्यक्ष हुन् । उनीसँग लामो समय स्थानिय निकायको प्रमुख रहेको अनुभव छ । त्यसैगरी सप्तगण्डकी क्याम्पसका पूर्व स्ववियू सभापति समेत रहेका सुरज तिवारी युवा संघको जिल्ला उपाध्यक्ष हुँदै अञ्चल सदस्य समेत भइसकेका व्यक्ति हुन् । युवाहरुबीच चर्चित रहेका तिवारी पार्टी जिल्ला कार्य समितिमा दुई कार्यकाल बसिसकेका छन् । युथ फोर्सको केन्द्रिय सदस्य भइसकेका उनी चितवन जिल्ला खेलकुद समितिका पूर्व अध्यक्ष पनि हुन् । तिवारीसँग कुशल नेतृत्व प्रदान गर्ने क्षमता रहेको कार्यकर्ताहरु नै बताउँछन् । त्यस्तै पार्टीको जिल्ला सदस्य रहेका सापकोटासँग पनि स्थानिय निकायमा काम गरको लामो अनुभव छ भने श्रेष्ठ पनि युवाहरुबीच लोकप्रिय छन् । नेकपा एमालेमा मेयर र उपमेयरमा काम गर्न सक्ने मानिस थुप्रै छन् । तर, पार्टीले उम्मेद्वारको सबै पक्ष हेरेर पार्टीप्रति प्रतिबद्धता, इमान्दार र निष्ठापूर्वक काम गर्न सक्ने, दक्षता र कार्यक्षमता भएको व्यक्तिलाई उम्मेदवार बनाएको खण्डमा उनीहरुको जित सुनिश्चित हुने युवा कार्यकर्ताहरु नै बताउँछन् । पार्टीमा लागेर भविश्यको संभावना बाकेका युवाहरुलाई नै अगाडि ल्याउनु पर्ने कार्यकर्ताहरुको धारणा छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
स्याङ्जामा १९९, पर्वतमा ७४, चितवनमा १६१ मतदानस्थल वालिङ, ९ चैत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि स्याङ्जामा एकसय ९९ वटा मतदानस्थल निर्धारण गर्न सिफारिस गरिएको छ । पाँच नगरपालिका र ६ गाउँपालिकाअन्तर्गत ९७ वडा रहेको जिल्लामा एकसय ९९ मतदानस्थल बनाउन निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका निर्वाचन अधिकृत गुरुप्रसाद मरासिनीले बताउनुभयो । २०७० मा संविधानसभाको निर्वाचनको बेला जिल्लामा एकसय ८९ मतदानस्थल कायम गरिएकोमा यसपटक भने दशवटा थप गरेर सिफारिस गरी पठाइएको मरासिनीले बताउनुभयो । फलेवास (पर्वत) ः यसैगरी, मतदान केन्द्र सिफारिस समितिले आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि पर्वत जिल्लामा ७४ वटा मतदानस्थल तोकेको छ । पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकामा गरी ७४ मतदान स्थल तोकिएको हो । मतदान केन्द्र भने निर्धारण गर्ने तयारीमा रहेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ । सबैभन्दा बढी कुश्मा नगरपालिकामा १७ र फलेवास नगरपालिकामा १४ वटा मतदानस्थल तोकिएको छ । त्यस्तै, जलजला गाउँपालिकामा १२, मोदी गाउँपालिकामा १० र विहादी गाउँपा��िकामा सातवटा मतदानस्थल तोकिएको छ । यसैगरी, पैँयु गाउँपालिकामा सात, महायिशला गाउँपालिकामा पनि सातवटै मतदानस्थल तोकिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । २०७० सालको निर्वाचनमा ६८ वटा मतदानस्थल भएपनि यस वर्ष ६ वटा बढी निर्धारण गरिएको बताइएको छ । नगरपालिका र गाउँपालिकामा पायक पर्ने स्थानमा मतदानस्थल तोकिएको र मतदाताको सङ्ख्याका आधारमा मतदान केन्द्र तोक्ने तयारी भइरहेको कार्यालयले जानकारी दिएको छ । पर्वतमा करिब एकलाख मतदाता स्थानीय तहको निर्वाचनमा सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार ९९ हजार ६ सय ७० मतदाताले निर्वाचनमा भाग लिने भएका छन् । स्थानीय तहको निर्वाचनका लागि पर्वतमा १६ वटा राजनीतिक पार्टीले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । अघिल्लो निर्वाचनमा पर्वत क्षेत्र नं १ मा नेपाली काँग्रेस र क्षेत्र नं २ मा नेकपा (एमाले)ले विजयी हासिल गरेको थियो । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा पर्वतमा चहलपहल सुरु भएको छ । राजनीतिक दल चुनावी प्रचारप्रसारमा लागेका छन् भने निर्वाचन कार्यालयले पनि आवश्यक तयारी भइरहेको जानकारी दिएको छ । रत्ननगर (चितवन) ः स्थानीय निकायको निर्वाचनका लागि चितवन जिल्लामा यस वर्ष २० वटा मतदान केन्द्र थपेर कुल मतदान केन्द्रको सङ्ख्या एकसय ६१ बनाइएको छ । संविधानसभाको दोस्रो निर्वाचनमा जिल्लामा कुल एकसय ४१ वटा मतदान केन्द्र थियो । यो पटक केन्द्र थपेर एकसय ६१ बनाइएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो । “मतदान केन्द्र टुङ्ग्याइयो, मतदाता शिक्षाका लागि कार्यक्रम सुरु हुँदैछन्”, ढकालले भन्नुभयो, “निर्वाचनको तयारी तीव्र भइरहेको छ ।” उहाँका अनुसार चितवनको भरतपुर महानगरपालिकामा ६५ वटा मतदान केन्द्र तोकिएको छ । यस्तै, रत्ननगर नगरपालिकामा २१, खैरहनीमा १७, राप्ती नगरपालिकामा १८, कालिका नगरपालिकामा ११ र इच्छाकामना गाउँपालिकामा १४ वटा मतदान केन्द्र बनाइएको ढकालले जानकारी दिनुभयो । पहिलेका गाविस र नगरपालिका विभिन्न क्षेत्रमा गाभिएपछि सोही अनुसार थपेर केन्द्र बनाइएको हो । यसपटक भरतपुर महानगरमा पाँच, रत्ननगर नगरपालिकामा एक, खैरहनीमा चार, राप्तीमा चार, कालिकामा एक र इच्छाकामना गाउँपालिकामा पाँचवटा मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । माडी नगरपालिकामा भने साबिककै १५ वटा केन्द्र तोकिएको छ । जिल्लामा तीनलाख १५ हजार नौसय ३७ मतदाता रहेका छन् । २०७० सालमा दुईलाख ७३ हजार आठसय तीन मतदाता थिए । अब मतदाता शिक्षाका लागि तयारी सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ढकालले जानकारी दिनुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
चितवनमा सबै हतियार बुझाउन सूचना रत्ननगर (चितवन), १ चैत । जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लामा अनुमति लिएका र नलिएका कुनै पनि हातहतियार र विस्फोटक पदार्थ बुझाउन सूचना गरेको छ । कार्यालयले एक सूचना जारी गरी स्थानीय निकायको निर्वाचनलाई दृष्टिगत गरी समाजमा शान्ति सु–व्यवस्था कायम गराइराख्न साना तथा ठूला हातहतियार, विस्फोटक पदार्थ जिल्ला सुरक्षा समितिलाई बुझाउन सूचना जारी गरी आह्वान गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अवैध हातहतियार नियन्त्रण गर्ने अभियानअन्तर्गत जिल्ला सुरक्षा समिति, चितवनको निर्णयअनुसार कानुनबमोजिम अनुमति प्राप्त गरेका र अवैधरुपमा लुकाई छिपाई राखेका हातहतियार, विस्फोटक पदार्थ ७ दिनभित्र बुझाउन निर्देशन दिएको हो । ‘यस्ता हातहतियार र विस्फोटक पदार्थ जिल्ला प्रशासन कार्यालय चितवन वा नजिकको प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउन हुन सम्बन्धित महानुभावमा यो सूचना जारी गरिएको छ’, प्रहरीले सोमबार सार्वजनिक गरेको सातदिने सूचनामा उल्लेख छ । तोकिएको समयसीमाभित्र नबुझाई लुकाई छिपाई राखेमा हातहतियार र विस्फोटक पदार्थ नियन्त्रण गर्ने विशेष योजनाअन्तर्गत गठन भएको विशेष संयुक्त सुरक्षा टोलीबाट कानुनअनुसार कडा कारबाही हुने प्रहरीले चेतावनी दिएको छ ।स्थानीय प्रशासनले निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था थप सुदृढ बनाएको जानकारी दिएको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
चितवनमा करिब डेढ महिनाको अवधिमा आठ हजार ५०० भूकम्पपीडितको लगत सङ्कलन चितवन, १४ फागुन- चितवनमा करिब डेढ महिनाको अवधिमा आठ हजार ५०० भूकम्पपीडितको लगत सङ्कलन भएको छ । भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि सुरु भएको पुनः लगत सङ्कलनका क्रममा आजसम्म जिल्लामा करिब आधा काम सकिएको जिल्ला लगत सङ्कलन तथा व्यवस्थापन कार्यालय चितवनका संयोजक जीवनाथ आचार्यले जानकारी दिनुभयो । ‘डेढ महिनाको अवधिमा हामीले करिब आठ हजार ५०० को लगत सङ्कलन गरेका छौँं, आचार्यले भन्नुभयो पहाडी गाविसमा करिब करिब सकिएको छ, अब नगरक्षेत्रमा सङ्कलनलाई तीव्रता दिएका छौं ।’ त्यसमध्ये साँढे सात हजारको नामावली भने प्रधानमन्त्री कार्यालयमा पठाइसकिएको उहाँले जानकारी दिनुभयो । चितवनको पहाडी– ८ गाविस र भरतपुर उपमहानगर तथा अन्य सात नगरपालिकामा लगत सङ्कलन भइरहेको छ । माघको पहिलो साताबाट यहाँ पीडितको नामावली सङ्कलन थालिएको थियो । फोटोसहितको विवरण सङ्कलन गर्न इन्जिनियर र सामाजिक परिचालकको टोली गाउँगाउँमा छन् । चितवनमा सबैभन्दा बढी भूकम्प प्रभावित क्षेत्र दारेचोक, काउले, चण्डिभञ्याङ र लोथर हो । टोलीले कम्युटरमा नै फर्म भर्ने, घरको र मानिसको समेत फोटो लिने र घरको अवस्थाको मूल्याङ्कन गरेर नामावली सङ्कलन गरिरहेको छ । इन्टरनेटको डिभाइससमेत उपलव्ध गराइएकाले हरेक दिनको प्रगति सिधैँ सिंहदरवार पठाउने व्यवस्था मिलाइएको आचार्यले जानकारी दिनुभयो । विवाद आए पनि सल्ट्याउन सहज हुने भएकाले प्रत्येक घरको फोटोसहितको विवरण सङ्कलन गरिएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलले बताउनुभयो । चितवन जिल्लामा १८ हजार ७५२ परिवारले भूकम्पपीडित भनेर राहतका लागि निवेदन दर्ता गराएका छन् । पहिलो चरणमा सरकारबाट रु १५ हजार पाएका र दोस्रोचरणमा न्यानो कपडाका लागि रु १० हजार पाएकाको प्रमाण एवम् रातो कार्डको आधारमा नामावली सङ्कलन हुन्छ । अझै एक महिना सङ्कलन गर्न लाग्ने र चैतमा अन्तिम नामावली प्रकाशित गरिने जनाइएको छ । त्यसपछि सरकारले रु तीन लाखको राहत प्याकेज दिने छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
चितवनमा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो २० रुपैयाँले बढ्यो चितवन, २५ माघ- ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको दुई दिन बित्न नपाउँदै जिल्लामा व्यवसायीले कुखुराको मासुको मूल्य समेत बढाएका छन् । नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घले ब्रोइलर मासुको मूल्य जिउँदोमा प्रतिकिलो रु १० र तयारी मासुमा रु २० रुपैयाँका दरले मूल्य बढाएको छ । बढेको मूल्य अनुसार जिउँदो मासुको मूल्य प्रतिकिलो रु १८० पुगेको सङ्घले जनाएको छ । यसअघि जिउँदो ब्रोइलरको मासु प्रतिकिलो रु १७० कायम गरिएको थियो । फ्रेसमासु प्रतिकिलो रु २८० सम्म तिरिरहेका उपभोत्ताले अबदेखि प्रतिकिलो रु ३०० तिर्नुपर्ने भएको छ । मासुको माग बढ्दै गएको र त्यसको तुलनामा ब्रोइलर कुखुराको उत्पादन कम भएका कारण मूल्य बढाउनुपरेको नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले बताउनुभयो । देशभर ब्रोइलर कुखुराको दैनिक उत्पादन करिब आठ लाख किलो छ । चितवनमा मात्रै दैनिक ७० हजार किलो मासु उत्पादन हुन्छ । यहाँको उत्पादनमध्ये करिब ३० प्रतिशत जिल्लामा खपत हुन्छ । बाँकी उत्पादन का���माडाँैलगायत मुख्य सहरमा पठाइन्छ । जिल्लामा व्यावसायिक कुखुरा पाल्ने किसानको सङ्ख्या ७०० देखि ८०० को हाराहारीमा रहेको छ । नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घका निवर्तमान अध्यक्ष भुवनलाल जोशी माग बढेको र उत्पादन कम हुँदा बाध्य भएर मूल्य समायोजन गर्नुपरेको बताउनुहुन्छ । यसअघि माघ २३ गते नेपाल ह्याचरी सङ्घले कुखुराको चल्लाको समेत मूल्य बढाएका थिए । प्रति चल्लामा रु पाँच बढाइएको सङ्घले जनाएको छ । यसअघि प्रतिचल्ला रु ६० तिर्दैै आएका किसानले बढेको मूल्यअनुसार प्रति चल्ला रु ६५ तिनुपर्ने छ । नेपाल ह्याचरी सङ्घका केन्द्रीय उपाध्यक्ष ऋषिराम पौडेलले अहिले देशभरि नै ब्रोइलर चल्लाको माग उच्च भएको र उत्पादन कम भएको कारण चल्लाको मूल्य बढेको बताउनुभयो । चितवन कुखुराका चल्ला, अण्डा, मासु र दाना उत्पादनका हिसावले मूख्य जिल्ला हो । नेपालमा कुखुरा व्यवसायमा करिब रु ७५ अर्ब लगानी भएको बताइएको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
चितवनमा अव्यवस्थित फुटपाथ व्यवसायका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त चितवन, २५ माघ- चितवनमा अव्यवस्थित फुटपाथ व्यवसायका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । मुख्यगरी नारायणगढ बजार क्षेत्रमा अव्यवस्थित रुपमा फुटपाथ व्यवसाय सञ्चालन गर्दा पैदल हिँड्ने यात्रुसमेत प्रभावित भएको हालै गरिएको एक अध्ययनले देखाएको छ । जिल्लाको बजार तथा ट्राफिक व्यवस्थापनमा देखिएको समस्याबारे अध्ययनका लागि गठित कार्यदलले भरतपुर र नारायणगढ बजारमा अध्ययनमा क्रममा यस्तो समस्या बढेको जनाएको हो । कार्यदलका संयोजक तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तले भन्नुभयो– दइबटै बजारका फुटपाथे व्यवसायले पैदलयात्रीमात्र होइन समग्र ट्राफिक व्यवस्थापनलाई नै असर परेको छ । यही माघ १२ गते सरोकारवाला प्रतिनिधिको सहभागितामा पन्तकै नेतृत्वमा सो कार्यदल गठन गरिएको थियो । कार्यदलले स्थलगत रुपमा गरेको अनुगमनपछि प्रस्तुत गरेको प्रतिवेदनकार्यान्वयनका लागि प्रचारप्रसारसँगै सहभागितामूलक कार्यक्रम गरेर बजार व्यवस्थापन गर्न प्रहरी तथा स्थानीयवासी सक्रिय भएका छन् । जसअनुसार सडक पेटीको हकमा पैदल यात्रीलाई बाधा पर्ने कुनै पनि व्यापार व्यवसाय गर्न नदिने, पसल बाहिरसमेत सामान राखेर बिक्री गर्ने कार्यमा रोक लगाउने, फलफूल तथा तरकारी बजारलाई व्यवस्थित गर्ने, सडकपेटीको अतिक्रमण हटाउने निर्णय भएको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । ट्राफिक व्यवस्थापनका लागि आजैदेखि अभियान सुरु भएको समेत उहाँले जानकारी दिनुभयो । यस्तै बजारक्षेत्रमा बैंक, बित्तीय संस्था र स्थानीय व्यवसायीकै सवारी साधन लामो समयसम्म पार्किङले समस्या भएको प्रतिवेदनमा उल्लेख छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
चितवनमा नयाँ प्रजातीको चरा फेला चितवन, १४ माघ– चितवनको सिमसार क्षेत्रमा एउटा नयाँ चरा फेला परेको छ । सिमसारमा बस्ने रोड्डी टर्नस्टोन नामको चरा फेला परेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष वासु विंडारीले जानकारी दिनुभयो । नेपालका लागि यो चरा फेला परेको तेस्रो घटना भएपनि चितवनमा भने पहिलोपटक फेला परेको विंडारीको भनाइ छ । चराको अवस्था र बासस्थानको अवस्था पत्ता लगाउन चितवनमा पुसको अन्तिम सातादेखि दुई हप्तासम्म विभिन्न क्षेत्रमा भएको जलपक्षीको गणनाका क्रममा नयाँ चरा रेकर्ड भएको हो । यो सँगै जिल्लामा चराको सङ्ख्या ६ सय ३४ पुगेको छ । नेपालमा आठसय ८७ प्रजातिका चरा छन् । नेपालमा पाइने चरामध्ये अधिकांश चरा चितवनमा देखिएकाले यहाँ चरा पर्यटनको राम्रो सम्भावना छ । चितवन निकुञ्ज आसपास क्षेत्रमा पानीमा पाइने चराको राम्रो बासस्थान छ । चितवनमा पाइने चरामध्ये करिब ६० प्रतिशत जल क्षेत्र र निकुञ्ज आसपासमा भेटिन्छन् । अहिलेको गणनामा चराको सङ्ख्यासमेत बढेको पाइएको चरा विज्ञहरुले जानकारी दिएका छन् । यसपालिको गणनामा पूर्वी चितवनको भण्डारास्थित मत्स्य विकास केन्द्रको परिसरमा समेत चराको अनुगमन भएको बर्ड एजुकेसन सोसाइटीले जनाएको छ । सोसाइटीको अगुवाइ र चितवन राष्ट्रिय निकुञ्जको सहयोगमा गणना थालिएको हो । गणनाका लागि ५० जना गाइड परिचालन भएका थिए । यहाँको ढुङ्ग्रेखोला, बूढी राप्ती, कसरा, राप्ती नदी, लामिताल, राप्ती घाट, तमोर ताल र विस हजारीतालमा चरा गणना भएको थियो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
चितवनमा भूकम्पपीडितका घरको पुनः लगत सङ्कलन सुरु चितवन, ५ माघ- चितवनमा भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि भूकम्पले क्षति पु¥याएका घरको पुनःलगत सङ्कलन सुरु गरिएको छ । फोटोसहितको विवरण सङ्कलन गर्न इन्जिनियर र सामाजिक परिचालकको टोली गाउँगाउँमा पठाइएको जिल्ला लगत सङ्कलन तथा व्यवस्थापन कार्यालय चितवनका संयोजक जीवनाथ आचार्यले जानकारी दिनुभयो । पहिलो चरणमा पहाडी क्षेत्रलाई लक्षित गरी १७ जनाको टोली परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । अहिलेसबैभन्दा बढी भूकम्प प्रभावित क्षेत्र दारेचोक, काउले, चण्डिभञ्याङ र लोथरमा टोलीले लगत सङ्कलन सुरु गरेको हो । टोलीले कम्युटरमा नै फारम भर्ने, घरको र घर मुलीको समेत फोटो लिएर विद्यमान अवस्थाको मूल्याङ्कन गर्ने भएको छ । इन्टरनेटसमेत उपलब्ध गराइएकाले हरेक दिनको प्रगति विवरण सिधँै सिंहदर पठाउने व्यवस्था मिलाइएको आचार्यले जानकारी दिनुभयो । विवाद आए पनि सल्ट्याउन सहज हुने भएकाले प्रत्येक घरको फोटोसहितको विवरण सङ्कलन गरिने जिल्ला तथ्याङ्क कार्यालयका प्रमुख संयोजक आचार्यले जानकारी दिनुभयो । नगरपालिका क्षेत्र र बाँकी अन्य ठाउँमा भने ८ र ९ गते प्रशिक्षण कार्यक्रम गरिने र त्यसलगत्तै टोली परिचालन गरिने छ । जिल्लामा अहिले १८ हजार सात सय ५२ भूकम्पपीडित परिवारले राहतका लागि निवेदन दर्ता गराएका छन् । सङ्कलित निवेदनको आधारमा घरघर पुगेर पुनःपरीक्षण गरी लगत सङ्कलन हुने छ । यसअघि सामान्य क्षतिसहित जिल्लामा १५ हजार सात सय ४९ भूकम्पपीडितको तथ्याङ्क आएकामा अहिले बढेर १८ हजार सात सय ५२ पुगेको हो । स्थानीय विकास अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य सचिव श्रवणकुमार पोखरेलले गाउँगाउँमा नगरपालिका र गाविसमार्फत लगत सङ्कलन गरेपछि अहिले इन्जिनियरसहितको टोली परिचालन गरिएको बताउनुभयो । पहिलो चरणमा सरकारबाट रु १५ हजार पाएका र दोस्रो चरणमा न्यानो कपडाका लागि रु १० हजार पाएकाको प्रमाण एवम् रातो कार्डको आधारमा मात्रै उनीहरुलाई पुनःनिर्माणका लागि सरकारले रु तीन लाखको राहत प्याकेज दिने भएको छ ।
0 notes