Tumgik
#तलतलय
nepal123 · 7 years
Photo
Tumblr media
तालतलैया सुकेर वन्यजन्तुलाई असर पर्न थालेपछि खोलाबाट पानीको व्यवस्थापन रत्ननगर (चितवन), १६ वैशाख । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका तालतलैया खडेरीका कारण सुक्न थालेपछि खोलाबाट पानी व्यवस्थापनको काम सुरु भएको छ । मुख्यगरी चितवनको पूर्वी क्षेत्रमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनले तालतलैया सुख्खा हुन नदिन राप्ती खोलाबाट पानी पठाउन थालेको हो । नदीमा समेत पानी घटेकाले खोलाको बगर खनेर जङ्गलका ताल तलैयामा पानी पठाउन थालिएको वन कार्यालयका सचिव भरतप्रसाद नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार कुमरोज सामुदायिक वन बाघ, गैँडा, हात्ती, जरायो, चित्तल, बँदेललगायत वन्यजन्तुको बासस्थान र विचरण क्षेत्र हो । त्यसैका कारण यहाँ पर्यटकहरु आइरहेका छन् । पानीका तालहरु सुख्खा हुन थालेपछि वन्यजन्तुहरुले बासस्थान परिवर्तन गर्ने भएकाले तिनीहरुको संरक्षणका लागि यसरी तालमा पानीको व्यवस्थापन गर्न थालिएको हो । कुमरोज सामुदायिक वनमा वन्यजन्तुका लागि आठ वटा ताल छन् । तीमध्ये लामि, गैँडा, हेलिप्याड र जैविक ताल मुख्य हुन् । यहाँ रहेका झन्डै एक दर्जन गैँडाहरु यही तालमा रमाउने गर्दछन् । तर अहिले जैविक र राइनोलगायत चार वटा ताल सुख्खा हुन थालेकाले पानीको व्यवस्थापन गरेर तालमा पानी पठाउने काम थालिएको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, बूढी राप्ती उपभोक्ता समितिका कार्यालय सचिव गोविन्द दराईले बताउनुभयो । अहिले करिब रु एक लाखको लगानीमा समुदायलाई समेत सहभागी गराएर पानीको व्यवस्थापन थालिएको छ । वर्षा नहुँदासम्म पानीको समस्या हुने भएकाले राप्ती नदीको पानी छेकेरै वनमा ल्याइएको हो । यो सामुदायिक वन झण्डै ७०० हेक्टरमा फैलिएको छ । वनमा पछिल्लो समयमा पर्यटन विकास भएपछि पर्यटकका लागि हात्ती सफारी र जीप सफारी कार्यक्रमसमेत सञ्चालन गरिएको छ । चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल अन्य क्षेत्रका तालमा समेत खडेरीले समस्या पारेको बताउनुहुन्छ । The post तालतलैया सुकेर वन्यजन्तुलाई असर पर्न थालेपछि खोलाबाट पानीको व्यवस्थापन appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
चितवनमा खडेरीका  कारण  तालतलैया र खोला सुक्न थाले चितवन , ५ वैशाख । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका तालतलैया र खोलानाला खडेरीका कारण सुक्न सुक्नथालेपछि संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका पूर्वी क्षेत्रका प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले पानी नपरेकाले तालको सतह घट्न थालेको बताउनुभयो । उहाँले पानीका स्रोत खोजेर सफा गरी व्यवस्थापन गर्नुपर्ने भएकाले तयारी गरेको जानकारी दिनुभयो । चितवनको पूर्वी सेक्टरमा पर्ने मूल खोलाका कारण पुरानो पदमपुर क्षेत्रको घाँसेमैदान र तालतलैयामा दुर्लभ वन्यजन्तुको उपस्थिति राम्रो छ । अहिले सोही क्षेत्रमा ताल निर्माण गरेर कोसीबाट ल्याइएका १५ अर्ना राखिएको छ । अर्नाका लागि बनाइएको तालको सतहसमेत घट्न थालेको पाठक बताउनुहुन्छ । केही ताल सुकेका छन् भने केही तालमा मिचाहा प्रजातिका झारले कुरुप बन्दै गएको छ । विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तुका लागि अत्यावश्यक मानिने तालका प���नीको स्रोत चुरे क्षेत्र हो । वन र पानीको मुहान संरक्षणमा सबै लाग्नुपर्ने आवश्यक रहेको चरा विज्ञ तथा संरक्षणकर्मी टीका गिरी बताउनुहुन्छ । चितवन निकुञ्जमा मात्रै झन्डै पाँच दर्जन ताल छन् । पानीका स्रोत व्यवस्थापन आवश्यक बाइसौँं वन्यजन्तु सप्ताहको अवसरमा आज चितवन निकुञ्जको सो क्षेत्रमा पानीको सतहको अवस्थाबारे स्थलगत अनुगमन तथा सरसफाइ कार्यक्रम भएको छ । सप्ताहको पाँचौँ दिन आज क्षेत्रीय होटल सङ्घ, क्षेत्रीय रेवान, हात्ती तथा जिप बुकिङ सेन्टर, चितवन जिप सफारी र निकुञ्ज जिप सफारीको संयोजनमा यहाँका ४० सङ्घसंस्थाको सक्रियतामा कार्यक्रम भएको हो । कार्यक्रममा क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेले पर्यटन व्यवसाय फस्टाउन वन्यजन्तुको संरक्षण हुनुपर्ने र वन्यजन्तुको संरक्षणका लागि तालतलैया अति आवश्यक पर्ने भएकाले खोलानाला र तालको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । सङ्घका महासचिव राममणि खनाल वन्यजन्तुको चरन बढाउन पनि पानीको व्यवस्थापन अपरिहार्य भएको उल्लेख गर्दै यसतर्फ ध्यान दिन आग्रह गर्नभयो । निकुञ्ज जिप सफारीका टीकाप्रसाद कँडेलले तालतलैया आसपास क्षेत्र नै वन्यजन्तुको मुख्य वासस्थान हुने भएकाले यसका स्रोतकै व्यवस्थापन आवश्यक छ भन्नुभयो । The post चितवनमा खडेरीका  कारण  तालतलैया र खोला सुक्न थाले appeared first on Etajakhabar.
0 notes