Tumgik
#उपमयरम
nepal123 · 8 years
Photo
Tumblr media
एमाले चितवनमा मेयर र उपमेयरमा यस्ता छन् आकांक्षी चितवन  । सरकार स्थानीय निकायको चुनावको तयारीमा जुटेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तयारी तिब्र पारेको छ । एमालेका महानगरपालिका, उपमहानगर र नगरपालिका तथा गाउँपालिकाका पार्टी कमिटीहरु संभावित उम्मेदवार चयनको लागि भेला र बैठकमा जुट्न थालेका छन् । यसै क्रममा राजधानीपछि निकै महत्वपूर्ण जिल्ला मानिने चितवनमा एमालेबाट मेयर र उपमेयरको आकाक्षीमा धेरै जना देखिएका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । मेयरमा विजय सुवेदी, घनश्याम भट्टराई, देवी ज्ञवाली, कृष्णराज न्यौपाने ‘लभ्ली’ र पार्वती रावलको चर्चा छ । चितवन जिल्लाका पूर्व पार्टी प्रमुख रहेका सुवेदी भरतपुर विकास समितिको अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । त्यस्तै चर्चित विद्यार्थी नेताका रुपमा चिनिने र जिल्ला कमिटि सदस्य रहेका भट्टराई विभिन्न संघ संस्थामा रहँदा कुशल नेतृत्व प्रदान गरी लोकप्रिय समेत छन् । लायन्स क्लवमा आवद्ध भट्टराईको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत राम्रो पहुँच रहेको एमालेका कार्यकर्ताहरु नै बताउँछन् । मेयरमा अकाक्षी ज्ञवाली पनि जिल्ला प्रमुख भई हाल पार्टीको केन्द्रिय सल्लाहकार रहेका छन् । उनी भरतपुर उपमहानगरपालिकाका पूर्व उपमेयर समेत हुन् । त्यस्तै संविधानसभाकी उम्मेदवार रहेकी पार्वति रावलको नाम पनि मेयरमा चर्चामा नै छ । उनी जिल्ला सचिव समेत हुन् । मेयरका यि आकांक्षीहरुमध्ये विजय सुवेदीलाई महासचिव इश्वर पोखरेल, भट्टराईलाई माधवकुमार नेपाल र योगेश भट्टराई, तथा ज्ञवालीलाई अध्यक्ष केपी ओलीले च्यापेको पनि जिल्लामा चर्चाको विषय बन्ने गरेको छ । त्यस्तै स्वास्थ्यसँग सम्बन्धित विभिन्न संघ संस्थामा आवद्ध लभ्भी भने एमाले नेता माधवकुमार नेपाल निकट हुन् । उनी पनि जिल्लामा प्रभावशाली देखिएका छन् । त्यसैगरी उपमेयरका लागि कृष्ण भुर्तेल, प्रकाश ढुंगाना, रामजी प्रसादसापकोटा, सुरज तिवारी र सन्देश श्रेष्ठमध्येबाट प्रतिनिधित्व गरी पार्टीले मैदानमा पठाएको खण्डमा जित्ने निश्चित रहेको एमालेका एक कार्यकर्ताले बताए । पार्टी जिल्ला सचिवालय सदस्य तथा युथफोर्सको चितवन जिल्लाका संस्थापक अध्यक्ष रहेको ढुंगाना पार्टीकै युवा तथा खेलकुद विभाग प्रमुख समेत हुन् । उनी किसान महासंघको केन्द्रिय सदस्य पनि हुन् । ढुंगाना युवाहरुबीच लोकप्रिय छन् । हाल पार्टी जिल्ला कमिटी सदस्य रहेका भुर्तेल साविक मेघौली गाविसका निर्वाचित अध्यक्ष हुन् । उनीसँग लामो समय स्थानिय निकायको प्रमुख रहेको अनुभव छ । त्यसैगरी सप्तगण्डकी क्याम्पसका पूर्व स्ववियू सभापति समेत रहेका सुरज तिवारी युवा संघको जिल्ला उपाध्यक्ष हुँदै अञ्चल सदस्य समेत भइसकेका व्यक्ति हुन् । युवाहरुबीच चर्चित रहेका तिवारी पार्टी जिल्ला कार्य समितिमा दुई कार्यकाल बसिसकेका छन् । युथ फोर्सको केन्द्रिय सदस्य भइसकेका उनी चितवन जिल्ला खेलकुद समितिका पूर्व अध्यक्ष पनि हुन् । तिवारीसँग कुशल नेतृत्व प्रदान गर्ने क्षमता रहेको कार्यकर्ताहरु नै बताउँछन् । त्यस्तै पार्टीको जिल्ला सदस्य रहेका सापकोटासँग पनि स्थानिय निकायमा काम गरको लामो अनुभव छ भने श्रेष्ठ पनि युवाहरुबीच लोकप्रिय छन् । नेकपा एमालेमा मेयर र उपमेयरमा काम गर्न सक्ने मानिस थुप्रै छन् । तर, पार्टीले उम्मेद्वारको सबै पक्ष हेरेर पार्टीप्रति प्रतिबद्धता, इमान्दार र निष्ठापूर्वक काम गर्न सक्ने, दक्षता र कार्यक्षमता भएको व्यक्तिलाई उम्मेदवार बनाएको खण्डमा उनीहरुको जित सुनिश्चित हुने युवा कार्यकर्ताहरु नै बताउँछन् । पार्टीमा लागेर भविश्यको संभावना बाकेका युवाहरुलाई नै अगाडि ल्याउनु पर्ने कार्यकर्ताहरुको धारणा छ ।
0 notes