#आठ
Explore tagged Tumblr posts
thebharatexpress · 1 year ago
Text
छत्तीसगढ़ हाई काेर्ट अवकाश: BIG ब्रेकिंग- अवकाश के दौरान अलग अलग तिथियों में आठ अवकाशकालीन बेंच का गठन किया जाएगा
बिलासपुर। हाई कोर्ट के रजिस्ट्रार जनरल ने इस संबंध में अधिसूचना जारी कर दी है। छत्तीसगढ़ हाई कोर्ट में 15 मई से नौ जून तक ग्रीष्मकालीन अवकाश रहेगा। ग्रीष्मकालीन अवकाश के दिनों में लोगों की सुविधा के लिए अवकाशकालीन बेंच का भी गठन किया गया है। अवकाश के दौरान अलग अलग तिथियों में आठ अवकाशकालीन बेंच का गठन किया जाएगा। इसमें मामलाें की सुनवाई होगी। ALSO READ-  ED पर कोर्ट में गंभीर आरोप: अनवर ढेबर ने…
Tumblr media
View On WordPress
0 notes
bharatlivenewsmedia · 2 years ago
Text
Beer Wine : वाढत्या तळीरामांमुळं औरंगाबादेत दारुचा महापूर, आठ महिन्यांत ४० लाख लिटर बिअरची विक्री
Beer Wine : वाढत्या तळीरामांमुळं औरंगाबादेत दारुचा महापूर, आठ महिन्यांत ४० लाख लिटर बिअरची विक्री
Beer Wine : वाढत्या तळीरामांमुळं औरंगाबादेत दारुचा महापूर, आठ महिन्यांत ४० लाख लिटर बिअरची विक्री Wine And Beer Sale In Aurangabad : गेल्या आठ महिन्यांच्या काळात मराठवाड्यात मद्यविक्रीनं नवा विक्रम रचला आहे. एकट्या औरंगाबाद जिल्ह्यात तळीरामांनी तब्बल ४० लाख लिटर बिअर फस्त केली आहे. Wine And Beer Sale In Aurangabad : गेल्या आठ महिन्यांच्या काळात मराठवाड्यात मद्यविक्रीनं नवा विक्रम रचला आहे.…
View On WordPress
0 notes
jyotijyotisposts · 7 months ago
Text
Tumblr media
5 notes · View notes
rockidasi · 6 months ago
Text
Tumblr media
0 notes
subhashdagar123 · 7 months ago
Text
Tumblr media
0 notes
sanjaygarg · 10 months ago
Text
Tumblr media
0 notes
Video
youtube
Rs 30 में बनाओ Rs 300 में बेचो! दस गुना मुनाफा! मात्र साढ़े आठ हज़ार से ...
0 notes
trendingwatch · 2 years ago
Text
नेटफ्लिक्स पीरियड ड्रामा 'सिक्स ट्रिपल आठ' का निर्देशन करेंगे टायलर पेरी
नेटफ्लिक्स पीरियड ड्रामा ‘सिक्स ट्रिपल आठ’ का निर्देशन करेंगे टायलर पेरी
द्वारा एक्सप्रेस न्यूज सर्विस टायलर पेरी, अमेरिकी लेखक, फिल्म निर्माता और हास्य अभिनेता, नेटफ्लिक्स के लिए एक प्रोजेक्ट तैयार करेंगे, जो एक पीरियड ड्रामा होगा जिसका शीर्षक होगा छह ट्रिपल आठ। वह फीचर फिल्म का लेखन, निर्देशन और निर्माण करेंगे, जो द्वितीय विश्व युद्ध की पृष्ठभूमि पर आधारित होगी। छह ट्रिपल आठ 6888वीं बटालियन के इर्द-गिर्द घूमेगा, जो WW2 प्रयास के दौरान एकमात्र अश्वेत, सभी-महिला…
View On WordPress
0 notes
sarhadkasakshi · 2 years ago
Text
हरिद्वार में अपहृत 8 माह के बच्चे को पुलिस ने किया सकुशल बरामद
हरिद्वार में अपहृत 8 माह के बच्चे को पुलिस ने किया सकुशल बरामद
मुख्यमंत्री उत्तराखंड श्री पुष्कर सिंह धामी ने लिया था हरिद्वार में बच्चे के अपहरण पर सख्त रुख एसएसपी हरिद्वार को बच्चे की बरामदगी हेतु कार्यवाही हेतु सख्त निर्देश दिए गए थे। हरिद्वार में अपहृत 8 माह के बच्चे को पुलिस ने सकुशल बरामद कर लिया है। बच्चे के अपहरण संबंधी जानकारी मिलने पर मुख्यमंत्री श्री पुष्कर सिंह धामी ने हरिद्वार एसएसपी को जल्द से जल्द बच्चे का पता लगाये जाने के निर्देश दिये…
Tumblr media
View On WordPress
0 notes
manisha999 · 11 months ago
Text
गरीब, ऐसा सुमरन कीजिये, रोम रोम धुनि ध्यान ।
आठ बखत अधिकार करि, पतिब्रता सो जान ।।
#सत_भक्ति_संदेश
Tumblr media
69 notes · View notes
brijpal · 2 months ago
Text
Tumblr media
#GodNightTuesday
सत् मक्ति संदेश
बिरला संत
गरीब, महिमा अबिगत नाम की, जानत बिरले संत । आठ पहर धुनि ध्यान है, मुनि जन रटैं अनंत ।।
उस परमात्मा को प्राप्त करने के लिए
अनन्त मुनिजन मनमाने नामों की रटना लगा रहे ��ैं (जाप कर रहे हैं), परंतु अविगत नामों (दिव्य मंत्रों) को तथा उनकी महिमा को बिरला संत ही जानता है।
📲अधिक जानकारी के लिए "Sant Rampal Ji Maharaj" Youtube Channel पर विजिट करें।
Watch sadhna TV 7:30pm !
15 notes · View notes
nin-nyan-ve · 1 year ago
Text
आठ
Tumblr media
|| रेणू हरीकरण ||
Hakurei Reimu with an indian twist for the toonsutra contest on instagram. calling her Harikarna Renu.
101 notes · View notes
bharatlivenewsmedia · 2 years ago
Text
Pune Lonavala Local : पुणे-लोणावळा लोकलच्या आठ फेऱ्या १३ डिसेंबरपर्यंत रद्द
Pune Lonavala Local : पुणे-लोणावळा लोकलच्या आठ फेऱ्या १३ डिसेंबरपर्यंत रद्द
Pune Lonavala Local : पुणे-लोणावळा लोकलच्या आठ फेऱ्या १३ डिसेंबरपर्यंत रद्द Pune lonavala local : कामशेतजवळ रेल्वे ट्रक व सिग्नल यंत्रणेच्या संबंधित कामासाठी पुणे -लोणावळा दरम्यानची लोकल वाहतूक १० ते १३ डिसेंबर या चार दिवसांसाठी रद्द करण्यात आली आहे. यामुळे नोकरदार व विद्यार्थ्यांना गैरसोयीचा सामना करावा लागू शकतो. Pune lonavala local : कामशेतजवळ रेल्वे ट्रक व सिग्नल यंत्रणेच्या संबंधित…
View On WordPress
0 notes
bhushita · 1 month ago
Text
पहिचान के हो ? म महिला हुँ, मेरो शरीर जे छ, सोही स्वरुप हुँ वा म चेतना हुँ ? के पहिचान स्थिर, अव्ययकारी छ या यो परिवर्तनशील छ ? अमेरिकामा समकालिन विश्व साहित्य पढिराख्दा पहिचानका अनेक आयामका पहलुहरु पढ्न पाएँ । तर यो विस्तीर्ण दार्शनिक परिधि छिचोल्दा पनि मलाई उपनिषदहरुमा व्यक्त गरिएको स्वको कल्पना ज्यादै रोमञ्चक लाग्यो । गणितमा गोडेलको असम्पूर्णताको प्रमेय वा सिद्धान्त छ, जसले भन्छ, हामीसँग भएका साधनले सत्यलाई सिद्ध गर्न सक्तैन । सत्य कहिलेकहीँ असाध्य हुन्छ । यिनै परिधिमा रहेर कान्तिपुर दैनिकका लागि मैले एउटा कथा लेखेकी छुँ । यो धारमा मीमांसा गर्न इच्छुक पाठकहरुले तल कथा पढ्न सक्नुहुनेछ ।
Tumblr media
आठ बजेको बुलेटिन
उद्यान प्रकरण
गर्मी उखपात थियो । अलकत्रा पग्लिएर घाममा टट्टाएका ��जिंगरजस्ता भएका थिए सडक । संग्रहालयको भित्री प्रकोष्ठ शीतलै थियो । तर, मलाई फर्किएर जाने आँट आएन । मैले त्यो किताब किन चोरें, मलाई पनि थाहा छैन ।
तर, त्यत्रो सुरक्षाको यत्न गरिएको प्रदर्शनीबाट दिनदहाडै त्यस्तो पुरातात्त्विक महत्त्वको भनिएको किताब हातैमा लिएर हिँड्दा पनि कसैले नरोकेकाले म निर्विचार उत्तेजनाको दशामा बाहिर निस्किएँ ।
घाम आँखै खाने थियो, काँच र टिन टल्किएर घरहरू हेरिनसक्नुभएका थिए । अलि पर, बूढो तमालको रुख चामरझैं सहरलाई हम्किरहेको देखिन्थ्यो । म हतार–हतार त्यो रुखतिर लागें । तर, नजिक पुगेपछि थाहा भयो, त्यहाँ त ठूलो उद्यानै रहेछ । अचम्म ! कैयन् पटक म यो संग्रहालयको बाटो भएर हिँडेकी थिएँ, तर त्यो उद्यान कहिल्यै देखेकी थिइनँ । ठूला–ठूला तमाल, कदम्ब, साल इत्यादिका बोटले घेरिएको त्यो बाटिकामा न कुनै पर्खाल थियो, न त प्रवेशद्वार नै । गर्मी खपिनसक्नु थियो, गुजुमुज्ज गुजुल्टिएको अपराजिताको बेलीलाई दुई हातले लुछेर छिर्न मिल्ने प्वाल बनाएँ । लुछ्दा लुछ्दै किताबको जिल्द च्यातियो, टिप्न खोज्दा हावा आएर उडाएर लग्यो । शरदकाल थियो । आकाश नीर पोखेझैं निख्खर थियो । जिल्द उड्दा उड्दै संग्रहालयको धुरीमा पुग्यो । एकैछिनमा, एक थान चंगा आएर आकाश गिजोले । मेरो गाता बिलायो ।
‘के किताब थियो ?,’ म झसंग भएँ । उसले सरक्क मेरो हातबाट किताब लियो र तास फिटेझैं पाना पल्टायो ।
निर्जन कुञ्जमा अपरिचित लोग्नेमान्छेसँग डर लाग्नुपर्ने हो, तर मलाई लागेन । बरु, किनकिन टीठ लागेर आयो । जिङरिङ्ग कपाल, कुपोषित कृश काया, वर्षौंको अनिँदोजस्ता देखिने आँखा ।
‘आरुणीको आत्मकथा रहेछ ।’
‘को आरुणी ?,’ त्यसरी पाना फिटेर, एक आखर नपढी, किताबबारे ठोकुवा गरेकाले मलाई त्यो मान्छेको कुराको भर त थिएन, तर बेवास्ता कसरी गर्ने ?
‘धेरै पुरानो पो पुस्तक रहेछ । आरुणीको आत्मकथा छ भनेर त मलाई थाहा पनि थिएन,’ उसले फेरि पाना फिट्यो, ‘पढ्न मन थियो, तर ��जै मेरो कुकुर हराएको छ । ल त, म खोज्न गएँ ।’
ऊ गएपछि, एउटा बडेमानको वटवृक्षमुनि पल्टिएर किताब पढ्न सुरु गरेँ :
कथा त्यति पुरानो पनि होइन । सृष्टिको सन्ध्याकालमा धरा र आकाशबीचको अदृश्य तुल अझै टाँगिएको थिएन । साँझपख, नभमा मसिना जुहीका मुनाजस्ता तारा उदाउँदा, तिनका कलरवले पृथ्वी पनि अनुगुञ्जित हुन्थ्यो । दिउँसो घाम रापिएर उत्तप्त हुँदा, आकाशै केवरा र बेलीका मत्मत्याउने सुवासले रंगमंगाउँथ्यो । त्यहीबेला, एक रात जून पहेंलिएर पाकेकी बेला, उनको शरीरबाट केशर समान दूध पोखिएर पृथ्वीमा खस्यो । भन्नेहरूले त्यो दूधबाट निस्किएको मसिना, सेता फूलका हारमा बेरिएको वनस्पतिलाई सोम भने । त्यसैको दुधिलो चोप पिएर मान्छेले पहिलोपल्ट हजार भुजा भएकी देवीको दर्शन गर्‍यो, अप्रतिम आनन्दको वर्षामा रुझ्यो । त्यो बेला देउताहरू प्नि यो सहरमा फूल चोर्न आउँथे । तर, हिजोआज यो सहरमा उद्यान छैनन् । छ त, चौपट्टै पुरानो तुवाँलो, जो सालैपिच्छे मैलिँदै गएको छ ।
तमालका झ्याम्म परेका बुटानबाट घामका किरण पोखिएर रुखको छाया मेरो शरीरमा पातलो जालिदार ओढ्नेजस्तै लपक्क टाँसिएको थियो । वटपत्रको त्यो शीतल शय्यामा म पल्टिएर किताब पढ्दै थिएँ । कथा आरुणीकै रहेछ । सुरुमा आरुणी स्वास्नीमान्छेजस्तो लागेको थियो । जसै मेरो मनमा सो विचार आयो, पढ्दा पढ्दैको अनुच्छेद सर्लक्कै फेरियो ।
‘एक रातको कुरो हो । सपनामा म बूढो रुख भएको रहेछु । मेरो शरीर शुष्क र जर्जर भएको थियो, यद्यपि आँतमा कामनाको अग्नि दन्किएकै थियो । एक साँझ वनमा एक्लै विचरण गरिरहेकी युवती देखेर मेरो मनमा कुपित विचार उत्पन्न भयो । त्यो बेला वात्सायन ऋषि मेरै रुखको टोड्कामा साधनारत थिए । मेरो दशा देखेर उनको मनमा करुणा जागेछ । उनले बिस्तारै मलाई सुम्सुम्याउँदै भने, ‘आरुणी, उठ ।’
म निद्राबाट तत्काल ब्युँझिएँ । उठेर आफैंलाई छामें । म रुख थिइनँ, म आरुणी थिएँ । ऋषि धौम्यका शिष्य, श्वेतकेतुका पिता । बिहान हुनै लागेको थियो, मैले सन्ध्याका लागि अम्खोरा तयार पारें र अस्ताउँदो इन्दुको प्रकाशमा नदीतर्फ लागें । आफ्नो कुल, आफ्नो गोत्र, आफू हुर्किएको ज���ञानको परम्परा सम्झिएर बडो गौरवबोध भयो । रुख नभई मनुष्य हुनु, मनुष्यमा पनि उच्च कुलीन ब्राह्मण हुनु, अहो म कति शौभाग्यशाली थिएँ । त्यत्तिकैमा कतैबाट फेरि आवाज आयो, ‘आरुणी, उठ ।’
म ब्युँझिएँ । यो पनि सपनै रहेछ । हरेक पटक ब्युँझदा, म बेग्लाबेग्लै जन्तु हुँदै गएँ । कहिले म ब्राह्मण भएको सपना देख्दै गरेको शुद्र थिएँ, कहिले ऋषिका बनेको सपना देख्ने कुकुर थिएँ, कहिले कुकुर भएको सपना देख्ने ऋषिका । म को हुँ, म तिमीलाई के भनौं ! मेरो सपनाको जुन सोपानमा तिमीले मलाई भेट्छ्यौ, म त्यही हुँ ।’
कसैको छाया खसेर मेरो पिठ्युँको घाम खोसिदिन्छ । म किताब बन्द गरेर छायातिर फर्किन्छु ।
‘भेटिएन,’ ऊ मलिन छ । खासमा भन्ने हो भने मलाई पहिल्यै शंका लागेको थियो, त्यो उद्यानमा कुनै कुकुर छँदै थिएन । तर, जसै बातचितको इन्द्रजाल तुनिँदै गयो मेरो शंका अझ सुदृढ हुँदै ग��ो ।
‘कुकुरको नाम के हो ?,’ म सोध्छु ।
‘यो उद्यानमा ऊ एक्लो कुकुर हो, दुइटा भए पो नाम राख्नु ! उसको नामै कुकुर हो,’ ऊ भन्छ ।
मलाई उदेक लाग्छ, उसको आत्मीय भंगीमा देखेर । उसले मेरो नाम सोध्नुपर्ने होइन ? कसरी एक अपरिचितासँग त्यति विवश हुन सकेको !
‘मेरो नाम श्वेतभानु हो,’ म भन्छु ।
‘अहो, श्वेतकेतुझैं,’ ऊ पुलकित हुन्छ ।
‘को श्वेतकेतु ?’
‘आरुणीका छोरा ।’
‘कुकुर कस्तो रंगको थियो ?,’ म सोध्छु ।
‘गोधूलिजस्तो, गेरुवा रातो ।’
हामीहरू सँगै कुकुर खोज्न निस्किन्छौं ।
उद्यान नपत्याउने किसिमले ठूलो थियो । कतै घना मसला र दालचिनीका पोथ्रा, कतै सिमाली र मालतीका ओडार, कतै चुवाका लहर, कतै टाँकीका बुटा । यत्रो वनमा त्यो नामै नभएको कुकुर कहाँ भेट्ने ?
‘पहिले पनि हराउँथ्यो ?,’ म सोध्छु ।
‘ऊ अचानक एक दिन भेटिएको थियो, तिमीजस्तै ?,’ ऊ भन्छ, ‘भेटिनुभन्दा अघि त हराएकै थियो, कमसेकम मेरा लागि ।’
‘तर, म त हराएकी थिइनँ’, मैले प्रतिवाद गरें ।
‘आफू हराएको कहाँ थाहा पाइन्छ र ? हुन सक्छ, अहिले तिमी तिम्रा परिवारका लागि हराएकी होलिऊ, मेरा लागि भेट्टिएकी होलिऊ, तर आफूबाट तिमी न हिजो हराएकी थियौ न आज ! भेटिनु, छुट्टिनु त सब अरूका लागि हो । आफू हराएको आफूलाई कहाँ थाहा हुन्छ र ?’
म अलि चिसिन्छु, ‘कतै म हराएकी त छैन ?’
‘कतै हराएरै यता भेटिएकी हौ । तिमीलाई पनि तिम्रा अभिजन खोज्दै होलान् ।’
म झसंग हुन्छु । मलाई अभिजनको याद आउँछ । घर, खेत, चौतारा, नाला, सखीसंगिनी, आमा, बुबा, सबै–सबैको याद आउँछ । तर, कति अनन्य हु��दा पनि ती सबै अन्य नै रहेछन् । आफ्ना सबैभन्दा नजिकका पनि आफू रहेनछन् । सबैलाई गुमाउनुको पीडाले म एकछिन मलिन हुन्छु र फेरि सर्वस्व हराउँदा पनि आफू आफैंसँग रहेको सम्झेर आनन्दित हुन्छु । हराएका सबै–सबैलाई सम्झिँदा मेरो हृदय द्रवित भएर आउँछ । अब हराएका मान्छेहरू मेरा स्मृतिमा मात्रै बाँकी छन् । यो स्मृति म कसरी सम्हालौं ?
‘के यो सपना हुन सक्छ ?,’ म सोध्छु ।
‘हुन सक्छ’, ऊ भन्छ ।
‘मलाई छोएर हेर त !,’ म उसको नजिक सर्छु । ऊ मेरो हात समाउँछ । उसको हात न्यानो छ । म उसको अँगालोमा लुटपुटिन्छु । उसको छातीको आयतन मलाई नौलो लाग्दैन । यस्तो लाग्छ, मानौं यो आयतन नै सधैं मेरो आश्रय थियो । यो सपनै होला, तर किनकिन मलाई ब्युँझिन मन लाग्दैन ।
‘कुनै कथा भन न !,’ म उसको छातीमा घुसि्रँदै भन्छु । ऊ मेरो कपाल सुम्सुम्याउँदै सोध्छ, ‘तिमीले श्वेतकेतुको कथा सुनेकी छ्यौ ?’
श्वेतकेतु प्रकरण
धौम्य ऋषिका शिष्य आरुणी उद्दालकका पुत्र श्वेतकेतु गुरुकुलबाट शिक्षा लिएर घर फर्किएका थिए । पिता आरुणी उद्दालकले श्वेतकेतुलाई सोधे, ‘श्वेतकेतु, अरू वेदाभ्यास गर्ने इच्छा छ या विवाह गर्ने ?’
पिताको कुरा सुनेर श्वेतकेतुले भने, ‘एक पटक राजा जनकको सभा जित्न दिनुहोस्, त्यसपछि जस्तो तपाईं उचित सम्झनुहुन्छ ।’
आफ्ना पुत्रका मुखबाट यस्तो अहंकारयुक्त वचन सुनेर ऋषि उद्दालक चिन्तित भए । उनले आफ्नी पत्नीलाई भने, ‘श्वेतकेतुको राजा जनकको सभा जित्न चाहने इच्छाले बताउँछ कि उसले वेदहरूको मर्म बुझ्न सकेको छैन । सारा शास्त्र पढेर पनि उसमा तत्त्वबोध छैन ।’
त्यस साँझ विशारद् बनेर घर फर्किएका श्वेतकेतुलाई पिता आरुणी प्रश्न गर्छन्, ‘के तिमीले त्यो तत्त्वलाई जान्यौ, जसलाई जान्नाले सुन्न नसकिने विषय सुनिन थाल्छ, जो चिन्तनभन्दा पर छ, त्यो त्यो चिन्तनीय बन्छ र जो अज्ञात छ, सो ज्ञात हुन्छ ?’
पिताको प्रश्नले श्वेतकेतु चकित हुन्छन् । उनले पढ्न बाँकी जगमा केही थिएन । यद्यपि, वेद पढ्नु र त्यसको मर्म बुझ्नु एउटै कुरो होइन । अक्षर भनेको लिपि मात्रै होइन, सो लिपिभित्र कहिल्यै क्षय नहुने जो सत्य छ, त्यसको नाम हो । अर्बौं अक्षर पढेर पनि जसले कूटस्थ स्वलाई बुझ्दैन, उसलाई साक्षर भन्न सकिन्छ, ज्ञानी होइन । आरुणीका कुरा सुनेर श्वेतकेतु लज्जित हुन्छन् र आफूलाई मर्मज्ञ तुल्याउन याचना गर्छन् ।
आरुणीले विविध दृष्टान्त दिएर श्वेतकेतुलाई तत्त्वज्ञानतर्फ उन्मुख गराउँछन् र अन्ततोगत्वा आँगनको वटवृक्षतर्फ इंगित गर्दै त्यसको फल लिएर ��उन आज्ञा दिन्छन् । श्वेतकेतु फल लिएर आउँछन्, आचार्य आरुणीले सो फल देखाएर सोध्छन्, ‘यसमा के छ ?’
श्वेतकेतु फल फुटाएर हेर्छन् र भन्छन्, ‘यसमा अझ साना बियाँहरू छन् ।’
आरुणीले ती बियाँहरूलाई पनि फुटाउन लगाउँछन् र सोध्छन्, ‘अब के छ ?’
श्वेतकेतु नियालेर हेर्छन् र भन्छन्, ‘अब जे छ, त्यो यति सूक्ष्म छ कि जुन दृष्टिगोचर छैन ।’
आचार्य आरुणी प्रसन्न हुँदै भन्छन्, ‘यही शून्यताको गर्भबाट यो विशाल वटवृक्ष बनेको छ । यही शून्यताबाट तिमी, हामी बनेका छौं । आफूभित्रको शून्यता बुझ्नु नै सारा ब्रह्माण्डलाई बुझ्नु हो । तत् त्वं असि । साधक नै साध्य हो । उपासक नै आराध्य हो । तिमी त्यही हौ, जसको खोजीमा तिमी छौ । यही नै सारा ज्ञानको मर्म हो ।’
उपसंहार
‘तिमीलाई थाहा छ ?’, ऊ भन्छ, ‘उहिले यो सहरैभरि सोम फुल्थ्यो र त्यसको मधुपर्कले सारा माटो रसाउँथ्यो । त्यसैले हाम्रा चोक, रछ्यान, कुवा जताततैका देउता सबै मान्छेले देख्थे रे ! आमा पछिसम्म पनि देउतासँग बात मार्नुहुन्थ्यो । कहिलेकाहीँ झ्वाँकिनुहुन्थ्यो । आमालाई पहिलोपल्ट अस्पतालको शय्यामा सिक्रीले बाँधेको देख्दा, मेरो मुटु गाँठो परेको थियो । मैले पीर मानेको देखेर आमाले भन्नुभएको थियो– के भो त ? यो सहरमा देउतालाई पनि त बाँधेरै राखेका छन् नि !
ती अदृश्य साङ्लाको भारले मलाई गलाउँछ । म उसलाई अझ स्नेहले आफ्नो आलिङ्गनमा समेट्छु, ‘अनि के भयो ?’
ऊ सुस्केरा हाल्छ । म उसको उच्छवासको न्यानोले पुलकित हुन्छु ।
‘बिस्तारै यो सहरबाट उद्यान हराए, देउता फूल चोर्न आउन छाडे, सोमले सिँचेको माटो युरियाले भरियो । यो सहरमा देउतासँग बोल्नेहरू सबै–सबैलाई अस्पताल पुर्‍याए । आमा हुन्ज्याल मलाई देउताको नियास्रो लागेन । आमा बितेको साल, शरदकाल मलिन थियो । एक इन्दुमय रात, म अनायास ब्युँझिएँ । आकाशको मैलो च्यादर च्यात्तिएको थियो, पारिजातका धवलकुसुम आकाशका सिताराझैं झलमल्ल बलेका थिए ।
‘तँलाई थाहा छ ?,’ आमाले भन्नुभयो, ‘देउताले आँखा बनाए, अनि त्यसलाई प्रकाशित गर्न सूर्य बनाए, त्यसपछि, देउताले हृदय बनाए, अनि त्यसलाई प्रकाशित गर्न चन्द्रमा बनाए ।’ मैले नजिक बसेर आमाले मेखलाभरि पारिजात टिपेको हेरिरहें । ‘कसलाई यो फूल आमा ?,’ मैले सोधें ।
‘आफैंलाई,’ आमाले भन्नुभयो, ‘पूजा गर्नु छ ।’
सुदूर क्षितिजमा सूर्य प्रगल्भ–तापले उदीप्त भएको थियो ।
‘यौटा कुरा,’ म लाडिँदै सोध्छु, ‘आज तिमीले कसरी मलाई भेट्टायौ ? के मैले पनि तिमीलाई नै खोजिरहेकी थिएँ ? कतै शताब्दीऔंदेखि त्यो शून्यता खोजिरहेको आ��ुणी तिमी नै त होइनौ ?’
ऊ मुस्कुरायो ।
बिस्तारै आकाशमा चन्द्रोदय भयो । पारिजातका हाँगाका ग्रन्थिहरू खुल्दै गए र ती सितारा समान धवलकुसुमले उद्यान फेरि सुवासित हुन थाल्यो । नभमा मसिना जुहीका मुनाजस्ता तारा उदाए र तिनका कलरवले पृथ्वी फेरि अनुगुन्जित भयो । त्यही रात जून पहेँलिएर ��ाकेकी थिइन् । धरा र आकाशबीचको अदृश्य तुल हराएको थियो । सारा वायुमण्डल एक अलौकिक विद्युतीय ऊर्जाले तरंगित थियो । तिनै विद्युत्का तरंगमा कतै राति आठ बजेको बुलेटिनका तरंग पनि प्रवाहमान् थिए ।
कुनै अर्को लोकमा टीभीमा आठ बजेको बुलेटिनको समय भएको रहेछ । टीभीमा प्रसारण सफा छ । आठ बजेको बुलेटिन अघि नै मानिस हराएको सूचना प्रसारण हुँदै रहेछ ।
मानिस हराएको सूचना
वर्ष २१ की, गहुँगोरो वर्णकी, एक हातमा महत्त्वपूर्ण ग्रन्थ बोकेर ललितपुरस्थित संग्रहालयबाट एक युवती बेपत्ता भएकी हुँदा, भेट्टाउनु हुने महानुभावले नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९७०७८२५४०६ मा सम्पर्क राखिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
4 notes · View notes
subhashdagar123 · 9 months ago
Text
Tumblr media
0 notes
sanjaygarg · 11 months ago
Text
Tumblr media
0 notes