#गरनम
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
ट्रम्पले अमेरिकामा लागि राम्रो काम गर्नेमा आधाभन्दा बढी अमेरिकी ट्रम्पप्रति आशावादी वासिङ्टन, २९ फागुन- अमेरिकाका आधाभन्दा बढीअर्थात् ५४ प्रतिशत नागरिक अझै पनि राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आशावादी नै रहेका छन् । पछिल्लो एक सर्वेक्षणको नतिजाअनुसार ट्रम्पले अमेरिकालाई राम्रो र सम्बृद्ध गराउने उनीहरुले विश्वास व्यक्त गरेका छन् । तर विगतका सर्वेक्षणको नतिजासँग तुलना गर्दा यसरी आशावादी हुनेको सङ्ख्या पूर्वराष्ट्रपति बाराक ओबामा र जर्ज डब्लु बुसको भन्दा कम रहेको छ । ओबामाका लागि आशावादी हुनेको सङ्ख्या ६१ प्रतिशत र बुसका लागि आशावादी हुनेको सङ्ख्या ६६ प्रतिशत रहेको थियो । सर्वेक्षणमा सहभागीमध्ये ४० प्रतिशत अमेरिकी नागरिकले अमेरिकालाई राम्रो बनाउन ट्रम्पले राम्रो काम गर्न नसक्ने मत राखेका छन् । जबकी यो सङ्ख्या ओबामाका लागि ३० प्रतिशत र बुसका लागि २३ प्रतिशत मात्रै रहेको थियो । वातावरण संरक्षणको क्षेत्रमा भने ट्रम्पले राम्रो काम गर्न सक्ने विश्वास गर्नेको सङ्ख्या ३६ प्रतिशत मात्रै छ । तर ५७ प्रतिशतले वातावरण संरक्षणका लागि ट्रम्पले राम्रो काम गर्न नसक्ने बताएका छन् । सन् २००९ मा गरेको सर्वेक्षणमा ७९ प्रतिशत अमेरिकी जनताले वातावरण संरक्षणका लागि ओबामाले राम्रो काम गर्ने विश्वास व्यक्त गरेका थिए । सन् २००१ मा गरेको सर्वेक्षणमा ५१ प्रतिशत अमेरिकी जनताले राष्ट्रपति बुसबाट वातावरणका लागि राम्रो काम हुने आशा गरेका थिए । ऊर्जा नीतिका बारेमा सोधिएको प्रश्नमा ४६ प्रतिशत अमेरिकी नागरिकले ट्रम्पले अमेरिकाको ऊर्जा नीति राम्रो बनाउने विश्वास गरेका थिए भने ४८ प्रतिशतले राम्रो बनाउन नसक्ने बताएका थिए ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
ट्रम्पको आप्रवासी प्रवेश निषेधात्मक आदेशविरुद्ध मुद्दा दायर गर्नमा वासिङ्गटन पहिलो राज्य सियाटल, १८ माघ- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाहिरिया आप्रवासीलाई आगामी तीन महिनासम्म र मुस्लिम जनसङ्ख्या बाहुल्य रहेका विश्वका सात राष्ट्रका नागरिकलाई अमेरिका भित्र प्रवेश गर्न निषेधात्मक कार्यकारी आदेश जारी गर्ने घोषणाको अमेरिका मै तथा अन्य राष्ट्रमा पनि सुरु भएको विरोधले व्यापकता पाएको छ । यसै क्रममा, वासिङ्गटन राज्यका महान्याधिवक्ताले यस आदेश विरुद्ध सियाटलको अमेरिकी सङ्घीय अदालतमा मुद्दा दायर गरी कानुनी उपचार खोजेका छन् । सङ्घीय अदालतमा दायर गरिएको सो मुद्दामा राष्ट्रपति ट्रम्प, राष्ट्रपति कार्यालयका उच्च पदस्थ अधिकारी तथा सल्लाहकार र गृहभूमि(आन्तरिक) सुरक्षा मन्त्रालय (होम ल्याण्ड सेक्युरिटी)लाई विपक्षी बनाइएको छ । राज्यभूमिको कानून तथा न्याय परिपालना गर्नु गराउनु पर्ने प्रमुख दायित्व वहन गर्ने महत्वपूर्ण सरकारी निकायले यसरी आफ्ना राष्ट्रपतिको नीतिगत आदेशलाई न्यायिक चुनौति दिने अमेरिका भित्रैका राज्यमा वासिङ्गटन पहिलो राज्य भएको छ । यसअघि, गत आइतबार (नेपाली समयानुसार सोमबार) वासिङ्गटन सहित १६ राज्यका महान्याधिवक्ताले एक संयुक्त विज्ञप्ति प्रकाशित गरी राष्ट्रपति ट्रम्पको उक्त आप्रवासी निषेधात��मक कार्यकारी आदेशलाई अमेरिकी संस्कार विपरितको तथा कानून सङ्गत नभएको भन्दै विरोध जनाएका थिए । राष्ट्रपति ट्रम्पको उक्त कार्यकारी आदेशले हाल विद्यमान अमेरिकाको समग्र शरणार्थी कार्यक्रमलाई निलम्बन गरेको छ । परिणामतःयस आदेशको विरोधमा तत्कालै स्वतःस्फूर्तरुपमा देशभरी हजारौं जनता सडकमा ओर्लेका छन् । गतः आइतबार सियाटल–टाकोमा विमानस्थल परिसर बाहिर कम्तीमा तीन हजार प्रदर्शनकारी भेला भइ राष्ट्रपति ट्रम्पविरुद्ध चर्को नारावाजी र प्लेकार्ड प्रदर्शन गरेका थिए । अहिले दायर गरिएको मुद्दा जित्न हामी सफल भयौँ भने राष्ट्रपतिको गैह«कानुनी तथा अन्यायपूर्ण आदेश कुनै पनि राज्यमा लागू हुने छैन वासिङ्गटन राज्यका महान्याधिवक्ता फर्गुसनले एक पत्रकार सम्मेलनमा बताए । सो पत्रकार सम्मेलनमा वासिङ्गटन राज्यका गभर्नर जे इन्स्लीको पनि उपस्थ��ति रहेको थियो । हाल दायर गरेको उक्त न्यायिक याचनालाई वासिङ्गटनस्थित अमेरिकी ठूला ब्यापारिक घरानाहरु – एमेजोन, एक्स्पेडिया समेतको समर्थन प्राप्त भएको बताउँछन् महान्याधिवक्ता फर्गुसन । त्यस्तै, रेडमण्ड, वासिङ्गटनमा अवस्थित माइक्रोसफ्टले समेत यस मुद्दाको समर्थन गरेको बताइन्छ । साथै, महान्याधिवक्ता फर्गुसनद्वारा आयोजित उक्त पत्रकार सम्मेलनमा वासिङ्गटन राज्यका गभर्नर जे इन्स्लीको पनि उपस्थिति रहेकाले उनको पनि बलियो समर्थन रहेको जनाइएको छ । उक्त मुद्दामा राष्ट्रपतिको कार्यकारी आदेशले आपसी सद्भावनापूर्वक बुसोबास गरिरहेका वासिङ्गटन परिवारलाई क्षतविक्षत बनाउन खोजिएको, हजारौँ वासिङ्गटन निवासीलाई चोट पुग्ने, राज्यको अर्थतन्त्रमा गहिरो क्षति हुने, दुःख र पीडा भोगिरहेका आप्रवासी तथा शरणार्थीलाई समुचित राहत प्रदान गर्ने वासिङ्गटनको सार्वभौम हितको अवमूल्यन गरिएको जस्ता दावी लिई सो कार्यकारी आदेश खारेजीको माग राखिएको समेत महान्याधिवक्ता फर्गुसनले पत्रकार सम्मेलनमा बताए । रासस÷एपी
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
दर्जी जातका पुरोहित रामबहादुर परियार, जसको दैनिकी कर्मकाण्ड र पूजापाठ गर्नमै बित्छ मोरङ, १७ पुस- परमहंस स्वामी निखिलेश्वरानन्दबाट २०५२ सालमा गायत्री मन्त्रको दीक्षा लिएपछि यज्ञोपवीत धारण गर्न थालेका धराने ठूल्दाइ अर्थात् रामबहादुर परियारको दिनचर्या नै फेरिएको छ । उहाँ जातले दर्जी हुनुहुन्छ र पुरोहितले चिनिनुहुन्छ । मोरङ रमाइलोका परियारलाई अचेल निमेष भर फुर्सद छैन । परम्परागत पेसा चलाउनैप¥यो । कर्मकाण्डमा परियारको जतिको दख्खल झापा, मोरङ र सुनसरीमा अरू एक दुई जना मात्रै छन् । गुरु परियारसँग सीप मात्र होइन शैक्षिक ज्ञान पनि छ । उहाँले २०२८ सालमा धरानको पिण्डेश्वर क्याम्पसबाट पूर्वमध्यमासम्मको अध्ययन गर्नुभयो । उसबेलाको छुवाछूतवादी हिन्दू संस्कारमा मुस्किलले संस्कृत अध्ययन गर्नुभएका परियार आफ्नो अध्ययनको श्रेय सुधारवादी पं छविलाल पोख्रेललाई दिनुहुन्छ । त्यस युगमा दमाईँका छोरालाई ब्राह्मणसँगै राखेर संस्कृतको कौमुदी व्याकरण पढाउने छविलाल गुरु तथा उहाँका समकक्षी टीकाप्रसाद बस्ती र नारायणप्रसाद कट्टेलको परियार मुक्तकण्ठले प्रशंसा गर्नुहुन्छ । विसं २०३० देखि कर्मकाण्ड र सिलाइको काम गर्दै आउनुभएका ५६ वर्षीय परियार हिन्दू धर्मका कुनै पनि उपनिषद्, पुराण, उपपुराण र मनुस्मृतिमा जातीय विभेद नभएको बताउनुहुन्छ । आदिकालमा छुवाछूत नभएको र मानिसले धेरैपछि चलाएको छुवाछूतको चलन अशिक्षा र गरिबीसँग जोडिएको परियारको भनाइ छ । मान्छेसँग खाने अन्न र घर चलाउने प्रशस्त पैसा नभएसम्म छुवाछूत र जातिवाद रहन्छ । आरक्षणका पक्षपाती परियार भन्नुहुन्छ–“दलितलाई सम��द्ध बनाउनका लागि आरक्षण आवश्��क छ ।” उहाँको तर्क छ, “दलितलाई पैसा होइन, सीप र शिक्षाका लागि राज्यले सहयोग गर्नुपर्छ । ” शिक्षा सबैको पहँचमा नपुगेसम्म छुवाछूत रहिरहने परियारको धारणा छ । झट्ट देख्ने कसैले पनि परियारलाई दर्जी भन्दैनन् । काँधमा सेतो जनै र घाँटीमा रुद्राक्ष माला धारण गर्ने परियारको नित्यकर्म पनि कुनै नियमी पण्डितको भन्दा कम छैन । दैनिक स्नान, पूजापाठ, गीता पाठ, गायत्री जप गर्दै आउनुभएका परियार धूमपान र मद्यपान गर्नुहुन्न, न त माछामासु नै खानुहुन्छ । तान्त्रिक योगाभ्यासमा पनि उहाँ पोख्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ–“तान्त्रिक योग अभ्यासबाट धेरै रोग निको हुन्छन् ।” निखिलेश्वरानन्द स्वामीका अनुयायी परियारले मोरङको बयरवनमा कैलाशेश्वर वृद्धाश्रम सेवा समिति खडा गर्नुभयो । हाल सो समितिका सदस्य परियार भन्नुहुन्छ–“संस्था दर्ता भइसकेकोे छ । वृद्धाश्रम निर्माणको काम धमाधम भइरहेको छ । सिद्धाश्रम संस्थाको विशिष्ट सल्लाहकार, सनातन धर्म सेवा समिति बयरवनका उपाध्यक्ष र नेपाली काँग्रेस क्षेत्र नं २ मोरङका क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी सम्हाल्न पनि मैले भ्याएको छु । ईश्वरले तिमी आँट म पु¥याइदिन्छु भन्छन् रे, अहिलेसम्म त्यस्तै भएको छ ।” उत्साह र सन्तुष्टि व्यक्त गर्दै उहाँले भन्नुभयो । रासस
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
प्रधानमन्त्रीले मधेशको समस्या समाधान गर्नेमा उपेन्द्र यादव ढुक्क सोलुखुम्बु, ४ असोज । सङ््घीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसको समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब सोलुखुम्बुद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री दाहाल अन्य मुद्दामा बढी केन्द्रित रहेको देखिए पनि मधेस समस्या उहाँबाटै समाधान हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको हो । अध्यक्ष यादबले मधेसी नागरिकको समस्या समाधान गर्नु बर्तमान सरकारको पहिलो प्राथामिकता रहेको बताउँदै त्यसका लागि अहिलेसम्म संविधान संशोधनका प्रक्रिया सुरु नहुँदा मधेसी नागरिकमा नैराश्यता छाएको भएपनि अन्ततः यही सरकारले संविधान संशोधन गरी मधेसीको हकअधिकार सुरक्षित गर्ने बिचार व्यक्त गर्नुभयो । संविधानमा संशोधन गरी मधेसको समस्या समाधान नभएसम्म मुलुकमा चुनावको प्रक्रिया सुरु हुनै नसक्ने पनि उहाँले दावी गर्नुभयो । यसैगरी सोलुखुम्बुका शेर्पा समुदाय तथा सङ्घीय समाजबादी फोरमका कार्यकर्ताको दुईदिने प्रशिक्षणका क्रममा यादवले शेर्पाको पहिचनयुक्त प्रदेशको स्थापना जसरी पनि हुने बताउनुभयो ।
0 notes