#करमकणड
Explore tagged Tumblr posts
Photo
दर्जी जातका पुरोहित रामबहादुर परियार, जसको दैनिकी कर्मकाण्ड र पूजापाठ गर्नमै बित्छ मोरङ, १७ पुस- परमहंस स्वामी निखिलेश्वरानन्दबाट २०५२ सालमा गायत्री मन्त्रको दीक्षा लिएपछि यज्ञोपवीत धारण गर्न थालेका धराने ठूल्दाइ अर्थात् रामबहादुर परियारको दिनचर्या नै फेरिएको छ । उहाँ जातले दर्जी हुनुहुन्छ र पुरोहितले चिनिनुहुन्छ । मोरङ रमाइलोका परियारलाई अचेल निमेष भर फुर्सद छैन । परम्परागत पेसा चलाउनैप¥यो । कर्मकाण्डमा परियारको जतिको दख्खल झापा, मोरङ र सुनसरीमा अरू एक दुई जना मात्रै छन् । गुरु परियारसँग सीप मात्र होइन शैक्षिक ज्ञान पनि छ । उहाँले २०२८ सालमा धरानको पिण्डेश्वर क्याम्पसबाट पूर्वमध्यमासम्मको अध्ययन गर्नुभयो । उसबेलाको छुवाछूतवादी हिन्दू संस्कारमा मुस्किलले संस्कृत अध्ययन गर्नुभएका परियार आफ्नो अध्ययनको श्रेय सुधारवादी पं छविलाल पोख्रेललाई दिनुहुन्छ । त्यस युगमा दमाईँका छोरालाई ब्राह्मणसँगै राखेर संस्कृतको कौमुदी व्याकरण पढाउने छविलाल गुरु तथा उहाँका समकक्षी टीकाप्रसाद बस्ती र नारायणप्रसाद कट्टेलको परियार मुक्तकण्ठले प्रशंसा गर्नुहुन्छ । विसं २०३० देखि कर्मकाण्ड र सिलाइको काम गर्दै आउनुभएका ५६ वर्षीय परियार हिन्दू धर्मका कुनै पनि उपनिषद्, पुराण, उपपुराण र मनुस्मृतिमा जातीय विभेद नभएको बताउनुहुन्छ । आदिकालमा छुवाछूत नभएको र मानिसले धेरैपछि चलाएको छुवाछूतको चलन अशिक्षा र गरिबीसँग जोडिएको परियारको भनाइ छ । मान्छेसँग खाने अन्न र घर चलाउने प्रशस्त पैसा नभएसम्म छुवाछूत र जातिवाद रहन्छ । आरक्षणका पक्षपाती परियार भन्नुहुन्छ–“दलितलाई समृद्ध बनाउनका लागि आरक्षण आवश्यक छ ।” उहाँको तर्क छ, “दलितलाई पैसा होइन, सीप र शिक्षाका लागि राज्यले सहयोग गर्नुपर्छ । ” शिक्षा सबैको पहँचमा नपुगेसम्म छुवाछूत रहिरहने परियारको धारणा छ । झट्ट देख्ने कसैले पनि परियारलाई दर्जी भन्दैनन् । काँधमा सेतो जनै र घाँटीमा रुद्राक्ष माला धारण गर्ने परियारको नित्यकर्म पनि कुनै नियमी पण्डितको भन्दा कम छैन । दैनिक स्नान, पूजापाठ, गीता पाठ, गायत्री जप गर्दै आउनुभएका परियार धूमपान र मद्यपान गर्नुहुन्न, न त माछामासु नै खानुहुन्छ । तान्त्रिक योगाभ्यासमा पनि उहाँ पोख्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ–“तान्त्रिक योग अभ्यासबाट धेरै रोग निको हुन्छन् ।” निखिलेश्वरानन्द स्वामीका अनुयायी परियारले मोरङको बयरवनमा कैलाशेश्वर वृद्धाश्रम सेवा समिति खडा गर्नुभयो । हाल सो समितिका सदस्य परियार भन्नुहुन्छ–“संस्था दर्ता भइसकेकोे छ । वृद्धाश्रम निर्माणको काम धमाधम भइरहेको छ । सिद्धाश्रम संस्थाको विशिष्ट सल्लाहकार, सनातन धर्म सेवा समिति बयरवनका उपाध्यक्ष र नेपाली काँग्रेस क्षेत्र नं २ मोरङका क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी सम्हाल्न पनि मैले भ्याएको छु । ईश्वरले तिमी आँट म पु¥याइदिन्छु भन्छन् रे, अहिलेसम्म त्यस्तै भएको छ ।” उत्साह र सन्तुष्टि व्यक्त गर्दै उहाँले भन्नुभयो । रासस
0 notes
Photo
सन्दर्भः विश्व पर्यटन दिवस, पर्यटन दिवस ‘कर्मकाण्डी’ नबनोस् काठमाडौँ, १० असोज । विश्व पर्यटन दिवस मुलुकको पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण आधार हो । नेपालल��ई अन्तर्राष्ट्रियजगत्मा प्रवद्र्धन गर्न यसको महत्वपूर्ण भूमिका हुन्छ, तर नेपालमा यो दिवसलाई केवल ‘कर्मकाण्डी’ का रुपमा औपचारिकता मात्र निभाइँदै आएको छ । विश्व पर्यटन दिवस पर्यटन क्षेत्रको महत्वपूर्ण पर्व भए पनि यसलाई औपचारिकतामा मात्रै सीमित राख्दा पर्यटनको बजारीकरण र प्रवद्र्धन हुन नसेको सरकार र निजी क्षेत्रका अधिकारी स्वीकार्छन् । पर्यटन दिवसलाई विशेष पर्वका रुपमा स्थापित गर्नसके यसबाट पर्यटकीय लाभ लिन सकिने उनीहरुको बुझाइ छ । नेपालले ३७औँ विश्व पर्यटन दिवस मनाइसक्दा पनि यो औपचारिकतामै केन्द्रित भएकाले प्रभावकारी हुन सकेको छैन । सन् १९९७ को संयुक्त राष्ट्रसङ्घीय अवधारणा बनेपछि सन् १९८० देखि से��्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइँदै आएको छ । पर्यटन दिवस जनचेतना अभिवृद्धि गर्ने पर्यटन क्षेत्रका लागि ठूलो पर्व भए पनि यसलाई ‘इभेन्ट’ का रुपमा लैजान नसक्दा प्रभावकारी हुन नसकेको नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटा बताउनुहुन्छ । “नेपालमा पर्यटन दिवसको ३७ वर्षे लामो अवधि औपचारिकतामै सीमित रहेकाले उपलब्धिमूलक देखिएन, दिवसलाई ठूलो पर्वका रुपमा लिएर प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकलाई मनोरञ्जन दिने सडक महोत्सव तथा सांस्कृतिक कार्यक्रम गर्न सकेको खण्डमा यो सान्दर्भिक हुने थियो”–उहाँले भन्नुभयो । नेपालमा पर्यटनका महत्वपूर्ण दिवसका रुपमा मे २९ को सगरमाथा दिवस र २९ सेप्टेम्बरको विश्व पर्यटन दिवस पर्यटन प्रवद्र्धन गर्ने मूल आधार हुन् । प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, सर्वोच्च शिखरसहित चर्चित हिमशृङ्खला, विश्व सम्पदा सूचीकृत सांस्कृतिक सम्पदा, वेशभूषा र सांस्कृतिक रहनसहन आदिले नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य मानिन्छ । पर्यटनको प्रचुर सम्भावना रहे पनि सरकार र निजी क्षेत्रको समन्वयको अभाव र दूरदर्शिताका कारण नेपालले पर्यटनबाट अपेक्षित लाभ लिन सकेको छैन । त्यसो त, प्राकृतिक र मानवसिर्जित विपत्तिले पनि मुलुकको पर्यटन क्षेत्रलाई केही थिलथिल बनायो । भूकम्प गएको डेढ वर्षको अवधिमा क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुनःनिर्माण हुन नसक्नु र क्षति हुन पुगेका संरचनाको पनि प्रवद्र्धन गर्न नसक्दा पर्यटक बढ्न सकेनन् । २०७२ साल वैशाख १२ को गोरखा भूकम्पबाट २४ जिल्लाका करिब ८०० सम्पदा प्रभावित भएका थिए । त्यसमध्ये १५० पूर्ण क्षति र केही आंशिक क्षति भएका छन् । प्रभावित सम्पदाको पुनःनिर्माणको काम सुरु भएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताउनुभयो । उहाँका अनुसार हनुमानढोका, पाटन, भक्तपुर, चाँगुनारायण, त्रिपुरेश्वर, बुङमती आदिमा पुनःनिर्माणको काम भइरहेको छ । सम्पदा पुनःनिर्माणका लागि करिब १० अर्ब लाग���ने बताइएको छ । विश्व सम्पदा सूचीमा दुईटा सम्पदा लुम्बिनी र काठमाडौँका सात (पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, वसन्तपुर दरबार क्षेत्र, पाटन दरबार, भक्तपुर दरबार क्षेत्र र चाँगुनारायण) रहेका छन् । पदयात्रा पर्यटन र हिमाल आरोहण भने पहिलाकै अवस्थामा सञ्चालित छन् । पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले परम्परागत रुपमा मनाइँदै आएको पर्यटन दिवसलाई कर्मकाण्डी मात्र नभई पर्यटन संस्कारका रुपमा विकास गरिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो–“दिवस रित पु¥याउने मात्र भयो, खाली बिहान प्रभातफेरी गर्ने, विमानस्थलमा पर्यटकको स्वागत गर्ने र औपचारिक कार्यक्रम गर्ने, यसबाट पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन सकेन । यसलाई पर्व, उत्सवका रुपमा मनाउन व्यवसायीले पनि विशेष सहुलियत सुविधा दिनुपर्छ ।” पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले विश्व पर्यटन दिवसलाई औपचारिकता निभाउनेभन्दा पनि आगामी दिनमा रचनात्मक कार्यक्रमका साथ मनाइने बताउनुहुन्छ । पर्यटनको मुख्य चुनौती हवाई सञ्जाल र यातायात विस्तार भए पनि त्योभन्दा बढी पर्यटनको बजारीकरण र प्रवद्र्धन हो । वार्षिक आठ लाख पर्यटक नेपाल भ्रमणमा आउने गरेका छन् । तीमध्ये पाँच लाख हवाई र बाँकी स्थलमार्ग हुँदै आउने गरेको नेपाल पर्यटन बोर्डको विवरण छ । यसैबीच, ३७औँ विश्व पर्यटन दिवस मङ्गलबार नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपालले ‘पर्यटनमा सबैलाई विश्वव्यापी पहुँचलाई प्रवद्र्धन’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागेको हो । दिवसलाई भव्यरुपमा सफल बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा ६५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । त्यस्तै पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीको अध्यक्षतामा १८ सदस्यीय कार्यक्रम कार्यान्वयन उपसमिति तथा आठवटा विभिन्न उपसमिति गठन गरिएको छ । दिवसका दिन मङ्गलबार प्रभातफेरीपश्चात् औपचारिक समारोह आयोजना गरिनुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आउने पहिलो विमानबाट आउने पर्यटकलाई विशेष स्वागत गरिने आयोजकले जनाएको छ ।
0 notes