#टरमपल
Explore tagged Tumblr posts
Photo
जब ट्रम्पले किम जोङ उनको प्रशंसा गरे… १५ वैशाख, एजेन्सी। उत्तर कोरियासंग ठूलो संघर्षको सम्भावना रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। बिहिबार समाचार एजेन्सी रिउटर्ससंगको एक अन्तर्वार्ताको क्रममा उनले भने,’उत्तर कोरियासंग हाम्रो ठूलो द्वन्द निम्तिन सक्ने सम्भावना छ।’, ट्रम्पले आफ्नो ओभल अफिसबाट भने, ‘कुटनीतिक तवरले यो समाधान गर्न हामीलाई मन छ तर यो निकै गाह्रो छ।’ ट्रम्पले चिनियाँ राष्ट्रपति सि जिनपिङको प्रशंसा गरेका छन्। उत्तर कोरियालाई नियन्त्रण गर्ने सिले गरेको कामको लागि ट्रम्पले प्रशंसा गरेका हुन। ‘मलाई विश्वास छ उहाँले निकै प्रयास गर्दै हुनुहुन्छ’, ट्रम्पले भने,’ उहाँ पक्का पनि अशांति र मृत्यु देख्न चाहनुहन्न। उहाँ राम्रो मान्छे हुनुहुन्छ। उहाँ धेरै राम्रो मान्छे हुनुहुन्छ र मैले उहाँलाई राम्रोसंग चिन्ने मौका पाएँ।’ उनले भने, ‘उहाँ चीन र चिनियाँ नागरिकलाई प्रेम गर्नुहुन्छ’, उत्तर कोरियाको विषय जोड्दै ट्रम्पले भने, ‘मलाई थाहा छ, उहाँले केही न केही गर्न चाहनुहुन्छ, स��यद उहाँले नसक्ने सम्भावना पनि छ।’ उत्तर कोरियाको मुद्धामा सहयोग गरे चीनलाई व्यापार सम्झौतामा सहयोग पुर्याउने ट्रम्पले बताएका छन्। के किम जोङ उन विवेकी पात्र हुन ? भनि सोधिएको प्रश्नमा ट्रम्पले प्रशंसाको भाषामा भने, ‘उनी २७ वर्षका छन्। उनको बुबाको मृत्यु भयो, सत्ता सम्हाले’, उनले भने, ‘तपाई के चाहनुहुन्छ त्यो सजिलो छैन, अझ त्यो उमेरमा।’ ‘म उनलाई श्रेय दिइरहेको छैन, मैले मात्र त्यो निकै गाह्रो काम हो भनेको हुँ। उनी विवेकी छन् कि छैनन् भन्ने विषयमा मेरो कुनै धारणा छैन। मेरो आशा छ उनी विवेकी छन्।’ बिहिबार ह्वाइट हाउसले सबै १०० सिटेनरलाई उत्तर कोरियाको विषयमा विफ्रिङ गरेको थियो। यो पढ्नुस्। ५ मिलियन परमाणु बम आक्रमणको तयारी, अमेरिका र दक्षिण कोरिया ध्वस्त गर्ने उत्तरको चेतावनी The post जब ट्रम्पले किम जोङ उनको प्रशंसा गरे… appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Link
Just Pinned to Moral Time: टरमपल सपथ गरक भलपलट वमनस मरच अन वसङटन म कट http://ift.tt/2jTTUnc
0 notes
Photo
ट्रम्पले बुझाएको करको बारेमा ह्वाइटहाउस रुष्ट चैत २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुझाएको कर सम्बन्धी विवरण सार्वजनिक भएको छ । विवरण चुहाएको भन्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउस भने रुष्ट बनेको छ । कर सम्बन्धी विवरण प्रकाशित गर्नु गैर कानुनी भएको भन्दै ह्वाइट हाउसले आलोचना गरेको छ । अमेरिकी टेलिभिजन नेटवर्क एमएसएनबीसीले ट्रम्पले सन् २००५ मा बुझाएको कर सम्बन्धी विवरण सार्वजनिक गरेको हो । राष्ट्रपति ट्रम्पले सन् २००५ मा १५ करोड डलर आम्दानी गरेकोमा तीन करोड ८० लाख डलरमात्रै कर बुझाएको खुलेको छ । कर विवरण सार्वजनिक गर्न दबाब पर्दै आए पनि राष्ट्रपति ट्रम्पले विवरण सार्वजनिक गरेका थिएनन् । तर एमएसएनबीसीले ट्रम्पले सन् २००५ मा बुझाएको करको विवरण सार्वजनिक गरेको हो । दुई पेज लामो कर सम्बन्धी विवरण प्रकाशित गरे पनि यो पूर्ण भने नभएको बताइएको छ । राष्ट्रपति कार्यालयले घटनाको विरोध गर्दै सार्वजनिक भएकोभन्दा अरु शीर्षकमा पनि कर बुझाएको दाबी गरेको छ । The post ट्रम्पले बुझाएको करको बारेमा ह्वाइटहाउस रुष्ट appeared first on नेपाल आज.
0 notes
Photo
ट्रम्पले अमेरिकामा लागि राम्रो काम गर्नेमा आधाभन्दा बढी अमेरिकी ट्रम्पप्रति आशावादी वासिङ्टन, २९ फागुन- अमेरिकाका आधाभन्दा बढीअर्थात् ५४ प्रतिशत नागरिक अझै पनि राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आशावादी नै रहेका छन् । पछिल्लो एक सर्वेक्षणको नतिजाअनुसार ट्रम्पले अमेरिकालाई राम्रो र सम्बृद्ध गराउने उनीहरुले विश्वास व्यक्त गरेका छन् । तर विगतका सर्वेक्षणको नतिजासँग तुलना गर्दा यसरी आशावादी हुनेको सङ्ख्या पूर्वराष्ट्रपति बाराक ओबामा र जर्ज डब्लु बुसको भन्दा कम रहेको छ । ओबामाका लागि आशावादी हुनेको सङ्ख्या ६१ प्रतिशत र बुसका लागि आशावादी हुनेको सङ्ख्या ६६ प्रतिशत रहेको थियो । सर्वेक्षणमा सहभागीमध्ये ४० प्रतिशत अमेरिकी नागरिकले अमेरिकालाई राम्रो बनाउन ट्रम्पले राम्रो काम गर्न नसक्ने मत राखेका छन् । जबकी यो सङ्ख्या ओबामाका लागि ३० प्रतिशत र बुसका लागि २३ प्रतिशत मात्रै रहेको थियो । वातावरण संरक्षणको क्षेत्रमा भने ट्रम्पले राम्रो काम गर्न सक्ने विश्वास गर्नेको सङ्ख्या ३६ प्रतिशत मात्रै छ । तर ५७ प्रतिशतले वातावरण संरक्षणका लागि ट्रम्पले राम्रो काम गर्न नसक्ने बताएका छन् । सन् २००९ मा गरेको सर्वेक्षणमा ७९ प्रतिशत अमेरिकी जनताले वातावरण संरक्षणका लागि ओबामाले राम्रो काम गर्ने विश्वास व्यक्त गरेका थिए । सन् २००१ मा गरेको सर्वेक्षणमा ५१ प्रतिशत अमेरिकी जनताले राष्ट्रपति बुसबाट वातावरणका लागि राम्रो काम हुने आशा गरेका थिए । ऊर्जा नीतिका बारेमा सोधिएको प्रश्नमा ४६ प्रतिशत अमेरिकी नागरिकले ट्रम्पले अमेरिकाको ऊर्जा नीति राम्रो बनाउने विश्वास गरेका थिए भने ४८ प्रतिशतले राम्रो बनाउन नसक्ने बताएका थिए ।
0 notes
Photo
डोनाल्ड ट्रम्पले गरे पत्रकारको डिनर बहिष्कार फागुन १५ गते- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सञ्चार माध्यमबीचको सम्बन्ध झनझन चिसिंदै गएको छ । राष्ट्रपति ट्रम्पले आगामी अप्रिल २९ तारिखका दिन हुने ह्वाईट हाउसका संवाददाताहरुको समूहको डिनर बहिष्कार गर्ने घोषणा गरेपछि सम्बन्ध झनै चिसिएको हो । आफूविरुद्धका आलोचनात्मक समाचारलाई गलत तथा अतिरञ्जित बताउँदै आएका ट्रम्पले लगातार एक पछि अर्को कार्यक्रममा सञ्चार माध्यमको तिखो आलोचना गर्दै आउनुभएको छ ।
0 notes
Photo
ट्रम्पले नयाँ सुरक्षा सल्लाहकार नियुक्त गरे फागुन – १० । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले यसअघि नियुक्त गरेका माइकल फ्लिनको रुससँग गलत सम्बन्ध रहेको भन्ने विवादका कारण राजीनामा दिएकाले नयाँ सल्लाहकारका रुपमा म्याकमास्टरलाई नियुक्त गगरेका हुन्। “उहाँ निकै क्षमतावान व्यक्ति हुनुहुन्छ, उहाँको अनुभव पनि अथाह छ, सैन्य क्षेत्रमा उहाँ सम्मानित व्यक्तित्व हुनुहुन्छ, उहाँलाई हामीले जिम्मेबारी दिन पाँउदा हामीलाई गौरव महसुसा भएको छ,” फ्लोरिडामा ट्रम्पले भने । ५४ वर्षीय नयाँ सल्लाहकार म्याकमास्टरले इराकलगातका देशमा यसअघि विभिन्न अभियान सञ्चालन गर्ने काम गरिसकेका छन् । उनी एकदमै विचारवान, सिधा कुरा गर्ने व्यक्ति र सेनाका रणनीतिकारका रुपमा चिनिन्छन् । उनको रुससँग कुनै निकट सम्बन्ध रहेको बताइएको छ । The post ट्रम्पले नयाँ सुरक्षा सल्लाहकार नियुक्त गरे appeared first on नेपाल आज.
0 notes
Photo
जापानका प्रधानमन्त्री सिन्जो आबेलाई ह्वाइट हाउसमा हार्दिक स्वागत गरे डोनाल्ड ट्रम्पले ह्वाइट हाउस, २९ माघ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई हार्दिक स्वागत गर्दै आपसी सम्वन्धलाई थप घनिष्ट बनाउने बताउनुभएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा शुक्रबार भएको वार्तापछि ट्रम्पले जापानको सुरक्षाप्रति अमेरिकाको प्रतिबद्ध जनाउनुभयो । अमेरिका र जापानबीचको सम्वन्ध प्रशान्त क्षेत्रको शान्तिका लागि महत्वपूर्ण भएको ट्रम्पले बताउनुभएको थियो । भेटमा जापानका प्रधानमन्त्री आबेले उत्तर कोरियाबाट रहेको परमाणु खतरा दुवै देशका लागि उच्च प्राथमिकता भएको बताए । दुवै नेताले दुई देश��ीचको व्यापार र आर्थिक सम्बन्ध सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो । भेटबार्तापछि भएको संयुक्त सम्मेलनमा ट्रम्पले जापानलाई एउटा महत्वपूर्ण र दृढ सहयोगीका रुपमा दुइपक्षीय सम्बन्धलाई थप निकट बनाउन प्रतिबद्धता जनाउनुभएको थियो । सामरिक दृष्टिकोणले महत्वपूर्ण रहेका वकिनावा टापूसहित जापानका अन्य क्षेत्रमा अमेरिकी सेनाले आफ्नो महत्वपूर्ण उपस्थिति जनाउँदै आएको छ । यस विषयमा पनि उहाँहरुकाबीचमा गम्भिर कुराकानी भएको बताइएको छ ।
0 notes
Photo
ट्रम्पले इयूका राष्ट्रमाथि नचाहिँदो कदम उठाए सहेर नबस्ने चेतावनी माल्टा, २२ माघ- फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ अलान्दले शुक्रबार आफ्ना अमेरिकी समकक्षि डोनाल्ड ट्रम्पबाट यूरोपियन युनियन (इयू)माथि आउने कुनै पनि दवाव अस्वीकार्य हुने बताउनुभएको छ । ट्रम्पले पछिल्लो समय इयूको समूह राष्ट्रभित्र फुट ल्याउने उद्देश्यले आफ्नो गतिविधि सञ्चालन गर्ने गरेको अलान्दको भनाइ छ । अमेरिकी राष्ट्रपतिले केही विज्ञप्तिमा इयूलाई यो वा त्यो गर्न हुने वा नहुँने भनी दिएका अभिव्यक्ति इयूलाई मान्य नहुँने माल्टामा भइरहेको इयू शिखर सम्मेलनका अवसरमा अलान्दले सञ्चारकर्मीमाझ बताउनुभयो । अलान्दले अमेरिकी राष्ट्रपति ट्रम्पले विशेषगरी ट्रान्सएटलान्टिक गठनबन्धन र खर्चको बाडफाँडकका सम्बन्धमा दिएको अभिव्यक्ति कुन उद्देश्यले आएका हुन भन्ने विषय नै शङ्काको घेरामा रहेको बताउनुभयो । पोल्याण्ड र हङ्गेरीका नेताहरुबाट व्यक्त भएका विषयमा फ्रन्सको के अडान रहनेछ भन्ने प्रश्नमा अलान्दले भन्नुभयो, “यदि अमेरिका इयूको भविष्यका बारेमा अमेरिका र इयूबीच सहकार्य गरेर अघि बढ्न नसक्ने हो भने ट्रम्पको भविष्यसमेत उज्जल रहने छैन ।” इयूका सदस्य रहेका धेरै राष्ट्रहरुले आफ्नो भविष्यका बारेमा पहिला इयूसँग सहकार्य नगरी अमेरिकासँग द्विपक्षीय सम्बन्ध स्थापना गर्दैमा सहज नहुने उहाँको धारणा थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले यूरोपका कतिपय मुलुकलाई बेलायतको इयू बहिर्गमनको विषयप्रति चिन्तन गर्न गरेको आग्रंहलाई अलान्दले अस्वभाविक बताउनुभयो । सो अवसरमा जर्मन चान्सलर एन्जेला मर्केलले २८ राष्ट्र इयूले आफ्नो भविष्यप्रति सजग रहेको टिप्पणी गर्नुभयो । “इयूलाई जति बलियो पार्नसक्यो यसको विश्व समुदायमा त्यतिनै विश्वसनीयता बढ्ने छ,” मर्केलले भन्नुभयो । त्यसैगरी अष्ट्रियन चान्सलर क्रिष्टियन कर्नले ट्रम्पको विवादास्पद आप्रवासी नीतिको आलोचना गर्नुभयो । – एएफपी
0 notes
Photo
प्रवेश निषेधका बारेमा ट्रम्पले यि देशका नेतासँग बार्ता गर्ने वासिङटन, १६ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरव र युएइका नेतासँग मुस्लीम आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाइएको बारेमा टेलिफोन बार्ता गर्नुहुने भएको छ । केही देशका मुस्लीमलाई रोक लगाइएको विषयमा विश्वभरी होहल्ला हुन थालेपछि उहाँले रोक नलगाइएका मुस्लीम देशका नेतासँग आइतबार कुराकानी गर्न लाग्नुभएको हो । ट्रम्पले दक्षिण कोरियाका कार्यवहाक राष्ट्रपति ह्वाङ क्यो अहङसँग पनि कुराकानी गर्ने तयारी गर्नुभएको अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसले निकालेको विज्ञप्तीमा उनी सबैसँग केही देशका आप्रवासी तथा शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउनुको कारण र यसले पार्ने असरका बारेमा छलफल हुने जनाइएको छ । यही जनवरी २० देखि अमेरिकाको राष्ट्रपतिको जिम्मेबारी लिनुभएका ट्रम्पले सबैभन्दा पहिला साउदी अरवका राजा सलामनसँग कुराकानी गर्नुहुने छ । त्यसपछि उहाँले युएइका अधिराजकुमार मोहम्मदबिन जयद अल नह्यानसँग टेलिफोन बार्ता गर्ने कार्यतालिका रहेको छ । अमेरिकाले प्रवेशमा रोक लगाएका देशमा साउदी अरव र युएइ कुनै देश पर्दैनन् । ट्रम्पले इरान, ईराक, लिविया, सोमालिया, सुडान, सिरिया र यमनका ��ागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको हो ।
0 notes
Photo
ट्रम्पले दिए माेदीलार्इ अमेरिका भ्रमणकाे निम्ताे माघ – १२ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा गरेका छन् । मोदीलाई ट्रम्पले ‘यही वर्षभित्र’ अमेरिका आउन आग्रह गरेको दुईबीचमा भएको टेलिफोन वार्तापछि अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मङ्गलबार जनाएको छ । टेलिफोन वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले विश्वका चुनौतीहरु सामना गर्न भारतलाई असल साथी र साझेदारका रुपमा लिएको बताएका छन् । अमेरिका र भारतको आर्थिक तथा सुरक्षा चासोका विषयमा मिलेर काम गर्ने बारेमा समेत उनीहरुले छलफल गरेको ह्वाइट हाउसले जनाएको छ । प्रधानमन्त्री मोदीले गत नो��ेम्बरमा भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्पलाई बधाई दिँदै उनको भारतप्रतिको मित्रभावलाई स्वीकार गरेका थिए । हिन्दूहरुको पर्व तिहारमा भारतीय अमेरिकी मतदाताले आफ्नो पक्षमा राम्रो प्रचारप्रसार गरिदिएको पनि मोदीले टेलिफोन वार्ताका क्रममा उल्लेख गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ मा सफल प्रयोग गरेको नाराको सिको गर्दै ‘अबको समय, ट्रम्प सरकार’ भन्ने नारा प्रयोग गरेका ट्रम्पले आगामी दिनमा भारतीय नेताहरुसँग मिलेर काम गर्न चाहेको बताएका थिए । The post ट्रम्पले दिए माेदीलार्इ अमेरिका भ्रमणकाे निम्ताे appeared first on नेपाल आज.
0 notes
Photo
आफूविरुद्ध जनता खनिएपछि ट्रम्पले भनेः ‘के अमेरिकामा निर्वाचन भएको थियो र ?’ वासिङटन, १० माघ– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आफूविरुद्ध भएको प्रदर्शनको आलोचना गर्नुभएको छ । उहाँले आइतबार ट्वीटमार्फत् आफ्नो सपथग्रहणका बेला भएको प्रदर्शनको आलोचना गर्नुभएको हो । “मैले प्रदर्शनहरु हेरेँ, तर त्यसले मलाई यस्तो महसुस गरायो की, के अमेरिकामा निर्वाचन भएको थियो र ?” ट्रम्पले ट्वीट गर्नुभएको छ । उहाँले निर्वाचन नै नभई आफूले सपथग्रहण गरेको जस्तो प्रदर्शन भएको भन्दै घुमाउरो तरिकाले प्रदर्शनकारीको आलोचना गर्नुभएको हो । शनिबार अमेरिकाका विभिन्न ठाउँमा महिलाहरुको सक्रियतामा लाखौँ प्रदशर्नकारीले प्रदर्शन गरेका थिए ।
0 notes
Link
Just Pinned to USA NEWS: टरमपल सपथ गरक भलपलट वमनस मरच अन वसङटन म कट http://ift.tt/2jTXuxJ
0 notes
Photo
अमेरिकन राष्ट्रपतिको शपथ खानु पूर्व नै ट्रम्पले पाए यस्तो खुशीको खबर पार्चुगल – नवनिर्वाचित संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गटेर्रेसले छिट्टै आफूले नवनिर्वाचित अमेरिकी राष्ट्रपति एवम् रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई भेटी रचनात्मक वार्ता गर्न चाहेको बिहीबार बताउनुभएको छ । आफूले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग सौहाद्रपूर्ण भेट गरिसकेको बताउनुहुँदै नवनिर्वाचित राष्ट्रसङ्घ महासचिव गुटेर्रेसले आफ्नो स्थानीय टेलिभिजन च्यानल एएआईसीसँगको अन्तरवार्तामा बुधबार भन्नुभयो, “छिट्टै अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पसँग पनि भेट हुनेछ ।” उहाँले अमेरिकी नयाँ प्रशासनसँग रचनात्मक छलफल गर्ने र छलफलबाट विश्वसामु देखिएका सबै समस्या हल गर्नेतर्फ नयाँ निष्कर्ष निकालिने उहाँको भनाइ थियो । वर्तमान महासचिव वान कि मुन आफ्नो १० वर्ष लामो राष्ट्रसङ्घको नेतृत्वबाट यसै वर्षको अन्त्यमा बाहिरिनुहुनेछ भने उहाँको ठाउँमा राष्ट्रसङ्घ प्रमुखका रुपमा गुटेर्रेसले सन् २०१७ जनवरी १ देखि कार्यभार सम्हाल्नु हुनेछ ।
0 notes
Photo
आफ्ना आलोचकलाई नै नियुक्तिका लागि चयन गरे डोनाल्ड ट्रम्पले अमेरिका, ९ मङ्सिर- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आलोचक समेत केही महिलालाई नै आफ्नो सहयोगीका रूपमा नियुक्तिका लागि चयन गर्नु भएको छ । सा��थ क्यारोलीनाकी ४४ बर्षीय गभर्नर निक्की हेलीलाई उहाँले संयुक्त राष्ट्रसंघका लागि अमेरिकाको राजदूतका रुपमा नियुक्त गर्नु भएको छ । उहाँले ट्रम्पको प्रस्ताव अनुसार राष्ट्रसंघका लागि अमेरिकी राजदूतको मन्त्रिस्तरीय पद स्विकार्ने निर्णय पनि गर्नु भएको छ । भारतीय आप्रवासी परिवारकी हेलीले अमेरिकामा मुसलमानहरुलाई प्रवेश गर्न प्रतिबन्ध लगाउने ट्रम्पको प्रस्तावको चर्को आलोचना गर्नु भएको थियो । त्यसैगरी वेट्सी डेभोसलाई शिक्षा मन्त्रीको रुपमा उहाँले रोज्नु भएको छ । डेभोस स्थानीय सरकारी विद्यालयको अध्यक्ष हुनुहुन्थ्यो । डेभोसले निर्वाचन अभियानका बेला ट्रम्पले रिपब्लिकन पार्टीको वास्तविक प्रतिनिधित्व नगर्ने बताउदै ट्रम्पको खरो आलोचना गर्नु भएको थियो । दुवै मनोनयनलाई रिपब्लिकन पार्टी नियन्त्रणमा रहेको अमेरिकी सिनेटले अनुमोदन गर्नुपर्नेछ ।
0 notes
Photo
ट्रम्पले गरे तीन उच्च सरकारी पदाधिकारीहरुको नियुक्त वासिङटन, ४ मङ्सिर- संयुक्त राज्य अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार तीन जना उच्च सरकारी पदाधिकारीहरु नियुक्त गर्नु भएको छ । उहाँले महान्यायाधिवक्तामा सिनेटर जेफ सेसन, मिचेल फ्लिन राष्ट्रिय सुरक्षा सल्लाहकार र सांसद मिक पोम्पेओलाई ‘सेन्टल इन्टेलिजेन्स एजेन्सी (सिआइए) प्रमुखमा नियुक्त गर्नु भएको हो । “एक जना सम्मानित र ख्याति प्राप्त कानुनविद्, जसलाई सवैले चिन्दछन् त्यस्ता व्यक्ति सिनेटर जेफ सेसनलाई महान्यायाधिबक्तामा नियुक्त गरिएको छ,” ट्रम्पद्धारा जारी बक्तव्यमा उल्लेख गरिएको छ । ट्रम्पको वेभसाईडमा राखिएको वक्तव्यमा अगाडी भनिएको छ, “मिचेल फ्लिन जस्तो व्यक्तिलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्न पाउदा म ज्यादै खुशी छु, उहाँले इस्लामिक आतङ्कबादको प्रतिवाद गर्न सक्नुहुने छ र भूराजनीतिक चुनौतीहरुलाई राम्रोसंग बुझ्नु भएको छ । ’ सांसद मिक पोम्पेओलाई सिआइएको प्रमुख बनाउन पाएकोमा आफूलाई गर्व लागेको पनि ट्रम्पले बताउनु भएको छ । जारी वक्तव्यमा ती तीनै जनाले आफुहरुलाई नियुक्त गरिएको कुरा स्विकार गरिसकेका छन् । नियुक्त भएका मध्ये सेसन ६९, फ्लिन ५७ र पोम्पेओ ५२ बर्षीय हुनुहुन्छ । यसरी सामुहिक रुपमा नियुक्त गरेको ट्रम्पको यो दोस्रो पटक हो । यसअघि उहाँले रिन्स प्रिबसलाई कर्मचारी प्रमुख र स्टेफेन बाननोनलाई प्रमुख कूटनितिज्ञका रुपमा नियुक्त गर्नु भएको थियो ।
0 notes
Photo
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले फेरी भनेः ३० लाख आप्रवासीलाई देश निकाला गर्छौं कात्तिक २९ गते- अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा रहेको ३० लाखभन्दा बढी आप्रवासीलाई देश निकाला गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । उनले गैरकानुनीरुपमा अमेरिका बसेका, आपराधिका क्रियाकलापमा संलग्न र लागूऔषध प्रयोगकर्ताहरुलाई देश निकाला गर्ने बताएका हुन् । उनको यो भनाईपछि अमेरिकामा रहेका आप्रवासीहरुबीच खैलाबैला मच्चिएको छ । अमेरिकामा गैर कानुनीरुपमा बसाेबास गर्ने नेपालीहरुकाे संख्या धेरै छ । ट्रम्पले भने झैं गर्ने हाे भने धेरै नेपालीहरु पनि प्रभावित हुनेछन् । राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक एक टेलिभिजनमा अन्तरवार्ता दिँदै ट्रम्पले जो अपराधिक रेकर्ड भएका आप्रवासीहरु छन् उनीहरुलाई आफ्नै देशमा फिर्ता पठाइने बताए । ट्रम्पले मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा पर्खाल लगाएरै छाड्ने पनि बताएका छन् । अमेरिकामा करिब १ करोड १० लाख प्रवासी रहेको अनुमान छ । तिमध्ये मेक्सिकोबाट आएकाहरुको संख्या अधिक छ ।
0 notes