#आरपम
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
जिप जलाएको आरोपमा एक महिला पक्राउ बर्दिया, १९ वैशाख । जिपमा आगजनी गरेको आरोपमा एक महिलालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । गुलरिया नगरपालिका– ४ टेपरा गाउँका विनोदकुमार पण्डितको आफ्नै घर अगाडि रोकी राखेको बा १६ च ३२४४ नम्बरको जिपमा सोमबार राति आगजनी गरेको आरोपमा सोही स्थानकी ३८ वर्षीय पार्वती गोडियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताउनुभयो । आगलागीबाट जिपको भित्र र बाहिरी भागमा क्षती भएको र मर्मतका लागि करिब रु पाँच लाख खर्च हुने अनुमान गरिएको छ । पक्राउ परेकी गोडियाको घरबाट जलेको बोतललगायत अन्य सामान फेला परेकाले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । जिपमा लागेको आगो करिब २० मिनेटपछि स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए । The post जिप जलाएको आरोपमा एक महिला पक्राउ appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चलचित्र निर्माताको हत्या योजना बनाएको आरोपमा यि नायिका जेल चलान  एजेन्सी । चलचित्र निर्माता मधुर भण्डाकरको हत्याको योजना बनाएको आरोपमा नायिका प्रिती जेनलाई ३ वर्षको जेल सजाय सुनाइएको छ। सन् २००५ मा अन्डरवल्र्ड डनबाट नेता बनिसकेका अरुण गवलीलाई मधुरको हत्याका लागि सुवारी दिएको आरोपमा उनलाई जेल चलान गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार प्रितीले भण्डारीमाथि चलचित्रमा भूमिका दिएका कारण यौन शोषण र मार्ने धम्की दिएको आरोप लगाएकी थिइन्। यद्यपी उनका बिरुद्ध ठोस प्रमाण नपुगेको भन्दै प्रितीलाई दोषी ठहर गरिएको बताइएको छ । The post चलचित्र निर्माताको हत्या योजना बनाएको आरोपमा यि नायिका जेल चलान appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
हत्या आरोपमा भाइ र छोरी पक्राउ धनगढी, १२ वैशाख । कैलालीको घोडाघोडी नगरपालिका—९गोदनी गाउँका ३६ वर्षीय सनी भनिने मानबहादुर सार्कीको हत्याको आरोपमा उनकै छोरी र सहोदर भाइलाई प्रहरीले आज पक्राउ गरेको छ । मानबहादुरकी १५ वर्षीया छोरी विमला र कालु भनिने भाइ पदमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार घटनास्थल पुगेको प्रहरी टोलीले गरेको खोज एवम् अनुसन्धानका क्रममा मानबहादुरको शव सडेगलेको अवस्थामा नजिकैको जनता सामुदायिक वन परिसरकोे खाल्डामा पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले बताउनुभयो । हत्या घटना चैत २२ गते साँझ भए पनि घटना लुकाउन खोजिएको कारण ढिलो गरी सोमबार मात्र प्रहरीलाई खबर आएको बुढा मगरले बताउनुभयो । सो दिन साँझ मादक पदार्थ सेवन गरी घरमा पुगेका मानबहादुरले आफ्नै छोरी विमलालाई कुटपिट गर्न थालेपछि पदमले प्रतिकार गरेको र विमलाले प्रहार गरेको काठको भाटा टाउकामा लागेर निजको मृत्यु भएको बयान उनीहरुले प्रहरीसमक्ष दिएका छन् । The post हत्या आरोपमा भाइ र छोरी पक्राउ appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
भाइको हत्या आरोपमा दाजु भाउजु पक्राउ लहान, ९ वैशाख । आफ्नै भाइको हत्या आरोपमा प्रहरीले दाजु–भाउजुलाई सिरहाको मिर्चैयाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका– ८ मझौवाका ४० वर्षीय फुलगेन राय र भाउजु ३५ वर्षीया निरोदेवी राय रहेका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा २०७३ फागुन १७ गते राति घरमा आगलागी हुँदा घरको कोठामै भाई प्रदीप रायको जलेर मृत्यु भएको थियो । घटनाको अनुसन्धान गर्दै जादाँ फुलगेन र निरोदेवीको संलग्नता रहेको देखिएकाले दुबै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्ध बज्राचार्यले जानकारी दिनुभयो । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बज्राचार्यले बताउनुभयो । काठमाडाँैमा प्रतिज्ञा मेनपावर सञ्चालन गर्दै आएका प्रदीप साथीको भतिजोको बिहेमा सहभागी हुन मिर्चैयास्थित घर आएको र सोही क्रममा दाजु र भाउजुको योजना अन्तर्गत प्रदीपको हत्या भएको अनुमान प्रहरीको छ । The post भाइको हत्या आरोपमा दाजु भाउजु पक्राउ appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बहत्तर वर्षीय वृद्धमाथि करणी मुद्दा दर्ता गौशाला, ३० चैत । दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले जिल्लाको ७२ वर्षीय वृद्धमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार जिल्लाको पिपरा गाउँपालिका–२ बस्ने ७२ वर्षीय मुनीजी भन्ने कुमार पाण्डेले स्थानीय १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको हो । स्थानीय बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत एक छात्रा स्कुल सकेपछि घर गइरहेका बेला गत चैत १७ गते वृद्ध पाण्डेले आफ्नो घरभित्र लगेर बलात्कार गरेको भन्ने आरोपमा मङ्गलबार उनीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो । पीडित बालिकासहित उनका बुबा, आमासहित स्थानीय ५० बढी व्यक्ति विभिन्न नारा जुलुस लगाउँदै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेपछि प्रहरीले आरोपी पाण्डेविरुद्ध मुद्दा दर्ता गरेको छ । हाल फरार रहेका उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको पोखरेलले बताउनुभयो । रासस The post दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बहत्तर वर्षीय वृद्धमाथि करणी मुद्दा दर्ता appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बहत्तर वर्षीय वृद्धमाथि मुद्दा दर्ता गौशाला, ३० चैत । दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले जिल्लाको एक ७२ वर्षीय वृद्धमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार जिल्लाको पिपरा गाउँपालिका–२ बस्ने ७२ वर्षीय मुनीजी भन्ने कुमार पाण्डेले स्थानीय १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको हो । स्थानीय आदर्श इङ्गलिस बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत एक छात्रा स्कुल सकेपछि घर गइरहेका क्रममा गत चैत १७ गतेका दिन वृद्ध पाण्डेले सो बालिकालाई उनको घरभित्र लगेर बलात्कार गरेको आरोपमा मङ्गलबार उनीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो । पीडित बालिकासहित उनका बुबा, आमासहित स्थानीय ५० बढी व्यक्ति विभिन्न नारा जुलुस लगाउँदै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेपछि प्रहरीले आरोपी पाण्डेमाथि मुद्दा दर्ता गरेको छ भने फरार रहेका उनलाई पक्राउ गर्न प्रहरी प्रमुख परिचालन गरिएको पोखरेलले बताउनुभयो । The post दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बहत्तर वर्षीय वृद्धमाथि मुद्दा दर्ता appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
श्रीमती कुटेको आरोपमा लिसेस्टरका स्ट्राइकर पक्राउ २४ चैत, काठमाडौं । प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीका खेलाडी अहमेद मुसा श्रीमतीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका छन् । २४ बर्षीय नाइजेरियाली स्ट्राइकर मुसालाई लिसेस्टरले कीर्तिमानी मूल्य १६.६
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
हत्या आरोपमा नाबालकसहित दुई जनालाई कैद सजाय बैतडी, ७ चैत । हत्या आरोपमा पक्राउ परेका नाबालकसहित दुई जनालाई कैद सजाय भएको छ । कैद सजाय हुनेमा दार्चुला अपि नगरपालिका–४ का १७ वर्षीय रमेशसिंह कुँवर र सोही ठाँउका १४ वर्षीय नाबालक केशव कुँवर (नाम परिवर्तन) रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “रमेशलाई २० वर्ष कैद सजाय र नाम परिवर्तित केशवलाई १० वर्ष नौ महिना कैद सजाय भएको छ ।” गएको भदौ २६ गते दार्चुला अपि–४ का २२ वर्षीय गणेशसिंह कुँवरलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका २७ वर्षीय धीरेन्द्रसिंह कुँवर समेत पक्राउ परेको भए पनि धीरेन्द्रले सफाइ पाएको प्रहरीले बताएको छ । जिल्ला अदालत दार्चुलाले उनीहरुलाई आइतबार फैसला सुनाएको हो । यस्तै दुई किलो २०० ग्राम चरेससहित गत मङ्सिर ६ गते पक्राउ परेका दार्चुला अपि नगरपालिका–११ बांगाबगडका ४८ वर्षीय बलदेवसिंह महरलाई पनि जिल्ला अदालत दार्चुलाले रु छ हजार जरिवानासहित एक वर्ष कैद सजाय सुनाएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चिट चोरेको आरोपमा महोत्तरीमा ४४ विद्यार्थी निष्कासित गौशाला, ४ चैत । देशभरि नै सुरु भएको माध्यमिक शिक्षा परीक्षाअन्तर्गत महोत्तरी जिल्लामा बिहीबार भएको पहिलो दिनको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा ४४ जना विद्यार्थी निष्कासित भएका छन् । प्रजिअ वीरेन्द्र यादवको नेतृत्वमा गएको अनुगमन टोलीले एसइई परीक्षा दिने क्रममा चिट चोरेको आरोपमा ११ छात्र र ३३ छात्रा गरी जम्मा ४४ जना विद्यार्थीलाई निष्कासन गरेको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ । प्रजिअ यादवको परीक्षा अनुगमन टोलीले जिल्लाको मनरा उच्च माविबाट ६, साँढा माविबाट ११, कोल्हुवा बगेया माविबाट आठ र बखरीभाठ उच्च माविबाट १९ गरी ४४ जना विद्यार्थीलाई निष्कासित गरेको जनाइएको छ । साथै चिट चोराउन सहयोग गरेको भन्दै मनरा उमाविबाट निरीक्षक नागेन्द्रकुमार ओझालाई समेत निष्कासित गरिएको छ । महोत्तरीमा यसपालि २८ परीक्षा केन्द्रमा जिल्लाका एक सयतीन विद्यालयका नौ हजार एकसय तीनजना विद्यार्थीले परीक्षा दिइरहेका छन् ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
राष्ट्रिय जनावर गाई जिउँदै काटेर खाएको आरोपमा पाँचजना थुनामा पर्वत, २५ फागुन- राष्ट्रिय जनावर गाई जिउँदै काटेर खाएको आरोपमा पाँचजना पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको धाइरिङ–८ का आइते दर्जी, नरु दर्जी, छवि परियार, सन्तु दर्जी र झिल्के दर्जीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्वतले गौबध मुद्दामा पाँच आरोपितलाई पक्राउ गरी १९ फागुनमा पर्वत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दाका आरोपितलाई थप अनुसन्धानका लागि पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले मङ्गलबार पाँचै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतले स्थानीयवासीको सूचनाका आधारमा घटनास्थलको मुचुल्कासहित पक्राउ गरी आरोपितलाई मुलुकी ऐन चौपाया महलको १ नम्बर विपरीत कसुर गरेको भन्दै सोही महलको ११ नम्बरबमोजिम कार्वाहीको माग दाबी गरेको थियो । उक्त महलमा कसुर ठहरिएमा १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । पर्वत जिल्ला अदालतले थप अनुसन्धानका लागि पाँचैजना आरोपितलाई पर्वत जिल्ला कारागारमा थुनामा राख्ने आदेश दिएको हो । यसअघि गौबधकै आरोपमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका पर्वतको चित्रे–५ का रामबहादुर आइते र चित्रे–९ का मिल्के दर्जीलाई कसुर नठहरेपछि सफाइ दिइएको थियो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मिश्रको हत्याकाे आरोपमा चारजनालाई थुनामा राख्ने आदेश महोत्तरी, १० फागुन- स्थानीय हतिसर्वा गाविस– ८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रको हत्याकाे आरोपमा महोत्तरी जिल्ला अदालतले मृतककी पत्नीसहित चार जनालाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने आदेश द���एको छ । न्यायधीश केशवप्रसाद घिमिरेको इजलासले मृतककी पत्नी २२ वर्षीया ज्योति, धर्मपुर– ६ बस्नेफिरोज कवारी, बगडा– ७ बस्ने गङ्गाराम दास र महोत्तरी गाविस– ७ बस्ने कँुवेर राउतसहित चारजनालाई पुर्पक्षका लागि आज जलेश्वर कारागारमा राख्ने आदेश दिएको हो । सोही हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका धमौरा– १ बस्ने तुफान नट अन्सारीलाई ३० हजार धरौटीमा तारेखमा छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताउनुभयो । युवक मिश्रको हत्याको प्रमुख कारण निजको पत्नीको अरुसँग यौन सम्बन्ध राखेको खुलेको र सम्पति हडप्ने ��द्देश्य रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । वैदेशिक रोजगारीबाट तीन महिनाअघि मात्र घर फर्केका मिश्रका नाममा पाँच बिगाहा जग्गा छ । युवक मिश्रलाई पुस २९ गते शुक्रबार राति ८ बजे आरोपीहरुले हतियार प्रहार गरी हत्या गरेका थिए ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
गोरु काटेर खाएको आरोपमा पक्राऊ परेकालाई रिहा गर्न माग पर्वत, १० फागुन- उत्तरी पर्वतको धाईरिङ्ग गाविसमा गौवधका आरोपमा स्थानिय पाँच व्यक्तिलाई प्रहरीले पक्राउ गरेकोमा स्थानिय दलित सञ्जालले विरोध जनाएको छ । धाईरिङ्ग गाविसकै वडा नं. १ स्थित लालुङमा गौशाला निर्माण हुन लागेका बेला स्थानीय��े गोरु काटी खाएको आरोपमा पक्राऊ गर्नु मानवियता विपरित भएको भन्दै पक्राउ परेका पाँचै जनालाई रिहा गर्न माग गरिएको छ । जिउँदो गोरु काटेर खाएको आरोपमा माघ २६ गते धाईरिङ्ग गाविस स्थित आइते परियार, नरु परियार, सन्तु परियार, झिल्के परियार र छवि परियारलाई प्रहरीले पक्राउ गरेको थियो । दलित सञ्जाल धाईरिङ्गका अध्यक्ष पुर्णे दमाईले एक विज्ञप्ति जारी गर्दै विपन्न दलित परिवारलाई फसाउने र आफ्नो काबुमा राख्ने षडयन्त्रस्वरुप स्थानीय ब्राम्हणवादी सोच भएकाहरुले घटनालाई अतिरञ्जित गरेको बताएका छन् । उनिहरुले मृत गोरु खाएको भने स्वीकार गरेका छन् ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
सरकारी कागज किर्ते गरेको आरोपमा फरार रहेका प्रधानाध्यापक पक्राउ बैतडी, ६ फागुन- सरकारी कागज किर्ते गरेको आरोपमा फरार रहेका बैतडीका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पीपलकोट मावि उदयदेव लोजनीका प्रधानाध्यापक रमेश ओझा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । प्रधानाध्यापक ओझाले शिक्षक पदपूर्तिमा दस्तखत किर्ते गरेको आरोप लगाउँदै गएको असारमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी दर्ता गरेकै दिनदेखि फरार रहेका ओझालाई आज सदरमुकाम गोठलापानीबाट पक्राउ गरिएका हो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
गैरकानुनी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौं आप्रवासी पक्राउ फागुन–२ । गैरकानुनी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौं आप्रवासी पक्राउ परेका छन् । प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौं आप्रवासी पक्राउ परेका हुन् । गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई कारबाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुरूप आप्रवासीमाथि अनुसन्धान सुरु भएको हो । प्रहरी कारबाहीपछि अमेरिकामा बसोवास गरेका हजारौं आप्रवासी तनावमा परेका छन् । आप्रवासी प्रतिबन्ध लगाउने ट्रम्पको कार्यकारी आदेशलाई अमेरिकी अदालतले प्रतिबन्ध लगाएको सन्दर्भमा सरकारले गैरकानुनी आप्रवासीमाथि छापा तीव्र पारेको हो । ट्रम्पले तीन साताअघि गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । अमेरिकामा ३० लाख आप्रवासी गैरकानुनी रूपमा बसोवास गरेको भन्दै ट्रम्प प्रशासनले उनीहरूलाई देशनिकाला गर्ने योजना बनाएको छ । सोही योजनाअनुरूप प्रहरीले गैरकानुनी रूपमा बसोवास गरेका आप्रवासीमाथिको अनुसन्धानलाई तीव्र पारेको हो । The post गैरकानुनी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौं आप्रवासी पक्राउ appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
नवजात शिशु किनबेच गरेको आरोपमा आठ जनालाई जेल सजाय साघाइ, २८ माघ- चीनको साघाइमा अवस्थित एक अदालतले नवजात शिशु किनबेच गरेको आरोपमा आठ जना व्यक्तिलाई जेल सजाय दिएको छ । ती नवजात शिशुहरु सातदेखि २७ महिनासम्म रहेका छन् । ती शिशुहरुलाई दुई हजारदेखि पाँच हजार युआनमा बेचिएको सो अदातलले जनाकारी दिएको छ । करिब पाँच हजार नवजात शिशु यसरी बेचिएका बताइएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
गाेरु काटेेर खाएको आरोपमा पाँच जना पक्राउ पर्वत, २७ माघ- गोरु काटेर खाएको आरोप पर्वतबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले धाइरिङ–८ का ��िल्के दर्जी, छवि परियार, सन्तु दर्जी, आइते दर्जी र नरबहादुर दमाई पक्राउ परेेका हुन् । उनीहरुले मंगलबार गोरुको बध गरेको आरोप रहेको प्रहरी नायव उपरीक्षक शेखर खनालले बताए । जिल्ला प्रहरी कार्यालय पर्वतले आरोपित पाँचै जनालाई पर्वत जिल्ला अदालतमा गौबध कसुर ऐन अनुसार मुद्दा चलाउने तयारी गरेको छ ।
0 notes