#बलकलई
Explore tagged Tumblr posts
Photo
दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बहत्तर वर्षीय वृद्धमाथि करणी मुद्दा दर्ता गौशाला, ३० चैत । दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले जिल्लाको ७२ वर्षीय वृद्धमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार जिल्लाको पिपरा गाउँपालिका–२ बस्ने ७२ वर्षीय मुनीजी भन्ने कुमार पाण्डेले स्थानीय १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको हो । स्थानीय बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत एक छात्रा स्कुल सकेपछि घर गइरहेका बेला गत चैत १७ गते वृद्ध पाण्डेले आफ्नो घरभित्र लगेर बलात्कार गरेको भन्ने आरोपमा मङ्गलबार उनीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो । पीडित बालिकासहित उनका बुबा, आमासहित स्थानीय ५० बढी व्यक्ति विभिन्न नारा जुलुस लगाउँदै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेपछि प्रहरीले आरोपी पाण्डेविरुद्ध मुद्दा दर्ता गरेको छ । हाल फरार रहेका उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको पोखरेलले बताउनुभयो । रासस The post दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बहत्तर वर्षीय वृद्धमाथि करणी मुद्दा दर्ता appeared first on Etajakhabar.
0 notes
Photo
दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बहत्तर वर्षीय वृद्धमाथि मुद्दा दर्ता गौशाला, ३० चैत । दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले जिल्लाको एक ७२ वर्षीय वृद्धमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार जिल्लाको पिपरा गाउँपालिका–२ बस्ने ७२ वर्षीय मुनीजी भन्ने कुमार पाण्डेले स्थानीय १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको हो । स्थानीय आदर्श इङ्गलिस बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत एक छात्रा स्कुल सकेपछि घर गइरहेका क्रममा गत चैत १७ गतेका दिन वृद्ध पाण्डेले सो बालिकालाई उनको घरभित्र लगेर बलात्कार गरेको आरोपमा मङ्गलबार उनीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो । पीडित बालिकासहित उनका बुबा, आमासहित स्थानीय ५० बढी व्यक्ति विभिन्न नारा जुलुस लगाउँदै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेपछि प्रहरीले आरोपी पाण्डेमाथि मुद्दा दर्ता गरेको छ भने फरार रहेका उनलाई पक्राउ गर्न प्रहरी प्रमुख परिचालन गरिएको पोखरेलले बताउनुभयो । The post दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बहत्तर वर्षीय वृद्धमाथि मुद्दा दर्ता appeared first on Etajakhabar.
0 notes
Photo
बालिकालाई प्रलोभनमा पारी पटक-पटक बलात्कार गर्ने पक्राउ धनुषा । धनुषामा एक बालिकालाई दुई जनाले पटकपटक सामूहिक बलात्कार गरेको रहस्य खुल्न आएको छ। धनुषाका जनकपुर उपमहानगरपालिका–१७ लोहनामा नौ वर्षीया बालिकालाई प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको घटना बाहिर आएको हो। बालिकालाई बलात्कार गरेको आरोपमा वडा नं १७ कै ६१ वर्षीय वृद्ध सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डललाई प्रहरीले पक्राउ गरेको छ।गाउँमा आमा र आफ्नो दुई बहिनीसँग बस्दै आएकी ती बालिकालाई आफ्नै छिमेकी रहेको आरोपित दुई जनाले प्रलोभनमा पारेर पटकपटक यौनशोषण गरेको घटना बाहिर आएको हो। घरमा एक्लै हुँदा ती बालिकालाई छिमेकी ६१ वर्षीय सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डलले पटकपटक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएको किटानी जाहेरीमा उल्लेख गरिएको छ। पीडितका बुबा वैदेशिक रोजगारमा ��एको तथा बालिकाको पारिवारिक पृष्ठभूमि अतिनै विपन्न रहेको छ । आफूभन्दा कान्छी दुई बहिनीलाई लिएर आमा मजदुरीमा जाने गरेको बेला उनलाई फकाइफुलाइ बलात्कार गर्ने गरेको किटानी जाहेरीमा उल्लेख रहेको छ। बालिकालाई कहिले चकलेट दिएर त, कहिले मिश्री दिने प्रलोभनमा आफ्नो घरमा बोलाइ सहदेवले यौनजन्य क्रियाकलाप गरेको र त्यसैगरी चलित्तर मण्डलले घरमै पसेर बलात्कार गरेको उजुरीमा उल्लेख छ । कसैलाई केही जानकारी दिए ज्यान मार्ने धम्कीसमेत बालिकालाई दिएका आरोपीको डरले बालिकाले आमालाई समेत घटनाको विषयमा बताएकी थिइनन् । तर उनको छिमेकी अर्को बालिकाले यी सबै घटना देखेपछि पीडितकी आमालाई सुनाएकी थिइन्। आफ्नो छोरीसँग यस्तो क्रियालाप गर्नेलाई कारबाहीको माग गर्दै गाउँमै कुरा उठाएकी पीडितकी आमालाई पहिला गाउँका पञ्च भनाउँदाले कुरा समाजमै मिलाउन दबाब दिएका थिए। तर, पछि पीडितकी आमा नमानेर प्रहरी कहाँ जाहेरी दिएको र घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए। घटना भएको १४ दिनपछि प्रहरीसमक्ष उजुरी परेकाले त्यति बेला मेडिकल प्रमाणमा यौन दुव्र्यवहार भएको पाइए पनि बलात्कारका तथ्य जुटाउन गाह्रो भएको प्रहरी उपरीक्षक आचार्यले बताए । दुवै आरोपीविरुद्ध जबर्जस्ती करणीकै मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको र आरोपित दुवै जना जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिएका छन्। The post बालिकालाई प्रलोभनमा पारी पटक-पटक बलात्कार गर्ने पक्राउ appeared first on Etajakhabar.
0 notes
Photo
स्कुल बसले एकाबिहानै बालिकालाई ठक्कर दिएपछि घटनास्थलमा नै ज्यान गयो पाल्पा, माघ २६ – बुधबार एकाबिहानै स्कुल बसको ठक्करबाट पाल्पामा एक बालिकाको मृत्यु भएको छ । पाल्पा प्रहरीका अनुसार कुशुमखोला–७ गोहोदीमा लु १ क ११२० नम्बरको स्कुल बसले ठक्कर दिँदा कालिका उच्च मावि बतासेमा कक्षा २ मा ���ध्ययनरत ८ वषकी सविना बगाले मगरको घटनास्थलमा नै मृत्यु भएको हो । विद्यार्थी लिन गएको बसले मगरलाई ठक्कर दिएपछि केहीबेर स्थानीयले सडक अवरुद्ध गरेका थिए ।
0 notes
Photo
छ वर्षीया बालिकालाई जबर्जस्ती करणी अभियोगमा एक युवक थुनामा रोल्पा, १४ माघ- छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा पक्राउ परेका एक युवकलाई प्रहरीले पूर्पक्षका लागि थुनामा राखेको छ । पक्राउ पर्नेमा राङ्सी– ६ रोल्पाका १९ वर्षीय अर्जुन घर्तीमगर रहेका छन् । छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा जिल्ला अदालत रोल्पाले पूर्पक्षका लागि थुनामा राख्न दिएको आदेशानुसार प्रहरीले उनलाई बिहिवार थुनामा राखेको हो । पीडित बालिकाकी आमाका अनुसार विद्यालय गएकी छोरीलाई बाल शिक्षाको कक्षामै गत पुस २० गते घर्तीमगरले जबर्जस्ती करणी गर्न खोजेपछि बालिका रुदै कराउँदै घर आएकी थिइन् । घटना घटेको चार दिनपछि पीडितकी आमाले इलाका प्रहरी कार्यालय घर्तीगाउँमा जाहेरी निवेदन दिएकी थिइन् । जाहेरी दिएलगत्तै प्रहरीले घर्तीमगरलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको थियो । थप अनुसन्धानका लागि जिल्ला अदालत रोल्पाले अभियुक्तलाई थुनामा राख्न आदेश दिएको छ । विद्यालयकी शिक्षिका बिदामा रहेका कारण आफ्ना भाइलाई सट्टा शिक्षकको रुपमा विद्यालय पठाएको र भाइले नै विद्यालय बिदा भइसकेपछि बालिकालाई ललाइफकाइ जबर्जस्ती करणीको प्रयास गरेको जनाएको छ ।
0 notes
Photo
बालिकालाई जबर्जस्ती करणी गर्ने दुई युवक पक्राउ राजविराज, १२ माघ- सप्तरीको कञ्चनरुप नगरपालिकामा एक बालिकालाई जबर्जस्ती करणी गर्ने दुई युवक पक्राउ परेको छ । जिल्लाको तेरहौता गाविस–८ बस्ने २० वर्षीय सुरेशकुमार सरदारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका अन्य एक व्यक्तिको नाम खुलाइएको छैन । ती दुवै युवकले वीरेन्द्र बजारसम्म पु¥याइदिने भन्दै उक्त युवतीलाई बलात्कार गरेका थिए । जबर्जस्ती करणी गरेको भन्ने युवतीले जाहेरी दिएको आधारमा खटिएको प्रहरी टोलीले सरदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
0 notes
Text
क्यान्सर पीडित बालकलाई सांसद खतिवडाको सहयोग
क्यान्सर पीडित बालकलाई सांसद खतिवडाको सहयोग
१ मंसिर, काठमाडौं । लामो समयदेखि रक्त क्यान्सरबाट पीडित ओखलढुंगा जिल्लाको वाक्सा गाविस ४ सेन्जुका छ वर्षीय शुवधन राईको उपचारका लागि झण्डै साढे दुई लाख रुपियाँ प्रदान गरिएको छ । (more…)
View On WordPress
0 notes