#पउद
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
पूर्व प्रेमिका कट्रिना कैफ पाउँदा यसरी खुसिले पोखिए सलमान एजेन्सी- चर्चित बलिउड अभिनेता सलमान खान आफ्नी पूर्व प्रेमिका कट्रिना कैफसँग काम गर्दा निकै उत्साहित अनि खुसि भएका छन् । यो खसि ट्विटर साट्दै उनले यस्तो कुरा बताएका हुन् । कट्रिनासँग आफू काममा फर्किएको बताउदै सलमाले ट्विटरमा फिल्मको एक तस्बिर सार्वजनिक गरेका छन् । जसमा उनले लेखेका छन्-‘ब्याक विथ कट्रिना कैफ’ । उक्त तस्विरमा निकै सुहाएको देखिएको यो जोडीले अहिले अष्ट्रियामा ‘टाइगर जिन्दा हे’को छायायंकनमा व्यस्त छन् । पाँच वर्षपछि यो जोडीले पहिलो पटक काम गर्दैछन् ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
पुस्तौँदेखि कुलोको दूषित पानी पिउँदै शङ्करपुरबासी बैतडी, ८ चैत । बैतडीको सुर्नया गाउँपालिका–६ शङ्करपुरका स्थानीय बासिन्दा पुस्तौँदेखि कुलोको दूषित पानी पिउन बाध्य भएका छन् । सुर्नया गाउँपालिका–६ शङ्करपुरका करिब १०० घरपरिवार कुलोको दूषित पानी पुस्ताँैदेखि पिउँदै आएका हुन् । शङ्करपुरको नन्दिना, धुलिधार र कुनेटमा खानेपानीको चरम समस्या रहेको स्थानीय जयराज अवस्थीले जानकारी दिनुभयो । बाजेको पालामा सिँचाइका लागि निर्माण गरिएको कुलोबाटै आएको पानी दैनिकरुपमा प्रयोग गर्न बाध्य भएको नन्दिनाका जयन्ती अवस्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नजिक पानीको मुहान नहुँदा कुलोकै दूषित पानी पिउन बाध्य छौँ ।” यस्तै, कुनेटामा पनि खानेपानीको निकै समस्या भएको स्थानीय हरिदत्त अवस्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कुलोको दूषित पानी पुस्तौँदेखि पिउँदै आएका छौँ ।” सुर्नया–६ कै धुलिधारमा रहेको एउटै मुहानमा पनि पानी सुक्न थालेको स्थानीय कृष्णदत्त अवस्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धुलिधारमा रहेको पानीको मुहान पनि सुक्दै गएको छ ।” त्यस ठाउँका करिब १०० घरधुरी वर्षौंदेखि कुलोको दूषित पानी पिउन बाध्य भएपनि गाविस तथा अन्य सरोकारवाला निकायले कुनै चासो नदिएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
वर्षामा सङ्कलित पानी पिउदैं विद्यार्थी शिक्षक पाल्पा, २५ माघ– असार साउनको आकासे पानी पुस माघमा पिउँछन् भन्दा अनौठो नमान्नुहोला ! पाल्पा जिल्ला भुवनपोखरी गाविसस्थित रैनादेवी माविमा असार साउनको सङ्कलित आकासे पानी अहिले शिक्षक विद्यार्थीले पिउँछन् । खानेपानीको चर्को समस्या रहेपछि आकासे पानीमा निर्भर छन्, त्यहाँका शिक्षक र विधार्थी । वर्षाको पानी सकिएपछि चैत वैशाखपछि गाउँ चारेर ल्याएको एक ग्रागो पानी दिनभरी पिएर बस्नुपर्ने बाध्यता उनीहरुको छ । वर्षातको थोपा÷थोपा पानी सङ्कलन गर्न पाइने भएपछि यहाँका शिक्षक विद्यार्थी वर्षा हुन थालेपछि खुसी हुन्छन् । खानेपानीको चर्को समस्याका कारण विद्यालयले असार साउनमा वर्षातको पानी सङ्कलन नगरेमा उनीहरु पानी पिउनबाट वञ्चित हुन्छन् । विस २०२९ मा स्थापना भएको विद्यालयमा अहिले ४५० जना विद्यार्थी र १५ दरबन्दीका शिक्षक, एक जना बाल शिक्षिका, एक जना लेखापाल र एक जना परिचर लगायतले वर्षातमा सङ्कलन गरिएका पानी पिउँदै आएका छन् । कक्षा ८ मा अध्ययनरतले भुवनपोखरी गोखुङ्गाका सुरज नेपालीले विद्यालयमा वर्षातको समयमा सङ्कलित पानी पिउन बाध्य भएको बताउँछन् । पानीको मुहान नजिक नरहेपछि दैनिक पानी बोक्नुपर्ने बाध्यता हटेको छैन, पढाइ भन्दा पिउने पानीको समस्या यहाँ चर्को रहेको उनी बताउँछन् । आकासे पानी सङ्कलनका लागि विद्यालयले १५ हजार लिटरको ट्याङ्की राखिएका छन् । असार साउनमा सङ्कलित पानी फागुनमा आएर सकिन्छ । खानेपानीको समस्या बढ्दै गएपछि विधालयले अहिले दस हजार लिटरको ‘घँैटो’ निर्माण गर्न थालिएको छ । निर्माणाधिन घौंटो प्रयोगमा ल्याउन केहि महिना लाग्ने भएकाले यसपालि फागुनमा विद्यालयमा सङ्कलित पानी सकिनेछ, त्यसपछि पानीको चर्को अभाव हुने विद्यालयका प्राधानाध्यापक ऋषिराम पोखरेलले बताउनुभयो । विद्यालय नजिकको क्षेत्रमा खानेपानीको मुहान नहुनु र लिफ्ट मार्फत पानी तान्न नसक्दा विद्यालयमा वर्षाको थोपा थोपा पानी सङ्कलन गरी विद्यार्थीले पिउनुपर्ने अवस्था रहेको विद्यालयका प्राधानाध्यापक पोखरेलले बताउनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
भूकम्पको पहिलो किस्तासँगै एकीकृत सेवा पाउँदा गाम्नाङ्टारवासी हर्षित गाम्नाङ्टार (ओखलढुङ्गा), ८ माघ । भूकम्प गएको झन्डै २१ महिनापछि जिल्लाको दुर्गम क्षेत्रमा पर्ने गाम्नाङ्टार र टार केराबारी गाविसका भूकम्पपीडित परिवार सरकारले दिने पहिलो किस्ता अनुदान रकमसहित एकीकृत सेवा गाउँमै पाउँदा हर्षित भएका छन् । गाम्नाङ्टार र टार केराबारीका झन्डै ७०० घरपरिवारलाई करिब रु तीन करोड ५० लाख गाउँमै लगेर वितरण गरिएपछि गाउँले हर्षित भएका हुन् । पहिलो किस्ताबापत प्रतिपरिवारले रु ५० हजार पाएका छन् । सदरमुकामदेखि सो स्थल करिब दुई दिनको पैदल दूरीमा पर्दछ । स्थानीय प्रशासनले नागरिकता, जग्गापास, राहदानी, कृषि, स्वास्थ्य शिविर, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचय पत्रलगायतका एकीकृत ��ुम्ती शिविर सेवा पनि एकैचोटी उक्त स्थानमा सञ्चालन गरेको छ । सांसदहरु रामहरि खतिवडा, यज्ञराज सुनवार र हर्कबोल राईले श्री ग्रामोदय युगकवि सिद्धिचरण उच्च मावि ग्याम्नाङ्टारमा आज आयोजित कार्यक्रममा सरस्वती बस्नेत, कल्याणी रोका र टेकबहादुर बुढाथोकीलाई पहिलो किस्ताबापतको अनुदान रकम प्रदान गर्नुभयो । प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले नागरिकता प्रदान गरेर प्रशासनिक सेवाको सुरुवात गर्नुभयो । “अहिलेसम्म ऋण काढेर कष्टले टहरामै बसेका छौँ, अब पहिलो किस्ता पाएपछि घर निर्माणको कार्य अघि बढाउँछौँ”, टारकेराबारीका ६२ वर्षीय यज्ञबहादुर अछामीले भन्नुभयो । जिल्लाका ५० मध्ये पकलीटार र रगनी गाविसमा अझै अनुदानको पहिलो किस्ता वितरण हुन सकेको छैन । “दुर्गम बस्तीका भूकम्पपीडित परिवारलाई आवास निर्माणका लागि पहिलो किस्ता र सरकारले दिने धेरै किसिमका सेवा गाउँबस्तीमा उपलब्ध गराउनु उदाहरणीय काम हो”– सांसद खतिवडाले ���न्नुभयो । सांसद खतिवडाको पहलमा हेलिकप्टरबाट सो स्थलमा आवतजावतको प्रबन्ध मिलाइएको थियो । सांसद यज्ञराज सुनवारले सरकारले ढिलो भएपनि अनुदान रकम उपलब्ध गराउनु सह्रानीय काम हो भन्नुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख युवराज खरेलले १८ हजार ८०० प्रभावित परिवारमध्ये अधिकांशसँग अनुदान सम्झौता भएको भए पनि जम्मा ७६७ घर मात्र निर्माण हुँदै गरेको जानकारी दिनुभयो । प्रजिअ दाहालले अनुदान रकमसँगै स्थानीय प्रशासनले दिने कृषि, स्वास्थ्य, नागरिकता, राहदानी, ज्येष्ठ नागरिक परिचय पत्रसहितको सेवा एकैचोटी गाउँघरमै उपलब्ध गराइएकाले दुर्गम बस्तीका नागरिकले यसबाट लाभ लिन पाएका छन् भन्नुभयो । स्थानीय विकास अधिकारी यज्ञबहादुर खत्रीले दोस्रो किस्ताको रकम पनि छिटो उपलब्ध गराएर सरकारी र सार्वजनिक भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिन पुनःनिर्माण प्राधिकरणले तदारुकता देखाउनुपर्ने बताउनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
रसियामा विषाक्त मदिरा पिउँदा ४१ जनाको मृत्यु पुस – ५ । रसियाको साइबेरियाली सहर इरकुस्कमा मदिराका रूपमा ‘वाथलोसन’ पिएपछि ३३ जनाको मृत्यु भएको पुष्टि भएपछि इरकुस्कमा सोमबार आपतकाल घोषणा गरियो । स्थानीय अधिकारीले इरकुृस्कमा आपतकालीन अवस्था घोषणागरी थप मानिसको मृत्यु नहोस् भनी मदिराको रूपमा लिइने ‘वाथलोसन’ व्यापारीमाथि निगरानी बढाएका छन् भने रसियाली सुरक्षा अनुसन्धान संस्थाले घटनाको छानबिन सुरु गरेको छ । स्थानीय प्रशासनले लोसनको बिक्रीमा संलग्न भएको आशङ्कामा कैयौँ मानिसलाई प्रहरी नियन्त्रणमा लिएको छ । यसैबीच रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले घटनालाई ‘हृदयबिदारक दुःखद घटना’ भन्दै यसबारे राष्ट्रपतिलाई जानकारी गराइएको बताए । इरकुस्कको क्षेत्रीय प्रशासनले जनाएअनुसार मृतक सबैमा मिथानोल नामक विषाक्त पदार्थ भेटिएको र यो वाथलोसन पिएका कारण भएको जनाएको छ । अस्पतालमा अझै १५ ��ना सोही कारण गम्भीर अवस्थामा उपचारारत् भएको जनाइएको छ । लोसनको बोटलमा स्पष्ट उक्त पदार्थ बाहिरी प्रयोगका लागि मात्रै प्रयोग गर्न सकिने सङ्केत भए पनि यहाँका स्थानीयवासीले मदिराको सस्तो विकल्पका रूपमा यसलाई पिउने गरेको पाइएको छ । रसियाली प्रधानमन्त्री दिमित्री मादवेदेवले मन्त्री परिषद् बैठकमा उक्त पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउने बताएका छन् । प्रधानमन्त्री मालवेदेवले तत्कालैे टेलिभिजन सम्बोधनमार्फत मदिराको प्रयोजनका लागि वाथलोसनको बिक्री हुनु घृणित कार्यभएको बताउँदै यसलाई अन्त्य गर्न आवश्यक कदम चाल्न स्थानीय प्रशासनलाई निर्देशनसमेत दिए । एपी
0 notes
nepal123 · 8 years ago
Text
मदिराका रूपमा ‘वाथलोसन’ पिउँदा मृत्युको सङ्ख्या ५३ पुग्यो
मदिराका रूपमा ‘वाथलोसन’ पिउँदा मृत्युको सङ्ख्या ५३ पुग्यो
५ पुस, एजेन्सी । रसियाको साइबेरियाली सहर इरकुस्कमा मदिराका रूपमा ‘वाथलोसन’ पिएपछि मृत्यु हुने व्यक्तिको सङ्ख्या मङ्गलबार ५३ पुगेको छ । यस वाथलोसन पिएर अन्य २६ जना विरामी भएका र अझै अस्पतालमा रहेको रसियाको समाचार संस्था टीएएसएसले जनाएको छ । यसअघि सोमबार रसियाका सञ्चार संस्थाहरुले २१ जनाको मात्रै मृत्यु भएको बताएका थिए । मदिराका रुपमा सेवन गरिएको यस विषाक्त पदार्थबाट ठुलो संख्यामा नागरिकहरुको…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
भात सडाएर बनाएको घरेलु विषाक्त मदिरा पिउँदा कम्बोडियामा दश जनाको मृत्यु, पचास बिरामी कम्बोडिया, २४ मङ्सिर- भात सडाएर बनाएको घरेलु विषाक्त मदिरा पिउँदा कम्बोडियाको कामपोङ छानाङ प्रान्तको एक गाउँमा १० जना कम्बोडियाली नागरिकको मृत्यु भएको र अन्य ५० जनाभन्दा बढी मानिसलाई उपचारका लागि अस्पताल भर्ना गरिएको यहाँका अधिकारीले बताएका छन् । नोभेम्बरको अन्त्यदेखि बिहीबारसम्म १० जनाको मृत्यु भएको र ५० जनाभन्दा बढी मदिरा सेवनबाट बिरामी परेपछि अस्पतालमा भर्ना भएका स्थानीय अस्पतालका निर्देशक सोरिन राभुथीले बताउनुभयो । उहाँले स्थानीय एक धार्मिक महोत्सव मनाउने क्रममा उनीहरुले मदिरा पिएका तर मदिरा विषाक्त भएका कारण उनीहरुको मृत्यु भएको बताउनुभयो । यस्तै एक घटनामा करिब एक वर्ष पहिला पनि उक्त स्थानमा १९ जनाको मृत्यु भएको थियो भने २०० जनाभन्दा बढीको मृत्यु भएको थियो । कम्बोडियाली समुदायमा चाड पर्व मनाउँदा घरेलु मदिरा पिउने प्रचलन छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चौध वर्षपछि लालपुर्जा पाउँदा बासिन्दा हर्षित अर्घाखाँची, ७ मङ्सिर- चौध वर्षपछि लालपुर्जा पाउँदा धनचौर गाविसका बासिन्दा हर्षित भएका छन् । धनचौर गाविसमा नापी कार्यालयले जग्गा नापजाँच गरी तयार पारेको एक हजार १७० जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो । स्थानीयवासीलाई प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले ती लालपुर्जा वितरण गर्नुभएको हो । सशस्त्र द्वन्द्वका समयमा नापी कार्यालयका सबै कागजपत्र जलेर नष्ट भएका थिए । यस्तै नापी कार्यालयले फिल्डमै गएर पुनः नापी गर्न सुरु गरेको छ । जिल्लाको सबै ठाउँको पुनः नापी हुने र यस क्रममा सन्धिखर्क नगरपालिकामा डिजिटल प्रविधिबाट नापी गर्न थालिएको कार्यालयका प्रमुख मोहमद साबिर हुसैनले बताउनुभयो । नक्सा नहुँदा १२ वर्षयता जिल्लामा जग्गा जमिनको कित्ताकाट रोकिएको बताइएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
लोकल रक्सी भनेर झुक्किएर एसिड पिउँदा जीवन मरणको दोँसाधमा ९ कात्तिक- घरमा बनाएको लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि एक महिला जीवन मरणमा परेकी छिन् कैलालीको अत्तरिया नगरपालिका– १० बाँसखेडाकी सुनिता चौधरीले घरमा बनाएको लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि उपचारमा लापरबाहीका कारण उहाँको स्वास्थ्य जोखिममा परेको छ । चौधरीको एसिडले आन्द्रा पोलिसकेको अवस्थामा चिकित्सकले त्यसैमा इन्डोस्कोपी गर्दा झनै ठूलो घाउ भएपछि अवस्था चिन्ताजनक भएको उनका श्रीमान् हेमराज चौधरीले बताउनुभयो । उपचारका लागि सेती अञ्चल अस्पताल पु¥गाएकी चौधरीलाई अस्पतालमा रहेको इन्डोस्कोपी मेसिन बिग्रिएको भन्दै सिटी पोलिक्लिनिकमा लगिएको थियो । सिटी पोलिक्लिनिकका डाक्टर मेराज आलम अन्सारीले इन्डोस्कोपी गरेलगतै उनको अवस्था झन चिन्ताजनक भएको परिवार जनले आरोप लगाएका छन् ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
जारको पानी पिउँदै हुनुहुन्छ ? सावधान ! काठमाडौँ ११ असोज- ‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क सम्झेर नपिउनुहोला, जारमा भरिएका अधिकांश पानी पिउन योग्य छैनन् । पिउन अयोग्य मात्र होइन, ती कतिपय जार र बोतलका पानीमा हैजा र झाडापखालाका किटाणु समेत भेटिएका छन् । बोतल तथा जार एसोसिएसनका अध्यक्ष सुवास भण्डारीका अनुसार अहिले काठमाडौँ उपत्यकाभित्र एक लाख २० हजार जार र दुई लाख बोतलका पानी दैनिक रुपमा खपत भइरहेका छन् । हैजा नियन्त्रण बारेमा गुथि संस्थाद्वारा आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका उपनिर्देशक डा गुणनिधि शर्माले यस पटक उपत्यकामा देखिएका अधिकांश हैजा असुरक्षित पानीका कारण भएको बताउनुभयो । काठमाडाँै, ललितपुर, भक्तपुर र धादिङ जिल्लामा असार, साउन र भदौमा यस पटक एक सय ४५ जनामा हैजाको किटाणु भेटिएको थियो । तीमध्ये २४ प्रतिशत विद्यालयका बालबालिका थिए । सबैभन्दा बढी निर्माण कामदारमा हैजा देखिएको डा शर्माले जानकारी दिनुभयो । अहिले उपत्यकाको जनसङ्ख्या ४० लाखको हारहारीमा पुगिसकेको बताइन्छ । “खानेकुरा र सरसफाइभन्दा पानीकै कारण उपत्यकामा हैजाका बिरामी भेटियो । हैजाका बिरामीमध्ये अधिकांशले धाराको पानी र जारका पानी सिधै पिउनाले हैजाबाट सङ्क्रमित भए ”���हाँले भन्नुभयो । डा शर्माले कम्पनीले पिउनयोग्य भनी सिलछाप गरेका जार र बोतलका पानीको परीक्षण गर्दा ५० प्रतिशत जारका पानी पिउन अयोग्य भटिएको जानकारी दिनुभयो । पानी उपभोक्ताले प्रयोग गर्नुपूर्व स्वयम् पानी उत्पादन गर्ने कं, गुणनियन्त्रण विभाग र स्वास्थ्य सेवा विभागले गुणस्तरका बारेमा परीक्षण गर्नुपर्ने प्रावधान रहिआएको छ । यस पटक उपत्यकाभित्र काठमाडौँको बाफल क्षेत्रमा सर्वप्रथम हैजाको सङ्क्रमण देखिएको थियो । यसपछि काठमाडाँैका डल्लु, सामाखुसी, डाँछी, त्रिपुरेश्वर, सुनधारा, थानकोट तथा ललितपुरका गोदावरी, लगनखेल, बालकुमारी थैव, ठेचो, भैँसेपाटी र धापाखेलमा यसका बिरामी भेटिएको थियो । कार्यक्रममा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका गुणस्तर शाखाका प्रमुख ज्ञानेन्द्र कार्कीले ट्यांकरका तुलनामा जारको पानीको गुणस्तर हुने भए पनि सिधै पिउन योग्य नहुने बताउनुभयो । उहाँले पानी व्यवसायीले बोतलको पानीमा जस्तै जारको पानीको गुणस्तरमा ध्यान दिन आग्रह समेत गर्नुभयो । खानेपानी तथा ढल निकास विभागका पानी गुणस्तर शाखाका प्रमुख नारायणप्रसाद खनालले खानेपानी सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्दै उपभोक्तालाई जलजन्य रोगका बारेमा जनचेतना जगाउन आवश्यक भएको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनमा पानीको गुणस्तरमा कार्यरत विज्ञ डा सुदन पन्थीले जारको पानी ढुक्कसित पिउन सक्ने अवस्था नरहेको आफ्नो अध्ययनले समेत पुष्टि गरेको जानकारी दिनुभयो । ट्यांकर व्यवसायी विष्णु दाहाल, उपेन्द्र पाठक तथा अध्यक्ष भण्डारीले पानीकै कारणै उपत्यकामा हैजाको सङ्क्रमण नदेखिएको स्पष्ट पार्दै तरकारी तथा अन्य खाद्य पदार्थका कारण हैजा देखिएको हो भन्नुभयो । उहाँहरुले ५० प्रतिशत जारका पानी पिउन अयोग्य नभएको जिकिर समेत गर्नुुभयो । गुथिका संयोजक प्रकाश अमात्यले हैजा सङ्क्रमण हुन नदिन तथा रोग नै देखा पर्न नदिन पानी व्यवसायी, सरकार तथा उपभोक्ताले एकले अर्कालाई दोषारोपण गरेर भन्दा सहकार्य गर्नु आवश्यक रहेकामा जोड दिनुभयो । कार्यक्रममा ललितपुरका जनस्वास्थ्य अधिकृत झलक पौडेल तथा एन्फोका कार्यकारी निर्देशक विपीन डङ्गोलले पानी शुद्धीकरणका विधि र प्रक्रियाका बारेमा सचेतनाका कार्यक्रम आवश्यक रहेकामा जोड दिनुभयो ।
0 notes
nepal123 · 8 years ago
Text
नक्कली कम्लरीले सेवा पाउँदा, सक्कली समस्यामा
नक्कली कम्लरीले सेवा पाउँदा, सक्कली समस्यामा
९ असोज, काठमाडौं । सरकारले मुक्त कमलरीहरुका लागि बिभिन्न क्षेत्रमा कोटा छुट्याए पनि दुरुपयोग गर्दै नक्कली कमलरीहरुले सेवा सुविधा लिने गरेको पाइएको छ । तत्कालीन खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा भएको सम्झौता विपरित गैरकमलरीहरुले सेवा सुविधामा हैकम जमाउँदा आफूहरु राज्यले दिने सेवा सुविधाबाट बन्चित बन्नु परेको मुक्त कमलरीहरुले गुनासो गरेका छन् । उर्मीला चौधरी कमलरी उन्मुलन प्रथामा जुटेको मुक्त…
View On WordPress
0 notes