#दसधम
Explore tagged Tumblr posts
Photo
लोकल रक्सी भनेर झुक्किएर एसिड पिउँदा जीवन मरणको दोँसाधमा ९ कात्तिक- घरमा बनाएको लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि एक महिला जीवन मरणमा परेकी छिन् कैलालीको अत्तरिया नगरपालिका– १० बाँसखेडाकी सुनिता चौधरीले घरमा बनाएको लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि उपचारमा लापरबाहीका कारण उहाँको स्वास्थ्य जोखिममा परेको छ । चौधरीको एसिडले आन्द्रा पोलिसकेको अवस्थामा चिकित्सकले त्यसैमा इन्डोस्कोपी गर्दा झनै ठूलो घाउ भएपछि अवस्था चिन्ताजनक भएको उनका श्रीमान् हेमराज चौधरीले बताउनुभयो । उपचारका लागि सेती अञ्चल अस्पताल पु¥गाएकी चौधरीलाई अस्पतालमा रहेको इन्डोस्कोपी मेसिन बिग्रिएको भन्दै सिटी पोलिक्लिनिकमा लगिएको थियो । सिटी पोलिक्लिनिकका डाक्टर मेराज आलम अन्सारीले इन्डोस्कोपी गरेलगतै उनको अवस्था झन चिन्ताजनक भएको परिवार जनले आरोप लगाएका छन् ।
0 notes