#ललपरज
Explore tagged Tumblr posts
Photo
मुआब्जाका लागि बूढीगण्डकी प्रभावितसँग लालपुर्जा मागियो गोरखा, ११ फागुन । बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको छ । पहिलो चरणमा मुआब्जा वितरण गर्न लागिएको गोरखाको घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको हो । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गोरखामा खाता खोल्ने प्रयोजनका लागि उनीहरुबाट लालपुर्जा सङ्कलन गरिएको छ, मुआब्जा समितिका संयोजक तथा गोरखाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भन्नुभयो– अहिलेसम्म ९६ जनाको बैंकमा शून्य मौज्दातमा खाता खोलिसकिएको छ । बूढीगण्डकी प्रभावितमध्ये ४२ जनाको लालपुर्जा सरकारलाई प्राप्त भइसकेको र ती सबैको नाममा बैंकमा खाता पनि खोलिसकिएको छ” उहाँले भन्नुभयो, “केही दिनमा प्रभावितको खातामा रकम पठाउँछौँ ।” आयोजनाको सिउरेनीटारमा रहेको कार्यालयका कर्मचारीलाई जतिसक्दो छिटो प्रभावित बासिन्दाको लालपुर्जा सङ्कलन गर्न र बैंक खाता खोल्न पनि निर्देशन दिइसकिएको प्रजिअ बस्नेतले बताउनुभयो । पहिलो चरणमा तीन गाविसका करिब एक हजार जनालाई मुआब्जा वितरण गर्ने तयारी सुरु गरेपनि ती मध्ये करिब दुई सय जनाले मात्र मुआब्जा पाउँ भन्दै निवेदन दिएका छन् । पुनर्वासको टुङ्गो नलाग्दा मुआब्जाका लागि निवेदन नदिएको बताइएको छ ।
0 notes
Photo
चलचित्र लालपुर्जा र घामपानी नजुध्ने पक्का पुस २२ गते- चलचित्र ‘लालपुर्जा’र ‘घामपानी’ नजुध्ने पक्का भएको छ । यसअघि दुवै चलचित्रले वैशाख १ गते प्रदर्शन हुने घोषणा गरेपनि पछि मिती फेरबदल भएको हो । अब दीपेन्द्र लामाको ‘घामपानी’ वैशाख १ मै प्रदर्शन हुने भएको छ भने ‘लालपुर्जा’ ले वैशाख २८ लाई नयाँ प्रदर्शन मिति बनाएको छ ।
0 notes
Photo
अब अनलाइनबाटै लालपुर्जा पाइने काभ्रे, ६ पुस- जिल्लामा सेवाग्राहीलाई तुरुन्तै सेवा दिन आजदेखि अनलाइन सेवा सुरु भएको छ । भूमिसुधार तथा व्यवस्थापन विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले सो सेवा शुभारम्भ गर्नुभएको हो । उहाँले अनलाइनबाट छिटो छरितो काम सम्पन्न हुने जनताको धन सुरक्षित हुने भएकाले लेखापढी व्यवसायीले पनि यसलाई साथ दिनुपर्छ भन्नुभयो । पहिलो चरणमा काभ्रेपलाञ्चोकको काशिखण्ड नगरपालिकाको खनालथोक, पनौती नगरपालिकाको ईन्द्रश्वर, पाँचखाल नगरपालिकाको साठीघर, कोसीपारिको सरमथली, गोठपानी, बेकसिम्ले, रविओपी, च्याम्म्राङबेशी र बनखुमा सो सेवा सुरु गर्न थालिएको कार्यालयल जनाएको छ । पहिलोपल्ट अनलाइनमार्फत टीकाराम तामाङ, कृष्णबहादुर तामाङ, धमाई सिंह तामाङलाई लालपुर्जा वितरण गरिएको थियो । बिगतमा लालपूर्जा वितरण धेरै झन्झटिलो हुने, कीर्ते काम हुने र जग्गा असुरक्षित हुनेजस्ता समस्या अनलाइनले निराकरण गर्ने मालपोत अधिकृत टङ्कप्रसाद उपाध्यायले बताउनुभयो ।
0 notes
Photo
चौध वर्षपछि लालपुर्जा पाउँदा बासिन्दा हर्षित अर्घाखाँची, ७ मङ्सिर- चौध वर्षपछि लालपुर्जा पाउँदा धनचौर गाविसका बासिन्दा हर्षित भएका छन् । धनचौर गाविसमा नापी कार्यालयले जग्गा नापजाँच गरी तयार पारेको एक हजार १७० जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो । स्थानीयवासीलाई प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले ती लालपुर्जा वितरण गर्नुभएको हो । सशस्त्र द्वन्द्वका समयमा नापी कार्यालयका सबै कागजपत्र जलेर नष्ट भएका थिए । यस्तै नापी कार्यालयले फिल्डमै गएर पुनः नापी गर्न सुरु गरेको छ । जिल्लाको सबै ठाउँको पुनः नापी हुने र यस क्रममा सन्धिखर्क नगरपालिकामा डिजिटल प्रविधिबाट नापी गर्न थालिएको कार्यालयका प्रमुख मोहमद साबिर हुसैनले बताउनुभयो । नक्सा नहुँदा १२ वर्षयता जिल्लामा जग्गा जमिनको कित्ताकाट रोकिएको बताइएको छ ।
0 notes
Photo
एक सय सत्तरी जनाले पाए चौध वर्षपछि लालपुर्जा अर्घाखाँची, मंसिर ७ । धनचौर गाविसका बासिन्दा चौध वर्षपछि बल्ल आफ्ना लालपुर्जा पाउँदा हर्षित भएका छन् । धनचौर गाविसमा नापी कार्यालयले जग्गा नाप जाँच गरी तयार पारेको एक हजार १७० जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ। स्थानीयवासीलाई प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले ती लालपुर्जा वितरण गरिएको छ । सशस्त्र द्वन्द समयमा नापी कार्यालयका सबै कागजपत्र जलेर नष्ट भएका थिए । यस्तै नापी कार्यालयले फिल्डमै गएर पुनः नापी गर्न सुरु गरेको छ । जिल्लाको सबै ठाउँको पुनः नापी हुने र यस क्रममा सन्धिखर्क नगरपालिकामा डिजिटल प्रविधिबाट नापी गर्न थालिएको कार्यालयका प्रमुख मोहमद साबिर हुसैनले बताएको छ । नक्सा नहुँदा १२ वर्षयता जिल्लामा जग्गा जमिनको कित्ताकाट रोकिएको बताएको छ ।
0 notes