#धरल
Explore tagged Tumblr posts
Photo
धारिलो हतियारले श्रीमतीको हत्या भोजपुर, २१ चैत । धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीलाई एक जनाले हत्या गरेका छन् । भोजपुर नगरपालिका– १० आम्तेकका ४२ वर्षीय हर्क तामाङले घरायसी विवादका कारण आइतबार आफ्नै श्रीमती मुना तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको छ भने हत्यापछि फरार रहेका तामाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको जनाएको छ । The post धारिलो हतियारले श्रीमतीको हत्या appeared first on Etajakhabar.
0 notes
Text
बरीच दिवसानंतर आम्ही सगळ्या घरदार सोबत गावाकड आलो होतो.
उद्या मी इकडे निघून येणार म्हणून एकदा आपल्या वावरत फेरफटका मारावा असा विचार करत मी चालत होतो तर समोराच्या विहरीवरच्य कठड्यावर एक वीस पंचवीस वर्षाची मुलगी आकाशी कलारचा पंजाबी ड्रेस घातलेली, केस काळेभोर आणि विचार करत होती अस त्या पाण्याकडे पाहत होती.
मी पण विचार करत होतो काय पहात असेल अचा��क माझं लक्ष हे तिच्या पायाकडे गेले तर तिचे दोन्ही पाय हे रस्सिने बांधलेलं होते.
तेव्हा मला काय सुचलं नाही आणि मी पाळत सुटलो आणि तिने ...
ये पोरी काय करते थांब ...
त्या विहरित साप आहे पाणी नाही गाळ हाय...
पण तिने उडी टाकली मी जागीच थांबलो
मला नाही पोहता येत तिला काय वाचवेल पण विचार आला चाल मी वाचवेल तिला
ती ओरडत होती काठवर पोहचलो तर पाहिलं की तिचे पायाला जी दोरी बांधली होती ती विहरीच्या काठवरच्या गजात अडकली आणि ती पाण्याच्या थोड वर अडकली होती.
तिला कासबस वर काढल मी तिनेच माझ्या अंगवर हात उगारला ... तिला वाचलं वरून तिचीच सर्सी ती रड्याला लागली होती तरी तिचं चाल कोण तू का मला बाहेर काढलं
तुझं तू निघ इथून नाहीतर माझ्या इतका वाईट कोणी नाही तिचीच बडबड चालू तिला थोड शांत करत
विचारल तिला जीव देयच ना दे ना तू काय कोणाच्या मलकीची नाही समजली का तुझं तुला हाक आहे काही करायचं कर पण एक विचार कर ज्या वाटत असेल तुला अस त्याचा खूप मोठा फायदा याच्यात करून टाकणार आणि त्याचा त्याचा फायदा घटना असेल जिथे गोष्ट असेल तिथल्या तिथेच संपले म्हणून उलट तू असं न करता एकदम तुला काही झालं नाही तुला काही फरक पडत नाही असा विचार करून समोरच्याची जिर्वाईची
त्यावर ती काय म्हणते तुला काय माहित काय झालं आहे. तू आधी निघ येथून
बरं ठीक आहे मी जातो बस फक्त हे तर संग का करू राहिलास तू अस मी जातो लगेच अशी पण तू अहेतरी कोण मझी म्हणून अडवू तुला मी उद्या मी जाणारच आहे निघून
बरं माझं नाव प्रशांत ह्या खालच्या वाड्यात राहतो मी
पण कधी दिसला नाही तू
हो आम्ही येत नाही गावाकडे ... सहसा
आणि तू तुला काय करच मी कोण बी असू तू निघ सांगाल ना तू
बरं तुझं नाव तर सांग ठीक एवढी मोठे डोळे करून पाहू नकोस...
बरं जे असेल ते मी की सांगतो एक ते बघ विहारीच्या ह्या नितळ पाण्यात पहा ही खाली दिसली का एक मुलगी पडलेली होती आताच गावातल्या सार्वणी तिला बाहेर काढलं बिचारी मेली ती
पण कोनला फरक नाही पडला wastp वर लोकांनी फोटो टाकले आणि फक्त नुस्कान झालं ते त्या पोरीच्या आई बाबापच भावाच एवढी वर्ष वाढवलेली मुलगी आज गेली
आणि नुस्कण झालं ते ह्या वाळ्या सरपणाच कारण फुकट ते जळतील आता
म्हणून म्हणतो तू उडी मारली ना तू मेली आता स���ड तिला आता तू जी आहे ना ती एक विचार करणारी चागली मस्ती कितवी शकली आहे ती बर जे असेल ते जाऊदे अशी मुलगी आहे
आणि चाल तू माझ्या सोबत हतला धरल तिच्या आणि तिला घेऊन मी सरळ काहीच विचार नाही करता रस्त्याने निघालो आणि रस्त्यावर रहुल्या भेटला गाडीवर चाललं होता त्याल थांबवलं तो ही ह्या पोरीकडे पाहत राहिला कारण ही नुसती माझ्याकडे पाहत होती आणि तो तिच्याकडे आणि हाताकडे पाहत होता मी तुला बोललो घरून दुसरी गाडी घेऊन ये आणि मी फाट्यावर गाडी सोडतो तू घेऊन जा घरीहे हो म्हणाला तो मी तिला बसवलं आणि निघून आलो मी तिला आणि मला गाडीवरून जतानी फाट्यावर तिच्या भावाने बसमधून पाहिलं
0 notes
Photo
दोन हजारच्या नोटांवरुन ‘बापू’जी गायब नवी दिल्ली : भारतीय चलनातील नोट खरी आहे की खोटी याची शहानिशा करण्यासाठी पाहिला जातो तो महात्मा गांधीचा फोटो. गांधीचा फोटो असेल तर नोट खरी असेल असे गृहीत धरल जाते. पण नोटांवर गांधीचा फोटोच नसेल तर नोटा खऱ्या आहेत की खोट्या अशी शंका तर येणारच. नोटाबंदीनंतर खोट्या नोटांच्या छपाईचे प्रकार घडत असतानाच मध्यप्रदेशमधील शेओपुर जिल्ह्यातील एका गावात शेतकरी आश्चर्यचकित झाले, जेव्हा त्यांना २००० रुपयांच्या नव्या नोटेवर गांधीजींचा फोटोच दिसला नाही. ही नोट बनावट असल्याची शंका शेतकऱ्यांना आली. पण जेव्हा ही नोट घेऊन ते बँकेत पोहोचले तेव्हा मात्र त्यांना अधिकाऱ्यांनी जे सांगितले ते ऐकून त्यांना आश्चर्याचा धक्काच बसला. शेतकऱ्यांनी या नोटा स्टेट बँक ऑफ इंडियाच्या शाखेतून घेतल्या होत्या. जेव्हा गांधीजींचा फोटो नसलेल्या या नोटांची तक्रार घेऊन बँकेत पोहोचले तेव्हा प्रिंटींगमध्ये झालेल्या चुकीमळे गांधीजींचा फोटो छापला गेला नसल्याचे अधिकाऱ्यांकडून सांगण्यात आले. अशा प्रकारच्या अनेक नोटा बाजारात असल्याची माहिती सुत्रांकडून मिळाली आहे
0 notes
Photo
धारिलो हतियार प्रहार गरी मिश्रको हत्या गरेकाे आरोपमा पाँच जना पक्राउ गौशाला, ११ माघ- आफ्नै घरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका हतिसर्वा गाविस–८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रलाई हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले मृतककी पत्नीसहित पाँच जनालाई आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले मिश्र हत्याकाण्डमा संलग्न रहेका अभियुक्त हतिसर्वा–८ बस्ने मृतककी पत्नी २२ वर्षीया ज्योति, धर्मपुर–६ बस्ने ३१ वर्षीय फिरोज कवारी, धमौरा–१ बस्ने ३७ वर्षीय तुफान नट अन्सारी, बगडा–७ बस्ने ४४ वर्षीय गङ्गाराम दास र महोत्तरी गाविस–७ बस्ने २९ वर्षीय कुबेर राउतसहित पाँच जनालाई सार्वजनिक गरेको हो । हत्याको छानबिन गर्न प्रहरीको विशेष टोलीले स्थानीयवासीको सहयोगमा उनीहरुलाई घरबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाई हत्या भएको १० दिनपछि सार्वजनिक गरेको हो । ज्योति मृतक अञ्जनीकी कान्छी श्रीमती तथा कुबेर काका ससुरा हुन् । फिरोज र तुफान जनतान्त्रिक तराई मुक्तिमोर्चा (ज्वाला समूह)मा सक्रिय रही अपहरण, लुटपाट, चन्दा आतङ्क र हत्याराका रुपमा काम गर्ने रहेको प्रहरीको अनुसन्धानले देखाएको प्रहरी निरीक्षक रवीन्द्र खनालले बताउनुभयो । उहाँका अनुसार हत्या��ो प्रमुख कारण यौन सम्बन्ध र सम्पत्ति नै रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वैदेशिक रोजगारीबाट तीन महिनाअघि मात्र घर फर्केका मिश्रको नाममा पाँच बिघा जग्गा छ । मिश्रलाई गत पुस २९ गते राति ८ बजे उनीहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएका छन् ।
0 notes
Photo
चिकित्सकको लापरवाहीले पेटभित्र १५ सेन्टिमेटर लामो धारिलो कैंची छुटेपछि… एजेन्सी । अप्रेशन गर्दा कैँची पेटमा छुटेका समाचार तपाईले कहिल्यै सुन्नुभएको छ रु उत्तरी भियतनामको थाई नूवेन प्रान्तकामा सबैलाई चकित पार्ने एउटा घटना घटेको छ । जहाँ अल्ट्रासाउन्ड गर्दा पेटभित्र एउटा धारिलो वस्तु देखियो र चिकित्सकहरुले त्यअगाडीको अप्रेशनका क्रममा पेटमा धारीलिो बस्तु छुटेको पत्ता लगाए । सोधखोजपछि उक्त अस्पताल बाक कान जनरल अस्पतालमा उनको शल्यक्रिया भएको पत्ता लाग्यो । पेटभित्र १५ सेन्टिमेटर लामो धारिलो कैंची छाडेको बाक कान जनरल अस्पतालमा उनको शल्यक्रिया भएको थियो । शायद त्यहि शल्यक्रियाका दौरान उनको पेटमा कैंची छुटेको थियो । भियतनामको स्वास्थ्य मन्त्रालयले बाक कान अस्पतालाई उनको पेटमा कैंची छोड्ने डाक्टर को थियो भन्ने पत्ता लगाएर एक हप्ताभित्र प्रतिवेदन बुझाउन भन्दै कडा निर्देशन दियो ।
0 notes
Photo
आफ्नै परिवारका १० जनाको धारिलाे हतियारले हत्या गरि आफूले पनि आत्महत्या गरे यी पुरुषले भारत, २१ पुस- भारतको उत्तर प्रदेशस्थित अमेथी जिल्लामा आफ्नै परिवारका १२ जनालाई विषादी सेवन गराई लठ्याएपछि धारिलो हतियार प्रयोग गरी १० जनालाई हत्या गरी आपूmले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । महनोशा क्षेत्रमा भएको उत्तर घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक प्रहरी अनुसन्धानबाट ४५ वर्षीय जमालुले पहिले परिवारका सम्पूर्ण सदस्यलाई विषादी खुवाई धारिलो हतियारको सहायता हत्या गरको प्रहरी उपरीक्षक सन्तोषकुमार सिंहले बताउनुभयो । परिवारका सदस्यहरुको हत्या पश्चात जमालुले झुन्डिएर आत्महत्या गरको हुनसक्ने बताइएको छ । घटनापछि परिवारकै दुईजनालाई स्थानीय एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।
0 notes
Photo
विद्यालयको नयाँ संरचनाबारे निजी सञ्चालकका दुई धारले अन्यौल काठमाडौँ, १४ मङ्सिर । विद्यालय शिक्षाको नयाँ संरचना कार्यान्वयनका लागि प्रस्तावित शिक्षा नियमावलीबारे निजी तथा आवासीय विद्यालयका छाता संस्थाहरू दुई धारमा देखिँदा अन्यौल उत्पन्न भएको छ । शिक्षा ऐन (आठौँ संशोधन)मा उल्लेख भएअनुसार बाल शिक्षा (शिशु) देखि कक्षा ८ सम्म आधारभूत र कक्षा ९ देखि १२ सम्म माध्यमिक विद्यालयको संरचनाबारे प्रस्तावित नियमावलीमा गरिएको व्याख्यामा निजी विद्यालय सञ्चालकका दुईखाले मत देखिएको हो । उनीहरुले आफ्ना अवधारणाअनुसारको नियमावली ल्याउन राजनीतिक र सरकारी अधिकारीको तहमा दबाब सिर्जना गर्दा नियमावलीमा ढिलाइ देखिएको छ । उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)ले शून्य जोड दुई (जिरो प्लस टू)लाई साबिकबमोजिम हुने माग गरेको छ भने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)ले कक्षा एक देखि १२ को संरचनालाई ग्रहण गरेका छन् । हाल शून्य जोड दुई (कक्षा ११ र १२ मात्र) सञ्चालन गर्ने विद्यालय एक सय ५६ छन् । त्यसमा करिब ५० वटा सामुदायिक र अन्य निजी छन् । पाँच वर्षअघि लागू भएको ‘विद्यालय क्षेत्र सुधार कार्यक्रम’मै विद्यालय शिक्षाको नयाँ संरचना उल्लेख भए पनि कानुन संशोधन नहुँदा लागू भएको थिएन । यसअघि विद्यालय तहमा प्रावि, निमावि र उमाविका तीन संरचना थिए । शिक्षा मन्त्रालयले तयार गरेको नियमावलीको मस्यौदामा शून्य जोड दुईका विद्यालयले माध्यमिक हुन चाहने हो भने कम्तीमा ९ र १० कक्षा पनि अनिवार्य सञ्चालन गर्नुपर्ने उल्लेख छ । प्राविधिक माध्यमिक शिक्षामा भने थप एक वर्ष इन्टरर्नसिप गर्नुपर्ने व्यवस्था छ । शून्य जोड दुई सञ्चालन गर्ने विद्यालयलाई तल्लो कक्षा सञ्चालन गर्��ा व्यवस्थापन झन्झटिलो हुने तर मुनाफा कम हुने भएकाले उनीहरु तयार नभएको देखिन्छ । मन्त्रालयका प्रवक्ता तथा नियमावली मस्यौदा कार्यदलका संयोजक डा हरि लम्सालले निजी विद्यालय संस्थाका फरक फरक धारणाले आफूलाई उनीहरुका माग बुझ्न समस्या भए पनि सरकार कानुनबमोजिम नै अघि बढ्ने बताउनुभयो । सोे मस्यौदा चाँडै अर्थ र कानुन मन्त्रालयमा सहमतिका लागि पठाइँदैछ । हिसानका अध्यक्ष रमेश सिलवालले कक्षा १ देखि १२ सम्मको शिक्षा समानस्तरको नहुने भएकाले ११ र १२ को शिक्षालाई उच्च शिक्षाको हैसियत कायम राख्नुपर्ने जनाउनुभयो । उहाँले (उच्चमावि तह)को शिक्षालाई नै सिध्याउने षड्यन्त्र भएको दाबी गर्दै त्यस्तो भएमा आफूहरू आन्दोलनमा उत्रने चेतावनी दिनुभयो तर एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले सरकारले पाँच वर्षदेखि शून्य जोड दुईलाई तल्लो कक्षासम्म समायोजन गर्न समय दिँदा ढिला गर्नेले नयाँ संरचना मान्दिनँ भन्न नसुहाउने प्रतिक्रिया दिनुभयो । प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले आफूहरु शिशु कक्षादेखि १२ सम्मको विद्यालय तहको संरचनामा जान सकिने बताउँदै यसमा उत्पन्न विवादबारे मिलनविन्दु खोज्न सकिने बताउनुभयो । संशोधित शिक्षा ऐन गत असार १५ बाट कार्यान्वयन आए पनि हालसम्म नियमावली आउन सकेको छैन । शिक्षामन्त्री धनीराम पौडेलले आफ्नो कार्ययोजनामा गत कात्तिक २५ भित्र उक्त नियमावली ल्याउने उल्लेख गरेको थियो ।
0 notes
Photo
छोराको धारिलो हतियार प्रहारबाट बाबु गम्भीर घाइते उर्लाबारी (मोरङ), २८ असोज । मोरङको टाँडी–८ मा गए राति छोराको धारिलो हतियार प्रहारबाट ४५ वर्षीय लक्ष्मी शङ्कर गम्भीर घाइते भएका छन् । स्थानीयवासी १९ वर्षीय खगेन्द्र शङ्करले राति १० बजेतिर दुवैबीच सामान्य विवाद भएपछि बाबुको टाउकामा प्रहार गरेका थिए । घाइतेको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । अभियुक्त खगेन्द्रलाई अस्थायी प्रहरी चौकी टाँडीले पक्राउ गरेको छ ।
0 notes
Photo
अमेरिकामा हुने राष्ट्रपति चुनावका लागि पहिलो प्रत्यक्ष टेलिभिजन बहस, धेरैले क्लिन्टनलाई मन पराए अमेरिका, ११ असोज । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि सोमबार भएको पहिलो प्रत्यक्ष टेलिभिजन वसह भएको छ । सो बहसमा धेरै मतदाताले डेमोक्रयाटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मन पराएको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् । विषयबस्तुदेखि प्रस्तुित सम्मका विभिन्न पक्षलाई हेर्दा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प भन्दा क्लिनटन राम्रो भएको प्रारम्भिक सर्वेक्षणहरुमा देखाइएको छ । क्लिनटन दश देखि १५ प्रतिशत सम्म अगाडी रहेको देखिएको हो । बहसका क्रममा क्लिन्टनलाई धेरै पटक ट्रम्पले बोल्नै नदिएर अवरोध पु¥याएका थिए । त्यो अवरोध नै धेरैले नरुचाएको मत सर्वेक्षणमा बताइएको छ । अमेरिकामा जनमत आफूतिर पार्न राष्ट्रपतीय निर्वाचनका उम्मेदवारहरुको प्रत्यक्ष टेलिभिजन बहसहरुलाई निकै महत्वपूर्ण र निर्णायक मानिन्छ । करिब ९० मिनेट चलेको यो बहसलाई १० करोडभन्दा बढी व्यक्तिले टेलिभिजनमा प्रत्यक्ष हेरेको अनुमान गरिएको छ । अहिले सम्म भएका यस्ता वहसहरु मध्ये यो नै सवै भन्दा धेरैले हेरेको मानिएको छ । आज भन्दा ठिक ५६ वर्षअघि राष्ट्रपतिका तत्कालिन उम्मेदवारद्धय जन एफ केनेडी र रिचर्ड निक्सनबीच पहिलोपटक यस्तै बहस भएको थियो । सोमबारको बहस एनबीसी न्यूजका लेस्टर होल्टले चलाएका थिए । देशको अर्थतन्त्र, कर प्रणाली, सुरक्षा, जातीयमुद्धा लगायतका विषयमा केन्द्रीत वहसमा दुवै उम्मेदवारले एकअर्काको चर्को आलोचना गरेका थिए । क्लिनटनले ट्रम्पलाई करबारे ढाकछोप गरेको आरोप लगाएर कमजोर सावित गर्न खोज्नु भएको थियो । जवाफमा ट्रम्पले कर लाग्ने आफ्नो आम्दानीको विस्तृत विवरण सार्वजनिक गर्ने बताउदै त्यसका क्लिन्टनले आफू विदेशमन्त्री हुंदाका तीस हजार इमेल सार्वजनिक गर्नु पर्ने शर्त राख्नु भएको थियो । विदेशमन्त्री हुँदा क्लिनटनले इमेलको दुरुपयोग गरेको आरोप लगाउदै आफु माथीको आरोपलाई ओझेल पार्ने प्रयास गर्नु भएको थियो । अठसठ्ठी वर्षीय क्लिन्टन पूर्व विदेशमन्त्री र सांसदका रुपमा अनुभव सम्हाल्नु भएकी अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुनुहुन्छ । उहाँ ४० वर्षको सार्वजनिक सेवाको अनुभवपछि अमेरिकी राजनीतिमा प्रवेश गर्नुभएको हो । त्यसैगरी उमेरले क्लिन्टनभन्दा पाका सत्तरी वर्षीय ट्रम्प अमेरिकी खर्बपति व्यापारी साथै टेलिभिजनका पूर्वप्रत्यक्ष कार्यक्रम सञ्चालक हुनुहुन्छ ।
0 notes