#चनवक
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
चुनावको मिति नजिकिँदै जाँदा भोट हाल्न आफ्नै गाउँ फर्कनेको लर्को फलेवास (पर्वत), १४ वैशाख । स्थानीय चुनावको मिति नजिकिँदै जाँदा भोट हाल्नका लागि गाउँ फर्कनेको लर्को लाग्न थालेको छ । झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्न होस् वा आफूले आस्था राख्ने दलका उम्मेदवारलाई जिताउनका लागि भए पनि विदेश र तथा मुलुककै बाह्य जिल्लामा भएका पनि गाउँ फर्किन थालेका हुन् । निर्वाचनमा मतदान गर्न कतारबाट आएका ठूलीपोखरी–१ का छविलाल सापकोटाले वैशाख ३१ गते मतदान गरेर फर्किने गरी एक महिनाको छुट्टी मिलाएर आएको बताउनुभयो । त्यस्तै चुनावमै भाग लिनका लागि खाडीमुलुक मलेसियाबाट आएका पिपलटारीकमा रमेश अधिकारीले दुई दशकपछि आएको अवसरलाई सदुपयोग गर्न बिदा मागेर गाउँ फर्किएको बताउनुभयो । उहाँले स्थानीय ��नप्रतिनिधि नहुँदा आफ्नो गाउँ ठाउँको विकास हुन नसकेको बताउँदै आफूहरुले चुनेको प्रतिनिधिले तल्लो तहको विकास र आम नागरिकलाई राज्यका सेवा सुविधा पु¥याउनेमा विश्वस्त रहेको बताउनुभयो । कतिपय विभिन्न राजनीतिक दलकै सक्रिय कार्यकर्ता त कतिपय सर्वसाधारण पनि भोट हाल्नकै लागि गाउँ फर्कनेको सङ्ख्या उल्लेख्य रहेको पर्वत–काठमाडाँै सडकका सवारी चालकको भनाइ रहेको छ । मलेसियाबाट हालै गाउँ फर्केका कुर्घाका शशी शर्माले दुई दशकपछिको अवसरको उपभोग गर्न आएको बताउनुभयो । अहिलेसम्म स्थानीय निकायको चुनावमा सहभागी हुन पाएको थिइन् त्यसैले अहिले छुट्टी नै मिलाएर भए पनि साउदी अरबबाट घर फर्केको उहाँले बताउनुभयो । उहाँले चुनावी परिणाम सार्वजनिक भएपछि पुनः विदेशनै जाने गरी आएको जानकारी दिनुभयो । सापकोटा, अधिकारी र शर्मा मात्रै हैनन् पर्वत जिल्लाका गाउँ गाउँमा जनप्रतिनिधि चुन्नका लागि स्वदेश फर्किनेको सङ्ख्या उल्लेख्य रहेको ठूलीपोखरीका सामाजिक परिचालक रमेश पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “लामो समयपछि हुने भएकाले पनि मतदाता नामावलीमा नाम समावेश भएका स्वदेश फर्किने क्रम बढेको हो ।” पर्वत जिल्लाका झन्डै २३ हजार युवायुवती वैदेशिक रोजगारीका लागि भारतबाहेकका अन्य मुलुकमा रहेका छन् । उनीहरुमध्ये केही प्रतिशत स्वदेश फर्किएर मतदानमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालय पर्वतले अपेक्षा गरेको छ । विदेशमै बसेर भए पनि मतदान गर्न पाउने सुविधा नभएकाले पनि गाउँ फर्कनुको विकल्प नभएको हो । पर्वत जिल्लामा क्रियाशील राजनीतिक दलले कतिपय गाउँपालिका र नगरपालिकाका वडामा उम्मेदवार टुङ्गो लगाइसकेकाले प्रचारप्रसार सुरु भइसकेको छ । आयोगले चुनावी तयारी तीव्र पारेसँगै गाउँगाउँमा चुनावी चहलपहल बढ्न थालेको छ । उम्मेदवारले गाउँगाउँ र घरदैलो गरेर मत माग्न थालिसकेका छन् । एमाले, काँग्रेस, माओवादी, राप्रपालगायतका दलबाट उम्मेदवार सुनिश्चित भइसकेकाले गाउँ अभियानलाई तीव्र पारेको शङ्करपोखरी मा स्थानीय सञ्जय रेग्मीले जानकारी दिनुभयो । The post चुनावको मिति नजिकिँदै जाँदा भोट हाल्न आफ्नै गाउँ फर्कनेको लर्को appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चुनावको मिति सार्न सकिन्न: प्रमुख निर्वाचन आयुक्त यादव ९ बैशाख, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले बैशाख ३१ गतेको स्थ��नीय तहको निर्वाचनको मिति कुनै पनि हालतमा सार्न नसकिने बताएका छन् । उनले भने,‘बैशाख ३१ मै चुनाव हुन्छ, हुनुपनि पर्छ र मिति सार्न सकिँदैन्।’ आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त डा. यादवले बैशाख ३१ को स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने र तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने ��ाबी गरेका हुन् । उनले आयोगले बैशाख ३१ गतेको निर्वाचनको लागि आवश्यक सबै सामाग्रीहरु जुटाईसकेको जनाउँदै अब निर्वाचनको मिति सर्ने कुनै संभावना नरहेको बताए । उनले भने,‘निर्वाचनको सुनिश्चितता भैसक्यो, आयोगका परिसरमा आएर हेर्दा पनि थाहा हुन्छ, निर्वाचनको तयारी कहाँ पुग्यो भनेर ?, त्यसैले अब ३१ गतेको निर्वाचन सर्दैन्, मिति फेरबदल हुँदैन् ।’ यद्धपी उनले केही ठाउँमा कुनै कारणले मिति सार्नुपर्ने भएपनि सरकारले आयोगसँग सल्लाह गर्नुपर्ने बताए । उनले आजमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो भेटवार्ता भएको जानकारी दिए । प्रधानमन्त्री दाहालले निकासको लागि दलहरुसँग आफूले पहल गरिरहेकोबारे आफूलाई जानकारी दिएको यादवले बताए । The post चुनावको मिति सार्न सकिन्न: प्रमुख निर्वाचन आयुक्त यादव appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चुनावको प्रभाव इन्धनमा : यसकारण सर्वसाधारण बस्नुपर्छ लाइन काठमाडौं – आपूर्तिमा कुनै अवरोध छैन । आयल तिगमका अधिकारी भन्छन् ‘आवश्यकता अनुसार इन्धन आपूर्ति भइरहेको छ ।’ आजको कान्तिपुरमा खबर छ । पेट्रोल पम्प सञ्चालकहरुका नेता भन्छन् ‘आधा पम्पमा इन्धन छैन’ तर, यो साताको सुरु भएदेखि नै राजधानीका सर्वसाधारणले लाइन नबसी इन्धन पाएका छैनन् । एक दुई दिन बिदा हुने बित्तिकै लाइन बस्न बाध्य हुन्छौं बसुन्धारा प्रहरी पम्पमा भेटिएका श्याम बर्तौलाले भने, ‘सरकारका कारण उपभोक्ताले दुख पाएका छन् ।’ ‘अहिले इन्धन अभाव हुनुमा निगम र व्यवसायीकै ठूलो हात छ । निगमले वितरण गरेको दावी गरेपनि तेल बजारभन्दा अन्य क्षेत्रमा गएको छ ।’ ‘पम्प सञ्चालकहरुले पनि चुनावकै लागि सञ्चय गरेका छन् ।’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । The post चुनावको प्रभाव इन्धनमा : यसकारण सर्वसाधारण बस्नुपर्छ लाइन appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
 विकट पहाडी चेपाङ गाउँमा ‘चुनावको सम्चार आयो, नेता आ छैन’ रत्ननगर (चितवन), ४ वैशाख । चितवनको विकट पहाडी चेपाङ गाउँमा चुनावको मौखिक समाचार पठाइएको भए पनि प्रचार पुगेको छैन । दलका नेताहरु उम्मेदवार छान्न तल्लीन भएकाले चेपाङलाई नेताले आफूहरु आउँ���ै गरेको समाचार मात्रै पठाएका छन् । विकट सिद्धिको छेरवाङका सिद्धलाल चेपाङ भन्नुहुन्छ, “चुनावमा हामी आउँदै छौँ है भनेर सम्चार आयो, अरू केही आएन ।” “चुनावको खै अहिलेसम्म था छैन”, अर्का चेपाङ महिला ताराकुमारीले भन्नुभयो । थाहा पायो भने हाम्रो भाइले था पाउने हो, एउटा महेन्द्रले सम्चार पठाथ्यो, ल गाउँलेलाई सुनाइदेउ है हामी आउँदै छ भनेर, लो लो भन्दिउँला भन्या,े” सिद्धलाले भन्नुभयो, “सम्चार आयो नेता आ छैन ।” गाउँका मेहर सिंह चेपाङलाई पनि चुनावका बारेमा जानकारी छैन । सरकारले पनि आफूलाई नहेरेको बताउने वृद्ध मेहरसिंह भन्नुहुन्छ, “चुनाव पनि यतिसम्म मलाई था भा छैन, कसैले केही भन्या छैन, पार्टी दल नि आ छैन ।” उहाँहरु जस्तै गाउँका सुब्बा चेपाङलाई पनि स्थानीय निकायको निर्वाचनका बारेमा खासै जानकारी नभएको बताउनुहुन्छ । उहाँले चेपाङलाई हेर्ने मान्छेलाई भोट दिने बताउनुभयो । गाउँका चेपाङ विगतमा भोट दिएर जिताएकाले पनि केही नगरेको गुनासो गर्छन् । “अहिलेसम्म चुनावको केही हालखबर चाल पा छैन, नेताहरु पनि घरघर घुम्या छैन क्यारे,” सुब्बाले भन्नुभयो, “जुनले सुरक्षा गर्छ, गरिबलाई हेर्छ उसैलाई भोट दिने हो ।” उनानचालिस वर्षका सूर्यचन्द चेपाङ पनि चुनावका बारेका केही खबर नै नआएको बताउनुहुन्छ । चितवनमा यही वैशाख १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । गाउँमा स्वयम्सेवक खटिएका छन् । चितवनमा सा�� स्थानीय निकाय छन् । कुल तीन लाख १३ हजार एक मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी हरि ढकाल बताउनुहुन्छ । पाँच सय चारजना चुनिँदै वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनले चितवनमा पाँच सय चारजना निर्वाचित हुँदैछन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाको एक महानगरपालिका, ६ नगरपालिका र एउटा गाउँपालिका गरी सात तहमा पाँच सय चारजनाका लागि निर्वाचन हुन लागेको हो । निर्वाचित सदस्यबाट पुनः मतदान गरी दलित वा अल्पसङ्ख्यकबाट २० जना पछि निर्वाचित हुने प्रावधान रहेकाले कुल पाँच सय २४ जना स्थानीय निकायमा छानिने जिल्ला निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो । “वैशाख ३१ मा पाँच सय चारजनाका लागि निर्वाचन हुन्छ,” ढकालले भन्नुभयो – “निर्वाचित प्रतिनिधिले दलित वा अल्पसङ्ख्यकका लागि पुनः मतदात गरेर २० जना निर्वाचित गर्नेछन् ।” निर्वाचन भएको १५ दिनभित्रमा मतदानबाट उनीहरुलाई ल्याइसक्नुपर्ने प्रावधान रहेको छ । चितवनको ६ वटा नगर र महानगरको मेयर र उपमेयरमा १२ जना तथा एउटा इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुई गरी मुख्य पदमा १४ जना निर्वाचित हुनेछन् । यस्तै जिल्लाको ९८ वटा वडामा ९८ जना वडाअध्यक्ष चयन हुनेछन् भने हरेक वडामा चारजनाका दरले तीन सय ९२ जना वडासदस्य निर्वाचित हुने छन् । चार सदस्यमध्ये एकजना दलित पर्नेगरी हरेक वडामा दुई महिला सदस्य अनिवार्य रहने व्यवस्था छ । वैशाख ३१ को निर्वाचनमा २९ वडा रहेको भरतपुर महानगरमा कुल एक सय ४७ जना निर्वाचित हुनेछन् । यस्तै १६ वटा वडा रहेको रत्ननगर नगरपालिकामा ८२, तेह्र वडा रहेको खैरहनी नगरपालिकामा ६७ र तेह्र वडा रहेको राप्ती नगरपालिकामा ६७ जना निर्वाचित हुन्छन् । एघार वडा रहेको कालिका नगरपालिकामा ५७ तथा ९ वडा रहेको माडी नगरपालिकामा ४७ जना निर्वाचित हुने जनाइएको छ । यस्तै ७ वडा रहेको इच्छाकामना गाउँपालिकामा ३७ जना निर्वाचित हुनेछन् । कुल तीन लाख १३ हजार दुई मतदाता निर्वाचन आयोगले दिएको अन्तिम नामावलीअनुसार चितवन जिल्लामा कुल तीन लाख १३ हजार दुई मतदाताले यसपालिको स्थानीय तहको निर्वाचनमा मतदान गर्दैछन् । जिल्ला निर्वाचन अधिकारी ढकालका अनुसार मतदाताको अन्तिम नामावली आइसकेको छ र आवश्यक तयारी तीव्र पारिएको छ । जिल्लामा एक सय ६१ मतदानस्थलमा तीन सय ७६ वटा मतदान केन्द्र तोकेर काम भइरहेको छ । जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना भइसकेको छ । जिल्लामा मतदाता शिक्षाका लागि तीन सय ७६ जना स्वयम्सेवकसमेत परिचालन गरिएको ढकालले जानकारी दिनुभयो । यहाँ २४ राजनीतिक दलले दल दर्ता गराएका छन् । The post  विकट पहाडी चेपाङ गाउँमा ‘चुनावको सम्चार आयो, नेता आ छैन’ appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चुनावको व्यग्र प्रतीक्षामा मतदाता काठमाडौँ, २ वैशाख । स्थानीय तह निर्वाचन घोषणासँगै मुलुकमा उत्साहको वातावरण देखिएको छ । सर्वसाधारण नेपाली नागरिकको विकास निर्माणप्रतिको उत्कष्ट अभिलाषा एवम् आकाङ्क्षाको प्रतिनिधित्व र परिपूर्ति गर्नका लागि हुने स्थानीय तहको निर्वाचनमा यहाँका मतदाताले मतदानको व्यग्र प्रतीक्षा गरेका छन् । संविधान जारी भएको दुई वर्ष पुग्न लागिसकेको छ तर त्यसको कार्यान्वयनमा नै समस्या उत्पन्न भइरहेका छन् । मुलुक संक्रमणकालीन अवस्थावाट बाहिर निस्किन छटपटाइरहेको बेला स्थानीय तह निर्वाचनको घोषणाले देशमा उत्साह थपिएको हो । करिब १९ बर्षको अन्तरालमा यही वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । नेपालको संविधान अनुसार २०७४ माघभित्र स्थानीय, प्रादेशिक तथा सङ्घको निर्वाचन सम्पन्न गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचना सुनिश्चित गर्नुपर्ने गुरुत्तर दायित्व राज्यसमक्ष छ । कम्तीमा स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुन सक्यो भने स्थानीयस्तरमा काम हुन थाल्ने र त्यसले मुलुकको समग्र परिस्थितिलाई पनि भिन्न हिसाबले अगाडी बढाउने अपेक्षा लिएको छ । नेपाली नागरिकको विकास निर्माणप्रति उत्कष्ट अभिलाषा पु��ा गर्न र संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य हो । संविधानले स्थानीय तहलाई शक्तिशाली बनाएको छ । निर्वाचनमार्फत अधिकार सम्पन्न ती तहको काम हुन थाल्यो भने त्यसले संविधानलाई दिगो र सुनिश्चित मात्र बनाउने होइन, राजनीतिक स्थायीत्व भई मुलुक विकास र समृद्धितर्फ अगाडी बढ्ने हुँदा आम मतदाताले यो निर्वाचनमा मतदान गर्न आतुर देखिएका छन् । “हामी नेपालको इतिहासको एक उत्साहपूर्ण क्षणमा आइपुगेका छौँ” अधिवक्ता कृष्णमुरारी रौनियारले भन्नुभयो, “राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयनसहितको नयाँ नेपाल निर्माणका लागि हुन लागेको यो चुनावलाई सफल र सार्थक बनाउन हामी सबैको साझा प्रयास हुनुपर्छ ।” “कामको चटारो भए पनि बहुसङ्ख्यक श्रमजीवी जनता स्थानीय चुनावमा सहभागी हुन आतुर देखिएका छन्”, काठमाडौँको घर निर्माणको कार्यमा संलग्न धनुषा चक्कर गाविसका राजकिसोर पण्डितले भन्नुभयो, “काम नगरी खान पाउने अवस्था छैन तर पनि यो चुनाव समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयन र समावेशी विकास गर्ने विषयसँग जोडिएकाले यसलाई जसरी भए पनि सफल बनाउनुपर्छ ।” प्राध्यापक राजेन्द्र कोइरालाले अहिलेको संवेदनशील अवस्थामा अस्थिरता मच्चाउने तत्वले बन्दै गएको निर्वाचनका वातावरणलाई बिथोल्न सक्रिय भएर लाग्न सक्ने भएकाले यसतर्फ हामी सबै गम्भीर हुनुपर्छ भन्नुभयो । आसन्न स्थानीय तह निर्वाचनका लागि मुलुकभरी चुनावी प्रचारप्रसारको सरगर्मी बढ्न थालेको पनि देखिन्छ । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा माओवादी (केन्द्र) र राप्रपा नेपाललगायत अन्य पार्टीले पनि चुनावी सभा, सम्मेलन र प्रचारप्रसारलाई तिव्रता दिएपछि सरगर्मी बढेको हो । संविधानमा वडा, गाउँ वा नगरपालिका र जिल्ला गरी तीन तहको स्थानीय संरचना व्यवस्था गरिएको छ । गाउँपालिकाको सबै वडाका निर्वाचित अध्यक्ष सहित ५ जना निर्वाचित प्रतिनिधि, अध्यक्ष तथा उपाध्यक्ष र दलित वा अल्पसङ्ख्यक समुदायबाट गाउँसभाले चुन्ने २ जना व्यक्तिको गाउँसभा तथा नगरपालिकाको वडा समितिमा निर्वाचित अध्यक्षसहित ५ जना निर्वाचित प्रतिनिधि, प्रमुख तथा उपप्रमुख र दलित वा अल्पसङ्ख्यक समुदायबाट नगरसभाले चुन्ने ३ जना व्यक्तिको नगरसभा गठन हुने व्यवस्था छ । यसरी बन्ने सभामा गाउँपालिकाका अध्यक्ष उक्त गाउँसभाको र नगरपालिकाका प्रमुख उक्त नगरसभाको पदेन अध्यक्ष रहने व्यवस्था छ । त्यस्तै उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा सम्बन्धित सभाका २ जना सदस्यसहित ३ जनाको न्यायिक समिति बन्ने व्यवस्था छ, जसले स्थानीय तहका तोकिएको विषयका मुद्दा फैसला गर्नेछ । यसैगरी जिल्लासभामा जिल्लाभित्रका गाउँ कार्यपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिकाका प्रमुख र उपप्रमुख सदस्य रहनेछन् तर सम्बन्धीत जिल्लाभित्रका गाउँ वा नगरसभाका सबै सदस्य जिल्ला समन्वय समितिको कुनै पनि पदका लागि उम्मेदवार हुन योग्य हुनेछन् । जिल्लासभाले एक प्रमुख, एक उपप्रमुख, कम्तिमा तीन जना महिला र कम्तिमा एक जना दलित वा अल्पसङ्ख्यकसहित बढीमा ९ जना सदस्य रहेको जिल्ला समन्वय समिति निर्वाचित गर्नेछ । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्यको पदमा निर्वाचित भएमा त्यस्तो व्यक्तिको गाउँसभा वा नगरसभाको सदस्य पद स्वतः रिक्त हुनेछ । यसरी गठन हुने यी सभा स्थानीय निकायमा रहेको संसद् वा व्यवस्थापिका प्रकृतिका हुने व्यवस्था छ । त्यस्तै गाउँपालिका वा नगरपालिकाको निर्वाचनमा प्रत्येक वडाबाट ५ जना र अध्यक्ष, उपाध्यक्ष वा नगरको हकमा प्रमुख, उपप्रमुख २ गरी ७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । अन्य प्रतिनिधिको हकमा निर्वाचनको नतिजा प्राप्त भएपछि १५ दिनभित्र गाउँपालिकाबाट निर्वाचितमध्ये ४ जना महिला गाउँसभाले चुन्ने, दलित तथा अल्पसङ्ख्यक समुदायबाट २ जना व्यक्ति गाउँसभाले निर्वाचित गर्ने र नगरपालिकामा ५ जना महिला नगरपालिकाबाट निर्वाचित मध्येबाट नगरसभाले चुन्ने, दलित वा अल्पसङ्ख्यक समुदायबाट ३ जना व्यक्ति नगरसभाले निर्वाचित गर्ने व्यवस्था छ । यसरी मुलुकका ७ सय ४४ निकायमा संलग्न हुने करिब ३६ हजार निर्वाचित प्रतिनिधिका कारण देशमा सकारात्मक वातावरण सृजना हुनेछ । स्थानीय तह निर्वाचन ऐन २०७३ मा महिला सहभागिता सम्बन्धमा प्रत्येक वडामा एक दलित महिलासहित २ जना, गाउँपालिकामा अध्यक्ष वा उपाध्यक्षमध्ये एक जना पदाधिकारी, वडामा निर्वाचितमध्येबाट गाउँसभाले निर्वाचित गर्ने ४ जना सदस्य, नगरपालिकामा प्रमुख वा उपप्रमुखमध्ये एक जना पदाधिकारी, वडामा निर्वाचितमध्येबाट नगरसभाले निर्वाचित गर्ने ५ जना सदस्य र जिल्ला समन्वय समितिमा ३ जना महिला सदस्य पद आरक्षण गरिएका छन् तर दल फरक भएमा यो व्यवस्था लागु नहुने व्यवस्था छ । यी आरक्षित पद बाहेक पनि महिलाले उम्मेदवारी दिन सक्ने छन् । उल्लेखित व्यवस्था हेर्दा हरेक वडामा ५ पदमा दुई महिला हुनैपर्ने कारणले ४० प्रतिशतसम्म महिला कोटा आरक्षण गरिएको देखिन्छ । यसका साथै उम्मेदवार हुँदा जम्मा गर्नुपर्ने धरौटी रकममा महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्नलाई ५० प्रतिशत छुटको व्यवस्था पनि छ । यसरी समावेशीका आधारमा महत्वपूर्ण मानिएका स्थानीय तहको निर्वाचन प्रक्रियामा सबै मतदातालाई निर्भिक रुपमा सहभागी गराउने वातावरण सृजना गर्नका लागि मधेसका समस्यासमेत सम्वोद्धन गरी चुनाव वैशाख ३१ मै पूरा गर्नेतर्फ दलहरुको ध्यान केन्द्रीत हुनुपर्दछ । चुनावभन्दा सत्ता हेरफेरमा बढ्ता जोड दियो भने त्यसले मुलुकलाई फेरि अधोगतितर्फ लैजाने निश्चित छ । The post चुनावको व्यग्र प्रतीक्षामा मतदाता appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
माओवादी केन्द्र बैठकका ५ निर्णय: चुनावको मुल नारा देखि उम्मेद्वार तोक्नेसम्म १ वैशाख, काठमाडौं। प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले मधेशी मोर्चालाई वार्ता र सहमतिका माध्यमवाट समस्या समाधानका लागि अपिल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले मोर्चालाई वार्ता र सहमतिका माध्यमवाट समस्या समाधान गरी स्थानीय तहको निर्वाचनमा सहभागी बन्न आग्रह गरेको हो । बैठकले मधेशी मोर्चासँग निरन्तर वार्ता गरी चुनावमा सहभागी हुने वातावरण तयार पार्न सरकारलाई आग्रह गरेको छ । बैठकले पार्टीको मूल नारा ‘माओवादी केन्द्रको उपहार, गाउँ-नगरमा सिंहदरबार’तय गरेको प्रवक्त पम्फा भूषालले जानकारी दिइन । बैठकले बैशाख ९ गते १ बजे देशका ७४४ वटै महानगरपालीका/नगरपालीका/गाउपालिकामा चुनावी जनसभा गर्ने निर्णय गरेको छ । साथै यही बैशाख ३१ गतेको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन देशैभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी बैशाख ९ गतेसम्म उम्मेदवार टुंगो लगाइसक्ने निर्णय गरिएको छ । The post ��ाओवादी केन्द्र बैठकका ५ निर्णय: चुनावको मुल नारा देखि उम्मेद्वार तोक्नेसम्म appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
स्थानीय चुनावको मुखैमा एमालेको काठमाडौं जिल्ला कमिटी पुनर्गठन १६ चैत, काठमाडौं । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेले काठमाडौं जिल्ला कमिटी पुनर्गठन गरेको छ । गुटबन्दीका कारण स्थानीय तहको चुनावमै असर पर्ने भएपछि सबै पक्षलाई मिलाएर जिल्ला कमिटी
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चुनावको मुखमा युवा संघ उपाध्यक्ष राजु गुरुङमाथि एमालेको कारवाही १५ चैत, काठमाडौं । नेकपा एमालेले पार्टीको हित विपरित अराजक गतिबिधि गरेको भन्दै युवा संघका केन्द्रीय उपाध्यक्ष राजु गुरुङमाथि कारवाही थालेको छ । रुपन्देही जिल्ला कमिटीको बैठकले गुरुङलाई स्पष्टिकरण
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चुनावको तिव्र तयारीमा निर्वाचन कार्यालय १० चैत, डडेल्धुरा। वैशाख ३१ गते हुन गइरहेकोे स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले सबै किसिमका तयारी तीव्र पारेको छ । डडेल्धुरा निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने, दल दर्तासहित मतदानस्थल निर्धारण कार्य सम्पन्न गरिसकेको जिल्ला निर्वाचन अधिकृत कृष्णसिंह नायकले जानकारी गराए । जिल्लास्थित मतदान केन्द्र सिफारिस समितिले डडेल्धुरामा ७७ निर्वाचन स्थलका लागि निर्वाचन आयोगलाई सिफारिस गरिसकेको छ, भने निर्वाचनमा आवश्यक पर्ने कर्मचारीको विवरण समेत सङ्कलन गरिसकेको छ । डडेल्धुरामा १३ राजनीतिक दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन शिक्षा र मतदाता शिक्षा कार्यक्रम पनि तुरुन्तै सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकृत नायकले जनाएका छन् । डडेल्धुरा जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा ७६ हजार मतदाता रहेको जनाइएको छ । जिल्लामा ७६ हजार ९८८ मतदाता रहेको भए पनि निर्वाचन आयोगबाट अन्तिम नामावली आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनको सुरक्षाको लागि भन्दै जिल्लाको सुरक्षा अवस्थाका बारेमा रणनीति बनाइरहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लास्थित सम्पूर्ण राजनीतिक दलको सहमतिमा निर्वाचनस्थल निर्धारण गर्नुका साथै सुरक्षाको व्यवस्थापनका लागि सुरक्षा निकायसँग छलफल गरिरहेको डडेल्धुरा��ा प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए । जिल्लास्थित राजनीतिक दलसमेत आआफ्ना कार्यक्रम लिएर सदरमुकामदेखि गाउँपालिका र वडासम्म गाउँ अभियानमा व्यस्त रहेका छन् । करिब दुई दशकपछि हुन थालेको स्थानीय तहको निर्वाचनपश्चात् विकासले गति लिने समेत आम सर्वसाधारणले विश्वास लिएका छन् । रासस The post चुनावको तिव्र तयारीमा निर्वाचन कार्यालय appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
रोल्पामा यसरी हुँदैछ चुनावको तयारी रोल्पा, ६ चैत । सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि दलहरु बिस्तारै त्यसको तयारी गर्दैछन् । सत्ता गठबन्��नको ठूलो दल नेपाली काँग्रेस रोल्पाले बैठक बसी निर्वाचन केन्द्रित कार्यक्रम आरम्भ गर्ने जनाएको छ । पार्टी केन्द्र��ो परिपत्र प्राप्त हुनेबित्तिकै सबै नगरपालिका र गाउँपालिकामा प्रतिनिधि खटाई निर्वाचन केन्द्रित कार्यक्रम गर्ने तथा उम्मेदवार पनि छनोट गर्ने पार्टी सभापति अमरसिं पुनले बताउनुभयो । जिल्लाका कार्यकर्ता केन्द्रको कार्यक्रम पर्खेर बसेको पुनको भनाइ छ । काँग्रेस रोल्पाले माओवादी अतिप्रभावित मानिने थवाङमा चैत ५ गते जिल्ला कार्यसमितिको बैठकसमेत सम्पन्न गरिसकेको छ । प्रतिपक्ष दल नेकपा (एमाले) रोल्पाले भने एक चरणमा जिल्लाका अधिकांश गाउँपालिका कार्यक्रम सम्पन्न गरिसकेको छ । हालै पार्टी केन्द्रको मेची महाकाली राष्ट्रिय अभियानलाई सहयोग गरेको बताउँदै अध्यक्ष हरिप्रसाद घर्तिमगरले अब पार्टी केन्द्रको बैठक बसी निर्वाचन केन्द्रित कार्यक्रम तय तय गरिने जानकारी दिनुभयो । सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) रोल्पा भने निर्वाचन गतिविधिमा अन्य दलभन्दा अगाडि देखिएको छ । सो पार्टीले जिल्लाका सबै वडा, गाउँपालिका र नगरपालिकाको अधिवेशन गरिसकेको छ । पार्टी अध्यक्ष सुरेन्द्र घर्तीका अनुसार वडा, गाउँ र नगरपालिकाको अधिवेशनकै क्रममा उम्मेदरवार बन्न योग्य व्यक्ति छनोट भइसकेकाले स्थानीय तहमा समेत मोटामोटी तिनै व्यक्ति उम्मेदवार हुने स्पष्ट पार्नुभयो । राप्रपा रोल्पामा भने पार्टी एकतापछिको विवाद अझै सकिएको छैन । जिल्लामा दुई समूहले आआफ्नो समूहका अध्यक्ष घोषणा गरेका छन् । टीकाबहादुर ओलीलाई पूर्वराप्रपा नेपाल पक्षधर र अमरबहादुर थापालाई पूर्वराप्रपा पक्षधरले समर्थन गरेका छन् । जिल्लामा दुवै समूहको छुट्टाछुट्टै पार्टी कार्यालय अझै पनि कायम छ । दुवै समूहले समानान्तर गतिविधि गरिहेका कारण स्थानीय तहको निर्वाचनमा उनीहरुको ध्यान जान सकेको छैन । सङ्घीयताको विरोधमा रहेको राष्ट्रिय जनमोर्चा रोल्पाले समेत जिल्लामा निर्वाचन गतिविधि सुरु गरेको छैन । “पार्टी केन्द्रको सर्कुलर प्राप्त हुनेबित्तिकै निर्वाचन केन्द्रित गतिविधिमा लाग्छौँ”, अध्यक्ष मेघनाथ विष्टले भन्नुभयो । जिल्लामा सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल परिवार दल, नेपाल मजदुर किसान पार्टी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माले र नयाँ शक्ति नेपाल पार्टीसमेत निर्वाचन आयोगमा दर्तामा रहेका छन् । माओवादीबाट फुटेर गएका नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्यले नेतृत्व गरेको नेकपा(क्रान्तिकारी माओवादी) भने निर्वाचन कार्यालयमा दर्ता गरेका छैनन् । नेकपा रोल्पा जिल्ला सेक्रेटरी दलबहादुर खत्रीले आफूहरुले संविधान नै अस्वीकार गरेको हँुदा त्यही संविधानअन्र्तत हुने कुनै पनि निर्वाचनमा सहभागिता नजनाउने प्रस्ट पार्नुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चुनावको मिति घोषणासंगै सर्वसाधारण उत्साहित सिन्धुली, १५ फागुन- स्थानीय तह चुनावको मिति घोषणासंगै यहाँका सर्वसाधारण उत्साहित भएका छन् ।  स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि भएपछि गाउँका विकास निर्माण तिव्र गतिमा अगाडी बढ्ने तथा विभिन्न समस्याको सहज निकास हुनेमा यहाँका जनता आशावादी छन् । सरकारले आउँदो वैशाख ३१ गतेका लागि स्थानीय तह चुनावको मिति घोषणा गरेको छ । स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि खुसी हँुदै कमलामाई नगरपालिका सुशीला लामाले सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नु स्वगतयोग्य रहेको बताउनुभयो । ‘१९ वर्षदेखि स्थानीय निकायमा जनप्रतिनिधि नहँुदा सर्वसाधारणले धेरै समस्या झेलिरहेको उल्लेख गर्दै उहाँले अब पनि तोकिएकै समयमा निर्वाचन होस् भन्नुभयो’ । समयमा नै स्थानीय निकायको चुनाव गराएर विकास निर्माणको कार्यलाई गति दिनुपर्ने धारणा उहाँको छ । यस्तै स्थानीय टङ्कध्वज थापाले अब हुने स्थानीय निकायको चुनावमा असल, कुशल, राजनीतिक व्यक्तिको छनोट हुने विश्वास व्यक्त गर्नुभयो । राजनीतिक चलखेल नभइ तोकिएको मितिमै स्थानीय निकायको चुनाव सम्पन्न गर्न यहाँका सर्वसाधारणले अनुरोध गरेको स्थानीय बुद्धिजीवी फाल्णुणी शमाले बताउनुभयो । स्थानीय निकायबाट प्राप्त गर्ने सेवा सुविधा सहज रुपमा पाउन नसकेको अवस्थामा निर्वाचनको मिति घोषणा गर्नु निकै स्वागतयोग्य रहेको उहाँले बताउनुभयो । स्थानीय तह निर्वाचनको टङ्गो लागेपछि जिल्लाका सबै क्षेत्रका नागरिकको मन कौतुहल्ता र आशाले भरिएको छ । निर्वाचन हुने भएपछि व्यापार व्यवसाय, विकास निमार्णमा आइपरेका अप्ठ्यारा सहज हुने भन्दै सरकारको यो निर्णयलाई सिन्धुलीका व्यवसायीलेसमेत स्वागत गरेका छन् । अहिले गाउँ, बजार, नगर, सदरमुकामलगायतका स्थानमा चुनावका विषयमा चर्चा परिचर्चा चल्न थालेका छन् । झन्डै दुई दशकपछि हुन लागेको यो निर्वाचनलाई स���वच्छ र पारदर्शीरुपमा सम्पन्न गराउनमा सहयोग गर्न जिल्लास्थित विभिन्न राजनीतिक दलले यहाँका समाजसेवी, बुद्धिजीवी, सरोकारवाला निकाय र सर्वसाधारणलगायत सबैलाई आग्रह गर्न थालेका छन् ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चुनावको मिति घोषणासँगै डडेल्धुरावासी हर्षित डडेल्धुरा, १२ फागुन- नेपाल सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै डडेल्धुराका स्थानीयवासी खुसी हुनाका साथै घोषणाको स्वागत गरेका छन् । दुई दशकपछि हुन लागेको स्थानीय निकायकोे चुनावको मिति घोषणा भएको भन्दै डडेल्धुरावासी खुसी भएका हुन् । झन्डै दुई दशकपछि स्थानीय जनप्रतिनिधि पाउनुका साथै नेपालको संविधान कार्यान्वयन हुने भन्दै जिल्ला सदरमुकामदेखि गाउँगाउँका स्थानीयवासी खुसी भएका अजमेरका पूर्वगााविस अध्यक्ष हिक्मतबहादुर ऐरले जनाएका छन् । नेपालको संविधान कार्यान्वयनको पहिलो आधारका रुपमा स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै चिया पसलदेखि बजारका चोकचोकमा स्थानीय छलफलमा व्यस्त रहेका छन् । तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गर्नसमेत डडेल्धुरावासीले माग गरेको वेलापुर गाविस–९ का समाजसेवी तथा किसान नेता धनबहादुर साउदले बताउनुभयो । चुनावको मिति घोषणासँगै जिल्लाको गाउँगाउँमा समेत चुनावको चहलपहल बढेको छ । उम्मेदवार चयनका लागि जिल्लास्तरका राजनीतिक दलसमेत छलफलमा व्यस्त हुन थालेका छन् । लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न पाउने भन्दै डडेल्धुरावासी खुसी भएका गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष टेकराज पाण्डेयले बताउनुभयो । साथै, जनप्रतिनिधिमा कस्लाई र कुन पार्टीको उम्मेदवारलाई भोट दिने भन्ने बारेमा समेत छलफल गर्न थालेका छन् । साथै, आन्दोलनको घोषणा गरेका मधेसवादी दललाई समेत लामो समयपछि हुन लागेको स्थानीय निकायको चुनावमा सहभागी गराउन ठूला राजनीतिक दललाई डडेल्धुरावासीले आग्रहसमेत गरेका छन् ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चुनावको मिति घोषणा गर्ने अन्तिम तयारी पाँचथर, १४ माघ- सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले सरकार स्थानीय तहको चुनावको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको बताउनुभएको छ । पाँचथरको फिदिममा आज बिहान राससकर्मीसित कुराकानी गर्दै राज्यमन्त्री जवेगुले बढीमा १५ दिन भित्रमा चुनावको मिति घोषणा हुने बताउनुभयो । स्थानीय तहको चुनावसँगै संविधान कार्यान्वयनको प्रक्रिया सुरु हुने भन्दै राज्यमन्त्री जवेगुले सरकार अब चुनावबाट पछि नहट्ने स्पष्ट पार्नुभयो । त्यसका लागि सत्ता साझेदार र प्रतिपक्षीदलबीच सहमति हुन आवश्यक भएकाले आवश्यक छलफल र संवाद भइरहेको उहाँको भनाइ थियो । राज्यमन्त्री जवेगुले संविधान संशोधनका चारवटा विषयमध्ये प्रमुख सीमाङ्कनको विषयलाई सङ्घीय आयोग बनाएर आयोगले गर्ने सिफारिसका आधारमा टुङ्गो लगाइनुपर्ने बताउनुभयो । विभिन्न वर्ग र समुदायले उठाइरहेका राजनीतिक अधिकार सुनिश्चित हुन अझै बाँकी रहेको उल्लेख गर्दै जवेगुले बाँकी अधिकार प्राप्ति र मुलुकको समृद्धिको दिशामा एकसाथ अघि बढ्न आवश्यक रहेकोमा जोड दिनुभयो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमसम्बन्धी आवश्यक परामर्श र छलफलका लागि गृह जिल्ला पाँचथर आइपुग्नुभएका राज्यमन्त्री जवेगुले पत्रकारसँग जिल्लाको शान्तिसुरक्षा, विकास निर्माण र कार्यालयको कार्यसम्पादनको अवस्थाका बारेमा जानकारीसमेत लिनुभएको थियो ।
0 notes
nepal123 · 8 years ago
Text
चुनावको तयारी गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह
चुनावको तयारी गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह
window.$tbn = window.$tbn || {“d”:function(){}}; $tbn.d(“15cf88c7-44de-1662-4811-b1a1b9e7f6b8”); ४ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगलाई चुनावको तयारी गर्न आग्रह गरेका छन् । प्रचण्डलाई झड्का,सत्ता पक्षकै पाँच सांसद ओलीको लाइनमा ! window.$tbn = window.$tbn || {“d”:function(){}}; $tbn.d(“71185189-5bee-d7d2-13cd-08d08605e07a”); दुबईको चार…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चुनावका लागि क्रियाशिल हुन काँग्रेस कार्यकर्तालाई महामन्त्री कोईरालाको निर्देशन पोखरा, २५ पुस– नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संविधानको कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन् । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, लामाचौरमा निर्माणाधीन बिपी स्मृति पार्कको आज शिलान्यास गर्दै उनले संविधानले निर्दिष्ट गरेअनुसारका स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचन गरेपछि मात्र संविधानको सही कार्यान्वयन हुन्छ भन्ने पक्षमा नेपाली काँग्रेस रहेको बताए । देशमा चाँडै नै स्थानीय तहको निर्वाचन हुने बताउँदै उनले त्यसका लागि क्रियाशील बन्न पार्टीका कार्यकर्तालाई निर्देशन दिए । आर्थिक समृद्धि र विकास अब देशको प्राथमिकता रहेकामा उनको जोड थियो । नेपाल विद्यार्थी सङ्घ पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस एकाइ अध्यक्ष एवम् बिपी स्मृति पार्क निर्माण समितिका संयोजक सुमन शर्माले बिपीका आदर्श र योगदानलाई जीवन्त राख्न उहाँको स्मृतिमा पार्क निर्माण गर्न लागिएको जानकारी दिए । नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले निर्माणाधीन पार्क निर्माणका लागि नेपाली काँग्रेस कास्कीका साथै अन्य निकायबाट सहयोग जुटाइने विश्वास व्यक्त गरे । नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाट, नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियार, कास्की काँग्रेसका सभापति कृष्ण केसीलगायतको उपस्थिति रहेको कार्यक्रममा विद्यार्थी नेताहरू आशिष शर्मा, आदर्श लामिछानेलगायतले आ–आफ्ना धारणा राखेका थिए ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
गृहजिल्ला पुगेर रामचन्द्रले कार्यकर्तालाई दिए चुनावका लागि तयार रहन निर्देशन दमौली, १७ पुस- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छिट्ट्रै तीन तहको निर्वाचन हुने भएकाले तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । काँग्रेसका कार्यकर्तालाई तनहुँको भिमादमा आज सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सरकार संविधान संशोधन प्रक्रिया टुङ्ग्याएर निर्वाचन गर्ने तयारीमा जुटेको आफूले पाएको पौडेलले बताए । “सरकार जेठसम्ममा स्थानीय चुनाव गर्ने र मङ्सिर सम्ममा प्रदेश र संसद्को चुनाव गर्ने तयारीमा छ । त्यसैले तपाईँहरू निर्वाचनका लागि तयारी हुनुहोस्” पौडेलले भने । संसद्मा अवरोध गर्नाको सट्टा नेकपा (एमाले) ले संसद् खुलाउन पहल गर्नुपर्ने बताउँदै पौडेलले संविधान जारी गर्दा एक भएका दलहरु संशोधन प्रक्रियामा पनि एक भएर अगाडि बढनुपर्ने बताए ।
0 notes