#बसनपरछ
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
चुनावको प्रभाव इन्धनमा : यसकारण सर्वसाधारण बस्नुपर्छ लाइन काठमाडौं – आपूर्तिमा कुनै अवरोध छैन । आयल तिगमका अधिकारी भन्छन् ‘आवश्यकता अनुसार इन्धन आपूर्ति भइरहेको छ ।’ आजको कान्तिपुरमा खबर छ । पेट्रोल पम्प सञ्चालकहरुका नेता भन्छन् ‘आधा पम्पमा इन्धन छैन’ तर, यो साताको सुरु भएदेखि नै राजधानीका सर्वसाधारणले लाइन नबसी इन्धन पाएका छैनन् । एक दुई दिन बिदा हुने बित्तिकै लाइन बस्न बाध्य हुन्छौं बसुन्धारा प्रहरी पम्पमा भेटिएका श्याम बर्तौलाले भने, ‘सरकारका कारण उपभोक्ताले दुख पाएका छन् ।’ ‘अहिले इन्धन अभाव हुनुमा निगम र व्यवसायीकै ठूलो हात छ । निगमले वितरण गरेको दावी गरेपनि तेल बजारभन्दा अन्य क्षेत्रमा गएको छ ।’ ‘पम्प सञ्चालकहरुले पनि चुनावकै लागि सञ्चय गरेका छन् ।’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । The post चुनावको प्रभाव इन्धनमा : यसकारण सर्वसाधारण बस्नुपर्छ लाइन appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
जहाँ छ महिना बाँदर धपाएरै बस्नुपर्छ ! सोलुखुम्बु, १६ मङ्सिर- भिर र जङ्गल नजिक रहेको बारीमा लगाइएको बाली जोगाउन यहाँका बासि��्दालाई हम्मे हम्मे पर्ने गरेको छ । बालबालिका बिहान उज्यालो भएदेखि साँझसम्म बारीमै बस्छन् । गाउँभरीका बालबालिका जम्मा हुन्छन् । उनीहरु बारीमै खैल्छन् । खाजा त्यहीँ खान्छन् । अनि साँझ परेपछि मात्र घर फर्कन्छन् । “बाली पाक्ने बेलासम्म कहिले स्कुल जाँदैनौँ,” सोताङ गाविस– ६ का १२ वर्षीय नौकुवीर नाछिरिङले भन्नुभयो । बारीमा कोदोबाली पाक्नथालेकाले बालबालिका दिनभर बारीमै बस्ने गरेका छन् । जङ्गल र भिरको छेउमा रहेको बारीमा बाली पाक्न नपाउँदै हुलका हुल बाँदर आएर सिध्याउने गरेका छन् । “बिहान उज्यालो भएदेखि साँझसम्म बाँदर खेदाउन बारीमै बस्नुपर्छ,” सोताङ– ६ रोककी तुलीमाया नाछिरिङले भन्नुभयो । अभिभावक काम गर्न जानुपर्ने भएकाले बाँदर खेद्ने जिम्मा बालबालिकाको हुने गरेको छ । उनीहरु वर्षमा आधाभन्दा बढी समय बाँदर खेद्नमै बिताउँछन् । कात्तिक–मङ्सिरमा कोदो, चैत–वैशाखमा गहुँ जौ, जेठ–असारमा आलु तथा साउन–भदौमा मकैबाली जोगाउनुपर्ने भएकाले बालबालिका सधैँजसो बारीमा बसेर बाँदरको गोठालो लाग्नुपर्छ । “बाँदर खेद्न जानुपर्ने भएकाले विद्यार्थीको पढाइ निकै प्रभावित हुने गरेको छ,” स्थानीय शिक्षक भूपेन्द्र नाछिरिङले भन्नुभयो । बाली पाक्ने बेलामा विद्यालयमा विद्यार्थीको उपस्थिति अत्यन्तै कम हुने गर्छ । बालबालिका साँझसम्म बाँदर खेद्न जान्छन् भने अभिभावक रातको समयमा भालु तथा दुम्सी खेद्न जानुपर्छ । दुम्सी र भालु धपाउन अभिभावकको बास बारीमै हुने गरेको छ । “बाली उठाउने बेलामा त विद्यालय रित्तै हुन्छ,” शिक्षक नाछिरिङले भन्नुभयो । बाँदरको ठूलो हुल आएको बेलामा बारीमा थोरै बालबालिका भएमा बाँदरले आक्रमण गर्ने डर रहन्छ । जनावरले गाउँका केही बालबालिकालाई घाइते समेत बनाएको छ । चार वर्षअघि बाँदरको आक्रमणबाट एक बालकको मृत्यु भएको शिक्षक नाछिरिङले बताउनुभयो ।
0 notes