Tumgik
#तरकल
nepal123 · 7 years
Photo
Tumblr media
भित्रियो कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने प्रविधि २२ चैत, बाबियाचौर (म्याग्दी) । म्याग्दीमा कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने प्रविधि भित्रिएको छ ।  जिल्ला कृषि विकास कार्यालय म्याग्दी र काठमाडौँको गोदावारीमा रहेको मौरीपालन विकास शाखाको सहयोगमा
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
यसरी चलाउन सकिन्छ सुरक्षीत तरिकाले इन्टरनेट, जान्नुहोस् थप रहस्य विनोद भट्टराई सफ्टवेयर इन्जिनियर कम्प्युटर, ट्याब्लेट, मोबाइल, ल्यापटपमा इन्टरनेट चलाउँदा जतिवेला पनि भाइरसले आक्रमण गर्न सक्छ । यस्ता डिभाइस भाइरसयुक्त भएमा त्यसको असर तुरुन्तै देखिने तथा दीर्घकालीन पनि हुन सक्छ । भाइरसले डिभाइसमा भएका व्यक्तिगत विवरणदेखि वित्तीय जानकारीसम्म पनि चोरी गर्न सक्छन् । जसले गर्दा ठूलै नोक्सानी पनि बेहोर्नुपर्ने हुन्छ । डिभाइसमा हुने यस्तो खतरायुक्त भाइरसबाट जोगिनका लागि सुरक्षित तरिकाले इन्टरनेट चलाउने बानीको विकास गर्नुपर्छ । त्यसका लागि इन्टरनेट चलाउँदा अपनाउनुपर्ने सावधानी यस्ता छन्ः —सबैभन्दा पहिला आफूले व्यक्तिगत रूपमा चलाउने मोबाइल, ल्यापटप, कम्युटरजस्ता डिभाइस सुरक्षित राख्नुपर्छ । त्यसका लागि डिभाइसमा एन्टिभाइरस सफ्टवेयर राख्नुपर्छ । समय–समयमा अपडेट गर्नुपर्छ । —एन्टिभाइरसबाहेक पनि ब्राउजर र अपरेटिङ सिस्टमलाई पनि नियमित अपडेट गनुपर्छ । यति गरेमा धेरै समस्याबाट मुक्त भइन्छ । —इन्टरनेट चलाउँदा एकैपटक धेरै वेबसाइट ओपन गरिन्छ । त्यस्तो वेलामा कुनै वेबसाइटको लिंकमा शंका लागेको छ भने सो लिंकमा क्लिक गर्नु हुँदैन । —कुनै पनि लिंक क्लिक गर्नुभन्दा अगाडि आफ्नो आवश्यकताभित्र पर्छ कि पर्दैन, विचार पु¥याउनुपर्छ । कतिपय लिंक क्लिक गर्न विभिन्न प्रलोभन पनि देखाइरहेका हुन्छन् । त्यस्तो लिंक क्लिक गर्न भने बढी सावधान हुनुपर्छ । —शंकास्पद वेबसाइटको पहिचान गर्ने बानीको विकास गर्नुपर्छ । एउटा वेबसाइट ओपन गर्दा त्योसँगै अन्य वेबसाइट पनि विज्ञापनको स्वरूपमा आउन सक्छन् । त्यस्ता अन्य वेबसाइट ओपन नगर्नु नै बुद्धिमानी हुन्छ । —इमेल चलाउँदै गर्दा स्पाममा पहिचान नभएका व्यक्ति तथा संस्थाबाट आएको मेल ओपन गर्दै नगर्ने । चिनेकै व्यक्तिबाट आएको मेल पनि शंकास्पद लिंक तथा अट्याच गरिएका फाइलहरू खतरनाक हुन सक्छन् । त्यसैले विचार गरेर मात्र ओपन गर्नुपर्छ । —कम्प्युटरमा राखिने सफ्टवेयरहरू पनि विश्वासिलो र भरपर्दो स्रोतबाट डाउनलोड गर्नुपर्छ । सित्तैमा वा सस्तो मूल्यमा पाइयो भन्दैमा डाउनलोड गर्नु हुँदैन । मोबाइल पनि एन्ड्रोइड छ भने गुगलको स्टोर या अन्य भरपर्दो एपस्टोेरबाट मात्र डाउनलोड गर्नुपर्छ । —सामाजिक सञ्जालमा धेरै लिंक, गेम तथा एप आइरहेका हुन्छन् । त्यस्ता लिंकहरू विश्वासिलो स्रोतबाट आएको हो भने मात्र चलाउनुपर्छ । अन्यथा, त्यसले आफैँलाई समस्या पार्न सक्छ । —कम्प्युटरमा फायर वाल इन्स्टल गर्दा मात्र पनि ह्याकरबाट जोगिन सकिन्छ । —ब्राउजर सेटिङमा प्राइभेसी पोलिसी सेटिङ गर्ने विषयमा ध्यान दिनुपर्छ । आफ्नो सम्पूर्ण डिभाइसमा पासवर्ड बलियो राख्नुपर्छ । कतिपय चिनेकै व्यक्तिले पनि आफ्नो विवरण चोरी गर्न सक्छन् । सोबाट जोगिन पासवर्डले धेरै मद्दत गर्छ ।नयाँ पत्रिकाबाट
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
सजिलो तरिकाले यसरी घरमै बनाउनुस् स्वादिलो फिस एण्ड चिप्स सामग्री : बासा माछा ३ सय ग्राम, मैदा ५५ ग्राम, कर्नफ्लोर ५५ ग्राम, नुन–मरिच स्वादअनुसार, बेकिङ पाउडर १ चम्चा, पानी ७५ मिलिलिटर, पोटाटो चिप्स २ सय ग्राम, सलादका लागि काँक्रो, गाजर, बन्दा, लेमन ओयली सस २५ मिलिलिटर । विधि :  एउटा ठूलो भाँडामा दुई चम्चा मैदा, एक चम्चा कर्नफ्लोर, बेकिङ पाउडर, नुन–मरिच हालेर मज्जाले फिट्ने । त्यसमा पानी हालेर अझ नरम बनाउने । त्यो मिक्स्चरमा माछालाई डुबाई एक घन्टाजति फ्रिजमा राख्ने । एक घन्टापछि माछालाई फ्रिजबाट निकालेर फ्राई गरी ब्राउन र क्रिस्पी बनाउने । यो खाना ब्रिटिस खानामा एक पर्छ । नारी म्यागेजिनबाट ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
सीमाङ्कनको समाधान तानाशाही तरिकाले हुँदैन : वैद्य काठमाडौँ, १५ मङ्सिर । सरकारद्वारा मङ्गलबार संसद् सचिवालयमा दर्ता गरिएको नेपालको संविधान संशोधन विधेयकमा राखिएको सीमाङ्कनलगायत विषयप्रति नेकपा(क्रान्तिकारी माओवादी)ले आपत्ति प्रकट गरेको छ । पार्टी अध्यक्ष मोहन वैद्यले आज विज्ञप्ति जारी गर्दै सीमाङ्कनलगायत विषयको समाधान तानाशाही तरिकाले नभई अग्रगामी तथा परिवर्तनशील राजनीतिक शक्ति र सम्बन्धित जिल्ला तथा प्रदेशका नागरिकको राय सुझाव र सहमति अनुसार गर्नुपर्ने बताउनुभएको छ । सीमाङ्कनलगायत विषयको विरोधमा नागरिकले राखेका उचित माग तथा उनीहरुद्वारा आयोजित प्रदर्शन र हडतालका कार्यक्रमप्रति आफ्नो पार्टीको समर्थन रहेको अध्यक्ष वैद्यद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । संविधान नागरिकको इच्छा र भावना विपरीत भएकाले त्यसको विकल्पमा सङ्घीय जनगणतान्त्रिक संविधान बनाउनुपर्ने सो पार्टीले माग गरेको छ ।
0 notes