#गरनहस
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
क्यामेरा कुन किन्ने भन्ने दोधारमा हुनुहुन्छ, यी कुरामा ख्याल गर्नुहोस् तपाई क्यामरा किन्ने मुडमा हुनुहुन्छ । क्यामरा किन्दा कुनको के राम्रो भन्दा पनि बुंदागत रुपमा हेर्नु पर्ने कुरा लिस्ट गरिएको छ । गुगल या अन्य सर्च इन्जिन प्रयोग गरेर सो बिषयमा तुलना गरेर हेर्न सकिन्छ । क्यामेरामा क्यानन र निकोनका क्यामेरा आफैमा उत्कृस्ट छन् तर खरिद गर्दा आफ्नो आवश्यकता अनुसारको बिशेषता हेरेर खरिद गर्दा धेरै […] The post क्यामेरा कुन किन्ने भन्ने दोधारमा हुनुहुन्छ, यी कुरामा ख्याल गर्नुहोस् appeared first on नेपाल आज.
0 notes
theadventureworld · 8 years ago
Link
Just Pinned to USA NEWS: छनछनम बरसन बन छ ? यस गरनहस http://ift.tt/2jhKuyt
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चुरोटको लत हटाउन चाहनुहुन्छ ? यसो गर्नुहोस् चुरोटमा पाईने निकोटिन सबैभन्दा बढी कूलत रसायन हो, जसका कारण चुरोट छोड्न गाह्रो पर्छ । चुरोट तथा सूर्तीजन्य पदार्थबाट उत्पन्न हुने निकोटिनले मांशपेशी र स्नायु कोष बृद्धि हुनबाट रोक्नुको साथै स्मरण शक्तिमा अशर गर्छ । यसले रक्तचाप र मुटुको चाल बढाउँछ । हर्टअट्याक, स्ट्रोक र क्यान्सरको प्रमुख कारण धुम्रपान रहेको चिकित्सकहरुको भनाई छ । चुरोट सेवन छाड्नु आयू बृद्धी गर्न हो । चुरोट छाड्नुहोस् र निम्न कुरा खानुहोस् जसले तलतल हटाउन मद्धत गर्छ र निकोटिनको असर पनि कम गरिदिन्छ । पालुंगोः पालुंगोको सागमा भिटामिन बी ९ वा फोलिक एसिड हुने गर्छ । सागमा पाइने यो भिटामिनले शरिरभित्रको निकोटिनको असर कम गर्न र तलतल हटाउन मद्धत गर्छ । सुन्तलाः सुन्तला सिट्रस वर्ग अन्तर्गत पर्ने महत्वपूर्ण फल हो । निकोटिनले शरिरमा भिटामिन सीको मात्रा घटाइदिन्छ । त्यसैले प्रशस्त सुन्ताला वा भिटामिन सी पाइने अमलालगायत अमिला फलफूलले निकोटिनको तल–तल घट्छ । ब्रोकाउलीः ब्रोकाउलीमा उच्च मात्रामा भिटामिन बी ५ पाइन्छ । शरिर भित्रको महत्वपूर्ण प्रक्रियालाई नियन्त्रण गर्न भिटामिन बीको महत्वपूर्ण भूमिका हुन्छ । शरिरमा भिटामिनको बी को मात्रा पर्याप्त नभएमा शरिरले अपेक्षा गरे अनुसारको प्रतिकृया जनाउँदैन । ब्रोकाउली खाँदा भिटामिन बी को पूर्ती ह���न्छ र मेटाबोलिजमलाई सशक्त बनाउँछ तथा फोक्सोलाई निकोटिनले गर्ने हानीबाट जोगाउँछ । यसबाट पनि तलतल कम गर्न सकिन्छ । अदुवाः अदुवाले निकोटिनका कारण शरिरमा उत्पन्न हुने विकार फाल्न सहयोग गर्छ । निकोटिनको तलतलबाट मुक्ती पाउन अदुवालाई भान्साको महत्वपूर्ण अंश बनउनुहोस् । अदुवाले रक्त नलिमा हुने विषादीलाई हटाई स्वस्थ तौल कायम राख्न सहयोग गर्छ । धुमपान त्यागेपछि शरिरभित्र जम्मा भएको निकोटिन हटाउन अदुवाले महत्वपूर्ण भूमिका खेल्छ । गाजरः नियमित धुमपान गर्ने मानिसको शरिरबाट भिटामिन सी र भिटामिन ए गुम्छ । धुमपानले रक्त प्रबाह, स्नायुको कोष र दिमागको कार्यलाई अशर गर्छ । प्रशस्त गाजरबाट पाइने भिटामिन के, सी र ए ले निकोटिनको असरलाई कम गरी शारिरिक र मानसिक स्फूर्ती प्रदान गर्छ । कागतीः निकोटिनसँग जुध्ने महत्वपूर्ण तत्व हो कागती । तपाईले धुमपान गरेको निकोटिन शरिरमा तीन दिन दिनसम्म रहन्छ । निकोटिनका कारण विग्रिएको छालाको कोषले रोग प्रतिरोधात्मक क्षमता घटाउछ । कागतीले छाला रोगलाई पनि निको गराउछ । साईट्रिक एसिड र भिटामिन सीले निकोटिनको अशरबिरुद्ध जुध्न सहयोग गर्छ । यसले तलतल पनि कम गर्छ । अनारः धुमपानले मुटुको चाल र रक्तचाप बढाउनुका साथै रक्त नलिमा अक्सिजनको तह घटाउछ । प्रशस्त मात्रामा अनार खाएर यसको अशर न्युन गर्न सकिन्छ । गहुँको अंकुरः गहुँको अंकुरमा पाइने भिटामिन इ ले रक्त प्रबाहलाई सहज बनाउछ । गंहुको अंकुरले मुटुरोगको जोखिम पनि घटाउछ । यसबाट पनि तलतल कम गर्न सकिन्छ । -एजेन्सी 
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
प्लाष्टिक पोकामा खुल्ला दूध खरिद गर्दा ख्याल गर्नुहोस् पोखरा, २२ माघ– विगत केही समयदेखी पोखरा नगर क्षेत्र तथा जिल्लाका विभिन्न स्थानहरुमा बाहिरी जिल्लाहरुबाट ल्याईएका दूधहरु प्लाष्टिक पोकामा खुल्लारुपमा विक्री वितरण भई रहेको भन्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयबाट सम्बन्धित पसलहरुको अनुगमन गरी आवश्यक निर्देशन समेत दिई सकिएको जनाएको विज्ञप्तीमा उल्लेख छ । त्यस्ता खुल्लारुपमा दुध विक्री वितरण गर्नु हुने विक्रेताहरुले कहाँ बाट संकलित दुध कति मूल्यमा विक्री वितरण भएको भन्ने स्पष्ट खुलाई उपभोक्ताहरुले देख्ने गरी सूचना टाँस गर्नु हुन र आम उपभोक्ताहरुले समते आफूले चाहेको स्थानको दुधको वारेमा सोधपुछ गरी मात्र खरिद तथा उपभोग गर्नु हुन अनुरोध गरेको छ । दुधको गुणस्तर लगायतका विषयमा यस कार्यालयबाट निरन्तर अनुगमन भैरहेको व्यहोरा समेत सूचना द्वारा जानकारी गराइएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
आजदेखि टेलिकमको प्रिपेडमा पनि फोर जी सेवा उपलब्ध, यसरी गर्नुहोस् एक्टिभ माघ २२ गते- नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकहरुका लागि आजदेखि फोर जी सेवा सुरु गरेको छ । काठमाडौं र पोखराका प्रिपेड उपभोक्ताले यो सुविधा उपभोग गर्न पाउनेछन् । यसअघि पुष १७ गतेदेखि पोष्टपेड ग्राहकले फोर जी प्रयोग गर्दै आईरहेका छन् । मोवाइलमा फोर जी सेवा सुरु गर्न सेटिङ्गमा गएर एलटिई इनेवल गर्नुपर्छ । एलटिइ इनेवल गर्नका लागि *४४४# थिचेर आवश्यक निर्देशनअनुसार प्रक्रिया सुरु गर्नुपर्नेछ । यदी तपाईंको सिम पुरानो छ भनवे नयाँ सिम लिनुपर्ने हुन्छ ।
0 notes
theadventureworld · 8 years ago
Link
Just Pinned to EDUCATION: छनछनम बरसन बन छ ? यस गरनहस http://ift.tt/2jhNISj
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
घरै सजिलाे तरिकाले गर्नुहोस् फेसियल, पैसा बचाउनुहोस् ! टिनएजरका लागि  यो उमेरमा कुनै पनि केमिकल प्रयोग गर्नु हुँदैन । यो उमेरमा हर्बल तथा फ्रुटले ट्रिटमेन्ट गर्नुपर्छ । यसका लागि अदुवा, बेसार, पुदिनाको पात, काँक्रा तथा महको प्याकले लाभ पुर्‍याउँछ । सुख्खा छाला सुख्खा छालालाई  घरमै निर्मित मोइस्चराइजर प्रयोग गरी ठीक पार्न सकिन्छ । काँचो दूधमा बदाम भिजाएर राख्ने । भोलिपल्ट बदामको बोक्रा निकालेर पेस्ट बनाई आइसक्युबमा जमाउने । जमेपछि कपडामा हालेर अनुहारमा क्लक वाइज र एन्टी क्लक वाइज मसाज गर्ने । २० मिनेटपछि चिसो पानीले अनुहार धोएर मोइस्चराइजर लगाउने । यसबाट अनुहारमा चमक आउँछ । तैलीय छाला तैलीय छालामा डन्डिफोर बढी आउँछ । डन्डिफोर नियन्त्रण गर्न तातोपानीले अनुहार धुनुपर्छ । चिल्लो छालामा फिटकिरी पाउडरलाई कम्प्याक लगाएजस्तै लगाउने । यसलाई जति समयसम्म राखे पनि हुन्छ । पछि मनतातो पानीले अनुहार धुने । जस्तोसुकै चिल्लो छाला पनि यो विधिमार्फत नियन्त्रणमा आउँछ । पछि मेवाको प्याक २ मिनेटजति लगाएर पखाली ओइल कन्ट्रोल क्रिम लगाउने । चमकका लागि गाजर, अंगुर र बन्दाको पेस्ट बनाउने । यो पेस्ट हप्ताको २–३ पटक लगाउनुपर्छ । यो पेस्ट कपासमा भिजाएर सर्कल गरी २० मिनेटजति मसाज गर्दा त्यसले टोनिङको  काम गर्छ र छालाको चमक पनि बढाउँछ । साठ���  वर्षपछि  यो उमेरमा छाला परिपक्व हुन्छ तसर्थ यो उमेरमा सतर्कतापूर्वक छालाको हेरचाह गर्नुपर्छ । यो उमेरका महिलाहरूको छाला खुकुलो हुँदै जाने भएकाले अण्डाको पहेंलो भाग, पाउरोटीको बीचको भाग, पाउडर दूध, बेसार तथा महको पेस्ट फेसमा लगाउने । सुकेपछि बिस्तारै पानीले भिजाएर पुछ्ने । पुछेको मिलेन भने चाउरी अझ बढ्नसक्छ । नारी म्यागजिनबाट ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
क्यामरा अगाडि सेक्स गर्नुहोस्, पुरस्कार स्वरुप ४ सय पाउण्ड पाउनुहोस् बेलायतको कोवेन्ट्री युनिभर्सिटीले क्यामराको अगाडि सेक्स गर्ने जोडीलाई पुरस्कार स्वरुप ४ सय पाउण्ड नगद दिने घोषणा गरेको छ । तर यसरी सेक्स गर्ने महिला तथा पुरुषको उमेर १८ देखि २५ वर्ष उमेरभित्रको हुनुपर्नेछ । विश्वविद्यालयले सुरक्षित सहवासलाई प्रवर्द्धन गर्नका लागि एउटा अभियान चलाएको छ । उक्त अभियानका लागि विश्वविद्यालय यस्ता मानिसहरुको खोजीमा छ जो आफ्नो पार्टनरसँग क्यामराको अगाडि सेक्स गर्न सक्दछन् । यो अभियानलाई परिवर्तनको मौका नाम दिइएको छ । यसरी खिचिएका भिडियोहरुमार्फत सुरक्षित यौन सम्पर्कका विषयमा चेतना जगाउने लक्ष्य विश्वविद्यालयको छ । खासगरी १५ देखि २४ वर्षसम्मका युवायुवतीहरुमा कण्डमको प्रयोग गरी सेक्स गर्ने दर बढाउने लक्ष्य उसको छ । The post क्यामरा अगाडि सेक्स गर्नुहोस्, पुरस्कार स्वरुप ४ सय पाउण्ड पाउनुहोस् appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
अध्ययन भन्छः मन लागेजति याैन सम्पर्क गर्नुहाेस् तपाई कत्तिको सेक्स गर्न मन पराउनुहुन्छ ? सातामा एक, दुई या तीनपटक ? त्यसो त सेक्स जोडीको अवस्था, वातावरण तथा मुडमा पनि भर पर्छ । समय समयमा सार्वजनिक हुने सेक्सबारे गरिएका अध्ययनमा सेक्स पुनरावृत्तिबारे पनि विभिन्न धारणा सार्वजनिक हुने गरेका छन् । हालै सार्वजनिक गर���एको एउटा अनुसन्धान ‘ट्रेसी कोक्स’ ले भने सुखद सम्बन्धका लागि यौनसम्बन्धको आवृत्तिबारे विभिन्न सुझाब दिएको छ । अनुसन्धानअनुसार कतिपटक सेक्स हुन्छ भन्ने कुरा जोडीमा भर पर्छ । दीर्घकालिन जोडीका लागि लामो समय सेक्स गर्नु निश्चय नै अस्वाभाविक हुन्छ । अनुसन्धान अनुसार रमाइला जोडीले सातामा चार पटकसम्म सेक्स गर्छन् । सेक्सले मानिसलाई कत्तिको खुसी बनाउछ त ? जोडीले एक अर्कालाई बेडमा खुसी राख्नका लागि सेक्स गर्ने जादूमय संख्या छ त ? तर नयाँ अध्ययनले सेक्स जोडीको दीर्घकालिन सम्बन्धलाई कसरी रमाइलो पार्छ भन्नेलगायत अन्य रोचक पक्षलाई पनि खुलासा गरेको छ । हरेक दिन यौनसम्पर्क गर्ने जोडी यदि तपाई २५ वर्षभन्दा मुनि र भर्खरै सम्बन्ध बढाउँदै हुुनहुन्छ भने तपाईमा यौन जोसको कमि छैन । तर तपाईको जोडी बषौं पुरानो हो भने यौन कार्यमा पनि मन्दी आएको हुन सक्छ । तर केही वर्ष अगाडि धेरै जोडिको ध्यान तान्न सफल भएको ‘३६५ नाइट’ नामक पुस्तकको एक अंशलाई पढ्ने हो भने सेक्सले क्षणिक र दीर्घकालिन जोडी केही भन्दैन । लामो समयसम्म सँगै रहेका जोडीले ३६५ दिन नै सेक्स गरेको बताएका थिए । बर्षभरी सेक्स गर्दा उनीहरु खुसी हुने, कम तनाबग्रस्त र रिस हटेको ती जोडिले दाबी गरेका थिए । व्यस्त मानिसका लागि दैनिक सेक्स जटिल पक्ष हो । दिनहुँ सेक्स सबै जनाका लागि अव्यबहारिक विषय पनि हो । महिनामा ६ पटक सेक्स गर्ने जोडीलाई सेक्सको क्रम दोब्बर गर्दा के हुन्छ भनी सोधिएको एक अध्ययनमा केही सहभागी रिसाएका थिए । किनकी उनीहरु थोरै समय सेक्स गर्न मन पराउँथे । सातामा तीनदेखि चारपटक सेक्स गर्ने जोडी सन् २००४ को एक अध्ययनमा पनि एउटा निस्कर्ष आएको थियो – जति सेक्स ग¥यो त्यति नै जोडी खुसी हुन्छन् । ‘नर्मल बार’ नामक पुस्तकले पनि यस धारणालाई सही साबित गरिदिएको थियो । अमेरिकाका तीन प्रख्यात लेखकहरुद्वारा लेखिएको यस पुस्तकमा पनि हजारौं जोडीलाई के विषयले खुसी पार्छ भन्ने जिज्ञासा राखिएको थियो । जबाफ सबैको एउटै थियो – सेक्स । सातामा तीनदेखि चारपटक सेक्स गर्दा उच्च तहको सन्तुष्टि प्राप्त हुने अनुसन्धानकर्ताहरुले पत्ता लगाएका थिए । सातामा एक पटक सेक्स औसत जोडी सातामा एकपटक मात्र सेक्स गर्न रुचाउछन् । विभिन्न समयमा गरिएका अध्ययनले यस्तै निस्कर्ष निकालेको छ । ब्रिटिश नागरिकको बेड टाइम बानीबारे सन् २०१३ मा गरिएको एक अध्ययनमा पनि प्राय बेलायती नागरिक महिनामा पाँच पटक सेक्स गर्न रुचाउने पत्ता लागे���ो थियो । त्यस्तै हालै अमेरिकाका २४ हजार विवाहित महिलामा गरिएको अनुसन्धानमा पनि सातामा एकपटकको सेक्समा नै उनीहरु खुसी र सन्तुष्ट देखिएको पत्ता लागेको थियो । सातामा एकपटक सेक्स गर्ने मानिस सातामा चारपटक सम्म सेक्स गर्नेभन्दा बढी खुसी भएको सो अध्ययनको निस्कर्ष थियो । ५० काटेपछि सेक्समा घट्दो रुची ५० वर्ष काटेका हरेक चारमध्ये एक जनाले सेक्स नगर्ने गरेको अर्काे एक पछिल्लो अध्ययनले देखाएको छ । बेलायती संस्था ग्रान्सनेटको सो अध्ययनअनुसार आधाभन्दा बढी सहभागीले यौन बिनाको जीवन निकै सुखद भएको बताएका थिए । सेक्स नगर्दा पनि पार्टनरहरु खुसी हुन्छन् भन्ने तथ्य ५१ वर्षदेखि ५८ वर्ष समूहका मानिसमा गरेको यस अध्ययनले उजागर गरेको छ । यदि तपाई सधै खुसी हुनुहुन्छ वा जोडीबीच सुमधुर सम्बन्ध छ भने सेक्स नै सबैथोक होइन । प्राय सहभागीको पनि यस्तै धारणा रहेको थियो । सेक्स गर्ने कुनै नियम हुदैन निश्चय नै सेक्सका लागि कुनै नियम छैन । यौन चाहनालाई नियमले बाँध्न पनि सकिदैन । अवस्था र उमेरले पनि यसलाई प्रभाव पार्छ । जस्तै तपाईका तीन चार वर्ष मुनिका तीन जनाभन्दा बढी सन्तान छन भने तपाईले चाहेर पनि नियमित सेक्स गर्न नसक्नुहोला । त्यस्तै कुनै अकल्पनिय घटना वा पीडामा हुनुहुन्छ भने तपाईको सेक्स आवृत्तिमा पनि अल्पबिराम लाग्ला । कामको थकानमा हुनुहुन्छ भने पनि सेक्सलाई अवश्य प्रभाव पार्छ । तर तपाई भर्खर २१औ बसन्त पार गर्दै हुनुहुन्छ र भर्खरै सम्बन्ध बढाउदै हुनुहुन्छ भने दिनमा एक पटक पनि थोरै हो । तपाईको तन्दुरुस्तीको तह, स्वास्थ्य अवस्था, तनाब, प्रतिबद्धता, करिअरप्रतिको दबाब, डिप्रेसन, उत्तेजना हुन सक्ने क्षमता, लगायत अनगगिन्ती तत्वले सेक्समा प्रभाव पार्छ् । – एजेन्सी
0 notes
nepal123 · 8 years ago
Text
यसरी प्रयोग गर्नुहोस् स्मार्टफोन, नत्र मेरुदण्डको समस्या हुनसक्छ
यसरी प्रयोग गर्नुहोस् स्मार्टफोन, नत्र मेरुदण्डको समस्या हुनसक्छ
१६ असाज, काठमाडौ । स्मार्टफोन जसरी दैनिक जीवनको अभिन्न अंग बनिरहेको छ, त्यसैगरी यसले प्रयोगकर्ताको स्वास्थ्यमा नकारात्मक असर पनि पारिरहेको छ । तपाइँले कहिल्यै कल्पना गर्नुभएको छ कि, स्मार्टफोन प्रयोगगर्दा ढाडको समस्या हुनसक्छ भनेर ? स्मार्टफोनको प्रयोगले ढाड तथा घाँटी दुख्ने समस्या देखिएको छ भने सचेत हुनुहोस् यसले तपाइँको स्वास्थ्यमा गम्भीर असर गर्नसक्छ । यसो हुनुको मुख्य कारण हो- पोस्चर अर्थात…
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
घरमा मुसा र कमिलाले सताएको छ? यसो गर्नुहोस्…
घरमा मुसा र कमिलाले सताएको छ? यसो गर्नुहोस्…
घरको भुइँतल्लामा कोठा भएकाहरूको सबैभन्दा ठूलो समस्या, किराना पसल राख्नेहरूको सबैभन्दा ठूलो समस्या भनेकै मुसाले सताउनु हो। गोदाममा चामलको बोरा सबै छियाछिया पारेर काट्ने मुसा, अनि चिनीभन्दा धेरै भएर बस्ने कमिला, यसबाट छुट्कारा पाउनु भनेको असाध्यै गाह्रो हुन्छ। (more…)
View On WordPress
1 note · View note