#कयमर
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
क्यामेरा कुन किन्ने भन्ने दोधारमा हुनुहुन्छ, यी कुरामा ख्याल गर्नुहोस् तपाई क्यामरा किन्ने मुडमा हुनुहुन्छ । क्यामरा किन्दा कुनको के राम्रो भन्दा पनि बुंदागत रुपमा हेर्नु पर्ने कुरा लिस्ट गरिएको छ । गुगल या अन्य सर्च इन्जिन प्रयोग गरेर सो बिषयमा तुलना गरेर हेर्न सकिन्छ । क्यामेरामा क्यानन र निकोनका क्यामेरा आफैमा उत्कृस्ट छन् तर खरिद गर्दा आफ्नो आवश्यकता अनुसारको बिशेषता हेरेर खरिद गर्दा धेरै […] The post क्यामेरा कुन किन्ने भन्ने दोधारमा हुनुहुन्छ, यी कुरामा ख्याल गर्नुहोस् appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
विश्वको पहिलो ८ जिबी र्याम भएको स्मार्टफोन ‘असुस जेनफोन एआर’, क्यामेरा मात्रै ४ वटा माघ २२ गते– प्रसिद्ध ताइवानी ब्रान्ड असुसले ८ जिबी र्याम भएको असुस जेनफोन एआर सार्वजनिक गरेको छ । सिइएस २०१७ मा प्रदर्शनीमा राखिएको यस स्मार्टफोन प्रोजेक्ट ट्याङगो अग्मेन्टेड रियालिटी (एआर) र डेड्र��म भर्चुअल रियालिटी (भिआर) फिचरहरु पनि समावेश गरिएको छ । यी फिचर स्मार्टफोन दुनियाँमै पहिलोपटक प्रयोग गरिएको हो । ५.७ इन्च क्यिुएचडी सुपर एमोलेड डिस्प्ले भएको स्मार्टफोनमा ३२, ६४, १२८ र २५६ जिबी इन्टरनल स्टोरेज, माइक्रो एसडी कार्ड सपोर्ट, २३ मेगापिक्सल रियर क्यामेरा, ८ मेगापिक्सल फ्रन्ट क्यामेरा, एन्ड्रोइड ७.० नगट ३३०० एमएएच ब्याट्रीलगायत छन् । स्मार्टफोनको अर्को आकर्षक पक्ष यसमा चार वटा क्यामेराको प्रयोग गरिएको छ जसमध्ये तीन वटा पछाडि रहेका छन् । पछाडि मूख्य क्यामेराको रुपमा २३ मेगापिक्सलको रियर क्यामेरा, मोसन ट्राकिङ क्यामेरा र डेफ्थ सेन्सिङ क्यामेरा रहेको छ । यसैगरी क्यामेराको अगाडि ८ मेगपिक्सलको क्यामेरा छ जस्ले वाइड एङ्गल सेल्फी खिच्न सक्दछ । फोनको वास्तविक मूल्य र आधिकारिक लन्च गर्ने मिति भने तोकिएको छैन । – एजेन्सी
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
क्यामरा अगाडि सेक्स गर्नुहोस्, पुरस्कार स्वरुप ४ सय पाउण्ड पाउनुहोस् बेलायतको कोवेन्ट्री युनिभर्सिटीले क्यामराको अगाडि सेक्स गर्ने जोडीलाई पुरस्कार स्वरुप ४ सय पाउण्ड नगद दिने घोषणा गरेको छ । तर यसरी सेक्स गर्ने महिला तथा पुरुषको उमेर १८ देखि २५ वर्ष उमेरभित्रको हुनुपर्नेछ । विश्वविद्यालयले सुरक्षित सहवासलाई प्रवर्द्धन गर्नका लागि एउटा अभियान चलाएको छ । उक्त अभियानका लागि विश्वविद्यालय यस्ता मानिसहरुको खोजीमा छ जो आफ्नो पार्टनरसँग क्यामराको अगाडि सेक्स गर्न सक्दछन् । यो अभियानलाई परिवर्तनको मौका नाम दिइएको छ । यसरी खिचिएका भिडियोहरुमार्फत सुरक्षित यौन सम्पर्कका विषयमा चेतना जगाउने लक्ष्य विश्वविद्यालयको छ । खासगरी १५ देखि २४ वर्षसम्मका युवायुवतीहरुमा कण्डमको प्रयोग गरी सेक्स गर्ने दर बढाउने लक्ष्य उसको छ । The post क्यामरा अगाडि सेक्स गर्नुहोस्, पुरस्कार स्वरुप ४ सय पाउण्ड पाउनुहोस् appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
क्यामेरा बोकेर फोटो पत्रकार बागमती सरसफाइमा काठमाडौँ, २७ कात्तिक । सधँैभरी अरुको फोटो खिचेर समाचारमार्फत प्रकाशन र प्रशारण गर्न लागिपर्ने फोटो पत्रकार यसपटक आफैँं बागमती सरसफाइमा जुटेका छन् । हरेक शनिबार आयोजना हुने बागमती सरसफाइ कार्यक्रम अन्तर्गत १८३ औँं हप्तामा चलिरहेको सरसफाइमा सहभागी हुन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आह्वानमा विभिन्न सञ्चारमाध्यम तथा स्वतन्त्र रुपमा फोटो पत्रकारिता गर्ने करिब दुई दर्जन फोटो पत्रकार बागमती सरसफाइका लागि पुगेका थिए । उनीहरुले पशुपतिको उत्तरपट्टी रहेको गुहेश्वरी मन्दिर अगाडि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत अन्य समाजिक सङ्घ संस्थासँगै सरसफाइ गरेका थिए । एनएफपीजेको बागमती सरसफाइ कार्यक्रम अध्यक्ष धु्रव आलेको नेतृत्वमा सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो । सधँै अरुको फोटो खिच्ने फोटो पत्रकार यसपटक क्यामेराको झोला बोकेर बागमती सरसफाइमा होमिएको देख्दा सरसफाइमा सहभागी अन्य सङ्घ संस्थाका प्रतिनिधि अचम्मित भएका थिए । पत्रकारले पनि आफ्नो फुर्सदको समय समाज सेवामा लगाउन सक्छन् भन्ने सन्देश दिन बागमती सरसफाइ महाअभियानमा सहभागी भएको एनएफपीजेका अध्यक्ष धु्रव आलेले जानकारी दिनुभयो । त्यस क्रममा बगमती सरसफाइ अभियानका अभियान्ता एवम् चीनका लागि नवनियुक्त राजदूत लिलामणि पौडेल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टन्डन, सांसद रामेश्वर फुँयाललगायतले फोटो पत्रकारले ��िगतमा फोटो मार्फत् सामाजिक सेवा गरेको भए पनि यसपटक आफैँं सरसफाइमा आउँदा यसले समाजमा अत्यन्तै सकारात्मक सन्देश प्रवाह हुने बताएका थिए । त्यस क्रममा बागमती सरसफाइ अभियानका मुख्य अभियान्ता पोखरेललाई यो शनिबारदेखि बागमती सरसफाइ अभियानबाट बिदाइ समेत गरिएको छ । उहाँ चीनका लागि राजदूत नियुक्त हुनुभएपछि आजैदेखि उहाँलाई यो अभियानबाट बिदाई गरिएको हो । त्यस अवसरमा विभिन्न सङ्घ संस्थाले उहाँको यो सामाजिक अभियानको उच्च कदर गर्दै बागमती नदीतटमै सम्मानपत्र प्रदान गरेका थिए । पौडेलको अनुपस्थितिमा पूर्व सचिव किशोर थापाले सफाइ महाअभियानको नेतृत्व गर्नुहुने गरी तोकिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा पौडेलका बुबाआमा तथा सानीआमालगायतको सहभागिता रहेको थियो । यसैगरी बागमती सफाइ महाअभियान सुरु भएको १८३ औँ हप्ताको शनिबार आज गुह्येश्वरीपुल आसपासको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपालका लागि युरोपेली सङ्घका राजदूत रिन्चे टिरिङ र पूर्व सचिव थापालगायतका व्यक्तित्वको सक्रियता थियो । अधिकार सम्पन्न बागमती समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, त���लगङ्गा महिला समूह र फोटो पत्रकार सङ्घको पनि सफाइमा संस्थागत सहभागिता थियो । महानगरपालिकाले विभिन्न वडामा सफाइ सम्बन्धी जनचेतनामूलक माइकिङ अभियान पनि सुृरु गरेको छ । रुद्रमती (धोबीखोला) सफाइको १४२ औँ हप्तामा आज सिफलदेखि सेतोपुलसम्मको नदीभित्रै पसेर सफाइ गरियो । महानगरीय प्रहरी स्थापनाको साता भएकाले आजको रुद्रमती सफाइमा नेपाल प्रहरी महाराजगञ्ज २ नं गण, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरीका प्रहरीले नदीभित्र छिरेर सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका अध्यक्ष वासुदेव मरासिनीले जानकारी दिनुभयो । सफाइमा वातावरण संरक्षण अभियान, हेम्स स्कुल, वेलकेयर अस्पताल लगायतको सहभागिता थियो । विष्णुमती सफाइको ११६ औँ हप्तामा आज टेकुपुलमा सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी विजेन्द्र लामाले बताउनुभयो । महानगरीय प्रहरी स्थापना दिवसको अवसर पारेर विष्णुमती सफाइमा पनि नेपाल प्रहरीको उल्लेख्य सहभागिता थियो । गुह्येश्वरमाथिको बागमती नदी किनारमा राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज र माकालबारी टोल सुधार समितिले सफाइ गरेका छन् । रासस
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
७२ मध्ये ६८ वटा सिसी क्यामरा मधेस आन्दोलनका क्रममा फुटेपछि फेरी जडान गरिने पर्सा, १५ असोज । आन्दोलनकारीद्वारा फुटालिएका वीरगन्ज नगर क्षेत्रका सिसी क्यामरा पुनः जडान गर्न कार्य सुरु भएको छ । वीरगन्ज उद्योग वाणिज्य सङ्घ, सेफर वीरगन्ज र वीरगन्जमा सञ्चालित वित्तीय संस्थाको आर्थिक सहयोगमा नगर क्षेत्रभित्र अत्याधुनिक सिसी क्यामरा जडान सुरु गरिएको हो । नगरक्षेत्रमा जडान गरिएका ७२ मध्ये ६८ वटा सिसी क्यामरा मधेस आन्दोलनका क्रममा गत वर्ष आन्दोलनकारीद्वारा फुटालेपछि निगरानी गर्न समस्या भएपछि वीरगन्ज उद्योग वाणिज्य सङ्घको विशेष पहलमा ४० वटा सिसी क्यमरा जडान गरि��किएको छ । वीरगन्ज भित्र्ने तथा बाहिरने मुख्य सडकखण्ड र नगर क्षेत्रको मुख्य बजारमा रु १४ लाखको लागतमा नयाँ ४० वटा क्यामरा जडान गरिएकोे वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवम् सेफर वीरगन्जका अभियन्ता गणेश लाठले बताउनुभयो । अपराध नियन्त्रणदेखि ट्राफिक व्यवस्थापनसम्मका लागि अत्यन्त महत्वपूर्ण मानिएको सिसी क्यामरा जडान भएपछि वीरगन्जको सुरक्षा व्यवस्था बलियो भएको पर्साका प्रहरी उपरीक्षक डा राजुबाबु श्रेष्ठले बताउनुभयो । नगरक्षेत्रमा जडान गरिएको क्यामराले जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट निगरानी गर्नुका साथै प्रहरी प्रधान कार्यालयबाट पनि निगरानी गर्न सकिने प्रविधिको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
0 notes
nepal123 · 8 years ago
Text
ट्राफिक प्रहरीका गाडीमा अब भिडियो क्यामेरा
ट्राफिक प्रहरीका गाडीमा अब भिडियो क्यामेरा
१४ असोज, काठमाडौं । उपत्यकाको सडकमा गुडने ट्राफिक प्रहरीको गाडीमा अब ‘ड्याश क्याम’ भिडियो क्यामेरा जडान हुने भएको छ । क्यामेरा जडान भएपछि ट्राफिकको गस्तीमा निस्किने गाडी सडकमा गुड्दा भिडियो रेकर्ड गर्ने छ । त्यही भिडियो रेकर्डको आधारमा ट्राफिक प्रहरीले सवारी ऐन नियम उल्लंघन गर्नेलाई क��नुनी दायरामा ल्याउने छ । शुक्रबार महानगरीय ट्राफिक प्रहरी माहाशाखामा आयोजित एक कार्यक्रमकाबीच नेपालको लागि…
View On WordPress
0 notes