#पडलक
Explore tagged Tumblr posts
Photo
जित्नेगरी लाग्न पौडेलको कार्यकर्तालाई निर्देशन इलाम- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन जसरी पनि हुने भन्दै निर्वाचनमा जित्नेगरी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेपाली काँग्रेस इलामले आज सदरमुकाममा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता पौडेलले भ्रम चिर्दै जनताको भावना बुभ्mन र जनअपेक्षाअनुसारको काम गर्नपनि कार्यकर्तालाई निर्देशन दिनुभयो । अब काँग्रेसको नीतिले मात्र जनताको सबै समस्या समाधान गर्नसक्ने भएकोले उक्त नीतिबारे जनतालाई चेतनशील बनाउन सके काङ्ग्रेस जति ठूलो पार्टी अरू बन्न नसक्ने उहाँको भनाइ थियो । काँग्रेस बलियो भएन भने लोकतन्त्र बलियो नहुने भन्दै उहाँले काँग्रेसको एकता अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो । आगामी निर्वाचनका लागि काँग्रेसबाट उम्मेदवार चयन गर्दा मिलाएर गर्ने र आगामी बैठकले त्यो बारेमा कार्यविधि निर्माण गर्ने पनि नेता पौडेलले बताउनुभयो । महामन्त्री डा शशाङ्क कोइरालाले केन्द्रीय समितिको चैत १० गते हुने बैठकपछि आउने निर्देशनलाई आत्मसात गर्दै निर्वाचनका लागि निर्देशन पाउने बित्तिकै गाउँ जान कार्यकर्तालाई आग्रह गर्नुभयो । केन्द्रीय सदस्य शेखर कोइरालाले सङ्घीय गणतन्त्र कसैलाई मन परे वा नपरे पनि आइसकेकाले व्यवस्थित र संस्थागत गर्नुपर्ने बताउनुभयो । एक प्रतिशतभन्दा कमले मात्र बोल्ने हिन्दी भाषा राष्ट्रिय भाषा नहुने बताउँदै अङ्गिकृत नागरिकता लिएका नागरिकले राज्यको संवेदनशील पद नपाउने उहाँको भनाइ थियो । नेता पौडेलसहित काङ्ग्रेसका महामन्त्री कोइराला, केन्द्रीय सदस्यहरू शेखर कोइराला, धनराज गुरूङ, गुरूराज घिमिरेलगायतका नेताहरू प्रशिक्षण कार्यक्रमको सिलसिलामा इलाम आइपुग्नुभएको हो ।
0 notes
Photo
संविधान संशोधन तत्कालै अगाडि बढ्ने रामचन्द्र पौडेलको भनाई सिमरा, ४ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन तत्कालै अगाडि बढ्ने बताउनुभएको छ । नेपाली काँग्रेस निजगढ नगर समितिले आयोजना गरेको कार्यकर्ता भेलालाई आज बाराको निजगढमा सम्बोधन गर्दै नेता पौडेलले मधेसको जायज माग पूरा गरी संविधान कार्यान्वयनमा जानुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो । नेपाली काँग्रेसले तरार्ई मधेस केन्द्रित कार्यक्रमअन्तर्गत निजगढमा भेटघाट कार्यक्रम गरेको हो । वीरगन्जबाट सुरु भएको ‘तरार्ई अभियान’ अन्तर्गत शुक्रबार बाराको सदरमुकाम कलैयामा कार्यक्रम भएको थियो । नगर सभापति महेसी कुमरले अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य रामकृष्ण यादव, पूर्वसभासद् शोभाकर पराजुलीलगायतको उपस्थितिमा सम्पन्न कार्यक्रमको स्वागत नगर सचिव रोशन पाख्रिन र महासमिति सदस्य पेमासिद्धि लामा, सुरेश खनालले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न अन्य पार्टीबाट नेपाली काँग्रेस प्रवेश गर्ने ८० जनालाई प्रमुख अतिथि पौडेलले फूलमाला र अबिरले स्वागत गर्नुभएको थियो । नेपाली काँग्रेसले तराई मधेसमा आफ्ना गतिविधि सञ्चालन गर्न नसकेको आरोप लागिरहेका बेला काँग्रेसले ‘तरार्ई अभियान’ थालेको हो ।
0 notes