Tumgik
#कञचनपरक
nepal123 · 7 years
Photo
Tumblr media
डिपिएल क्रिकेटका कञ्चनपुरको पहिलो जित, चौराहा ११ रनले पराजित ३१ चैत, काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलमा धनगढी टिम चौराहालाई ११ रनले हराउँदै कञ्चनपुर आइकोनिकले लिगमा पहिलो जित आत्मसाथ गरेको छ । राष्ट्रिय टोलीका कप्तान पारस खड्का
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
कञ्चनपुरका आरक्षपीडितमाथि प्रहरीको हवाइ फायर १२ फागुन, कञ्चनपुर । आफूहरुलाई राज्यले बेवास्ता गरेको भन्दै राजमार्ग बन्द लगायतको आन्दोलनमा उत्रिएका कञ्चनपुरका आरक्षपीडित र प्रहरीबीच झडप भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पीडितहरुले पूर्व पश्चिम राजमार्गको अत्तरिया-महेन्द्रनगर खण्डमा पर्ने कलुवापुरमा प्रदर्शन गर्दै राजमार्ग बन्द गरेपछि खुलाउन गएको प्रहरीसँग झडप भएको हो । आक्रोशित आन्दोलनकारी प्रहरीमाथि जाइलागेपछि भिड नियन्त्रणमा लिन लाठीचार्जका साथै सात राउण्ड हवाइफायर गरेको कञ्चनपुरका एसपी प्रकाश चन्दले जानकारी दिए । झडपमा दुवैतर्फ केहि घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीका तर्फबाट सात जनालाई पक्राउ गरेको छ । आरक्षपीडितको आन्दोलनले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । २०५८ सालमा देउवा प्रधानमन्त्री हुँदा तत्कालील शुक्लाफाँटा बन्यजन्तु आरक्षभित्र रहेका जनतालाई आरक्षबाहिर जमिनको व्यवस्था गरी सार्ने भनिएपनि उनीहरुले जमिन पाएका थिएनन् । त्यतिबेलैदेखि आरक्षपीडितहरु आन्दोलनमा थिए । सरकारले जग्गा उपलव्ध नगराएपछि उनीहरु शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सीमामा पर्ने कलुवापुरमा बस्दै आएका थिए ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
कैलाली र कञ्चनपुरका सीमा नाका बन्द गरायो भारतले कैलाली, ३ फागुन- कैलाली र कञ्चनपुरका सीमा नाका भारतले ४८ घन्टाका लागि बन्द गरेको छ । भारतको उत्तराखण्डमा फागुन ४ गतेदेखि हुने विधान सभाको निर्वाचनलाई लक्षित गरेर नेपालसँग सीमाना जोडिएका कैलाली, कञ्चनपुरका नाका हिजो बेलुकी ५ बजेदेखि फागुन ४ गतेसम्मका लागि बन्द गरेको कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिनुभएको छ । विधानसभाको निर्वाचनलाई लक्षित गर्दै भारतीय पक्षले सीमा नाकामा उच्च सतर्कता बढाएको उपरीक्षक चन्दले बताउनुभएको छ । उत्तराखण्ड राज्यमा पनि एकै दिन विधानसभा चुनाव परेकोले बैतडी र दार्चुलाका सीमा नाका पनि यसअघि बन्द भइसकेका छन् । भारतले निर्वाचनका लागि सुरक्षा संवेदनशीलता देखाउँदै सीमा नाका बन्द गरेको हो ।
0 notes
nepal123 · 9 years
Text
कञ्चनपुरको पुनर्बास आगलागी, एकै परिवारका तीन बालबालिकाको मृत्यु  
१६ मंसिर, कञ्चनपुर । कञ्चनपुरको पुनर्बास नगरपालिका–१ मा मंगलबार घरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु भएको छ । (more…)
View On WordPress
0 notes