#अषटरलयबट
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Text
लाप्राक बस्ती पुनर्निर्माणका लागि अष्ट्रेलियाबाट ५० लाख सहयोग
लाप्राक बस्ती पुनर्निर्माणका लागि अष्ट्रेलियाबाट ५० लाख सहयोग
५ फेब्रुअरी, सिड्नी । भूकम्पबाट तहसनहस भएको गोर्खाको लाप्राक बस्ती पुनर्निर्माणका लागि गैरआवासीय नेपालीहरुले ६१ हजार अष्ट्रेलियन डलर (५० लाख रुपैयाँ) सहयोग गरेका छन् । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको पहिलो राष्ट्रिय उद्यमी सम्मेलनमा रकम सहयोग गरिएको हो । आइतबार मध्यान्ह सिड्नीमा आयोजित सम्मेलनमा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका कार्यसमिति सदस्यहरु उपस्थित भएर शेष घलेलाई ६१ हजार अष्ट्रेलियन…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
सहारा एकेडेमीलाई युके र अष्ट्रेलीयाबाट सहयोग पोखरा, ११ माघ- सहारा क्लवद्धारा सञ्चालित सहारा एकेडेमीको अक्षयकोषको लागि अष्ट्रेलीया र बेलायतका क्लबले सहयोग गरेका छन् । सहारा क्लव, अष्ट्रेलीयाबाट ३ लाख ५१ हजार र सहारा क्लब युकेबाट ५ लाख २५ हजार गरि ८ लाख ७६ हजार सहयोग गरेका हुन् । सोमबार क्लवमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा सहारा क्लव, अष्ट्रेलीयाका अध्यक्ष राजमान थकाली, सहारा युके तथा बुद्धिष्ट कम्युनिटी सेन्टर वेलायतबाट उक्त रकम हस्तान्तरण भएको हो । सहारा युके तथा बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसिसी) वेलायतबाट ��� लाख २५ हजारको चेक सहारा युकेका अध्यक्ष मीन गुरुङ (साईला) ले क्लवका अध्यक्ष विरभद्र आचार्यलाई हस्तान्तरण गरेका हुन। त्यसै गरी क्लवका अध्यक्ष आचार्यलाई नै सहारा क्लव, अष्ट्रेलीयाका अध्यक्ष राजमान थकालीबाट सहारा एकेडेमीको अक्षयकोष स्थापनार्थ ३ लाख ५१ हजारको चेक हस्तान्तरण गरेका हुन । त्यस्तै दोश्रो पुरस्कारको राषि २ लाख ५१ हजार थकालीले सोमबार नै क्लवलाई हस्तान्तरण गरेका हुन । सहारा एफ.सी.का अध्यक्ष एवं बीसिसी युकेका कोषाध्यक्ष कुसाङ गुरुङले ५ लाख २५ हजार रकम सहारा युकेका अध्यक्ष मीनलाई हस्तान्तरण भए पछि मीनले क्लवलाई हस्तान्तरण गरेका हुन। कार्यक्रममा बोल्दै कुसाङले आफ्नो गक्षले भ्याए सम्म आफुहरुले सहारा क्लवको हरेक गतिविधिमा साथ दिदै सहयोग गर्ने वचन दिए । सहारा क्लव, अष्ट्रेलीयाका अध्यक्ष राजमान थकालीले आफ्नो रेष्टुरेण्टमा डिनर पार्टी देखि विभिविभन्न कार्यक्रम गरी संकलन भएको त्यसमा आफुलेसहित सहयोग गरी उक्त सहयोग विगतका बर्ष देखि गर्दै आएको बताए । उनले आगामी बर्ष सम्मको लागि दोश्रो पुरस्कार प्रायोजना समेत गरेका छन । क्लवका मानार्थ सदस्य महेश गुरुङले विभन्नि देशमा स्थापना भएका सहाराका शाखाहरुले क्लवको गतिविधिहरुमा सहयोग गर्नुउत्तम कार्य भएको प्रंशम्सा गरे । सहारा युकेका अध्यक्ष मीन गुरुङले आफुहरुले आहा रारामा म्यान अफ दी म्याच हुनेलेलाई ट्रफीको साथमा ३ हजार नगद पुरस्कार दिदै आएको बताए । आगमी दिनमा क्लवको एकेडेमीलाई दिगो रुपमा संचालन गर्न आफुहरुले सहयोग गर्ने बताए । क्लवका अध्यक्ष विरभद्र आचार्यले सहयोगी प्रति आभार व्यक्त गर्दै एकेडेमीको अक्षयकोषमा एक करोड बढी रकम संकलन भएकोले यस बर्षको आहा रारा सम्ममा एक करोड २५ लाख रुपैया संकलन हुने विश्वास गरेका छन । प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकहरुलाई निशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरण पोषणमा खर्च गरिने बरिष्ठ उपाध्यक्ष एंव प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
अमेरिका र अष्ट्रेलियाबाट आएका ५० जना डाक्टरले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरे काठमाडौँ, २२ पुस- ग्रीनसिटी अस्पतालद्वारा तीन हजार विरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्लोबल मेडिकल फाउण्डेशन अमेरिकाको सहयोगमा संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाबाट आएका ५० जना डाक्टरले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका हुन् । यही पुस १७ देखि २२ गतेसम्म भक्तपुर, नाला, टोखा, हात्तीगौँडा, मेलम्ची, पाटनलगायतका क्षेत्रमा स्वास्थ्य शिविर राखेर सेवा प्रदान गरिएको डा नवराज केसीले जानकारी दिनुभयो । अस्पतालमा आज आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष लोकबहादुर (एलबी) टण्डनले ग्रीनसिटी अस्पतालसँग सहकार्य गरेर निःशुल्क सेवा प्रदान गर्ने संस्था र डाक्टरहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । उहाँले भन्नुभयो, “यति ठूलो संस्थासँग मिलेर गरिबलाई निःशुल्क सेवा प्रदान गर्न पाएकोमा हामी खुशी छौँ ।” यसैगरी वाग्मती सरसफाइको क्रममा बेसहारा रहेका दृष्टिविहीन सुल्तान मुखियालाई अस्पतालमा ल्याएर उपचार गरेको अस्पतालले फेसबुकमार्फत आर्थिक सङ्कलन जुटाएर सहयोग गरेको छ । नेपालबाट बेलायत गएर बसेका लक्ष्मी कुँबर र हुमबहादुर कुँबरले पठाएको रु २० हजार र दुई थान ब्लाङ्केट दृष्टिविहीनलाई सहयोग गरेको हो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
बाढीमा परी ज्यान गुमाएका झापाका नौजना मृतक परिवारलाइ अष्ट्रेलियाबाट सहयाेग झापा, २३ कात्तिक । झापाली समाज अस्टे«लियाले गत वर्षायाममा बाढीमा परी ज्यान गुमाएका झापाका नौजना मृतकको परिवारका लागि रु साढे तीन लाख राहत सहयोग हस्तान्तरण गरेको छ । समाजका संस्थापक अध्यक्ष एवम् संरक्षक दिनेशकुमार पोखरेलले समाजको तर्फबाट उक्त रकमको चेक सोमबार बेलुका नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडलाई हस्तान्तरण गर्नुभयो । पोखरेलले समाजको अगुवाइमा अस्ट्रेलियामा सङ्कलित रकम मृतकका परिवारलाई दामासाहीले वितरणका लागि रेडक्रसलाई हस्तान्तरण गरिएको बताउनुभयो । रेडक्रस उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटी र जिल्ला सदस्य हेम खड्काले रकम बुझ्दै झापाली समाज अस्ट्रेलियाले सामाजिक क्षेत्रमा उदाहरणीय काम गरेको भनी प्रशंसा व्यक्त गर्नुभयो ।
0 notes