#डकटरल
Explore tagged Tumblr posts
Photo
डाक्टरले उपहार लिन नपाउने : उपहार लिए दर्ता खारेज काठमाडौं – डाक्टरले औषधि वितरक, उत्पादक कम्पनी वा सेवाग्राहीबाट व्यापारीक हितका लागि नगद वा अन्य उपहार लिएको प्रमाणित भए दर्ता अनुमति खारेज हुने भएको खबर आजको कान्तिपुरमा छ । डाक्टरले के लिने/नलिने, पुर्जामा कस्तो औषधि कसरी लेख्ने लगायत पक्ष समेटेर तयार पारेको आचार संहिता २०७३ स्वास्थ्यमन्त्री गगन थापाले आइतबार प्रमाणीकरण गरेपछि लागू भएको हो । स्वास्थ्यमन्त्रीका कानुनी सल्लाहकार राजु कटुवालका अनुसार संहिता विपरीत काम गर्नेलाई अब कानुनी रुपमै कारबाही गर्न सकिन्छ । The post डाक्टरले उपहार लिन नपाउने : उपहार लिए दर्ता खारेज appeared first on Etajakhabar.
0 notes
Photo
अविवाहित भुनिया भन्छिन्, मलाई त डाक्टरले नै सेक्स गर्न सल्लाह दिए, सेक्सको मज्जा मैले लिएको छु काठमाडौं, ८ वैशाख – कुनै बेला भुनिया उपनामले चर्चित हरिशा बानिया अहिले पनि अविवाहित नै छिन् । उनकै शव्दमा उनी अहिले २७ वर्ष टेकिन् । २७ वर्षीया यी अविवाहित कलाकार एवं मोडल हरिशा कुमारी भने होइनन् । यी अविवाहित कलाकारले ��िवाहअगावै सेक्सको मज्जा लिनुसम्म लिएकी छन् । आफूले सेक्सको मज्जा लिएको उनी सगर्व सुनाउँछिन् । आफूलाई सेक्स गर्न डाक्टरले नै सुझाव दिएको यी अविवाहित कलाकार बताउँछिन् । उनी भन्छिन्, एक समय मेरो ब्याकबोनमा ठूलो समस्या आयो, म उपचारका लागि चिकित्सककोमा गएँ, चिकित्सकले त सेक्स गर्नुस्, तपाईंलाई बिस्तारै ठीक हुँदै जान्छ भने । चिकित्सककै सल्लाहबमोजिम मैले सेक्स गरिरहेको छु । हरिशाको कुरा सुन्दा उनी सेक्सप्रति निकै उदार देखिन्छिन् । सेक्स सामान्य विषय भएको उनी बताउँछिन् । उनी भन्छिन्, सेक्स भनेको खाना खाएजस्तै हो । नेपाली समाजमा विवाहअघिको सेक्सलाई सामान्य मानिदैन नि भन्ने जिज्ञासामा उनको भनाइ छ, मलाइ कसले के भन्छ कुनै मतलव छैन, मलाई उनीहरुले खान दिने पनि होइनन् । कसैले कसैको व्यक्तिगत जीवनमा हस्तक्षेप गरेको मलाई मन पर्दैन ।राजधानीले छापेको छ । २०६२ सालदेखि कलाकारितामा सक्रिय उर्लाबारी ४ की हरिशा अहिले एक्लै छिन् । उनी आफ्नो ब्वाइफ्रेन्डसँग ब्रेकअप भइसकेको बताउँछिन् । आफूलाई बुझ्ने केटा पाए विवाह गर्ने उनी सुनाउँछिन् । The post अविवाहित भुनिया भन्छिन्, मलाई त डाक्टरले नै सेक्स गर्न सल्लाह दिए, सेक्सको मज्जा मैले लिएको छु appeared first on Etajakhabar.
0 notes
Photo
डाक्टरले जिते पत्रकारलाई फागुण २८,पोखरा– गण्डकी मेडिकल कलेजका डाक्टर र कास्कीका खेलकुद पत्रकारहरु बिच भएको मैत्रिपूर्ण फुटवलमा डाक्टरको टोली विजयी भएको छ । लेखनाथस्थित कलेजको मैदानमा भएको खेलमा डाक्टर टोलीले नेपाल खेलकुद पत्रकार मञ्चको टोलीलाई ४–२ गोलले पराजित गरेको हो । खेलमा डाक्टरको टोलीका तर्फबाट अमर कोइरालाले २ तथा विवेक रंजित र मदन थापाले एक एक गोल गरे । पत्रकारको तर्फबाट सुरज श्रेष्ठ र प्रविण मगरले एक एक गोल गरेका थिए । दोश्रो हाफमा मात्रै गोल गर्न सकेको पत्रकारको टिमबाट प्रविणको पासमा सुरजले पहिलो गोल गर्दै टोलिका लागि गोलको खाता खोलेका थिए । सुरजकै पासरमा प्रविणले डि–बक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । मध्यान्तर अगाडी पत्रकारको तर्पmबाट मन क्षेत्रीको दुई वटा प्रहार गोलपोष्ट माथिबाट बाहिरीको थियो भने डिफेन्स लाइनबाट दिपक गोदारले केहि उत्कृष्ट बचाउ गरेका थिए ।मैत्रिपूर्ण खेलमा डाक्टरको टोलीबाट गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार खनाल, प्रोफेशर डाक्टर रबिन्द्र श्रेष्ठ, सिएओ कृष्ण घिमिरे लगायत मैदान उत्रिएका थिए । पर्चेज इन्चार्ज कृष्ण पौडेलभने मैदानमा छिर्ने क्रममै घाइते भएको थिए । उनको दाहिने खुट्टा मर्किएको छ । एकवर्ष अगाडी पौडेलको सोही खुट्टा भाँच्चिएको थियो । खेल पश्चात सिइओ खनाल, डा.रबिन्द्र श्रेष्ठ तथा खेलकुद पत्रकार मञ्च कास्की अध्यक्ष केशब पाठकले आ–आफ्नों मन्तव्य राख्दै मैत्रिपूर्ण खेलले आपसी सद्भावको विकास गर्ने औल��याएका थिए ।गण्डकी मेडिकल कलेजले नवौं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापि खेलकुद कार्यक्रमको आयोजना गरेको छ । सोही प्रतियोगिताको पहिलो दिन पत्रकार र डाक्टर टोलीहरुको मैत्रिपूर्ण फुटवल सम्पन्न भएको हो । प्रतियोगिता अन्र्तगत शनिबार बिहान ८ किलोमिटर खुल्ला सडक दौड प्रतियोेतिगा हुँदै छ । प्रतियोगिता गण्डकी मेडिकल कलेज पृथ्वीचोकबाट शुरु भई लेखनाथ रिठेपानीमा पुगेर समापन हुने खेलकदु कार्यक्रम संयोजक ज्ञानेन्द्र गौतमले जानकारी दिए । प्रतियोतिगामा प्रथम हुनेले नगद १५ हजार, द्धितियले नगद १० हजार तथा तृतीयले नगद ५ हजारका साथमा मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने उनले जानकारी दिए । त्यसैगरि कलेजमा अध्यायनरत छात्र÷छात्राहरुविच अन्तर ब्याच बास्केटबल, ब्याडमिण्टन, टेबलटेनिस, फुटसल लगायतका प्रतियोगिताहरु पनि सञ्चालन गरिने गौतमले जानकारी दिए ।‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ कलेजले हरेक वर्ष सञ्चालन गर्दै आएको यस्तो प्रतियोगिताले सिनियर र जुनियर विद्यार्थीहरुविचको सम्बन्ध सुमधुर पनि बन्ने एशोसियट प्रोफेशर समेत गरेका गौतमले बताए । प्रतियोगितामा विभिन्न नौ टिमबिच प्रतिस्पर्धा हुने छ ।
0 notes
Photo
अमेरिका र अष्ट्रेलियाबाट आएका ५० जना डाक्टरले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरे काठमाडौँ, २२ पुस- ग्रीनसिटी अस्पतालद्वारा तीन हजार विरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्लोबल मेडिकल फाउण्डेशन अमेरिकाको सहयोगमा संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाबाट आएका ५० जना डाक्टरले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका हुन् । यही पुस १७ देखि २२ गतेसम्म भक्तपुर, नाला, टोखा, हात्तीगौँडा, मेलम्ची, पाटनलगायतका क्षेत्रमा स्वास्थ्य शिविर राखेर स���वा प्रदान गरिएको डा नवराज केसीले जानकारी दिनुभयो । अस्पतालमा आज आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष लोकबहादुर (एलबी) टण्डनले ग्रीनसिटी अस्पतालसँग सहकार्य गरेर निःशुल्क सेवा प्रदान गर्ने संस्था र डाक्टरहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । उहाँले भन्नुभयो, “यति ठूलो संस्थासँग मिलेर गरिबलाई निःशुल्क सेवा प्रदान गर्न पाएकोमा हामी खुशी छौँ ।” यसैगरी वाग्मती सरसफाइको क्रममा बेसहारा रहेका दृष्टिविहीन सुल्तान मुखियालाई अस्पतालमा ल्याएर उपचार गरेको अस्पतालले फेसबुकमार्फत आर्थिक सङ्कलन जुटाएर सहयोग गरेको छ । नेपालबाट बेलायत गएर बसेका लक्ष्मी कुँबर र हुमबहादुर कुँबरले पठाएको रु २० हजार र दुई थान ब्लाङ्केट दृष्टिविहीनलाई सहयोग गरेको हो ।
0 notes
Text
सलमान खानलाई डाक्टरले किन घर बाहिर ननिस्किन भने?
सलमान खानलाई डाक्टरले किन घर बाहिर ननिस्किन भने?
बलिउडका सुपरस्टार सलमान खानलाई दिउँसो घाममा बाहिर ननिस्किन डाक्टरहरुले सुझाव दिएका छन्। उनको बहुप्रतीक्षित फिल्म सुल्तानको प्रमोसन गर्ने चर्को समयमा उनलाई केही दिनका लागि बाहिर ननिस्किन उनकाडाक्टरहरुले सुझाव दिएका हुन्। उनलाई एयर कन्डिसनरमा रहन समेत सुझाव दिइएको छ। डाक्टरहरुले उनलाई किन यस्तो सल्लाह दिए होलान भन्ने खुलदुली पक्कै लागेको होला होइन? (more…)
View On WordPress
0 notes