#फरग
Explore tagged Tumblr posts
Text
सिटी, वेल्स फ़ार्गो, सनरुन और बहुत कुछ
सिटी, वेल्स फ़ार्गो, सनरुन और बहुत कुछ
न्यूयॉर्क शहर में सिटीग्रुप कार्यालय। एडम जेफ़री | सीएनबीसी मिड-डे ट्रेडिंग में सुर्खियां बटोर रही कंपनियों पर नजर डालें। Pinterest – छवि साझाकरण के शेयर सोशल मीडिया कंपनी को 16.2% की बढ़त वॉल स्ट्रीट जर्नल की रिपोर्ट पर इलियट प्रबंधन ने 9% से अधिक हिस्सेदारी खरीदी है। सिटीग्रुप – तब सिटीग्रुप 13.2% बढ़ा दूसरी तिमाही की कमाई ऊपर और नीचे की रेखाओं को मारो। सिटीग्रुप चार प्रमुख बैंकों में से…
View On WordPress
0 notes
Photo
जसले जीवनमा नै पहिलो पटक नेपालमा आएर बाघ देखे र खुशीले भए फुरुगं गुलरिया (बर्दिया), ६ वैशाख । छोटो बसाइँका लागि बर्दिया राष्ट्रिय निकुञ्ज आएका बेलायतका मार्टिन बाराले पहिलो दिनमै बाघ देख्नुभयो । नजिकबाट बाघ देख्न पाउँदा उहाँ निकै खुसी हुनुभयो । जीवनमा पहिलोपटक प्रत्यक्ष रूपमा बाघ देख्ने अवसर पाएका मार्टिन अर्कोपटक फेरि बाघ हेर्न नेपाल आउने निधो गरेर फर्किनुभयो । बर्दिया निकुञ्जमा हिजोआज दिनैपिच्छे बाघ देख्न पाइन्छ । बाघका कारण यहाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापा बताउनुहुन्छ । “सजिलैसँग बाघ र गैंँडा हेर्न पाइने भएपछि पर्यटकले आफ्नो बसाइँ लम्ब्याउने गरेका छन्,” उहाँले भन्नुभयो । बाघ, गैँंडालगायत वन्यजन्तु अवलोकनका लागि अहिले उपयुक्त समय भएको थापाकोे भनाइ छ । बाघ, गैँडा देखेपछि फुरुङ्ग हुने पर्यटक दोहो¥याई तेहे¥याई निकुञ्ज घुम्ने गरेका छन् । पर्यटन व्यवसायीले पर्यटकलाई लक्षित गरी होटेलको सेवासुविधामा वृद्धि गरेका छन् । काठमाडौँदेखि ठाकुरद्वारासम्म सुविधासम्पन्न बस सेवा सञ्चालनमा आएपछि पर्यटकको आगमन बढेको छ । वन्यजन्तु अवलोकलनका लागि चैतदेखि जेठ मसान्त अत्यन्तै उपयुक्त समय मानिन्छ । बाघ, गैँडा हेर्न लालायित पर्यटक आजभोलि दिनभर जङ्गलमै बिताउछन् । निकुञ्जको कर्णाली तटिय क्षेत्रमा तिनकु��े, बाघ मचान र किङ्गफिसर क्षेत्र बाघ अवलोकनका लागि निकै प्रसिद्ध छ । बिहान, दिउँसो र साँझपख यस क्षेत्रमा बाघ पानी पिउन र अत्यधिक गर्मीका कारण आहाल बस्न आउने गर्छन् । यी क्षेत्रमा करिब दुई सय मिटर दूरीबाट बाघ, गैँडा देख्न पाइने निकुञ्जका नेचर गाइड रामबहादुर शाहीले बताउनुभयो । “घुम्न आउने अधिकांश बाघ गैँडा हेरेरै फर्कने गरेका छन्,” शाहीले भन्नुभयो । पछिल्लो समयमा निकुञ्जमा बाघ र गैँडाको सङ्ख्यामा वृद्धि भएपछि पर्यटकको आगमन बढेको उहाँको भनाइ छ । यस वर्ष हालसम्म स्वदेशी पर्यटक तीन हजार ७९६, सार्क मुलुकका २२९ र सार्कबाहेका अन्य मुलुकका एक हजार ५१० विदेशी पर��यटकले अवलोकन भ्रमण गरेका निकुञ्जले जनाएको छ । यस अवधिमा रु एक करोड ५० लाख राजस्व सङ्कलन भएको छ । पछिल्लोपटक सन् २०१६ मा गरिएको गणनाअनुसार निकुञ्जमा बाघको सङ्ख्या ८५ पुगेको छ । अघिल्लो वर्ष यहाँ बाघको सङ्ख्या ५० वटा थियो । The post जसले जीवनमा नै पहिलो पटक नेपालमा आएर बाघ देखे र खुशीले भए फुरुगं appeared first on Etajakhabar.
0 notes
Link
0 notes
Text
वेल्स फ़ार्गो (WFC) 2Q 2022 आय
वेल्स फ़ार्गो (WFC) 2Q 2022 आय
वेल्स फारगो दूसरी तिमाही के लाभ में एक साल पहले की तुलना में 48% की गिरावट आई है क्योंकि बैंक ने खराब ऋणों के लिए धन अलग रखा और अपनी इक्विटी होल्डिंग्स को कम कर दिया। रिफाइनिटिव द्वारा विश्लेषकों के एक सर्वेक्षण के आधार पर वॉल स्ट्रीट की अपेक्षाओं की तुलना में कंपनी ने जो रिपोर्ट दी है वह यहां दी गई है: प्रति शेयर आय: 82 सेंट समायोजित बनाम 80 सेंट अपेक्षित राजस्व: $17.03 बिलियन बनाम $17.53…
View On WordPress
0 notes
Photo
गाउँलेको लगानीमा गाउँमा नै सडक पुगेपछि सर्वसाधारण खुशीले फुरुगं म्याग्दी, ३१ चैत । म्याग्दीको मङ्गला गाउँपालिका–५ बरन्जाको धापुङवासीले गाउँलेकै लगानीमा गाउँसम्म सडक सञ्जाल विस्तार गरेका छन् । बेनी–बरन्जा हुँदै झाँक्रेपानी जोड्ने सडकले आफ्नो गाउँलाई नछुने भएपछि महेश–धापुङवासीले सामूहिक लगानीमा गाउँमा मोटरबाटो पु¥याएका हुन् । महेश–धापुङका अगुवा प्रेम चोचाङ्गीले कतैबाट सहयोग नपाउने भएपछि प्रतिघर रु पाँच हजारका दरले चन्दा उठाएर र श्रमदानसहित सडक विस्तार गर्ने अभियानबाट गाउँमा सडक निर्माण गरेको बताउनुभयो । बरन्जाको दहबाट धापुङवासीले श्रमदान र सामूहिक लगानीमा आठ किमी सडक खनेर गाउँसम्म सडक पु¥याएका हुन् । बाटो खन्न गाउँका युवा राति २ बजेसम्म खटिएको र महिलाले उनीहरुलाई खाजा र खानाको व्यवस्था गरेको अगुवा चोचाङ्गीको भनाइ छ । सडक निर्माण गरी यातायात सञ्चालनमा आउन थालेपछि स्थानीय एक सय नौ घरधुरी लाभान्वित बनेका छन् । सडक निर्माणमा कतार, साउदी अरब, मलेसियालगायत देशमा रहेका स्थानीयवासीले रु पाँच लाखभन्दा बढी सहयोग गरेको स्थानीय युवा उमेश विकले बताउनुभयो । गाउँसम्म सडक पुगेपछि आवत–जावत गर्न र स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजको बजारीकरणमा सहज भएको स्थानीयवासी नरमायाँ पुनले बताउनुभयो । The post गाउँलेको लगानीमा गाउँमा नै सडक पुगेपछि सर्वसाधारण खुशीले फुरुगं appeared first on Etajakhabar.
0 notes
Photo
एउटै संस्थाले मुसहर बस्तीलाई दुई करोड सहयोग गरेपछि खुशीले फुरुगं बने धुर्मुस सुन्तली बर्दिवास, २२ चैत । महोत्तरीको बर्दिवासमा एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न गर्न अब रकम अभावको स्थिति अन्त्य भएको छ । पछिल्लो पटक सोमबार अमेरिकाको मिनेसोटामा रहेका नेपालीको ‘एसोसिएसन अफ नेपाली इन मिनेसोटा’ नामक संस्थाले बस्ती निर्माणार्थ रु दुई करोड १० लाख सहयोग गरेपछि आर्थिक अभावको स्थिति अन्त्य भएको धुर्मुस सुन्तली फाउन्डेसनले जना��को हो । यसअघि बस्ती हस्तान्तरणसम्म पुग्दा करिब रु एक करोड २५ हजार रकम अपुग हुने बताउँदै आउनुभएको फाउन्डेसनका अध्यक्ष हाँस्यकलाकार धुर्मुस (सीताराम कट्टेल) ले अब आर्थिक पाटोबाट ढुक्क भएको जानकारी दिनुभयो । “अब हामीलाई आर्थिक अभाव हुँदैन” धुर्मुसले भन्नुभयो–, “सात समुन्द्र पारी बसेर पनि नेपाल र नेपालीप्रति स्नेह राख्ने मनकारी नेपालीको सहयोगले एकीकृत नमुना मुसहर बस्ती निर्माणमा रहेको अभाव मेटिदियो ।” बस्ती हस्तान्तरण गर्न ११ दिनमात्र बाँकी रहँदा सोमबार फाउन्डेसनलाई एसोसिएसन अफ नेपालिज इन मिनेसोटाका प्रतिनिधिद्वय अनिल रायमाझी र स्वीटी सिंह श्रेष्ठले रु दुई करोड १० लाख रकमको चेक परियोजनास्थलमै पुगेर हस्तान्तरण गर्नुभएको थियो । सहयोग रकम हस्तान्तरण गरेसँगै एसोसिएसनका प्रतिनिधि रायमाझीले अमेरिकामै रहँदा बस्ती निर्माणमा रकम अपुग भएको समाचार सुनेपछि यो मानवीय कार्यमा आफ्नो सानो हिस्सा लगाउन रकम सहयोग गर्न आएको बताउनुभयो । एसोसिएसनले आफूले गरेको सहयोगभित्रबाटै गोर्खाको कसुण्डे गाउँका भूकम्प प्रभावितको घरमा छाना लगाउन एक हजार ९०० थान जस्तापाता समेत व्यवस्थापन गरिदिन धुर्मुससुन्तली फाउन्डेसनसँग अनुरोध गरेको छ । गत पुस २५ गते रु चार करोड ३८ लाखको लागतमा मुसहरका ५० घर निर्माण थालिएको बस्तीमा पछि भ्यू–टावर र मुसहरबाहेकका तीन परिवारलाई व्यवस्थापन गर्न थप घर बनाउन पर्दा लागतसमेत बढेको फाउन्डेसनले जनाएको छ । अहिले निर्माण कार्य ९५ प्रतिशत सकिएर हस्तान्तरण चरणका अन्तिम काम भइरहेको फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताउनुभयो । बस्ती अब ठीक १० दिनपछि नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने छ । यसैबीच सोमबारै धुर्मुससुन्तली फाउन्डेसनलाई अमेरिकामा बस्दै आएका बर्दिवासका सुमन चालिसे र तारा पौडेलले पठाउनुभएको रु ५० हजार १५१ उहाँहरुका परिवारजनले धुर्मुसलाई हस्तान्तरण गर्नुभएको छ । त्यसैगरी बर्दिवासको स्वास्थ्य सरोकार मञ्चले पनि सोमबारै फाउन्डेसनलाई रु ५३ हजार नगद हस्तान्तरण गरेको छ । The post एउटै संस्थाले मुसहर बस्तीलाई दुई करोड सहयोग गरेपछि खुशीले फुरुगं बने धुर्मुस सुन्तली appeared first on Etajakhabar.
0 notes