#सचकत
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन स्थानीयको माग मिथिलाको प्राचीन राजधानी जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जनकपुरवासीले सरकारसँग आग्रह गरेका छन् । जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराउन स्थानीय स्तरबाट पहल हुँदै आए पनि
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मनाङका २८ वडामा २८ वटै मतदानस्थल, निर्वाचनको लागि ६ दल सूचीकृत लमजुङ (बेसीसहर)।हिमाली जिल्ला मनाङमा वडैपिच्छे मतदानस्थल सिफारिस भएको छ । चार गाउँपालिका भित्रका २८ वडामा २८ वटै मतदानस्थल सिफारिस गरिएको हो । भौगोलिक विकटतालाई मध्यनजर गरी २८ वटा वडामा वडापिच्छे मतदानस्थलको सिफारिस गरिएको मनाङका जिल्ला निर्वाचन अधिकारी रामप्रसाद पौडेलले बताए । उनका अनुसार २०७० सालको संविधानसभाको निर्वाचनमा १८ वटा मतदानस्थल तोकिएका थिए । ‘प्रत्येक वडामा मतदानस्थल हुनुपर्ने प्रावधानअनुरुप हरेक वडामा मतदानस्थल तोकेका छौं’, उनले भने। निर्वाचन कार्यालय, मनाङकाअनुसार पाँचहजार एकसय २० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम द��्ता गराएका छन् । दोस्रो संविधानसभाको निर्वाचनमा चारहजार सातसय ९४ मतदाता थिए । २०६८ सालको जनगणना अनुसार मनाङको जनसङ्ख्या ६ हजार ५३८ रहेको छ । जिल्ला निर्वाचन कार्यालयमा स्थानीय तहको निर्वाचनका लागि ६ दलले सूचीकृत गराएका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल र पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले दलको नाम दर्ता गराएका छन् । The post मनाङका २८ वडामा २८ वटै मतदानस्थल, निर्वाचनको लागि ६ दल सूचीकृत appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
अमेरिकाले नेपाली विषयलाई सूचीकृत गर्यो, अब अमेरिकामै नेपाली विषय अध्ययन गर्न पाईने काठमाडौँ, १६ फागुन- संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ । वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका आयुक्त गैरआवासीय नेपाली मोहन गुरुङले आफ्नो प्रयासमा सो राज्य सरकारले त्यहाँका शैक्षिक संस्थामा अध्यापनका लागि नेपाली विषयलाई पनि सूचीकृत गरेको बताउनुभयो । हाल नेपाल भ्रमणमा रहनुभएका आयुक्त गुरुङका अनुसार वासिङ्टन सरकारको उक्त निर्णयले त्यहाँका शैक्षिक संस्थामा हाललाई उच्चमाध्यमिक तहमा नेपाली विद्यार्थीका लागि नेपाली विषय अध्ययनको सुरुवात भएको छ । अमेरिकाका विद्यार्थीलाई शैक्षिक संस्थामा अनिवार्य अङ्ग्रेजी विषयपछि दोस्रो कुनै एक विषय छनोटको प्रावधान छ । जसमा विश्वका धेरै भाषा सूचीकृत भए पनि हालसम्म नेपाली भाषा सूचीकृत नभएको उहाँले जानकारी दिनुभयो । रासससँग कुरा गर्दै आयुक्त गुरुङले उक्त कार्यले अमेरिकामा बस्ने भावी नेपाली पुस्ताले नेपाली भाषा पढ्न, जान्न पाउने र नेपाली भाषा संस्कृतिको जगेर्ना हुनाका साथै अमेरिकाका अन्य राज्यमा पनि नेपाली भाषा अध्ययनका लागि दबाब बढ्ने बताउनुभयो । “वासिङ्टन राज्यमा हाल १० हजारभन्दा बढी नेपाली भाषी छन्, जसमध्ये छ हजार भुटानी शरणार्थी छन् भने करिब पाँच हजार नेपाली छन्”–उहाँले भन्नुभयो । स्याङ्जामा २०१२ सालमा जन्मनुभएका गुरुङ काठमाडौँमा अध्ययन तथा वीर अस्पतालमा १३ वर्ष जागिरपछि उज्ज्वल भविष्यको खोजीमा सन् १९९३ मा अमेरिका जानुुभएको थियो । हाल अमेरिकामा विभिन्न सङ्घसंस्थामार्फत नेपाली भाषा संस्कृतिको जगेर्ना तथा समाज सेवामा समर्पित गुरुङले वासिङ्टनका शैक्षिक संस्थामा आगामी दिनमा नेपाली विद्यार्थीलाई सङ्गठित गरी अध्ययन सुरु गराउने योजनामा रहेको बताउनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
रामसार सूचीमा सूचीकृत कास्कीका ताल संरक्षणमा चासो बढ्दै पोखरा, २६ पुस- पोखराको फेवासहित कास्कीका नौ वटा ताल एकैपटक अन्तर्राष्ट्रिय महत्वको रामसार सूचीमा सूचीकृत भएको एक वर्ष पुग्नै लाग्दा यी ताल संरक्षण र विकासले प्राथमिकता पाउन थालेको छ । रामसार सचिवालयबाट आएको विज्ञको टोलीले गत वर्ष माघमा विश्व सिमसार दिवसको अवसरमा यहाँका नौवटा ताललाई रामसारमा सूचीकृत गरिएको औपचारिक प्रमाणपत्र प्रदान गरिएको थियो । सो योजनामा तालहरू रहेको स्थानको भौगोलिक अवस्था तथा संरक्षणका लागि आवश्यक पूर्वाधार विकासका विभिन्न पक्ष समेटिएको संरक्षण विकास फाउन्डेसनका अध्यक्ष शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो । “रामसारमा सूचीकृत पोखराको फेवातालसहितका नौवटा ताल संरक्षण एवम् विकासका लागि पाँच वर्षे योजनासहित कुल रु १२ अर्ब २४ करोड, ७५ लाख १६ हजार लाग्ने अनुमान योजनामा छ”, उहाँले भन्नुभयो – “पहिलो कुरा ताल संरक्षण गर्नु नै हो, तालको जग्गा अतिक्रमणका साथै व्यवस्थापन र तालमा बढिरहेका ��िचाहा प्रजातिको तत्काल नियन्त्रण गर्नु छ ।” योजनाअनुसार ती तालमध्ये सबैभन्दा बढी लागत फेवातालमा लाग्ने देखिएको छ । अनुमानित कुल बजेटमध्ये फेवातालका लागि ३१ प्रतिशत छुट्याइएको छ भने त्यसपछि क्रमशः बेगनासमा २३, रुपामा १४, खाष्टे÷न्युरेनीमा ११, मैदीमा आठ, दिपाङ्गमा सात, गुँदेमा चार र कमलपोखरीमा दुई प्रतिशत बजेट निर्धारण गरिएको पोखरेलले जानकारी दिनुभयो । योजनामा तालको संरचना, जैविक विविधताको संरक्षण, तालका माध्यमबाट आर्थिक समृद्धि र विकास, नियमन, तालसँग आश्रित उत्पीडित तथा विपन्न वर्गको उत्थानलगायतका विषयलाई समेट्ने प्रयास गरिएको उहाँको भनाइ छ । अन्तर्राष्ट्रियकरण भएका कारण कास्कीका यी ताल संरक्षण र विकासलाई स्थानीय निकायले आफ्नो प्राथमिकतामा राखेको जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत अर्जुन न्यौपानेले बताउनुभयो । ताल संरक्षण र विकासका लागि आगामी जिल्ला परिषद्ले बजेट विनियोजन गर्ने जानकारी दिँदै उहाँले पोखराको फेवातालको संरक्षण एवम् विकासका लागि निर्वाचन क्षेत्र नं ३ अन्तर्गत निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत रु ५० लाख, नगरपालिकाबाट रु ५० लाख र स्थानीय जनसहभागिताबाट रु ५० लाख गरी रु एक करोड ५० लाख खर्चिने योजना रहेको बताउनुभयो । पछिल्लो समय जलवायु परिवर्तन र तीव्र विकासको गतिका कारण वातावरणमा प्रत्यक्ष असर परिरहेको अवस्थामा जनसचेतनाका कारण ताल संरक्षण र विकासका लागि स्थानीयवासीमा पनि जागरुकता बढेको पाइन्छ । अन्तर्राष्ट्रियकरण भएका ती ताल संरक्षण र विकास राज्य वा स्थानीयवासी एक्लो प्रयासमा सम्भव नहुने बेगनास रुपा ताल संरक्षण तथा पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष दीनानाथ ढकालले बताउनुभयो । रामसारमा सूचीकृत भएसँगै तालको विकासका योजना बन्ने, संरक्षणमा अन्तर्राष्ट्रिय सहयोगका साथै स्थानीय जनसहभागिता बढ्ने, पर्यापर्यटन प्रवद्र्धन हुने तथा यहाँ रहेका दुर्लभ र लोपोन्मुख वन्यजन्तु तथा जलचरको संरक्षणमा सहयोग पुग्ने विश्वास लिइएको ढकालले बताउनुभयो । रामसरामा सूचीकृत कास्कीका यी तालका पानीले ओगटेको क्षेत्र ९२४ हेक्टर छ भने तालको जलाधार क्षेत्र र तालसँग अन्तर सम्बन्धित सेती जलाधार क्षेत्रसमेत गरी यी तालको सञ्जालले ओगटेको कुल क्षेत्रफल दुई हजार ६१० हेक्टर छ । रासस
0 notes