#सचम
Explore tagged Tumblr posts
draashish · 7 years ago
Photo
Tumblr media
ये है सच.... न्यायालय हिंसा के लिए दोषी करोड़ों भक्त कैसे गलत हो सकते है बाबा राम रहीम की सज़ा हमारी संस्कृति से छेड़छाड़ है साक्षी महाराज एक एक करके सबके चेहरे सामने आ रहे हैं। मोदी जी से लेकर साक्षी महराज खट्टर जी से लेकर जब लागेलू तू लिपिस्टिक गाने के ज्ञाता सांसद मनोज तिवारी तक बाबा भक्त अच्छे दिन से लेकर न्यू इंडिया तक बाबा के हमजोली ##सचमुच देश बदल रहा है ##
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
एसियाकै टप अभिनेत्रीको सूचिमा आलिया बैशाख १ । बलिउड अभिनेत्री आलिया भट्टको नाम अमेरिकाको प्रतिष्ठित म्यागजिन फेब्र्समा पर्न सफल भएको छ । फोब्र्सले निकालेको एसियाको टप अन्डर ३० सेलिब्रेटिका नाममा आलियाको नाम पनि सामेल भएको हो । आलियाले सानै उमेरमा सफल फिल्म दिनुका साथै उनले विभिन्न ठूला–ठूला ब्राण्डको पनि इन्ड्रोस गरिसकेकी छिन् । २४ वर्षीया यी अभिनेत्रीले अहिले आफ्नै कमाईमा […] The post एसियाकै टप अभिनेत्रीको सूचिमा आलिया appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
फोर्ब्सको ३० प्रभावशाली युवाको सूचीमा परे पाँच नेपाली १ बैशाख, का��माडौं । अमेरिकी पत्रिका फोर्ब्सले जारी गरेको एसियाका ‘३० वर्षमुनिका ३० प्रभावशाली’ युवाको सूचीमा पाँच जना नेपालीले स्थान बनाएका ��न् । १० वटा विधामा ३०-३० जना छनौट
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन स्थानीयको माग मिथिलाको प्राचीन राजधानी जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जनकपुरवासीले सरकारसँग आग्रह गरेका छन् । जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराउन स्थानीय स्तरबाट पहल हुँदै आए पनि
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
नेपाल भ्रष्टाचार हुने मुलुकको १३१ औँ सूचीमा काठमाडौँ, १२ माघ- भ्रष्टाचार हुने सूचकाङ्कमा समावेश भएका १७६ देशमध्ये नेपाल कुल १०० पूर्णाकमा २९ अङ्क प्राप्त गरी १३१ औँ स्थानमा सूचीकृत भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आज सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१६’ को प्रतिवेदनअनुसार नेपालमा सुशासनको कमीका कारण भ्रष्टाचार निवारण हुन नसकेको देखिन्छ । सूचकाङ्कमा समावेश गरिएका १७६ देशमध्ये डेनमार्क र न्यु���िल्यान्ड कुल १०० मा ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने सोमालिया १० अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको छ । सर्वेक्षणबाट भ्रष्टाचार विश्वभर प्रमुख समस्याका रुपमा रहेको देखिएको संस्थाका अध्यक्ष श्रीहरि अर्यालले जानकारी दिनुभयो । प्रतिवेदनले भ्रष्टाचार र सामाजिक असमानता एक अर्काका परिपूरक हुन् र यसले राजनीतिप्रति निराशा पैदा गर्छ भनी उल्लेख गरेको छ । दक्षिण एसियाली मुलुकमध्ये भुटान ६५ अङ्क प्राप्त गरी २७ औँ स्थानमा, भारत ४० अङ्क प्राप्त गरी ७९ औँ स्थानमा, मालदिभ्स र श्रीलङ्का ३६ अङ्क प्राप्त गरी ९५ औँ स्थानमा, पाकिस्तान ३२ अङ्कले ११६ औँ स्थानमा, नेपाल २९ औँ अङ्क प्राप्त गरी १३१ औँ स्थानमा, बङ्गलादेश २६ अङ्क प्राप्त गरी १४५ औँ स्थानमा र अफगानिस्तान १५ अङ्क प्राप्त गरी १६९ औँ स्थानमा रहेका छन् । छिमेकी मुलुक चीन ४० अङ्क प्राप्त गरी ७९ औँ स्थानमा रहेको छ । नेपाल गत वर्ष १६८ मुलुकमध्ये २७ अङ्क प्राप्त गरी १३० औँ स्थानमा रहेको थियो । सो संस्थाले सन् १९९५ देखि प्रत्येक वर्ष यो सूची सार्वजनिक गर्दै आएको र नेपाललाई २००४ देखि समावेश गरिएको अध्यक्ष अर्यालले बताउनुभयो । “प्रतिवेदनले नेपालको भ्रष्टाचार बारेको अवधारणामा सामान्य सुधार आएको हो कि भन्ने देखिए पनि नेपालले पाएको अङ्कमा धेरै कम अङ्कको फेरबदलले अवस्थामा परिवर्तन भएको भन्न नमिल्ने देखिन्छ” उ��ाँले भन्नुभयो । प्रतिवेदन विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फान्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भिडिइएमसमेत छ संस्थाद्वारा गरिएको सर्वेक्षणका आधारमा तयार गरिएको हो । सरकारद्वारा सार्वजनिक क्षेत्र÷पदाधिकारीको काम कारबाहीमा निगरानीको स्थिति, कर भुक्तानी, ठेक्का पट्टा र न्याय प्राप्तिका लागि दिनुपर्ने घुस, सरकारी प्रतिनिधिद्वारा निजी स्वार्थको लागि पदको दुरुपयोगको अवस्थालगायत विषय समेटी प्रतिवेदन तयार पारिएको संस्थाका महासचिव पदमिनी प्रधानाङ्गले जानकारी दिनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
रामसार सूचीमा सूचीकृत कास्कीका ताल संरक्षणमा चासो बढ्दै पोखरा, २६ पुस- पोखराको फेवासहित कास्कीका नौ वटा ताल एकैपटक अन्तर्राष्ट्रिय महत्वको रामसार सूचीमा सूचीकृत भएको एक वर्ष पुग्नै लाग्दा यी ताल संरक्षण र विकासले प्राथमिकता पाउन थालेको छ । रामसार सचिवालयबाट आएको विज्ञको टोलीले गत वर्ष माघमा विश्व सिमसार दिवसको अवसरमा यहाँका नौवटा ताललाई रामसारमा सूचीकृत गरिएको औपचारिक प्रमाणपत्र प्रदान गरिएको थियो । सो योजनामा तालहरू रहेको स्थानको भौगोलिक अवस्था तथा संरक्षणका लागि आवश्यक पूर्वाधार विकासका विभिन्न पक्ष समेटिएको संरक्षण विकास फाउन्डेसनका अध्यक्ष शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो । “रामसारमा सूचीकृत पोखराको फेवातालसहितका नौवटा ताल संरक्षण एवम् विकासका लागि पाँच वर्षे योजनासहित कुल रु १२ अर्ब २४ करोड, ७५ लाख १६ हजार लाग्ने अनुमान योजनामा छ”, उहाँले भन्नुभयो – “पहिलो कुरा ताल संरक्षण गर्नु नै हो, तालको जग्गा अतिक्रमणका साथै व्यवस्थाप�� र तालमा बढिरहेका मिचाहा प्रजातिको तत्काल नियन्त्रण गर्नु छ ।” योजनाअनुसार ती तालमध्ये सबैभन्दा बढी लागत फेवातालमा लाग्ने देखिएको छ । अनुमानित कुल बजेटमध्ये फेवातालका लागि ३१ प्रतिशत छुट्याइएको छ भने त्यसपछि क्रमशः बेगनासमा २३, रुपामा १४, खाष्टे÷न्युरेनीमा ११, मैदीमा आठ, दिपाङ्गमा सात, गुँदेमा चार र कमलपोखरीमा दुई प्रतिशत बजेट निर्धारण गरिएको पोखरेलले जानकारी दिनुभयो । योजनामा तालको संरचना, जैविक विविधताको संरक्षण, तालका माध्यमबाट आर्थिक समृद्धि र विकास, नियमन, तालसँग आश्रित उत्पीडित तथा विपन्न वर्गको उत्थानलगायतका विषयलाई समेट्ने प्रयास गरिएको उहाँको भनाइ छ । अन्तर्राष्ट्रियकरण भएका कारण कास्कीका यी ताल संरक्षण र विकासलाई स्थानीय निकायले आफ्नो प्राथमिकतामा राखेको जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत अर्जुन न्यौपानेले बताउनुभयो । ताल संरक्षण र विकासका लागि आगामी जिल्ला परिषद्ले बजेट विनियोजन गर्ने जानकारी दिँदै उहाँले पोखराको फेवातालको संरक्षण एवम् विकासका लागि निर्वाचन क्षेत्र नं ३ अन्तर्गत निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत रु ५० लाख, नगरपालिकाबाट रु ५० लाख र स्थानीय जनसहभागिताबाट रु ५० लाख गरी रु एक करोड ५० लाख खर्चिने योजना रहेको बताउनुभयो । पछिल्लो समय जलवायु परिवर्तन र तीव्र विकासको गतिका कारण वातावरणमा प्रत्यक्ष असर परिरहेको अवस्थामा जनसचेतनाका कारण ताल संरक्षण र विकासका लागि स्थानीयवासीमा पनि जागरुकता बढेको पाइन्छ । अन्तर्राष्ट्रियकरण भएका ती ताल संरक्षण र विकास राज्य वा स्थानीयवासी एक्लो प्रयासमा सम्भव नहुने बेगनास रुपा ताल संरक्षण तथा पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष दीनानाथ ढकालले बताउनुभयो । रामसारमा सूचीकृत भएसँगै तालको विकासका योजना बन्ने, संरक्षणमा अन्तर्राष्ट्रिय सहयोगका साथै स्थानीय जनसहभागिता बढ्ने, पर्यापर्यटन प्रवद्र्धन हुने तथा यहाँ रहेका दुर्लभ र लोपोन्मुख वन्यजन्तु तथा जलचरको संरक्षणमा सहयोग पुग्ने विश्वास लिइएको ढकालले बताउनुभयो । रामसरामा सूचीकृत कास्कीका यी तालका पानीले ओगटेको क्षेत्र ९२४ हेक्टर छ भने तालको जलाधार क्षेत्र र तालसँग अन्तर सम्बन्धित सेती जलाधार क्षेत्रसमेत गरी यी तालको सञ्जालले ओगटेको कुल क्षेत्रफल दुई हजार ६१० हेक्टर छ । रासस
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
सीएनएनको उत्कृष्ट पाँच रिसोर्टको सूचीमा पोखराको पेभेलियन हिमालय होटल र बाराही जंगल लज पोखरा, २३ पुस- अमेरिकी न्यूज पोर्टल सीएनएनले नेपालका पाँचवटा बुटिक होटलको सूचि सार्वजनीक गरेको छ । सूचिमा पोखराको बाराही ग्रुपद्धारा चितवनको मेघौलीमा सञ्चालीत बराही जंगल लज पनि परेको छ भने पोखराको २४ कृस्तीस्थित पेभेलियन हिमालय होटल परेको छ । त्यसै गरि काठमाण्डौको द्वारिका होटल, भक्तपुरको हेरिटेज होटल र पाटनको स्वथा ट्रेडिसनल होम परेका छन् । भूकम्पपछि नेपालका पुरातात्विक सम्पदाहरुमा क्षति पुगेको र पर्यटन उद्योग पनि थला परेको अबस्थामा मौलिक आर्किटेक्ट सहित निर्माण गरिएका ��ी बुटिक होटलले पर्यटन प्रर्बद्धनमा ठूलो भूमिका खेल्ने उल्लेख गरिएको छ । बाराही जंगल रिर्सोट चितवनमा स्थापित लक्जरी रिसोर्टमध्ये एक हो । चितवन राष्ट्रिय निकुञ्जको छेवैमा रहेका कारण बाराहीबाटै गैंडा, मृग, गोही लगायतका बन्यजन्तु आँखै अगाडी देख्न सकिन्छ । बाराही रिसोर्ट २० बिगाहा क्षेत्रफलमा फैलिएको छ जहाँ ३४ वटा डिलक्स रुम छन् भने एउटा विलासी सुइट छ । त्यसबाहेक ९ बिगाहामा रिसोर्टले अर्गानिक खेती गरेको छ । ग्रिन होटलको थिममा संचालित बाराहीमा पाहुनाहरुले रिसोर्टभित्र फलेको अर्गानिक तरकारी र सलाद खान पाउँछन् । बाराही पुग्ने पाहुनाले राप्ती नदीमा डुंगा यात्रा गर्न पाउँछन् हात्तिबाट जंगल सफारी मुख्य बिशेषता हुन् । रिसोर्टमा दुईवटा स्वीमिङ पुल, स्पा, र मसाजको पनि सुबिधा छन् । हरेक कोठाको कौसीबाट आँखै अगाडी राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्ज देख्न सकिन्छ । सुरुमा पोखरामा होटल बाराही संचालन गरेको बाराही समूहले करिव डेढ बर्षअघि मेघौलीमा बाराही जंगल लजका नाममा डिलक्स रिसोर्ट सुरु गरेको थियो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
फेरि पनि विश्वकै कम सुरक्षित विमानको सूचीमा ‘नेपाल एयरलाइन्स’, ३ बर्षदेखि लगातार कालोसूचीमा पुस २१ गते– नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका विमान फेरी पनि विश्वकै कम सुरक्षित विमानको सूचीमा परेका छन् । एयरलाइन्सहरुको रेटिङ गर्ने वेबसाइट ‘एयरलाइन्स रेटिङ’ले फेरि पनि नेपाल एयरलाईन्सलाई कम सुरक्षितको स्थानमा राखेको हो । रेटिङमा विश्वभरका अन्तर्राष्ट्रिय उडान भर्ने ४२५ एयरलाइन्स समावेश थिए । जसमा नेपाल एयरलाईन्सले जम्मा एक नम्बर मात्रै पाएको छ । रेटिङका अधिकांश सूचक नेपाल एयरलाइन्सले पास गर्न सकेन । युरोपेली युनियनले नेपालका सबै एयरलाइन्सलाई लगातार तीन बर्षदेखि कालो सूचीमा राख्दै आएको छ । यसपटक पनि लगातार चौथो पटक अष्ट्रेलियाको क्वान्टास एयरलाइन्स सबैभन्दा सुरक्षित घोषणा भएको छ । कम सुुरक्षित विमानको सूचीमा नेपालसहित इण्डोनेसिया, अफगानिस्तान र सुरिनामका एयरलाइन्सहरु परेका छन् ।
0 notes