#मुखियाको कब्जा
Explore tagged Tumblr posts
capitalkhabar · 8 years ago
Text
मोहियानी जग्गा मुखियाको कब्जामा
मोहियानी जग्गा मुखियाको कब्जामा
नुवाकोट,  चैत २१ –  तारुकाको मोही किसानले प्रयोग गर्दैै आएका जग्गा त्यहाँका मुखिया (स्वघोषित अगुवा)ले नियन्त्रणमा लिएका छन् ।
तार्केश्वर गाउँपालिका वडा नं ३ का २३ घरघुरी किसानले उपभोग गर्दै आएका करिब एक सय रोपनी जग्गा मुखिया भनाउने गाउँका पहुँचवालाले झन्डा गाडेर आफ्नो नियन्त्रणमा लिएका छन् ।
शिवालय गुठी र किसानको संयुक्त नाममा रहेको सो जग्गाको मुख्य स्वामित्व आफूहरुको रहेको भन्दै नवीन…
View On WordPress
0 notes
onlinekhabarapp · 5 years ago
Text
अनौठो गाउँ, जहाँका मुखिया भारतमा खान्छन् तर म्यानमारमा सुत्न जान्छन्
कुनै गाउँका मुखियाले एक देशमा खाना खाने तर अर्को देशमा सुत्न जाने गरेको सुन्नुभएको छ ? यस्तो अनौठो गाउँ हाम्रै छिमेकी मुलुक भारतमा छ ।
भारत र म्यानमारको सीमानामा पर्ने लोंगवा गाउँको आधा हिस्सा भारतमा छ भने आधा म्यानमारमा रहेको छ ।
भारत र म्यानमारको सीमा रेखाले यो गाउँलाई ठ्याक्कै बीच भागबाट काटेको छ । तर उक्त अन्तर्राष्ट्रिय सीमाको त्यहाँ कुनै परवाह छैन र गाउँलेहरुलाई दुई फरक देशमा भएको कुनै अनुभूति छैन । गाउँको बीचमा रहेका सीमा स्तम्भमा एकातर्फ बर्मिज भाषामा र अर्को तर्फ हिन्दी भाषामा सूचनाहरु लेखिएका छन् तर आदिवासी समुदायको आफ्नै भाषा छ ।
यो आदिवासी समुदायमा मुखिया प्रथा चलिआएको छ । मुखियाले आसपासका विभिन्न गाउँको समेत प्रमुखको भूमिका निर्वाह गर्दछन् । मुखियालाई बहुपत्नी राख्ने छुट छ । हालका मुखियाका ६० वटी पत्नी छन् ।
भारत र म्यानमारको सीमा रेखाले उनै मुखियाको घरलाई बीचबाट काटेको छ । अर्थात् उनको घरको भान्साकोठा भारतमा पर्दछ भने सुत्ने कोठा म्यान्मारमा पर्दछ । सोही कारणले गर्दा उनी हरेक रात भारतमा खाना खाएर म्यानमारमा सुत्न जान्छन् ।
नागाल्याण्डको मोन जिल्लामा घना जंगलको बीचमा म्यानमारसँग जोडिएको भारतको अन्तिम गाउँ हो लोंगवा । उक्त गाउँमा कोंयाक आदिवासी समुदायको बसोबास रहेको छ । उनीहरु निकै खतरनाक तथा हिंस्रक जाति मानिन्छ ।
उक्त आदिवासी समुदायको इतिहास अनुसार उनीहरु आफ्नो समुदायको सत्ता तथा जमीन कब्जा गर्नका लागि प्रायः छिमेकी गाउँहरुसँग युद्ध गरिरहन्थे । युद्धका क्रममा उनीहरुले शत्रुपक्षका मानिसहरुको टाउको काटिदिन्थे ।
शत्रुको टाउको काटिदिने भएकोले पनि यो आदिवासीलार्य हेड हन्टर्सको नामले चिनिन्छ । तर सन् १९४० मा टाउको काट्ने उक्त परम्परामा पूर्णरुपमा प्रतिबन्ध लगाइयो । त्यसपछि पनि छिटफुट रुपमा शिर छेदका घटना हुने गरेकोमा सन् १९६९ यता कुनै पनि त्यस्तो घटना भएका छैनन् । यो समुदायको बसोबास रहेको गाउँ पहाडि क्षेत्रमा छ ।
यो गाउँका मानिसहरुसँग भारत र म्यानमार दुवै देशको नागरिकता रहेको छ ।
एजेन्सी
0 notes
onlinekhabarapp · 6 years ago
Text
यू-२१ ब्याडमिन्टनमा भारतको दवदवा
काठमाडौं । दक्षिण एशियाली यू-२१ ब्याडमिन्टन च्याम्पियनसिपमा भारतले आफ्नो दबदवा कायम राख्यो ।
नेपाल ब्याडमिन्टन संघको आयोजना तथा ब्याडमिन्टन एशियाको बिकास कार्यक्रम अन्तरगत भएको च्याम्पियनसिपको पुरुष एकल तर्फ भारतका पि्रयान्सु रजावत श्रीलङ्काका रन्थुस्का ससिन्दुलाई १६ २१, २१/१६, २१/१७ ले पन्छाउँदै स्वर्ण कब्जा गर्न सफल भए । नेपालका नविन श्रेष्ठ र सुनिल जोशीले कास्य पदकमा चित्त बुझाए ।
यस्तै महिला एकलमा भारतकी माल्भिका बान्सोदले आफ्नै देशकी पूर्वा ���ार्वेमाथि २१/१२, २१/८ को जित निकाल्दै स्वर्ण हात पारिन् । मालदिभ्सकी फथिमाथ नवाह र श्रीलङ्काकी हसिनी अम्बालङ्गगोड्गेले कास्य पाए ।
हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भएको प्रतियोगिताको मिश्रीत युगलतर्फ पनि बिष्णुबर्दना गाउड र तनिशा क्राष्टोको जोडीले भारतको लागि स्वर्ण जोडे ।
गाउड र क्राष्टोको जोडीले श्रीलङ्काका रन्थुस्का ससिन्दु र दिल्मी डायसको जोडीलाई २१/१०, २१/१६ ले पाखा लगाए । नेपालका रशिला महर्जन र प्रफुल महर्जन तथा बंगलादेशका फारविन विन्ते ईम्दाद हृदिता र सयद साकेर मोहम्मद सिवगतको जोडी तेश्रो स्थान खुम्चिए ।
महिला युगलमा पनि भारतले बाजी मार्‍यो । भारतका पूर्बा बार्वे र तनिशा क्राष्टोका जोडीले मालदिभ्सका जुम्ल्याहा दिदि बहिनी अमिनाथ नविहा र फाथिमाथ नवाहलाई २१/१४, २१/१८ ले पराजित गर्दै स्वर्ण प्राप्त गरे ।
तेश्रो स्थानमा बंगलादेशका रश्मि अक्तर र उर्मी अक्तर तथा नेपालका जेशिका गुरुङ्ग र सुनैना मुखियाको जोडी रहे ।
पुरुष एकल तर्फ पनि भारतकोनै जित भयो । भारतका बिष्णुबर्दन गौड पान्जला र ध्रुव रावतको जोडीले नेपालका नविन श्रेष्ठ र पि्रन्स दाहा���को जोडीलाई २१/१६, १७/२१, २१/१७ ले पराजित गर्दै स्वर्ण भारतको पोल्टामा पार्न सफल भए ।
भारतले यस अघि मिश्रीत युगल तर्फको स्वर्ण पदक पनि आफ्नो पोल्टामा पारेको थियो । यसका साथै भारतले छ वटै स्वर्ण पदक आफ्नो देश लगेको छ ।
0 notes