#तार्केश्वर गाउँपालिका
Explore tagged Tumblr posts
capitalkhabar · 8 years ago
Text
नुवाकोटमा किसानको पहलमा बाख्राको स्रोतकेन्द्र स्थापना
नुवाकोटमा किसानको पहलमा बाख्राको स्रोतकेन्द्र स्थापना
नुवाकोट,  जेठ १० –  तार्केश्वर गाउँपालिकाको तारुका र बुधसिंहका किसानको पहलमा बाख्राको स्रोतकेन्द्र स्थापना गरिएको छ ।
जिल्ला पशुसेवा कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा तार्केश्वर बाख्रापालक समिति निर्माण गरी स्रोतकेन्द्र सञ्चालनमा आएको हो । समितिमा आबद्ध ५० किसानले एक हजारभन्दा बढी बाख्रापालन गरेर त्यसलाई स्रोतकेन्द्रको रुपमा सञ्चालन गरेका हुन् ।
पशुसेवा कार्यालयले घाँसको बीउ, डिपिङ…
View On WordPress
0 notes
mithilanchaltoday · 2 years ago
Text
…. कै लागि उनीहरूले जग्गा बेच्न लागेका थिए, जसका लागि १० लाख रुपैयाँ बैना पनि लिइसकेका थिए, मुख्य नाइके श्रीमान एस्तो रहेछ परीवार सकिनुको मूख्य कारण (भिडियो सहित) – Anautho
…. कै लागि उनीहरूले जग्गा बेच्न लागेका थिए, जसका लागि १० लाख रुपैयाँ बैना पनि लिइसकेका थिए, मुख्य नाइके श्रीमान एस्तो रहेछ परीवार सकिनुको मूख्य कारण (भिडियो सहित) – Anautho
काठमाडौंको काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चार जना मृत भेटिए। तार्केश्वर नगरपालिका–२ काभ्रेस्थली पदमशालमा रहेको एक तले घरभित्र चार जनाको शव फेला परेको हो। गोरखा भिमसेनथापा गाउँपालिका–६ अश्राङ स्थायी घर भई पदमशालमा एक तले घर बनाएर बसेका ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया श्रीमती सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक मृत फेला परेका हुन्। एकै परिवारका चारै जना मृत फेला परेपछि के…
Tumblr media
View On WordPress
0 notes
onlinekhabarapp · 5 years ago
Text
अमेरिका पठाइदिने भन्दै ६० लाख ठगेको आरोपमा २ जना पक्राउ
५ फागुन, काठमाडौं । अमेरिका पठाउने भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका–२ पयुँपाटा घर भई हाल ललितपुरको इमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेको देउराली गाउँपालिका चौउरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन् ।
नुवाकोटको शिवपुरी गाउँपालिका–३ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका–२ बस्ने ३७ वर्षीया कीसानुमाया लामालाई अमेरिका पठाइदिने भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अमेरिका जानको लागि बैंक ब्यालेन्स् देखाउनु पर्ने भन्दै कीसानुमायालाई रामचन्द्र कुँवरले प्राइम बैंकमा रहेको आफ्नो खातामा ६० लाख रुपैयाँ ब्यालेन्स गर्न लगाएका थिए ।
कीसानुमायाले ६० लाख रुपैयाँ खातामा राखिदिएको भोलिपल्टै कुँवरले नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमती पत्र राखी चावहील, नयाँबानेश्वर, कोटेश्वर, सामाखुसी र इमाडोलमा रहेको प्राइम बैंकको शाखाबाट रकम निकालेर सम्पर्कविहीन भएका थिए ।
पीडित भनिएकी कीसानुमायाले दिएको जाहेरीको आधारमा दुवै जनालाई भक्तपुरको थिमिबाट सोमबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा कुँवर र लामाले अन्य तीन जनाबाट ७० लाख रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
0 notes
mirrorkhabar · 6 years ago
Text
माघ १ । रसुवा र नुवाकोट जिल्लाको सिमानामा रहेको ऐतिहासिक धार्मिक तिर्थस्थल बेत्रावतीमा यस वर्ष पनि गुरु जुधाइएको छ । प्रत्येक वर्षको मकर सङ्क्रान्तिका बेत्रावतीमा गोरु जुधाउने परम्परा रहिआएको छ । यस वर्ष आठ हल गोरुको घम्साघम्सी भएको छ ।
१६ जना कृषकले पालेका बलियो गोरु बेत्रावतीमा ल्याइएका थिए । विस‌ं १८४९ असोज १७ गते नेपाल र चीनबिच बेत्रावतीमा भएको सन्धिको खुसीयालीमा गोरु जुधाउने मेला सञ्चालन हुँदै आइरहेको गोसाईकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलले बताए ।
विगतका वर्षहरूमा परम्परामा मात्र सीमित रहेको गोरु जुधाउने मेला केही वर्षयतादेखि बेत्रावतिका स्थानीय बासिन्दाहरूले गोसाईकुण्ड युवा क्लब मार्फत व्यवस्थित तरिकाले सञ्चालन गर्दै आएका छन् ।
आन्तरिक पर्यटनको प्रवर्द्धन गर्न यो मेलामा विगतका वर्षहरू देखि नै रसुवा नुवाकोट पर्यटन समाजले सहयोग गर्दै आएको संस्थाका अध्यक्ष बलराम न्यौपानेले बताए । मंगलवार उता नुवाकोटको तारुका र पञ्चकन्यामा पनि गोरु जुधाई मेला आयोजना भएको छ । तार्केश्वर गाउँपालिका-३ तारुकामा २३ हल गोरु जुधाइएको छ ।
बझांङ्गी राजकुमार जयपृथ्वीबहादुर सिंह मावली गाउँ तारुका आउँदा उनलाई मनोरञ्जन प्रदान गर्न गोरु जुधाउन थालिएको भनाइ रहेको छ । अहिले स्थानीयवासीले संस्कृति, परम्परा र पर्यटन प्रवर्द्धनसँग जोडेर गोरु जुधाइलाई निरन्तरता दिँदै आएका छन् । केही वर्ष यता व्यवस्थित रूपमा गोरु जुधाउन थालिएको छ । रसुवा र नुवाकोटका स्यानीय कृषकले गोरु जुधाउनको लागि वर्ष भरी तागतिलो कुराहरू खुवाएर पाल्ने गरेका छन् ।
जुधाउन ल्याउने गोरुलाई तीन वर्ष अगाडि नै खुराक खुवाउन १० हजार कृषकलाई दिने व्यवस्था क्लबले गरेको छ । तर गोरु तीन वर्षसम्म नबेच्ने सर्तमा १० हजार उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष डंगोलले बताए ।
गोरु जुधाउने मेला अहिले मनोरञ्जन तथा खुसीयाली साट्ने थलोको रूपमा विकास हुँदै गइरहेका छ । गोरु जुधाएको हेर्न मङ्गलवार सयौँ मानिसहरू बेत्रावतीमा जम्मा भएका थिए । यस्ता मेलाबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नका लागि सहयोग पुग्ने स्थानीयको भनाइ छ ।
प्रतियोगितामा प्रथम, द्वितीय हुने गोरुका धनीहरूका लागि क्रमशः तीन हजार र दुई हजार पाँच सय नगद पुरस्कारको व्यवस्था गरिनुका साथै जुधारु गोरुलाई भिटामिनको समेत व्यवस्था गरिएको छ । प्रतिस्पर्धी गोरुको बिमा समेत गरिएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय हुने गोरुका धनीहरूका लागि क्रमशः तीन हजार र दुई हजार पाँच सय नगद पुरस्कारको व्यवस्था गरिनुका साथै जुधारु गोरुलाई भिटामिनको समेत व्यवस्था गरिएको छ । प्रतिस्पर्धी गोरुको बिमा समेत गरिएको छ ।
बेत्रावतीमा गोरुको घम्साघम्सी माघ १ । रसुवा र नुवाकोट जिल्लाको सिमानामा रहेको ऐतिहासिक धार्मिक तिर्थस्थल बेत्रावतीमा यस वर्ष पनि गुरु जुधाइएको छ । प्रत्येक वर्षको मकर सङ्क्रान्तिका बेत्रावतीमा गोरु जुधाउने परम्परा रहिआएको छ । यस वर्ष आठ हल गोरुको घम्साघम्सी भएको छ । १६ जना कृषकले पालेका बलियो गोरु बेत्रावतीमा ल्याइएका थिए । विस‌ं १८४९ असोज १७ गते नेपाल र चीनबिच बेत्रावतीमा भएको सन्धिको खुसीयालीमा गोरु जुधाउने मेला सञ्चालन हुँदै आइरहेको गोसाईकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलले बताए । विगतका वर्षहरूमा परम्परामा मात्र सीमित रहेको गोरु जुधाउने मेला केही वर्षयतादेखि बेत्रावतिका स्थानीय बासिन्दाहरूले गोसाईकुण्ड युवा क्लब मार्फत व्यवस्थित तरिकाले सञ्चालन गर्दै आएका छन् । आन्तरिक पर्यटनको प्रवर्द्धन गर्न यो मेलामा विगतका वर्षहरू देखि नै रसुवा नुवाकोट पर्यटन समाजले सहयोग गर्दै आएको संस्थाका अध्यक्ष बलराम न्यौपानेले बताए । मंगलवार उता नुवाकोटको तारुका र पञ्चकन्यामा पनि गोरु जुधाई मेला आयोजना भएको छ । तार्केश्वर गाउँपालिका-३ तारुकामा २३ हल गोरु जुधाइएको छ । बझांङ्गी राजकुमार जयपृथ्वीबहादुर सिंह मावली गाउँ तारुका आउँदा उनलाई मनोरञ्जन प्रदान गर्न गोरु जुधाउन थालिएको भनाइ रहेको छ । अहिले स्थानीयवासीले संस्कृति, परम्परा र पर्यटन प्रवर्द्धनसँग जोडेर गोरु जुधाइलाई निरन्तरता दिँदै आएका छन् । केही वर्ष यता व्यवस्थित रूपमा गोरु जुधाउन थालिएको छ । रसुवा र नुवाकोटका स्यानीय कृषकले गोरु जुधाउनको लागि वर्ष भरी तागतिलो कुराहरू खुवाएर पाल्ने गरेका छन् । जुधाउन ��्याउने गोरुलाई तीन वर्ष अगाडि नै खुराक खुवाउन १० हजार कृषकलाई दिने व्यवस्था क्लबले गरेको छ । तर गोरु तीन वर्षसम्म नबेच्ने सर्तमा १० हजार उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष डंगोलले बताए । गोरु जुधाउने मेला अहिले मनोरञ्जन तथा खुसीयाली साट्ने थलोको रूपमा विकास हुँदै गइरहेका छ । गोरु जुधाएको हेर्न मङ्गलवार सयौँ मानिसहरू बेत्रावतीमा जम्मा भएका थिए । यस्ता मेलाबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नका लागि सहयोग पुग्ने स्थानीयको भनाइ छ । प्रतियोगितामा प्रथम, द्वितीय हुने गोरुका धनीहरूका लागि क्रमशः तीन हजार र दुई हजार पाँच सय नगद पुरस्कारको व्यवस्था गरिनुका साथै जुधारु गोरुलाई भिटामिनको समेत व्यवस्था गरिएको छ । प्रतिस्पर्धी गोरुको बिमा समेत गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय हुने गोरुका धनीहरूका लागि क्रमशः तीन हजार र दुई हजार पाँच सय नगद पुरस्कारको व्यवस्था गरिनुका साथै जुधारु गोरुलाई भिटामिनको समेत व्यवस्था गरिएको छ । प्रतिस्पर्धी गोरुको बिमा समेत गरिएको छ ।
0 notes
pnpmedia · 7 years ago
Text
नुवाकोटको तार्केश्वर खुला दिसामुक्त
नुवाकोटको तार्केश्वर खुला दिसामुक्त
नुवाकोट, १ जेठ: यहाँको आठौँ स्थानीयतहको रुपमा तार्केश्वर गाउँपालिका सोमबार खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ । गाउँपालिकामा रहेका छवटा सबै वडाका तीन हजार ५११ घरमध्ये करीब ९९ प्रतिशत घरमा पक्की शौचालय निर्माण भएको सरकारी तथ्यांकको आधारमा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले खुला दिसामुक्त क्षेत्र भएको घोषणा गर्नुभएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले खुला दिसामुक्त…
View On WordPress
0 notes
janabolicom-blog · 8 years ago
Photo
Tumblr media
पहिलो पार्टी बन्दै एमालेले जित्यो १०४ स्थान, ३६ नगरपालिका र ६९ गाउँपालिकामा एमाले सरकार ! {पूर्ण नामावलीसहित} काठमाडौँ, जेठ ६ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले उत्कृष्ट नतिजा लिन सफल भएको छ । अहिलेसम्मको प्राप्त परिणाम अनुसार नेकपा एमालेले ३६ नगरपालिका र ६९ गाउँपालिका सहित १०४ स्थानिय निकायको प्रमुख पदमा विजय हासिल गरेको छ । नेकपा एमाले प्रमुख जितेका ठाउँ १) कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ (श्याम) २) कास्कीको माछापुच्छ्रे गाउँपालिका–कर्णबहादुर गुरुङ्ग ३) कास्कीको रुपा गाउँपालिका–नवराज ओझा ४) स्याङ्जाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी ५) स्याङ्जा हरिनाश गाउँपालिका – खिमनारायण मानन्धर ६) स्याङ्जाको आँधिखोला गाउँपालिका–सुधिर पौडेल ७) स्याङ्जाको गल्याङ नगरपालिका–भुपराज अधिकारी ८) स्याङ्जाको कालिगण्डकी गाउँपालिका–खिमबहादुर थाप ९) स्याङ्जाको बिरुवा गाउँपालिका–चुनप्रसाद शर्मा १०) डोल्पाको ठूलोभेरी नगरपालिका – गणेशबहादुर शाही ११) डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध) १२) डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–ओमबहादुर बुढा १३) डोल्पाको काइके गाउँपालिका – अंगद राना १४) धादिङको सिद्धलेक गाउँपालिका– पे्रमनाथ सिलवाल १५) धादिङको धुनीबेसी नगरपालिका–बालक���ष्ण आचार्य १६) धादिङको थाक्रे गाउँपालिका – रामकुमार आचार्य १७) धादिङको नेत्रावती गाउँपालिका – दुर्गाकुमार शाक्य १८) धादिङको गंगाजमुना गाउँपालिका–बलबहादुर अधिकारी १९) धादिङको गल्छी गाउँपालिका–कृष्णहरि श्रेष्ठ २०) मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले २१) मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले २२) मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा २३) मकवानपुरको गढी गाउँपालिका–विदुर हुमागाईं २४) मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–जीवन लामा २५) मकवानपुरको कैलाश गाउँपालिका–टंक मोक्तान २६) मकवानपुरको भीमफेदी गाउँपालिका–हिदम लामा २७) ललितपुरको महाँकाल गाउँपालिका – रामचन्द्र दाहाल २८) रसुवाको गोसाइकुण्ड गाउँपालिका – कैसाङ नुर्पु तामाङ २९) रसुवाको कालिका गाउँपालिका–सीताकुमारी पौडेल ३०) दैलेखको नारायण नगरपालिका – रत्न बहादुर खड्का ३१) दैलेखको भैरवी गाउँपालिका–प्रेमबहादुर बुढा ३२) दैलेखको महाबु गाउँपालिका–जंगबहादुर शाही ३३) दैलेखको चामुण्डा नगरपालिका – सूर्यबहादुर शाही ३४) दैलेखको भगवतीमाई गाउँपालिका–दानबहादुर थापा ३५) दैलेखको ठाटीकाध गाउँपालिका–धिरबहादुर शाही ३६) रामेछापको लिखु गाउँपालिका– गोविन्दबहादुर खड्का ३७) रामेछापको गोकुलगंगा गाउँपालिका–खड्गबहादुर सुनुवार ३८) रामेछापको उमाकुण्ड गाउँपालिका–शेरबहादुर सुनुवार ३९) रामेछापको मन्थली नगरपालिका–रमेशकुमार बस्नेत ४०) जाजरकोटको भेरी नगरपालिका – सीपी घर्तीमगर ४१) जाजरकोटको शिवालय गाउँपालिका – नरेन्द्र शाही ४२) जाजरकोटको छेडागाड नगरपालिका–लालबहादुर महतारा ४३) जुम्लाको ति��ा गाउँपालिका–रतननाथ योगी ४४) पर्वतको महाशिला गाउँपालिका – राजु पौडेल ४५) पर्वतको फलेवास नगरपालिका – पदमपाणी शर्मा ४६) पर्वतको विहादी गाउँपालिका–कमल भुषाल ४७) पर्वतको मोदी गाउँपालिका–प्रेमप्रसाद पौडेल ४८) काभ्रेको भुम्लु गाउँपालिका–गुमानध्वज कुँवर ४९) काभ्रेको खानीखोला गाउँपालिका–कृष्ण खुलाल ५०) दोलखाको शैलुङ्ग गाउँपालिका–भरत दुलाल ५१) दोलखाको जिरी नगरपालिका–टंक जिरेल ५२) दोलखाको गौरीशंकर गाउँपालिका–स्वयंमबहादुर खड्का ५३) दोलखाको भिमेश्वर नगरपालिका – भरत केसी ५४) हुम्लाको अदनचुली गाउँपालिका–दल फटेरा ५५) सिन्धुपाल्चोकको लिसंखुपाखा गाउँपालिका–कमल नेपाल ५६) सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका– टासी लामा ५७) सल्यानको ढोरचौर गाउँपालिका – चित्रबहादुर चलाउने ५८) सल्यानको कालिमाटी गाउँपालिका–दानबहादुर खत्री केसी ५९) सल्यानको कपुरकोट गाउँपालिका – भीमबहादुर सेन ६०) सिन्धुलीको फिक्कल गाउँपालिका – धनबहादुर कार्की ६१) तनहुँको धिरिङ गाउँपालिका – रणबहादुर राना ६२) तनहुँको देवघाट गाउँपालिका – दुर्गाबहादुर थापा ६३) काठमाडौंको शंकरापुर नगरपालिका – सुर्वण श्रेष्ठ ६४) कालिकोटको खाँडाचक्र नगरपालिका – जशीप्रसाद पाण्डे ६५) म्याग्दीको धौलागिरी गाउँपालिका – थमसरा पुन ६६) म्याग्दीको मंगला गाउँपालिका – सतप्रसाद रोका ६७) सिन्धुपाल्चोकको बलेफी गाउँपालिका – केदार क्षेत्री ६८) लमजुङको मस्र्याङ्दी गाउँपालिका – अर्जुन गुरुङ ६९) बाग्लुङको काठेखोला गाउँपालिका – अम्बर थापा ७०) बाग्लुङको ढोरपाटन नगरपालिका – देबकुमार नेपाली ७१) बाग्लुङको बडीगाड गाउँपालिका–मेयरसिंह पाइजा ७२) नुवाकोटको तार्केश्वर गाउँपालिका – रमेश वस्ती ७३) सुर्खेतको लेकवेशी नगरपालिका–गगनसिं सुनार ७४) सुर्खेतको सिम्ता गाउँपालिका – कविन्द्रकुमार केसी ७५) मुगुको खत्याड गाउँपालिका–उब्जनबहादुर शाही ७६) तनहुँको भिमाद नगरपालिका – मेखबहादुर थापा ७७) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – डम्बर अर्याल ७८) सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका – निमफुन्जो शेर्पा ७९) हुम्लाको अदमचुली गाउँपालिका – दल फडेरा ८०) नवलपरासीको गैंडाकोट नगरपालिका – छत्रराज पौडेल ८१) दोलखाको तामाकोशी गाउँपालिका – ईश्वरचन्द्र पोख्रेल ८२) धादिङको त्रिपुरासुन्दरी गाउँपालिका – शम्भुकुमार थापा ८३) सल्यानको वनगाड नगरपालिका – गोविन्द पुन ८४) मुगुको खत्याड गाउँपालिका – उज्जवल शाही ८५) बाग्लुङको बाग्लुङ नगरपालिका – जनक पौडेल ८६) दोखलाको कालिञ्चोक गाउँपालिका – बिनकुमार थामी ८७) लमजुङको सुन्दरबजार नगरपालिका – जनकराज मिश्र ८८) लमजुङको बेशिशहर नगरपालिका – गुमानसिंह अर्याल ८९) काभ्रे बनेपा नगरपालिका–लक्ष्मीनरसिंह बादे ९०) स्याङ्जाको पुतलीबजार नगरपालिका–सीमा क्षेत्री ९१) नुवाकोटको विदुर नगरपालिका–सन्जु पण्डित ९२) मकवानपुरको मनहरी गाउँपालिका–एकराज उप्रेती ९३) सिन्धुलीको कमलामाई नगरपालिका–खड्गबहादुर खत्री ९��) काठमाडौंको टोखा नगरपालिका–प्रकाश अधिकारी ९५) सिन्धुलीको दूधौली नगरपालिका–घनश्याम राउत ९६) नवलपरासीको कावासोती नगरपालिका–चन्द्रा पुन ९७) दैलेखको आठबीस नगरपालिका– खड्गराज उपाध्याय ९८) लमजुङको क्व्होलासोथर गाउँपालिका–प्रेम घले ९९) काभ्रेको पनौती नगरपालिका–भीम न्यौपाने १००) रामेछाप खाँडादेवी गाउँपालिका – प्रेमबहादुर तामाङ १०१) सुर्खेतको चौकुनेमा गाउँपालिका – धिरबहादुर शाही १०२) धादिङको गजुरी गाउँपालिका – राजेन्द्र विक्रम वस्नेत १०३) काठमाडौंको कीर्तिपुर नगरपालिका – रमेश महर्जन १०४) काभ्रेको मण्डन देउपुर नगरपालिका – टेकबहादुर वाइवा
0 notes
capitalkhabar · 8 years ago
Text
मोहियानी जग्गा मुखियाको कब्जामा
मोहियानी जग्गा मुखियाको कब्जामा
नुवाकोट,  चैत २१ –  तारुकाको मोही किसानले प्रयोग गर्दैै आएका जग्गा त्यहाँका मुखिया (स्वघोषित अगुवा)ले नियन्��्रणमा लिएका छन् ।
तार्केश्वर गाउँपालिका वडा नं ३ का २३ घरघुरी किसानले उपभोग गर्दै आएका करिब एक सय रोपनी जग्गा मुखिया भनाउने गाउँका पहुँचवालाले झन्डा गाडेर आफ्नो नियन्त्रणमा लिएका छन् ।
शिवालय गुठी र किसानको संयुक्त नाममा रहेको सो जग्गाको मुख्य स्वामित्व आफूहरुको रहेको भन्दै नवीन…
View On WordPress
0 notes
onlinekhabarapp · 5 years ago
Text
मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु   
११ पुस, बेत्रावती । फोहर बिसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक शुक्रबार बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।
फोहर बोकर पासाङल्यामु मार्ग हुँदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान साढे १० बजेतिर भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको छ ।
ना२क ३३८ नम्बरको मिनीट्रक दुर्घटना हुँदा नाम खुल्न बाँकी रहेका चालक र धादिङको गल्छी गाउँपालिका घर भएका अन्दाजी ३० वर्षीय सहचालक कमल लामाको मृत्यु भएको प्रहरी चौकी तिनपिप्लेका प्रहरी नायब निरीक्षक रेशम थापामगरले जानकारी दिए । उनको अनुसार अनियन्त्रित भएर सडकबाट करीब २० मिटर तल पुगेको मिनीट्रकमा दुर्घटनापश्चात च्यापिएर उनीहरुको मृत्यु भएको हो ।
ज्यान गुमाएका चालकलाई च्यापिएको स्थानबाट निकाल्न दुर्घटनामा परेको मिनीट्रक नै हटाउनुपर्ने भएकाले डोजर मगाइएको ककनी गाउँपालिकाको उपाध्यक्ष सीता खतिवडा (लामा)ले जानकारी दिए ।
0 notes
onlinekhabarapp · 6 years ago
Text
विभिन्न जिल्लामा एकै दिन ५ जना मृत भेटिए
२८ माघ, काठमाडौं । नेपाल प्रहरीले दिएको जानकारी अनुसार नुवाकोट, कास्की, रौतहट, तनहुँ र उदयपुरमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
नुवाकोटको तार्केश्वर गाउँपालिका–२ टापुस्थित त्रिशुली नदीको किनारामा नाम नखुलेकी करिब ६५ वर्षीया महिला सोमबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् ।
त्यसैगरी उदयपुर चौडण्डीगढी नगरपालिका–७ लामाचौरी बस्ने ४९ वर्षीया बिवा परियार सोही ठाउँस्थित लाटीखोलाको बगरमा सोमबार बिहान मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उता, पोखरा महानगरपालिका– ३२ राजचौतारास्थित तालखोलाको किनारमा सोही ठाउँ बस्ने ६० वर्षीय नरबहादुर परियार सोमबार दिउँसो मृतअवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार उनी आइतबार साँझदेखि हराएका थिए ।
त्यसैगरी रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ स्थित जंगलमा सोही ठाउँ पौराई बस्ने ३५ वर्षीय
खडकप्रसाद अधिकारी सोमबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यसैवीच, तनहुँ शुक्ला गण्डकी नगरपालिका– ८ मालेबगर बस्ने ४६ वर्षीय रामबहादुर मल्ल आफ्नै
घरदेखि ६ सय मिटर टाढा सडकमा सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
0 notes
onlinekhabarapp · 8 years ago
Text
चुनावको मैझारोः अब २६ स्थानको मात्रै परिणाम आउन बाँकी (सूचीसहित)
६ जेठ काठमाडौं । पहिलो चरणको निर्वाचनको मतगणना मैझारो हुन लागेको छ । शनिबार बिहानसम्म २८४ मध्ये २५५ स्थानको नतिजा आइसकेको छ भने अब २८ स्थानमा मात्रै स्थानीय जनप्रतिनिधिहरु चुनिन बाँकी छ ।
देशका चारवटै महानगरपालिका काठमाडौं, ललितपुर, पोखरा र भरतपुरको नतिजा आउन बाँकी छ । एमालेले काठमाडौं, भरतपुर र पोखरामा अग्रता लिइरहेको छ । काठमाडौंमा ठूलो मतान्तरले एमाले अगाडि छ भने अन्य तीनवटामा तीव्र प्रतिस्पर्धा भइहरेको छ ।
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले एमालेलाई पछि पारिरहेको छ । पहिलो चरणमा परेको एकमात्र उपमहानगरपालिका हेटौडामा पनि मतगणना जारी छ । हेटौंडामा पनि एमालेले नै अग्रता लिइरहेको छ ।
नगरपालिकातर्फ नतिजा आउन बाँकी रहेका ठाउँहरुमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, काभ्रेको नमोबुद्ध र धुलीखेल नगरपालिका छन् । वीरेन्द्रनगरमा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ भने काभ्रेको बनेपामा एमालेले अग्रता लिइरहेको छ ।
काठमाडौं जिल्ला अन्तरगतका १० नगरपालिकामध्ये ६ वटाको नतिजा आइसकेको छ भने ४ वटाको मतगणना जारी छ । मतगणना जारी रहेका मध्ये कागेश्वरी र चन्द्रागिरी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ भने बूढानीलकण्ठ र तार्केश्वरमा एमालेले अग्रता लिएको छ ।
परिणाम आइसकेका काठमाडौंका ६ वटा नगरपालिकामध्ये नागार्जुन, दक्षिणकाली र गोकर्णेश्वरमा कांग्रेसले जितेको छ भने टोखा, शंखरापुर र कीर्तिपुर एमालेले जितेको छ ।
भक्तपुरका ४ स्थानीय तहमध्ये मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाको परिणाम आएको छैन । यी तीनवटै नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ । भक्तपुर नगरपालिकामा भने ५२ वटै सीटमा नेमकिपाका उम्मेदवार विजयी भएका छन् ।
ललितपुर जिल्लाको ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाको परिणाम आउन बाँकी छ । महानगरमा कांग्रेसको अग्रता छ भने महालक्ष्मी नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ ।
चितवन जिल्लाबाट भरतपुर महानगरपालिका, रत्न नगर नगरपालिका र कालिका नगरपालिकाको पनि अहिलेसम्म परिणाम आएको छैन । भरतपुर र रत्ननगरमा एमालेले अग्रता लिइरहेको छ भने कालिकामा जेठ दुई गते मात्रै चुनाव भएकाले मतगणनामा ढिलाइ भएको छ ।
सिन्धुपाल्चोकको इन्द्रावतीमा पनि परिणाम आउन बाँकी छ ।  दोलखाको मेलुङ, कालीकोटका नरहरीनाथ र कालिका गाउँपालिकामा चुनाव स्थगित भएको छ ।
विभिन्न कारणले नतिजा आउन बाँकी रहेका स्थानीय तह (दलकाे नामः अग्रता) १. काठमाडौं महानगरपालिका- एमाले २. ललितपुर महानगरपालिका- कांग्रेस ३. भरतपुर महानगरपालिका, चितवन- एमाले ४. पोखरा महानगरपालिका,कास्की- एमाले ५. हेटौंडा उपमहानगरपालिका,मकवानपुर – कांग्रेस ६. वीरेन्द्रनगर नगरपालिका, सुर्खेत – कांग्रेस ७. धुलिखेल नगरपालिका, काभ्रे- एमाले ८. नमोबुद्ध नगरपालिका, काभ्रे – स्थगित ९. रत्ननगर नगरपालिका, चितवन  – एमाले १० कालिका नगरपालिका, चितवन- एमाले ११ तार्केश्वर नगरपालिका, कठमाडौं- कांग्रेस १२. बूढानीलकण्ठ नगरपालिका, काठमाडौं- कांग्रेस १३. चन्द्रागिरी नगरपालिका, काठमाडौं- कांग्रेस १४. कागेश्वरी-मनहरा नगरपालिका, काठमाडौं-कांग्रस १५. शारदा नगरपालिका, सल्यान- कांग्रेस १६.इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक- कांग्रेस १५. नरहरीनाथ गाउँपालिका, कालीकोट- स्थगित १६. कालिका गाउँपाकिला कालीकोट- स्थगित १७. मेलुङ गाउँपालिका, दोलखा- स्थगित १८. खैरहनी नगरपालिका,चितवन-कांग्रेस १९. राप्ती नगरपालिका चितवन-एमाले २०. महालक्ष्मी नगरपालिका, ललितपुर २१ चाँगुनारायण नगरपालिका, भक्तपुर-एमाले २२. मध्यपुर थिमी नगरपालिका, भक्तपुर-एमाले २३. सूर्यविनायक नगरपालिका-एमाले २४. बेलकोटगढी गाउँपालिका नुवाकोट-एमाले २५. सोरा गाउँपालिका, मुगु २६.खार्पुनाथ गाउँपालिका,हुम्ला
0 notes
janabolicom-blog · 8 years ago
Photo
Tumblr media
एमाले ६९ स्थानिय निकायमा विजयी, १४ नगरपालिका ५५ गाउँपालिमा कहाँ कसले जिते ? {पूर्ण विवरणसहित} जनबोली बिशेष व्युरो, जेठ ४/बिहान ११ बजे । नेकपा एमालेले विजयमापनि आफ्नो अग्रता कायमै राखेको छ । बिहान ११ बजेसम्म आएको परिणाम अनुसार एमालेले ६९ स्थानमा विजय प्राप्त गरेको छ । एमाले धेरै संख्यामा मात्र हैन उसले नगरपालिकामा समेत धेरै संख्यामा जित हात पारेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेले १४ नगरपालिका र ५५ गाउँपालिकामा आफ्नो स्थान पक्का गरेको हो । सबै विवरण तल प्रस्तुत गरिएको छ । कहाँ-कहाँ जित्यो एमालेले ? १) कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ (श्याम) २) कास्कीको माछापुछ्रे गाउँपालिका–कर्णबहादुर गुरुङ्ग ३) कास्कीको रुपा गाउँपालिका–नवराज ओझा ४) स्याङ्जाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी ५) स्याङ्जा हरिनाश गाउँपालिका – खिमनारायण मानन्धर ६) स्याङ्जाको आँधिखोला गाउँपालिका–सुधिर पौडेल ७) स्याङ्जाको गल्याङ नगरपालिका–भुपराज अधिकारी ८) स्याङ्जाको कालिगण्डकी गाउँपालिका–खिमबहादुर थाप ९) स्याङ्जाको बिरुवा गाउँपालिका–चुनप्रसाद शर्मा १०) डोल्पाको ठूलोभेरी नगरपालिका – गणेशबहादुर शाही ११) डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध) १२) डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–ओमबहादुर बुढा १३) डोल्पाको काइके गाउँपालिका – अंगद राना १४) धादिङको सिद्धलेक गाउँपालिका– पे्रमनाथ सिलवाल १५) धादिङको धुनीबेसी नगरपालिका–बालकृष्ण आचार्य १६) धादिङको थाक्रे गाउँपालिका – रामकुमार आचार्य १७) धादिङको नेत्रावती गाउँपालिका – दुर्गाकुमार शाक्य १८) धादिङको गंगाजमुना गाउँपालिका–बलबहादुर अधिकारी १९) मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले २०) मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले २१) मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा २२) मकवानपुरको गढी गाउँपालिका–विदुर हुमागाईं २३) मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–जीवन लामा २४) मकवानपुरको कैलाश गाउँपालिका–टंक मोक्तान २५) मकवानपुरको भीमफेदी गाउँपालिका–हिदम लामा २६) ललितपुरको महाँकाल गाउँपालिका – रामचन्द्र दाहाल २७) रसुवा गोसाइकुण्ड गाउँपालिका – कैसाङ नुर्पु तामाङ २८) रसुवाको कालिका गाउँपालिका–सीताकुमारी पौडेल २९) दैलेखको नारायण नगरपालिका – रत्न बहादुर खड्का ३०) दैलेखको भैरवी गाउँपालिका–प्रेमबहादुर बुढा ३१) दैलेखको महाबु गाउँपालिका–जंगबहादुर शाही ३२) दैलेखको चामुण्डा नगरपालिका – सूर्यबहादुर शाही ३३) दैलेखको ठाँटीकाध गाउँपालिका – धिरबहादुर शाही ३४) दैलेखको भगवतीमाई गाउँपालिका–दानबहादुर थापा ३५) दैलेखको ठाटीकाध गाउँपालिका–धिरबहादुर शाही ३६) रामेछापको गोकुलगंगा गाउँपालिका–खड्गबहादुर सुनुवार ३७) रामेछापको उमाकुण्ड गाउँपालिका–शेरबहादुर सुनुवार ३८) रामेछापको मन्थली नगरपालिका–रमेशकुमार बस्नेत ३९) रामेछापको लिखु गाउँपालिका– गोविन्दबहादुर खड्का ४०) जाजरकोटको शिवालय गाउँपालिका – नरेन्द्र शाही ४१) जाजरकोटको छेडागाड नगरपालिका–लालबहादुर महतारा ४२) जाजरकोटको भेरी नगरपालिका – सीपी घर्तीमगर ४३) पर्वतको महाशिला गाउँपालिका – राजु पौडेल ४४) पर्वतको फलेवास नगरपालिका – पदमपाणी शर्मा ४५) पर्वतको विहादी गाउँपालिका–कमल भुषाल ४६) पर्वतको मोदी गाउँपालिका–प्रेमप्रसाद पौडेल ४७) जुम्ला तिला गाउँपालिका–रतननाथ योगी ४८) काभ्रेको खानीखोला गाउँपालिका–कृष्ण खुलाल ४९) काभ्रेको भुम्लु गाउँपालिका–गुमानध्वज कुँवर ५०) दोलखाको जिरी नगरपालिका–टंक जिरेल ५१) दोलखाको गौरीशंकर गाउँपालिका–स्वयंमबहादुर खड्का ५१) हुम्लाको अदनचुली गाउँपालिका–दल फटेरा ५३) सिन्धुपाल्चोकको लिसंखुपाखा गाउँपालिका–कमल नेपाल ५४) सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका– टासी लामा ५५) सल्यान ढोरचौर गाउँपालिका – चित्रबहादुर चलाउने ५६) सल्यानको कालिमाटी गाउँपालिका–दानबहादुर खत्री केसी ५७) सल्यानको कपुरकोट गाउँपालिका – भिमबहादुर सेन ५८) सिन्धुली फिक्कल गाउँपालिका – धनबहादुर कार्की ५९) तनहुँको धिरिङ गाउँपालिका – रणबहादुर राना ६०) तनहुँ देवघाट गाउँपालिका – दुर्गाबहादुर थापा ६१) काठमाडौंको शंकरापुर नगरपालिका – सुर्वण श्रेष्ठ ६२) कालिकोटको खाँडाचक्र नगरपालिका – जशीप्रसाद पाण्डे ६३) म्याग्दीको धौलागिरी गाउँपालिका – थमसरा पुन ६४) सिन्धुपाल्चोकको बलेफी गाउँपालिका – केदार क्षेत्री ६५) लमजुङको मस्र्याङ्दी गाउँपालिका – अर्जुन गुरुङ ६६) बाग्लुङको काठेखोला गाउँपालिका – अम्बर थापा ६७) बाग्लुङको ढोरपाटन नगरपालिका – देबकुमार नेपाली ६८) नुवाकोटको तार्केश्वर गाउँपालिका – रमेश वस्ती ६९) सुर्खेतको लेकवेशी नगरपालिका–गगनसिं सुनार
0 notes
janabolicom-blog · 8 years ago
Photo
Tumblr media
एमालेले ११ नगरपालिका र ४६ गाउँपालिकासहित ५७ स्थानमा जित्यो ! {नामावली सहित} काठमाडौ, जेठ ३ । नेकपा एमालेले अहिलेसम्म नगरपालिका र गाउँपालिकामा गरी ५७ स्थानीय निकायमा जित हासिल गरेको छ । एमालेले ४६ गाउँपालिकामा अध्यक्ष जितेको छ । ११ नगरपालिकामा मेयर–उपमेयर जितेको छ । पछिल्लो परिणाम अनुसार एमालेले ४६ गाउँपालिका र ११ नगरपालिका गरी ५७ स्थानीय निकायमा जित हासिल गरेको छ । केही गाउँपालिकाबाहेक अधिकांशमा उपाध्यक्षमा पनि एमालेले नै जितेको छ । एकाध नगरपालिकाका उपमेयर बाहेक प्रायः सबैमा उपमेयर जितेको छ । पछिल्लो परिणामअनुसार एमालेका जितेका नगरपालिका र गाउँपालिका निम्न छन् । एमालेले जितेका नगरपालिका १ गणेशवहादुर शाही डोल्पा, ठुलीभेरी नगरपालिका २ रत्नबहादुर खड्का, दैलेख नारायण नगरपालिका ३ ओमबहादुर बुढा, त्रिपुरासुन्दरी नगरपालिका डोल्पा ४.टंक जिरेल, जिरी नगरपालिका, दोलखा ५ सूर्यबहादुर शाही, चामुण्डा नगरपालिका दैलेख ६ पदमपाणि शर्मा, फलेबास नगरपालिका, पर्वत ७ सीपी घर्ती, भेरी नगरपालिका, जाजरकोट ८ बालकृष्ण आचार्य, धुनिबेसी नगरपालिका, धादिङ ९ सुवर्ण श्रेष्ठ, शंखरापुरी नगरपालिका, काठमाडौं १० जशीप्रसाद पाण्डे, खाँडाचक्र नगरपा���िका, कालीकोट ११ रमेश बस्नेत, मन्थली नगरपालिका ,रामेछाप एमालेले जितेका गाउँपालिकाहरु १ टासीटुन्डु गुरुङ शेफोक्सुण्डो डोल्पा २ अङग राना काइके गाउँपालिका डोल्पा ३ लोकेन्द्रबहादुर घले चामे गाउँपालिका (सदरमुकाम) मनाङ ४ कान्छा घले नेस्याङ गाउँपालिका मनाङ ५ आशबहादुर थकाली घरपोझोङ गाउँपालिका (सदरमुकाम) मुस्ताङ ६ नरेन्द्र वहादुर शाही शिवालय गाउँपालिका, जाजरकोट ७ बेदबहादुर गुरुङ मादी गाउँपालिका कास्की ८ रामचन्द्र दाहाल महाकाल गाउँपालिका ललितपुर ९ घनश्याम सुवेदी फेदिखोला गाउँपालिका स्याङ्जा १० दुर्गाबहादुर थापा, देवघाट गाउँपालिका, तनहुँ ११ चित्रबहादुर चलाउने, ढोरचौर गाउँपालिका, सल्यान १२ कैसाङ नुर्बु तामाङ, गोसाईकुण्ड गाउँपालिका, रसुवा १३ नवराज ओझा, रुपा गाउँपालिका, कास्की १४ खिमनारायण मानन्धर, हरिनास गाउँपालिका, स्याङ्जा १५ रतननाथ योगी, तिला गाउँपालिका, जुम्ला १६ राजु पौडेल महाशीला गाउँपालिका, पर्वत १७ सीताकुमारी पौडेल, कालीका गाउँपालिका, रसुवा १८ सुधीर पौडेल, आँधीखोला गाउँपालिका, स्याङ्जा १९ खिम थापा, कालीगण्डकी गाउँपालिका, स्याङ्जा २० दलबहादुर फडेरा, अदानचुली गाउँपालिका, हुम्ला २१ प्रेमबहादृुर बुढा, भैरवी गाउँपालिका, दैलेख २२ बिदुर हुमागाई, मकवानपुरगढी गाउँपालिका, मकवानपुर २३ खड्गबहादुर सुनुवार, गोकुलगंगा गाउँपालिका रामेछाप २४ शेरबहादुर सुुनुवार, उमाकुण्ड गाउँपालिका, रामेछाप २५ जीवन लामा, इन्द्रसरोबर गाउँपालिका, मकवानपुर २६ प्रेमनाथ सिलवाल, सिद्धलेक गाउँपालिका, धादिङ २७ रामकुमार आचार्य, थाक्रे गाउँपालिका, धादिङ २८ कृष्णबहादुर खुलाल, खानीखोला गाउँपालिका, काभ्रे २९ कमल नेपाल, लिसंखुपाखर गाउँपालिका, सिन्धुपाल्चोक ३० प्रेमबहादुर बुढा, भैरवी गाउँपालिका, दैलेख ३१ कर्णबहादुर गुरुङ माछापुच्छ्रे« गाउँपालिका कास्की ३२ जङ्गबहादुर शाही महावु गाउँपालिका दैलेख ३३ टंकबहादुर मोक्तान गाउँपालिका कैलाश गाउँपालिका मकवानपुर ३४ धिरबहादुर शाही ठाँटिकाँध गाउँपालिका दैलेख ३५ अमरबहादुर थापा मगर काठेखोला गाउँपालिका बागलुङ ३६ नारायण शाक्य नेत्रावती गाउँपालिका धादिङ ३७ घनश्याम कार्की फिक्कल गाउँपालिका, सिन्धुली ३८ केदार क्षेत्री बलेफी गाउँपालिका, सिन्धुपाल्चोक ३९ थमसरा पुन धौलागिरी गाउँपालिका, म्याग्दी ४० भीम सेन, कपुरकोट गाउँपालिका सल्यान ४१ अर्जुन गुरुङ, मस्र्याङ्दी गाउँपालिका, लमजुङ ४२ रण वहादुर राना- घिरिङ गाउँपालिका तनहु ४३ हिदम लामा- भिमफेदी गाउँपालिका मकवानपुर ४४ उब्जन शाही - खत्याड गाउँपालिकामुगु ४५ रमेश वस्ती - तार्केश्वर गाउँपालिका नुवाकोट ४६ गोविन्द खड्का, लिखु गाउँपालिका, रामेछा
0 notes
janabolicom-blog · 8 years ago
Photo
Tumblr media
माओवादीले चुनावका लागि अधिकांश ठाउँमा उम्मेद्वार तय {कहाँ कसले पाए टिकट} काठमाडौँ, बैशाख १६ । नेकपा माओवादी केन्द्रले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि तीन महानगरबाहेक अधिकांश ठाउँमा उम्मेदवारको टुङ्गो लगाइसकेको छ । माओवादीले काठमाडाँैमा काठमाडौँ महानगरबाहेकका सबै स्थानमा उम्मेदवारी टुङ्गो लगाएको छ । ललितपुरमा महानगर र गोदावरी नगरपालिकाबाहेक सबैमा टुङ्गो लागेको छ । रामेछाप, चितवन, मकवानपुर, कपिलवस्तु, दोलखालगायत जिल्लामा उम्मेदवारको टुङ्गो लागेको छ । भक्तपुरमा शनिबार सबै क्षेत्रको उम्मेदवार घोषणा गरिने बताइएको छ । बाँकीमा जिल्लाका केही स्थानमा टुङ्गिएको छ भने बाँकी ठाउँमा केही दिनभित्र�� टुङ्गिने बताइएको छ । ‘प्रतिस्पर्धी पार्टीहरूको उम्मेदवार हेरेर पनि बाँकी रहेका ठाउँमा उम्मेदवार निर्धारण गर्नुपर्ने हुन्छ,’ माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भन्नुभयो । उम्मेदवारी दिने दिनसम्म सबैको टुङ्गो लाग्छ, उहाँले जानकारी दिनुभयो । भुसालका अनुसार ललितपुरमा ललितपुर महानगरबाहेक सबै नगरपालिका र गाउँपालिकाको उम्मेदवार टुङ्गो लागिसकेको छ । त्यस्तै काठमाडौँमा पनि महानगरपालिका बाहेकका अन्य नगरपालिकाहरूमा उम्मेदवारी टुङ्ग्याइएको छ । माओवादी केन्द्रले काठमाडौँको शङ्खरापुर नगरपालिकाको मेयरमा कृष्णराज सुवेदी र उपमेयरमा इन्द्रमाया तामाङलाई उम्मेदवार घोषणा गरेको छ । यस्तै, मनोहरा कागेश्वरीको मेयरमा महेश्वर फुयाँल र उपमेयरमा रुकु रणपाल, गोकर्णेश्वरको मेयरमा टीआर नेपाल र उपमेयरमा रेणु कार्र्कीलाई उम्मेदवार घोषणा गरेको छ । बुढानीलकण्ठ नगरपालिकाको मेयरमा रविन अधिकारी र उपमेयरमा होमकुमारी दुलाललाई घोषणा गरिएको छ । काठमाडौंँको टोखा नगरपालिकाको मेयरमा कल्पना शर्मा र उपमेयरमा दीपक बानियाँ तथा तार्केश्वर नगरपालिकाको मेयरमा धनलाल महर्जन र उपमेयरमा विना रानालाई उम्मेदवार बनाएको छ । यसैगरी काठमाडौँकै नागार्जुन नगरपालिकाको मेयरमा कुमार तामाङ र उपमेयरमा देवकी पौडेल तथा चन्द्रागिरि नगरपालिकाको मेयरमा श्रीकृष्ण श्रेष्ठ र उपमेयरमा उर्मिला रोकालाई बनाइएको छ भने दक्षिणकाली नगरपालिकाको मेयरमा सञ्जय लामालाई उम्मेदवार बनाइएको छ । ललितपुरको म��ालक्ष्मी नगरपालिकाको मेयरमा शिवप्रसाद कट्टेल तथा उपमेयरमा लक्ष्मी सिंह महर्जनलाई उम्मेदवार बनाइएका छ । तीन वटा गाउँपालिकामध्ये बागमतीको प्रमुखमा राजु आलेमगर र उपप्रमुखमा आरती पुलामी मगर, महाङ्कालको प्रमुखमा बुद्धबहादुर नेगी र उपप्रमुखमा विमला आचार्य तथा कुञ्जोङमा गाउँपालिकामा गोपी स्याङ्तान र उपप्रमुखमा मिङ्मा लामा उम्मेदवार बन्नुहुने भएको छ । काठमाडौँ, ललितपुर, भरतपुर र पोखरागरी चार वटा महानगरमध्ये माओवादीले भरतपुरमा मेयरको टुङ्गो लगाएको छ । भरतपुरमा प्रधानमन्त्रीकी छोरी रेणु दाहाल मेयर र सुरेन्द्र गुरुङ उपमेयरको उम्मेदवार रहनुभएको छ । चितवन रत्ननगर नगरपालिकाको प्रमुखमा पूर्णबहादुर अम्गाईँ र उपप्रमुखमा सङ्गीता भट्टराई, खैरहनी नगरपालिकाको प्रमुखमा एकराज डल्लाकोटी र उपप्रमुखमा रेवती उप्रेती, राप्ती नगरपालिकाको प्रमुखमा रामचन्द्र पाठक र उपप्रमुखमा कल्पना लामा, माडी नगरपालिकाको प्रमुखमा ठाकुरप्रसाद ढकाल र उपप्रमुखमा सरिता महतोको नाम टुङ्गो लागेको छ । त्यसैगरी कालिका नगरपालिकाको प्रमुखमा रामध्वज डल्लाकोटी र उपप्रमुखमा सविता लामालाई उम्मेदवार बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको अध्यक्षमा प्रताप गुरुङ र उपाध्यक्षमा सावित्री सिलवाललाई उम्मेदवार बनाएको छ ।
0 notes
janabolicom-blog · 8 years ago
Photo
Tumblr media
मोहियानी जग्गा मुखियाको कब्जामा नुवाकोट, २१ चैत । तारुकाको मोही किसानले प्रयोग गर्दैै आएका जग्गा त्यहाँका मुखिया (स्वघोषित अगुवा)ले नियन्त्रणमा लिएका छन् । तार्केश्वर गाउँपालिका वडा नं ३ का २३ घरघुरी किसानले उपभोग गर्दै आएका करिब एक सय रोपनी जग्गा मुखिया भनाउने गाउँका पहुँचवालाले झन्डा गाडेर आफ्नो नियन्त्रणमा लिएका छन् । शिवालय गुठी र किसानको संयुक्त नाममा रहेको सो जग्गाको मुख्य स्वामित्व आफूहरुको रहेको भन्दै नवीन अधिकारीसहितका व्यक्तिले जग्गा नियन्त्रणमा लिई लगाएको बाली भित्र्याउन तथा नयाँ बाली लगाउनसमेत रोक लगाएको स्थानीय सम्मरबहादुर भण्डारीले गुनासो गर्नुभयो । “विसं १८५४ देखि नै गुठीको नाममा रहेको जग्गा उपभोग गर्दै आएबापत २३ घरधुरीले गुठी चढाउँदै आएका छौँ ।” जग्गा नियन्त्रणमा लिएपछि सुकुम्बासी हुनुभएका भण्डारीले भन्नुभयो – “मुखियालाई बुझाउनुपर्ने बाली किन नबुझाएको भन्दै पहिलेदेखि नै दबाब दिँदै आएका थिए, अहिले खेती भित्र्याउने समयमा झन्डा गाडेर नियन्त्रणमा लिए ।” गुठीको बाली माग गर्दै मुखियाले जग्गा नियन्त्रणमा लिएपछि किसानले अहिले आलु, गहुँ, तोरी भित्र्याउन र चैते धान, मकै रोप्नबाट वञ्चित भएका छन् । किसानले गुठी जग्गा उपभोग गरेबापत शिवालय गुठीलाई एक वर्षमा ४४ मुरी धान, दुई मुरी मकै, तीन मुरी कोदो, दसैँमा बोको, कपडा र चामल बुझाएर हस्तिकेश्वर कालिका बाण लिङ्गको नियमित पूजा सञ्चालन गर्दै आएको जग्गापीडित सानु श्रेष्ठले बताउनुभयो । मुखिया भन्नेहरुले जग्गा कब्जामा लिएपछि पीडित किसानले जिल्ला भूमि अधिकार मञ्चको सहयोगमा न्यायको अपिल गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा निवेदनसमेत दिएका छन् । रासस
0 notes