#परजतनतर
Explore tagged Tumblr posts
Photo
प्रजातन्त्र दिवसको अवसरमा विरामीलाई फलफुल वितरण फागुन ९ गते– तिन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाईएको प्रजातन्त्र दिवसको अन्तिम दिन आईतबार जिल्ला अस्पताल पर्बतमा रहेका विरामीलाई फलफुल वितरण गरिएको छ । नेष्डो नेपालको सहयोगमा अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरीएको हो । दिबसको पहिलो दिन सरसफाई, दोस्रो दिन प्रभातफेरी र अन्र्तक्रिया र तेस्रो दिनअस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गरेर पर्बतमा प्रजातन्त्र दिबस मनाईएको छ । फलफुल वितरण कार्यक्रममा स्थानीय विकास अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नगरपालिकाका कार्यकारी अधिकृत, बिभिन्न कार्यलयका कार्यलय प्रमुखहरु,शुरक्षाकर्मी लगाएतको उपस्थिती रहेको थियो । अस्पतालमा रहेका एक दर्जन विरामीलाई करिब ५ हजार बराबरको फलफुल वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै स्थानिय बिकास अधिकारी युबराज पौडेलले प्रजातनत्रदिवसको अवसरमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदैं कार्यान्वयनमा एकजुट हुन अनुरोध गर्नुभएको थियो । दिबसको अबसरमा तीनदिन सम्म विविध कार्यक्रमकोआयोजना गरी प्रजातन्त्र दिबस मनाइएको थियो ।
0 notes
Photo
जापानमा पनि मनाइयाे प्रजातन्त्र दिवस, सहिदको भावनाको कदर गर्न जापानवासी नेपालीकाे माग प्रकाश पन्थी जापान, ८ फागुन– राणाशासन विरुद्धको आन्दोलनमा भएका सहिदको भावनाको कदर गर्न जापानवासी नेपालीले राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन् । जापानस्थित नेपाली राजदूतावासले शनिबार टोकियोमा आयोजित ६७ औँं प्रजातन्त्र दिवसका अवसरमा जापानवासी नेपालीले स्वतन्त्रता प्राप्तिका लागि लड्ने क्रममा बलिदानीस्वरुप सहिद भएकाहरूको स्मरण गर्दै पञ्चायती राणाशासन विरुद्धको आन्दोलनले प्राप्त गरेको उपलब्धिको रक्षा गर्न आग्रह गरेका हुन् । कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्वतन्त्रताको अधिकार माग्ने क्रममा भएका सहिदको सम्मानका लागि एकापसमा मिल्नाको विकल्प नरहेको बताउनुभयो । नेकपा(एमाले) केन्द्रीय सदस्य ठाकुर गैरेले लामो सङ्घर्ष र धेरै दुःखले बनाएको संविधान कार्यावन्यनमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष भवन भट्टले सहिदको भावना पूरा गर्न विदेशमा रहेका हरेक एक नेपालीले तीन विदेशी साथीलाई नेपाल पठाउन सके पनि पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । कावा राजदूत कृष्णचन्द्र अर्यालले राजनीतिक पार्टीका भ्रातृ सङ्गठन र जापानस्थित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिबीचको भाइचारा तथा ऐक्यबद्धताको प्रशंसा गर्नुभयो । कार्यक्रममा गैरआवासीय अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य, गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष सुदन थापा, नेपालस्थित विभिन्न राजनीतिक पार्टीका सङ्गठन प्रतिनिधि र विभिन्न सङ्घसंस्थाका अधिकारीले प्रजातन्त्र प्राप्तिका लागि भएका सहिदको भावनाको कदर गर्न माग गरेका थिए । रासस
0 notes
Photo
प्रधानमन्त्री र राष्ट्रपतिकाे उपस्थितिमा यसरी मनाइयाे राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौँ, ७ फागुन– नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र लोकतन्त्रको थालनी भएको दिनका सम्झनामा मनाउँदै आइएको राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष कार्यक्रम आज यहाँ गरिएको छ । सैनिक मञ्चमा आयोजित ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३, को विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानन्यायाधीश सुशीला कार्कीलगायत मन्त्रीगण, संवैधानिक नियोगका प्रमुख एवम् कूटनीतिक नियोगका प्रमुखको उपस्थिति रहेको थियो । सो अवसरमा राष्ट्रिय प्रजातन्त्र दिवस २०७३, मूल समारोह समितिका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएको बताउँदै त्यसका लागि सरकार सचेत रहेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “संविधानसभाले जारी गरेको संविधानको कार्यान्वयनका लागि चुनाव अनिवार्य छ, शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगी राजनीतिक सङ्क्रमणको एउटा महत्वपूर्ण अध्याय समाप्त हुन्छ भन्ने कुरामा सरकार गम्भीर र सचेत छ ।” प्रधानमन्त्रीले निर्वाचित ��नप्रतिनिधि आएपछिको सरकारको दूरदृष्टि र योजना के हुन्छ भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । निर्वाचनसँग सम्बन्धित राजनीतिक र कानुनी मुद्दाको टुङ्गो लागिसकेको भन्दै उहाँले सरकारले निर्वाचन आयोगलाई आगामी वैशाखको अन्त्यसम्म निर्वाचन सम्पन्न गर्ने गरी तयारी गर्न पत्राचार गरिएको जानकारी दिनुभयो । संविधान कार्यान्वयनमा सङ्घीयता नै सबैभन्दा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सङ्घीयतामार्फत सिंहदरबारको अधिकार, स्रोत र साधन संविधानको भावनाअनुरुप प्रदेश र स्थानीय तहमार्फत जनताको घरदैलोसम्म पु¥याउन मुख्य उद्देश्य हो, यसबाट पहिचानको चाहना पूरा हुने मात्र होइन, शासन व्यवस्था जवाफदेही हुने र अवसरबाट वञ्चित र पछाडि परेका वर्ग र समुदायको पहुँच बढ्न गई समग्र राज्य प्रणालीप्रति जनताको वैधता र स्वीकार्यता बढ्छ ।” प्रधानमन्त्री प्रचण्डले संविधानले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताजस्ता नेपाली जनताका परिवर्तनका चाहनालाई स्थापित गरेको छ भने मानव अधिकार, शक्तिको पृथकीकरण, कानुनी शासनजस्ता लोकतन्त्रका आधारभूत मूल्यलाई पनि आत्मसात् गरेको स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय एकतालाई मजबुत बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सबै सुरक्षा निकाय तथा आमजनता समक्ष आह्वान गर्नुभयो । सो समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३ अङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि र बेलुन उडाइएको थियो । समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री प्रचण्ड र प्रधानन्यायाधीश कार्कीले शान्तिका प्रतीक परेवा उडाउनुभएको थियो । त्यसैगरी ज्ञात र अज्ञात सहिदप्रति उच्च सम्मान र श्रद्धाञ्जलि अर्पण, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउट र विभिन्न विद्यालयका विद्यार्थीले मार्च पास गरेका थिए । राष्ट्रिय खेलकुल परिषद्बाट विविध खेल प्रदर्शन गरिनुका साथै काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर नगरपालिकालगायतले झाँकी प्रदर्शन गरेका थिए । राष्ट्रिय प्रजातन्त्र दिवसको कार्यक्रम हेर्नका लागि टुँडिखेल वरपर सर्वसाधारणको भीड लागेको थियो ।
0 notes
Photo
प्रजातन्त्र दिवसको अवसरमा पोखरामा प्रभातफेरी पोखरा, ७ फागुन राष्ट्रिय प्रजातन्त्र दिवस एवम् प्रथम निर्वाचन दिवसका अवसरमा आज पोखरामा प्रभातफेरी गरिएको छ । पोखरास्थित सिर्जनाचोकबाट सुरु भएको प्रभातफेरी जिल्ला विकास समिति कास्कीको सभाहलमा गएर सम्पन्न भएको थियो । कार्यक्रममा सांसद यज्ञबहादुर थापाले प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका लागि नेपालीले विभिन्न चरणमा लामो सङ्घर्ष गरेको बताउँदै ती सङ्घर्षमा सहादत प्राप्त गर्ने सहिदको बलिदानीकै कारण देश वर्तमानसम्म आइपुगेको चर्चा गरे । देशमा उपलब्धिको रक्षा एवम् संविधानको कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेको बताउँदै उनले र अबको वर्षलाई निर्वाचन वर्ष नै घोषणा गरी सबै निर्वाचनमा जुट्नुको विकल्प नभएको बताए । सांसद सीता गिरीले निर्वाचन र प्रजातन्त्रबाट नै जनताको समृद्धि प्राप्त हुने कु��ामा जोड दिँदै सबै राजनीतिक दलमा एकता र सहकार्य आवश्यक रहेको विचार व्यक्त गरे । कार्यक्रममा क्षेत्रीय प्रशासक यामकुमारी खतिवडाले निर्वाचनको माध्यमबाट देशमा राजनीतिक स्थिरता कायम गरी नेपालको दिगो विकासलाई सबैले प्राथमिकता दिनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले देशमा हुने निर्वाचनका लागि सुरक्षा संयन्त्रलगायत कर्मचारी तयारी अवस्थामा रहेको जानकारी दिए । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि नेपाली काँग्रेस कास्कीका सचिव रामराज लामिछाने, नेकपा (एमाले) कास्कीका प्रचारप्रसार समितिका संयोजक तेजनारायण अधिकारी, नेकपा (माओवादी केन्द्र) का वखानसिंह गुरुङ, राष्ट्रिय जनमोर्चाका शङ्कर बराल, क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीलगायतले आआफ्ना धारणा राखेका थिए । प्रभातफेरीमा सुरक्षा निकायका प्रमुख, क्षेत्रीय अञ्चल र जिल्ला कार्यालयका प्रमुख तथा कर्मचारी, राजनीतिक दलका नेता तथा प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, जिल्ला समन्वय समितिका उपाध्यक्ष, कन्या माविका शिक्षक एवम् विद्यार्थीलगायतको उल्लेख्य सहभागिता थियो ।
0 notes
Photo
राष्ट्रिय प्रजातन्त्र पार्टी आसन्न महाधिवेशनमा करिब एक करोड ५० लाख खर्च हुने काठमाडौँ, ४ फागुन- राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनमा करिब रु एक करोड ५० लाख खर्च गर्ने भएको छ । पार्टीको महाधिवेशनमा देश तथा विदेशबाट सहभागी हुन आउने प्रतिनिधि, पर्यवेक्षकलाई खान, बस्न तथा महाधिवेशनका लागि मञ्च व्यवस्थापन, प्रचारप्रसारका लागि सो रकम खर्च गर्न लागिएको हो । सो रकम पार्टीका नेता तथा कार्यकर्ताबाट सङ्कलन गरिने जनाइएको छ । पार्टीले यही फागुन ६ गतेदेखि ९ गतेसम्म हुन लागेको महाधिवेशनमा यसपटक सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने जनाएको छ । पार्टीले सहरको सौन्दर्य कायम राख्न भित्तेलेखन नगर्ने र सामाजिक सञ्जालको, यू टुब प्रयोग गर्ने तथा पर्चा पम्लेट वितरण गर्नेछ । महाधिवेशनमा महिला, दलित र सीमान्तकृतलगायतको समावेसी प्रतिनिधित्व गराइनेछ । महाधिवेशनका गतिविधिका बारेमा सूचना कक्ष स्थापना गरिने र उद्घाटन सत्र विभिन्न सञ्चार माध्यममार्फत प्रत्यक्ष प्रशारण गरिनेछ । महाधिवेशन मूल आयोजक समितिअन्तर्गत प्रचारप्रसार विभागका संयोजक एवम् महामन्त्री राजेन्द्र लिङ्देनले महाधिवेशनका लागि तयारी कार्य तथा मञ्च व्यवस्थापनका कार्य सुरु भइरहेको जानकारी दिँदै महाधिवेशनमा हुने चुनावका लागि विद्युतीय मतदान यन्त्र प्रयोग गरिने बताउनुभयो । मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि संवैधानिक राजसंस्थाको पक्षमा महाधिवेशन केन्द्रित गरिनेछ । एकीकृत राप्रपामा राजतन्त्र तथा गणतन्त्र दुबै पक्षधर रहेकाले राजसंस्थाको पक्षमा निर्णय लिन चुनौती देखिएको थियो । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले आसन्न महाधिवेशनमा विभिन्न देशका राजनीतिज्ञ तथा राजनीतिक दलका प्रतिनिधिका साथै नेपालस्थित कुटनीतिक प्रतिनिधिले सहभागिता जनाउने बताउँदै उदघाटन सत्रमा करिब एक लाखको सहभागिता हुने जानकारी गराउनुभयो ।
0 notes
Photo
प्रजातन्त्र दिवसको महत्वलाई प्राथमिकताका साथ प्रचारप्रसार गरिने काठमाडौँ, १ फागुन- सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रजातन्त्र दिवसको महत्व र यसको प्रभाव के हो ? भन्ने विषयलाई आमसञ्चार माध्यमले जनतासमक्ष बढी सुसूचित गर्नुपर्ने बताउनुभएको छ । ६७ औँ प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाउने सन्दर्भमा आज सञ्चारमाध्यमका प्रतिनिधिसँगको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री कार्की संयोजक रहनुभएको उप–समितिको मन्त्रालयमा भएको छलफलमा उहाँले खास गरी नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति (रासस) र गोरखापत्रलगायत सरकारी मातहतका सञ्चार माध्यमबाट प्रजातन्त्रसँग सम्बन्धी सामग्रीलाई विशेष प्राथमिकताका साथ प्रकाशन÷प्रसारण गर्न निर्देशन दिनुभयो । रा��्ट्रिय प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा गठित मूलस��ारोह समितिका सदस्य रहनुभएका सूचना तथा सञ्चारमन्त्रीको संयोजकत्वमा प्रचारप्रसार उप–समिति गठन गरिएको छ । उप–समितिमा सञ्चार सचिव, काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला विकास समितिका प्रमुख, नेपाल पत्रकार महासङ्घका अध्यक्ष, गोरखापत्र संस्थाका अध्यक्ष, रेडियो नेपालका महानिर्देशक, राससका अध्यक्ष, नेपाल टेलिभिजनका अध्यक्ष र प्रेस काउन्सिल नेपालका अध्यक्षलगायत मातहतका विभागीय प्रमुख सहभागी २२ सदस्य रहनुभएको छ । “विशेषगरी टेलिभिजन र अन्य सञ्चार माध्यमले समेत प्रजातन्त्र स्थापना, प्रजातन्त्र पहिले र अहिले र त्यसका उपलब्धि लगायतका विषयलाई समेटेर बहस सञ्चालन गर्न, विभिन्न लेख–आलेख प्रकाशन गर्न आवश्यक छ”–सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो । सरकारी सञ्चार माध्यमका साथै रेडियो, टेलिभिजन, पत्रपत्रिकालगातयका निजी क्षेत्रका सञ्चार माध्यमले पनि प्रजातन्त्रबारे सिर्जनात्मक ढङ्गले प्रकाशन÷प्रशारण गर्नुपर्ने मन्त्री कार्कीको भनाइ छ । मन्त्री कार्कीले अङ्गेजी पाठकलाई लक्षित गरेर ‘द’ राईजिङ नेपालले प्रजातन्त्र सम्बन्धी विशेष रूपमा प्रकाशन गर्न पनि अपिल गर्नुभयो । हुलाक सेवा विभागका महानिर्देशक सुरेश अधिकारीले प्रजातन्त्रलाई लक्षित गरेर विभागले नेपालको संविधान २०७२ अङ्कित हुलाक टिकटमा टाँचा लगाउने कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो । राससका अध्यक्ष कुलचन्द्र वाग्ले र गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द्र पोखरेललगायतले आफ्नो संस्थाले प्रजातन्त्रबारे विगतका वर्षमा विभिन्न सागम्री सम्प्रेषण गर्दै आएको र यस पटक पनि प्रजातन्त्र दिवसको महत्वलाई विशेष प्राथमिकताका साथ सम्प्रेषण गर्ने बताउनुभयो । मूलसमारोह समितिले नेपाल टेलिभिजन र रेडियो नेपाललाई नेपाली सैनिक मञ्चमा हुने कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउन, प्रजातन्त्रबारे समाचार बुलेटिन तथा समाचारमूलक कार्यक्रम, अन्तवार्ता प्रसारण गर्ने जिम्मेवारी दिएको छ । ६७ औँ प्रजातन्त्र दिवस यही फागुन ७ गते विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
0 notes
Photo
राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशन भृकुटीमण्डपमा हुने काठमाडौँ, १० माघ– राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशन भृकुटीमण्डपमा हुने भएको छ । आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने भनिएको भए पनि अहिलेसम्म स्थानको टुङ्गो लाग्न सकेको थिएन । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले उक्त महाधिवेशनका लागि स्थान चार दिनका लागि बुकिङ भइसकेको जानकारी दिँदै उद्घाटनसत्र प्रदर्शनी मार्ग तथा बन्दसत्र प्रदर्शनी हलमा हुने बताउनुभयो । उहाँका अनुसार महाधिवेशनमा आगामी नेतृत्व सर्वसम्मत रुपमा छनोट गर्न देशभर नै सहमतिबाट प्रतिनिधि छनोटको प्रयास भइरहेको छ । पार्टीको यही माघ ७ देखि १५ गतेसम्म देशभर वडा, गाउँ र नगरको अधिवेशन जारी छ । राप्रपा तथा राप्रपा नेपालबीच एकीकरण भएपछि पहिलोपटक हुन लागेको उक्त महाधिवेशनका लागि पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा ५०१ सदस्यीय एकता महाधिवेशन व्यवस्थापन मूल समारोह समिति गठन भइसकेको छ । सो समितिलाई सहयोग गर्न पार्टीका छ उपाध्यक्ष तथा छ महामन्त्री संयोजक रहने गरी १२ उपसमिति गठन भई तयारीका लागि विभिन्न चरणका कार्य सुरु गरेको छ । फागुन २ गतेसम्म देशभरबाट प्रतिनिधि छनोट गरी केन्द्रीय निर्वाचन समितिमा नाम पठाउनुपर्ने छ ।
0 notes
Photo
राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँड्यो करिब साढे चारलाख साधारण सदस्यता काठमाडौँ, ६ माघ- राष्ट्रिय प्रजातन्त्र पार्टीले करिब साढे चारलाख साधारण सदस्यता वितरण गरेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ । महाधिवेशन प्रयोजनका लागि गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म सो सदस्यता देशभर वितरण गरिएको थियो । केही जिल्लाबाट तथ्याङ्क आउने क्रम जारी छ । ती साधारण सदस्य मध्येबाट वडा, गाउँ र नगरको महाधिवेशनमा प्रतिनिधिसमेत छनौट गरिने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी, राजनीतिक कार्यपत्र, विधान, झोलालगायत सन्दर्भ सामग्री सहभागीलाई समयमै उपलब्ध गराउने र महाधिवेशनमा छलफल व्यापक बनाउने तयारीसमेत गरिएको छ । आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म महाधिवेशन काठमाडौँमा गरिनेछ । यसअघि राप्रपा तथा राप्रपा (नेपाल)को एकीकरण भएपछि जिल्लाभर रहेका दुवै पार्टीको एकता सम्पन्न गरिएको छ ।
0 notes
Photo
राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनमा सामाजिक सञ्जाल प्रयोग गर्ने, भित्तेलेखन नगर्ने काठमाडौँ, ५ माघ- राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनको प्रचारप्रसार गर्ने क्रममा काठमाडौँ उपत्यकामा भित्तेलेखन नगर्ने भएको छ । काठमाडौँ उपत्यकाको सौन्दर्यतालाई कायम राख्न भित्तेलेखन नगरी त्यसको विकल्पमा होडिङ्ग बोर्ड, फेलेक्स्, पर्चा पम्पलेटको प्रयोग गर्ने भएको छ । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले महाधिवेशनको प्रचारका लागि काठमाडौँ उपत्यकाका मुख्य सहरी क्षेत्र तथा व्यापारिक केन्द्रमा साङ्गीतिक कार्यक्रम गरिने जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न पार्टीको महाधिवेशनका लागि विगतमा गरिएका भित्तेलखनले सहरको सौन्दर्यतामा हस आएको महसुस गरी पार्टीले त्यस्ता गतिविधि नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीभित्रबाट कसैले त्यसलाई अवज्ञा गरेमा सम्बन्धितलाई दण्ड तथा सजायसमेत गरिनेछ । पार्टीले आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा गर्न लागेको महाधिवेशनका विभिन्न गतिविधिकाबारेमा यथार्थ र आवश्यक सूचना सार्वजनिक गर्ने जन��एको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा महाधिवेशनको प्रचार गर्न यसपटक सामाजिक सञ्जाललाई व्यवस्थितरुपले अधिकतम् उपयोग गरिनेछ । विभिन्न पार्टीको महाधिवेशन तथा राष्ट्रिय चुनावमा विभिन्न दलले सार्वजनिकस्थल तथा सडकका भित्तामा जथाभावी भित्तेलेखन गर्ने गरेको भए पनि त्यसलाई समयमा नमेटाउँदा काठमाडौँ केन्द्रित राजनीतिक गतिविधिले सहर फोहर देखिन्छ । सोही महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छनोट गर्ने क्रममा यही माघ ७ देखि १५ गतेसम्म वडा, गाउँ र नगरको अधिवेशन गर्न लागिएको छ । यही २१ गते देशका २४० निर्वाचन क्षेत्रमा एकैदिन अधिवेशन गराइने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
0 notes
Text
राष्ट्रिय प्रजातन्त्र दिवस आज विविध कार्यक्रम गरेर मनाइँदै
राष्ट्रिय प्रजातन्त्र दिवस आज विविध कार्यक्रम गरेर मनाइँदै
काठमाडौं, ७ फागुन । विक्रम संवत २००७ फागुन ७ गते रप्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । (more…)
View On WordPress
0 notes