#वरमलई
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
प्रजातन्त्र दिवसको अवसरमा विरामीलाई फलफुल वितरण फागुन ९ गते– तिन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाईएको प्रजातन्त्र दिवसको अन्तिम दिन आईतबार जिल्ला अस्पताल पर्बतमा रहेका विरामीलाई फलफुल वितरण गरिएको छ । नेष्डो नेपालको सहयोगमा अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरीएको हो । दिबसको पहिलो दिन सरसफाई, दोस्रो दिन प्रभातफेरी र अन्र्तक्रिया र तेस्रो दिनअस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गरेर पर्बतमा प्रजातन्त्र दिबस मनाईएको छ । फलफुल वितरण कार्यक्रममा स्थानीय विकास अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नगरपालिकाका कार्यकारी अधिकृत, बिभिन्न कार्यलयका कार्यलय प्रमुखहरु,शुरक्षाकर्मी लगाएतको उपस्थिती रहेको थियो । अस्पतालमा रहेका एक दर्जन विरामीलाई करिब ५ हजार बराबरको फलफुल वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै स्थानिय बिकास अधिकारी युबराज पौडेलले प्रजातनत्रदिवसको अवसरमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदैं कार्यान्वयनमा एकजुट हुन अनुरोध गर्नुभएको थियो । दिबसको अबसरमा तीनदिन सम्म विविध कार्यक्रमकोआयोजना गरी प्रजातन्त्र दिबस मनाइएको थियो ।
0 notes