#परचरपरसर
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
दलहरुद्वारा प्रचारप्रसार समिति गठन भक्तपुर, ७ वैशाख । नेपाली काँग्रेस भक्तपुरले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको प्रचार गर्न प्रचारप्रसार समिति गठन गरेको छ । काँग्रेस जिल्ला सदस्य केदार खड्काको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको हो । जिल्ला अध्यक्ष दुर्लभ थापाको संयोजकत्वमा निर्वाचन परिचालन समिति, सचिव उद्धव सिलवालको संयोजकत्वमा जिल्लाको निर्वाचन घोषणापत्र निर्माण समिति, शिवराम श्रेष्ठको संयोजकत्वमा अनुशासन समिति, निशान ढुङ्गेलको संयोजकत्वमा प्रशिक्षण समिति, उर्मिला वनको संयोजकत्वमा महिला परिचालन समिति गठन गरिएको छ । त्यसैगरी, नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा जिल्ला अध्यक्ष राजेन्द्र राजथलाको संयोजकत्वमा ५५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । त्यसैगरी, एमाले भक्तपुर जिल्ला प्रचार विभाग संयोजक श्याम बस्नेतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति, उपाध्यक्ष बच्चन देउजाको संयोजकत्वमा आर्थिक समिति, शैलेन्द्र श्रेष्ठको संयोजकत्वमा स्वयम्सेवक परिचालन समिति र गोविन्द चौलागाईंको संयोजकत्वमा कानुन विभाग समिति गठन गरिएको छ । नेपाल मजदुर किसान पार्टीले स्थानीय तहको निर्वाचनका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठको संयोजकत्वमा ७५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । जिल्लामा नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा माले र राष्ट्रिय जनमोर्चाले पनि निर्वाचनका लागि विभिन्न समिति गठन गर्ने क्रम जारी रहेको जानकारी दिएको छ । The post दलहरुद्वारा प्रचारप्रसार समिति गठन appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
माओवादी पार्टीले गरेका कामको प्रचारप्रसार गर्न आवश्यक भयोः टोप बहादुर रायमाझी पाल्पा, ५ फागुन- नेकपा (माओबादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले स्थानीय निकायको निर्वाचन सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ । उहाँले स्थानीय निकायमा माओवादीले अग्रणी स्थान लिने बताउनुभएको छ । नेता रायमाझीले नेपालको बहुसङ्ख्यक विकास निर्माणका काम माओवादीले गरेको औँल्याउनुभयो । उहाँले माओवादी पार्टीको अगुवाइमा गरिएका कामका प्रचारप्रसार हुन नसकेको पनि बताउनुभयो । जिल्ला तहका नेता तथा कार्यकर्तालाई माओवादी पार्टीले गरेका कामको प्रचारप्रसार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । नेकपा (माओवादी केन्द्र) तानसेन नगरपालिकाको प्रथम सम्मेलनको उद्घाटन गर्दै माओवादीले गरेको सकारात्मक कामको व्यापक प्रचारप्रसार गर्न नसक्नु कमजोरी भएको बताउनुभयो । उहाँले सीमाङ्कन र नामाङ्कन छिटो टुङ्ग्याएर देशलाई निकास दिनुपर्ने बताउनुभयो । सम्मेलनमा नेकपा (माओबादी केन्द्र)का पोलिटब्यूरो सदस्य वसन्त घर्तिमगर, वसन्त शर्मा (कुशल)ले स्थानीय निकायको निर्वाचन सफल बनाई जित सुनिश्चित गर्न सबै कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
प्रजातन्त्र दिवसको महत्वलाई प्राथमिकताका साथ प्रचारप्रसार गरिने काठमाडौँ, १ फागुन- सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रजातन्त्र दिवसको महत्व र यसको प्रभाव के हो ? भन्ने विषयलाई आमसञ्चार माध्यमले जनतासमक्ष बढी सुसूचित गर्नुपर्ने बताउनुभएको छ । ६७ औँ प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाउने सन्दर्भमा आज सञ्चारमाध्यमका प्रतिनिधिसँगको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री कार्की संयोजक रहनुभएको उप–समितिको मन्त्रालयमा भएको छलफलमा उहाँले खास गरी नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति (रासस) र गोरखापत्रलगायत सरकारी मातहतका सञ्चार माध्यमबाट प्रजातन्त्रसँग सम्बन्धी सामग्रीलाई विशेष प्राथमिकताका साथ प्रकाशन÷प्रसारण गर्न निर्देशन दिनुभयो । राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा गठित मूलसमारोह समितिका सदस्य रहनुभएका सूचना तथा सञ्चारमन्त्रीको संयोजकत्वमा प्रचारप्रसार उप–समिति गठन गरिएको छ । उप–समितिमा सञ्चार सचिव, काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला विकास समितिका प्रमुख, नेपाल पत्रकार महासङ्घका अध्यक्ष, गोरखापत्र संस्थाका अध्यक्ष, रेडियो नेपालका महानिर्देशक, राससका अध्यक्ष, नेपाल टेलिभिजनका अध्यक्ष र प्रेस काउन्सिल नेपालका अध्यक्षलगायत मातहतका विभागीय प्रमुख सहभागी २२ सदस्य रहनुभएको छ । “विशेषगरी टेलिभिजन र अन्य सञ्चार माध्यमले समेत प्रजातन्त्र स्थापना, प्रजातन्त्र पहिले र अहिले र त्यसका उपलब्धि लगायतका विषयलाई समेटेर बहस सञ्चालन गर्न, विभिन्न लेख–आलेख प्रकाशन गर्न आवश्यक छ”–सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो । सरकारी सञ्चार माध्यमका साथै रेडियो, टेलिभिजन, पत्रपत्रिकालगातयका निजी क्षेत्रका सञ्चार माध्यमले पनि प्रजातन्त्रबारे सिर्��नात्मक ढङ्गले प्रकाशन÷प्रशारण गर्नुपर्ने मन्त्री कार्कीको भनाइ छ । मन्त्री कार्कीले अङ्ग��जी पाठकलाई लक्षित गरेर ‘द’ राईजिङ नेपालले प्रजातन्त्र सम्बन्धी विशेष रूपमा प्रकाशन गर्न पनि अपिल गर्नुभयो । हुलाक सेवा विभागका महानिर्देशक सुरेश अधिकारीले प्रजातन्त्रलाई लक्षित गरेर विभागले नेपालको संविधान २०७२ अङ्कित हुलाक टिकटमा टाँचा लगाउने कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो । राससका अध्यक्ष कुलचन्द्र वाग्ले र गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द्र पोखरेललगायतले आफ्नो संस्थाले प्रजातन्त्रबारे विगतका वर्षमा विभिन्न सागम्री सम्प्रेषण गर्दै आएको र यस पटक पनि प्रजातन्त्र दिवसको महत्वलाई विशेष प्राथमिकताका साथ सम्प्रेषण गर्ने बताउनुभयो । मूलसमारोह समितिले नेपाल टेलिभिजन र रेडियो नेपाललाई नेपाली सैनिक मञ्चमा हुने कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउन, प्रजातन्त्रबारे समाचार बुलेटिन तथा समाचारमूलक कार्यक्रम, अन्तवार्ता प्रसारण गर्ने जिम्मेवारी दिएको छ । ६७ औँ प्रजातन्त्र दिवस यही फागुन ७ गते विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
0 notes