#नगरन
Explore tagged Tumblr posts
Text
शरीर के रक्तचाप की निगरानी के लिए स्रावी कोशिकाएं हैं...
शरीर के रक्तचाप की निगरानी के लिए स्रावी कोशिकाएं हैं…
मांग के मामलों में स्वस्थ रक्तचाप को बनाए रखने में मदद करने के लिए। यहां तक कि रक्तचाप में थोड़ा सा भी परिवर्तन इन कोशिकाओं द्वारा आसानी से पता लगाया जाता है जो शरीर में हार्मोन के स्तर को सही रखने के लिए समायोजित करते हैं। हालाँकि, इन कोशिकाओं के रहस्यमय स्थान और तंत्र को अब तक छुपाया गया है। अध्ययन दल ने आखिरकार इन बैरोरिसेप्टर्स के रहस्य को सुलझा लिया है। विज्ञापन देना गुप्त प्रणाली “यह…
View On WordPress
0 notes
Photo
निर्वाचनमा बालबालिका प्रयोग नगरिने रोल्पा, २० वैशाख । रोल्पामा क्रियाशील राजनीतिक दलले आगामी जेठ ३१ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला बालकल्याण समिति रोल्पा, सेभ द चिल्ड्रेन र हुरेक रोल्पाले जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको स्थानीय तहको निर्वाचनमा बालअधिकारको संरक्षण र प्रवद्र्धनका लागि राजनीतिक दलसँगको अन्तरसंवाद कार्यक्रममा स्थानीय राजनीतिक दलले लिखित प्रतिबद्धता जाहेर गरेका छन् । कार्यक्रममा निर्वाचनपूर्व, निर्वाचन हँुदा र निर्वाचनपश्चात् तीन चरणमा बालबालिका प्रयोग हुनसक्ने भएकाले सबै चरणमा चनाखो भएर बालअधिकारको संरक्षणमा लाग्ने प्रतिबद्धतासमेत जाहेर गरेका थिए । प्रतिबद्धतालाई गम्भीरताका साथ कार्यान्वयन गर्ने भन्दै दलका स्थानीय कमिटीले वडा कमिटीसम्म सो प्रतिबद्धता कार्यान्वयनका लागि जानकारी गराउने बताएका थिए । प्रतिबद्धता जिल्लाका माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका विभिन्न वडामा क्रियाशील राजनीतिक दलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेको बताइएको छ । जिल्लाका सबै गाउँपालिका र वडामा दलको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी कडाइका साथ कार्यान्वयन गरिने जिल्ला बालकल्याण समिति रोल्पाले बताएको छ । निर्वाचनमा बालबालिका प्रयोग भए÷नभएको अनुगमन गर्ने भन्दै जिल्लामा सात सदस्यीय अनुगमन समितिसमेत गठन गरिएको छ । जिल्ला बालकल्याण समिति रोल्पाको संयोजकत्वमा गठित समितिमा नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ, रोल्पा उद्योग वाणिज्य सङ्घ, जिल्ला बाल क्लब सञ्जाल र प्रधानाध्यापक समाज सदस्य रहेका छन् । समितिले जिल्लामा निर्वाचन गतिविधिमा बालबालिका प्रयोग भए÷नभएको अनुगमन गरी साप्ताहिकरुपमा केन्द्रीय बालकल्याण समितिमा प्रतिवेदनसमेत बुझाउने अनुगमन समितिका संयोजक इन्द्रा शाहीले बताउनुभयो । The post निर्वाचनमा बालबालिका प्रयोग नगरिने appeared first on Etajakhabar.
0 notes
Text
शरीर के रक्तचाप की निगरानी के लिए स्रावी कोशिकाएं हैं...
शरीर के रक्तचाप की निगरानी के लिए स्रावी कोशिकाएं हैं…
मांग के मामलों में स्वस्थ रक्तचाप को बनाए रखने में मदद करने के लिए। यहां तक कि रक्तचाप में थोड़ा सा भी बदलाव इन कोशिकाओं द्वारा आसानी से पता लगाया जाता है जो फिर इसे ट्रैक पर रखने के लिए शरीर में हार्मोनल स्तर को समायोजित करते हैं। हालाँकि, इन कोशिकाओं के रहस्यमय स्थान और तंत्र को अब तक छुपाया गया है। अध्ययन दल ने आखिरकार इन बैरोरिसेप्टर के रहस्य को सुलझा लिया है। विज्ञापन देना गुप्त…
View On WordPress
0 notes
Photo
विद्यालय बन्द नगर्ने सहमति भद्रपुर, १९ वैशाख । निजी विद्यालयमा भएको शुल्क वृद्धि लगायत समस्याबारे केन्द्रीय सहमतिअनुसार अघि बढ्ने सरोकार भएकाहरुको प्रतिबद्धतापछि विद्यार्थी सङ्गठनले झापामा जारी राखेको विद्यालय बन्दलगायत कार्यक्रम फिर्ता लिएका छन् । संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा सोमबार साँझ सम्पन्न सर्वपक्षीय वार्तामा भएको सहमतिअनुसार आन्दोलनरत विद्यार्थी सङ्गठनले अनिश्चितकालीन विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका हुन् । आन्दोलरत विद्यार्थी सङ्गठन, स्थानीय शान्ति समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय, प्याब्सन, एनप्याब्सन झापाका प्रमुख तथा प्रतिनिधिबीचको वार्तामा पाँचबुँदे सहमति भएको थियो । सोअनुसार आज बिहानदेखि निजी विद्यालय पूर्ववत्ः सञ्चालन हुने, शुल्कवृद्धिलगायत समस्याबारे केन्द्रीय सहमतिअनुसार अघि बढ्ने र सोको कार्यान्वयनमा जिशिकाले पहल गर्ने सहमति भएको छ । शैक्षिक क्षेत्रका अन्य समस्या समाधानमा विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण समितिले विद्यार्थी सङ्गठन, ��्याब्सन, एनप्याब्सनसमेतको सहभागित��मा अघि बढ्ने, मापदण्ड विपरीतका निजी विद्यालयलाई जिशिकाले तत्काल कारर्बाही प्रक्रिया अघि बढाउने र निजी विद्यालय, प्याब्सन, एनप्याब्सन, विद्यार्थी सङ्गठन र जिशिकाबीच कुनै असमझदारी भए संवादका माध्यमबाट सहमतिका साथ अघि बढ्नेसमेत प्रतिबद्धता जनाइएको छ । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गर्नुभएको थियो । The post विद्यालय बन्द नगर्ने सहमति appeared first on Etajakhabar.
0 notes
Photo
डिआइजी सिलवालमाथि छानवीन र कारवाही नगर्न सर्वाेच्चको आदेश १२ बैशाख,काठमाडौं । सर्वाेच्च अदालतले अदालतमा विचाराधिन आइजीपी नियुक्तीको मुद्दा टुंगो नलागेसम्म डिआइजी नवराज सिलवालमाथि कुनै छानवीन र कारवाही अघि नबढाउन आदेश दिएको छ । न्यायाधीशहरु जगदिश शर्मा पौडेल, तेजबहादुर केसी र इश्वर खतिवडाको संयुक्त इजलासले बिचाराधिन मुद्दा किनारा नलागुञ्जेल कुनै कारवाही अघि नबढाउन आदेश दिएको हो । कार्यसम्पादन मूल्याङ्कनका क्रममा किर्ते गरेको आरोपमा सिलवालमाथि प्रहरीले छानवीन थालेको थियो । अब आइजीपी नियुक्तीमाथि आफूमाथि अन्याय भएको भन्दै सिलवालले दायर गरेको रिटको टुंगो नलागि सरकारले कुनै कारवाही चलाउन पाउँदैन । सिलवालको रिटमा बैशाख १९ गते पूर्ण इजलासमा सुनुवाई हुँदैछ । The post डिआइजी सिलवालमाथि छानवीन र कारवाही नगर्न सर्वाेच्चको आदेश appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने राजनीतिक प्रतिवद्धता काठमाडौँ, ६ वैशाख । प्रमुख राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने र निर्वाचन घोषणापत्रमा बाल संरक्षणका विषय समावेश गर्ने सामूहिक प्रतिवद्धता व्यक्त गरेका छन् । स्थानीय तहको निर्वाचनमा बालअधिकार तथा बालसंरक्षण पैरवी अभियानले आज यहाँ आयोजना गरेको निर्वाचनमा बालअधिकार तथा बालसंरक्षणका लागि राजनीतिक संवाद विषयक कार्यक्रममा बोल्दै विभिन्न राजनीतिक दलका नेताहरुले बालबालिकालाई निर्वाचनको प्रचारप्रसारमा प्रयोग नगर्ने सामूहिक प्रतिवद्धता व्यक्त गरेका हुन । अभियानका तर्फबाट कृष्ण सुवेदी र युवराज घिमिरेले नेतालाई १९ बुँदे सुझावपत्र हस्तान्तरण गर्नुभएको थियो । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने भन्दै पार्टीले बालअधिकारको संरक्षण र अधिकारका कुरालाई स्थानीय सरकारमा प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले स्थानीय तहले नै बालबालिकाको अधिकारलाई सुनिश्चित बनाउने बताउँदै बालबालिकाको विकासमा सहयोग पु¥याउने कुरा घोषणापत्रमा राख्ने धारणा राख्नुभयो । नेपाली काँग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधानले पार्टीले १६ वर्षमुनिकालाई सदस्य नबनाउने भन्दै त्यसपछि मात्र प्रयोग गर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टी बालबालिकाका अधिकारप्रति गम्भीर भएकाले निर्वाचनमा बालबालिकाका मुद्दालाई प्रथामिकतामा राख्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले विगतमा पार्टीले बालबालिका निर्वाचनमा प्रयोग गरे पनि अबदेखिको निर्वाचनमा पार्टीले बालबालिका प्रयोग नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेकपा (माले) का महासचिव सिपी मैनालीले बाल संरक्षणका लागि अब बन्ने स्थानीय सरकारले सही अर्थमा काम गर्नसक्ने बताउनुभयो । राप्रपा प्रवक्ता रोशन कार्कीले सबै पार्टीले निर्वाचनमा बालबालिकाको प्रयोग निषेध गर्नुपर्ने भन्दै आफ्नो पार्टीले पनि निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । The post बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने राजनीतिक प्रतिवद्धता appeared first on Etajakhabar.
0 notes
Photo
गिद्धलार्इ असर पार्ने डाइक्लोफेनेक प्रयोग नगर्ने प्रतिबद्धता वैशाख – ५ । सुनसरीका पशु प्राविधिकले गिद्धलाई असर पार्ने डाइक्लोफेनेक नामक औषधिको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्।सुनसरीको हरिनगरा गाउँपालिकास्थित वसन्तपुरमा सोमबार सम्पन्न भएको एक दिने गिद्ध संरक्षणसम्बन्धी कार्यक्रममा सहभागी भएका पशु प्राविधिकले पशुमा डाइक्लोफेनेक औषधिको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन्। डाइक्लोफेनेक औषधिको प्रयोगका कारण गिद्ध लोपन्मुख अवस्थामा पुगेको एक अध्ययनले देखाएको तथ्य कार्यक्रममा प्रस्तुत […] The post गिद्धलार्इ असर पार्ने डाइक्लोफेनेक प्रयोग नगर्ने प्रतिबद्धता appeared first on नेपाल आज.
0 notes
Photo
‘एकता नगर्ने मधेसी मोर्चाका नेता समाप्त हुन्छन्’ सप्तरीको मलेठमा हामी श्रद्धाञ्जली सभामा थियौं । त्यो श्रद्धाञ्जलीसभा, जहाँ पाँचजना वीर योद्धालाई राज्यबाट नरसंहार गरिएको थियो । वहाँहरुको श्रद्धाञ्जली सभामा हामी जम्मा भएका थियौं । त्यहाँ कुरा गरिरहँदा
0 notes
Photo
चीनबाट फर्किए प्रचण्ड, चुनाव हुँदैन कि भन्ने प्रश्न नगर्न आग्रह १६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब पनि चुनाव हुँदैन कि भन्ने प्रश्न नगर्न आग्रह गरेका छन् । साथै उनले मधेसी मोर्चासमेतको सहभागितामा स्थानीय चुनाव हुने दाबी
0 notes
Photo
भारतलाई चीनको चेतावनी, नेपालमा ‘हस्तक्षेप’ नगर्नु ९ चैत, एजेन्सी। नेपाल र श्रीलंकासंग सैन्य सहकार्य गर्ने आफ्नो प्रयासमा हस्तक्षेप गरे त्यसविरुद्ध ‘जवाफी हमला’ गर्ने चीनले भारतलाई चेतावनी दिएको छ। चीनका रक्षा मन्त्री च्याङ वानक्वानले नेपालको भ्रमणपछि श्रीलंकाको भ्रमण गर्ने तयारीका बीच चिनियाँ मिडियाले भारतलाई हस्तक्षेप नगर्न चेतावनी दिएका हुन। यी देशहरुमा दशकौ देखिको भारतीय प्रभाव तोड्न सजिलो नहुनेमा चीन चिन्तित छ। दक्षिण एसियामा बढ्दो चिनियाँ प्रभावलाई ‘काउन्टर ब्यालेन्स’ गरेकोमा भारतलाई आरोप लगाउँदै बइजिङको ग्लोबल टाइम्स लेख्छ, ‘भारतका यस्ता गतिविधि जारी रहे चीनले जवाफी हमला गर्नेछ। किनकी चीनको प्रमुख चासोको विषय उल्लंघन हुनु चीनको इच्छा अन्तरर्गत पर्दैन, तर बल भारतको कोर्टमा छ।’ भारतीय आर्मी चिफ बिपिन रावतको नेपाल भ्रमणलाई लिएर पनि बेइजिङ आशंकित छ जसले काठमाडौंको निर्णय प्रभावित हुने चीनको अनुमान छ। रावलले नेपाली सेनासंग सैन्य हार्डवेयर तथा सफ्टवेयर बिक्रिबारे छलफल गर्ने अनुमान चिनियाँ पक्षको छ। यहि उद्धेश्य चीनको पनि भएकाले नेपालको बिषयमा चीन भारतलाई लिएर चिन्तित भएको हो। यो पढ्नुस्। ‘भारत समर्थक’को आरोप लागेका प्रचण्डले ‘चीन समर्थक’ बन्न यी सम���झौता गर्नेछन् : चिनियाँ मिडिया The post भारतलाई चीनको चेतावनी, नेपालमा ‘हस्तक्षेप’ नगर्नु appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
अपाङ्गता भएका व्यक्तिको आत्मसम्मानमा चोट पर्ने शब्द प्रयोग नगर्न सुझाव काठमाडौँ, २२ फागुन । सरकार र राजनीतिक दललाई गाली गर्न प्रयोग गरिएका शब्दले अपाङ्गता भएका व्यक्तिको आत्मसम्���ानमा चोट पुग्नसक्नेतर्फ सचेत रहनुपर्ने आवश्यकता औँल्याइएको छ । अस्मिता महिला प्रकाशन गृहले नेपाली मिडियामा लैङ्ग��क हिंसासम्बन्धी समाचारबारे गरेको अनुगमन पछि तयार प्रतिवेदनमाथि आज भएको छलफलमा सहभागी वक्ताले सरकारलाई अन्धो, लङ्गडो र बहिरो भनेर गाली गर्दा त्यसबाट अपाङ्गता भएका व्यक्तिमा पर्ने चोटलाई हेक्का राख्न सुझाव दिए । सञ्चारमाध्यममा आएका समाचारले महिला र बालबालिकालाई थप पीडा हुने वातावरण नबनोस् भन्नेतर्फ पत्रकार सजग हुन आवश्यक रहेको उनीहरुले औँल्याए । अपाङ्गताको कमजोरीलाई देखाएर समाजमा उनीहरुप्रति हुने विभेद अन्त्य गर्न सचेतना कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव पनि उनीहरुले दिए । होटल तथा रेस्टुराँमा काम गर्ने महिलाको तस्बिरसहितको समाचार छापिँदा समाजमा बस्न नदिने खालको परिस्थिति सिर्जना भएको गुनासो गर्दै उनीहरुले मुलुकका आम सञ्चारमाध्यमले लैङ्गिक हिंसासम्बन्धी समाचारलाई अझै पनि यथोचित प्राथमिकता दिनमा कञ्जुस्याइँ गरिरहेको बताए । आयोजक संस्था अस्मिता गृहका अध्यक्ष इन्दु तुलाधार, प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छा बिन्दु तुलाधरलगायत लैङ्गिक हिंसा अन्त्यका क्षेत्रमा कार्यरत संस्थाका पदाधिकारीले महिला र पुरुषबीच समान हकअधिकारको विषयमा उठाइएका मुद्दालाई आम सञ्चारमाध्यमबाट अझै पनि प्राथमिकताका साथ सम्प्रेषण हुन नसकिरहेकोतर्फ ध्यानाकर्षण गराउनुभएको थियो । उक्त गृहले सन् २०१६ को जुन १ देखि ३० तारिखसम्म नेपाली मिडियामा आएका लैङ्गिक हिंसासम्बन्धी समाचारको अनुगमन गरेको थियो । सो अध्ययनमा चार अङ्ग्रेजी, १८ नेपाली राष्ट्रिय दैनिक पत्रिका, छ रेडियो र चार टेलिभिजन च्यानलका प्राइम टाइम समाचार बुलेटिनमा आएका समाचारमा केन्द्रित रहेको जनाइएको छ । अनुगमनमा लैङ्गिक हिंसासम्बन्धी सामग्रीमध्ये ९.१३ समाचार पहिलो पृष्ठमा आएको तथा रेडियो र टेलिभिजनमा अन्यन्तै न्यूनरुपमा हेडलाइन बन्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
0 notes
Photo
कडा निगरानी हुन थालेपछि तस्करहरु हराउन थाले विराटनगर, १५ फागुन- मोरङ प्रहरीले सीमावर्ती क्ष्ँेत्रमा कडा निगरानी र अपराधीलाई कारबाहीको दायरामा ल्याउन थालेपछि तस्करहरुमा पेसा परिवर्तन गर्ने लहर चलेको छ । विगतमा चोरी, निकासी, पैठारीमा संलग्न तस्करलाई छाडेर सामान मात्र बरामद गर्ने प्रहरीले कडा निगरानी र कारबाही थालेपछि उनीहरु पेसा परिवर्तन गर्न बाध्य भएका हुन् । तस्करहरूले नशाजन्य पदार्थ, इलेक्ट्रोनिक्स एवं दैनिक तथा अन्य प्रतिबन्धित सामग्री आसपासका विभिन्न क्षेत्रबाट तस्करी गर्दै आएका थिए । प्रहरीको कडा निगरानीबीच केही नलागेपछि उनीहरु विभिन्न व्यापार व्यवसायमा लागेका छन् । तस्करी छाडेर सिटी रिक्सा सुरु गरेका विराटनगर– १९ का समशेर आलमले भने, “सामान किनेर ल्याउँदा आफ्नो पनि खुब पैसा लागेको हुन्छ । प्रहरीले माल खोस्छ, अनि कारबाही पनि गर्छ । यस्तो लफडामा किन लाग्नू भनेर रिक्साको काम सुरु गरेंँ । धेरै साथीहरुले वारपारको काम छाडिसके ।“ राजस्व चुहावट तथा लागुऔषध ओस���रपसार रोक्नका लागि गस्ती टोलीलाई प्रभावकारी रुपमा परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।” विगतमा चोरी, निकासी, पैठारीमा संलग्न तस्करलाई छाडेर सामान मात्र बरामद गर्ने कार्य हुन्थ्यो, अब हामीले अपराधीलाई पनि कारबाहीको दायरामा ल्याउन थालेका छौंँ”, प्रहरी निरीक्षक सन्दीप भण्डारीले बताउनुभयो ।
0 notes
Photo
संसद अवरोध नगर्ने विपक्षी नौ दलको निर्णय ११ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितको नौ दलीय विपक्षी गठबन्धनले संविधान संसोधन विधेयकमाथिको छलफलमा अवरोध नगर्ने भएको छ । आज बसेको बैठकले संसदमा कुनै अवरोध नगर्ने निर्णय गरेको हो । विधयेक पास हुन नदिने अडा��बाट भने पछि नहट्ने निर्णय बैठकले गरेको छ । यसअघि विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सभामुखसहित भएको छलफलमा अवरोध नगर्ने सहमति भएको थियो । अब केहीबेरमा संसदको बैठकमा संसोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गर्ने सभामुख ओनसरी घर्तीले जानकारी दिइन् । The post संसद अवरोध नगर्ने विपक्षी नौ दलको निर्णय appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
द्रुत मार्गको काम ढिलो नगर्न सांसदको माग काठमाडौँ, ११ फागुन । काठमाडौँ–निजगढ द्रुत मार्गको काम छिटो हुनुपर्नेमा सांसदले जोड दिनुभएको छ । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदले ‘फा��्ट ट्रयाक’ को काम ‘स्लो’ नगर्न माग गर्नुभयो । द्रुत मार्गमा यस वर्ष छुट्याएको बजेट समेत अहिलेसम्म खर्च हुन नसकेको भन्दै सांसदले नामअनुरुप द्रुत रुपमा काम गरिनुपर्नेमा जोड दिनुभयो । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले भारतीय कम्पनीले बनाएको विस्तृत परियोजना प्रस्तावअनुसार छिटो काम सुरु गरिने प्रतिबद्धता जनाउनुभयो । “कम्पनीसँग प्रस्ताव लिएर कुनै संयन्त्र बनाएर काम गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्व गठित समितिले दिएको सुझावअनुसार प्रस्ताव बनाई मन्त्रिपरिषद्मा पेस गर्ने तयारी मन्त्रालयले गरेको छ”– उहाँले भन्नुभयो । मन्त्रिपरिषद्ले गर्ने निर्णय र समितिले दिने निर्देशनअनुसार छिटो काम अघि बढाइने मन्त्री लेखकले बताउनुभयो । समिति सभापति डोरप्रसाद उपाध्यायले छलफलपछि द्रुत मार्गका विषयमा अर्को बैठकमा फेरि छलफल गरेर ठोस निर्णय गरिने जानकारी गराउनुभयो । सांसद विष्णु पौडेलले यसअघि संसद्ले पारित गरेको नीति कार्यक्रम र बजेट वक्तव्यअनुसार काम अघि बढ्नुपर्ने बताउनुभयो । “परियोजना प्रस्ताव नै ग्रहण गर्ने कि नगर्ने भन्नेमै हामी छलफल गर्दैछौँ, इपिसी ढाँचामा जाने हो भने भारतीय कम्पनीको प्रस्ताव किन कुर्ने ? विस्तृत इन्जिनियरिङ अध्ययन गराई इपिसी ढाँचामा जाने गरी छिटो ठेक्का गरिनुपर्छ”– उहाँले भन्नुभयो । आयोजनाको लागत मूल्याङ्कन बढी भएको विषयमा कुरा उठिरहेकाले यसतर्फ गम्भीर हुन पौडेलले सरकारसँग माग गर्नुभयो । सांसद राजन केसीले मार्गको बजेट रु ९६ अर्बबाट रु एक खर्ब १२ अर्ब बनाइनु आपत्तीजनक भएको बताउँदै “उपत्यकाबाट तराई जोड्ने मार्ग धेरै भएकाले सबै आवश्यक हो, होइन भन्नेमा सरकारले पुनर्विचार गर्नुपर्छ भन्नुभयो ।” सांसद भरत साहले पूर्वाधार विकासमा सरकारले ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । सांसद रामहरि खतिवडाले नेपालका राजमार्गलाई प्रयोगशाला बनाएर बिपी राजमार्ग जस्तो द्रुत मार्गको अवस्था आउन दिनु हुदैन भन्नुभयो । सांसद धनराज गुरुङले यो मार्गको लागत घटाउन सकिन्छ भन्ने सूचना प्राप्त भएकाले त्यसको गृहकार्य गर्न सरकारसँग माग गर्नुभयो । सांसदहरु डिम्पलकुमारी झा, एकनाथ ढकाल, विकास लम्सालले द्रुत मार्गको कामभन्दा चर्चा धेरै भएकाले अब काममा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । मन्त्रालयका सचिव धनबहादुर तामाङले नाम द्रुत मार्ग भए पनि त्यसको काममा ढिलाइ भएको स्वीकार गर्दै वि��्तृत प्रस्तावलाई विस्तृत ��न्जिनियरिङ अध्ययनले सुधार्ने बताउनुभयो । “भारत र चीनलाई द्रुत मार्ग र रेलका माध्यमले जोड्ने उद्देश्य अनुरुप अन्तर्राष्ट्रियस्तरको एक्सप्रेस मार्ग बनाउने अवधारणाअनुरुप काम भएकाले तराई जोड्ने धेरै मार्ग भएका हुन्, यसले देशलाई फाइदा पु¥याउँछ, बेफाइदा छैन”– उहाँले भन्नुभयो । सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले राजधानीलाई तराईसँग जोड्ने छोटो मार्ग भएकाले द्रुत मार्गको पक्ष र विपक्षमा तर्क गरेर आयोजना सम्पन्न गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । काठमाडौँ–तराई÷मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) सडक आयोजना प्रमुख सत्येन्द्र शाक्यले तीन वर्षअघि सरकारले बुट प्रणालीअन्तर्गत बनाउने निर्णय गरी काम अघि बढेकोमा हालै सरकार आफैँले बनाउने निर्णय भएकाले काममा ढिलाइ भएको स्पष्ट पार्नुभयो । “जग्गा अधिग्रहणमा ललितपुरको सैँबु, खोकना, बुङमती र डुकुछाप क्षेत्रमा समस्या भएकाले पनि काममा ढिलाइ भएको छ, मुआब्जा वितरणका लागि जग्गा प्राप्ति ऐनअनुसार जिल्ला प्रशासन, मालपोत, नापीलगायतका कार्यालयले प्राथमिकता नदिँदा सोचेको गतिमा काम हुन सकेको छैन”– उहाँले भन्नुभयो । सरकारले आव २०६५÷०६६ देखि राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त (पि१) आयोजनाका रुपमा द्रुत मार्गको काम अघि बढाएको थियो । हालसम्म नेपाली सेनाले ११० किमी ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ । भारतीय कम्पनीले विस्तृत परियोजना प्रस्ताव पनि तयार पारेको छ । चालु आवको सरकारको नीति तथा कार्यक्रममा आगामी आबदेखि आफ्नै लगानीमा काम सुरु गर्ने उल्लेख गरिएको छ । यसका लागि बजेट वक्तव्यमा रु १० अर्ब बजेट व्यवस्था गरिएको छ । समितिको आजको बैठकमा सांसदले बजेट वक्तव्यबाहेकमा रकमान्तर गर्ने क्रम तीव्र भएकाले यसबारे समितिको अर्को बैठकमा छलफल गराउन सभापतिसँग माग गर्नुभएको छ ।
0 notes
Photo
निर्वाचन हुँदैन की भनेर कत्तिपनि शंका नगर्न प्रधानमन्त्री प्रचण्डको आग्रह काठमाडौँ, २५ माघ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्नुभएको छ । निर्वाचन आयोगमा आज आयोजित विद्युतीय मतदान उपकरणको नमुना प्रस्तुतिकरणपछि उहाँले सबैलाई समेटेर समयमा निर्वाचन गराउन सरकार लागिरहेकाले शङ्काभन्दा पनि वातावरण बनाउनेतिर लाग्न सबैमा आग्रह गर्नुभएको हो । “सरकार निर्वाचनका लागि गम्भीर छैन भन्ने होइन, तयारीका लागि निर्वाचन आयोगलाई पत्राचार गरिसकेको छ, कसरी स्वच्छ, निष्पक्ष र छिटो छरितो निर्वाचन गराउन सकिन्छ भनेर उपकरणको नमुना अभ्यास हुनु पनि तयारीकै सिलसिला हो प्रधानमन्त्रीले भन्नुभयो ।” उहाँले आधुनिकीकरणको जमानामा नेपाल विद्युतीय मतदान प्रणालीमा नजाने प्रश्न नहुने भन्दै यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा सरकार र आयोगबीच पछि छलफल गरिने बताउनुभयो । आफू कर्णालीमा पुग्दा पनि बूढाबूढीले समेत हातमा सेल फोन लिएको फोटो खिचेको देख्दा नेपालीहरु केही जान्दैनन् वा अशिक्षित छन् भनेर भन्नु नेपालीले नै नजरअन्दाज गरेको जस्तो लाग्ने भएकाले विद्युतीय प्रणालीको मतदानलाई जनताले ग्रहण गर्न सक्ने प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । उहाँले आयोगले आउने स्थानीय निर्वाचनदेखि नै मुलुकभर विद्युतीय मतदान प्रणालीको सम्भावनाबारे अन्तर्राष्ट्रिय कम्पनी र प्राविधिकसँग परामर्श गरिरहेको छ । सो क्रममा आज स्मार्टम्याटिक नामक धेरै पार्टी र उम्मेदवारलाई समावेश गर्न सकिने नयाँ मेसिनबारे नमुना प्रस्तुतिकरण गरिएको हो । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले विश्वव्यापी रुपमा विद्युतीय मतदान प्रणाली लागू भइसकेको अवस्थामा नेपालमा यसको कार्यान्वयन गर्न अति आवश्यक भएकाले दीर्घकालीन रुपमा यसबाट कम खर्च लाग्ने उल्लेख गर्नुभयो ।
0 notes
Photo
काम नगर्ने उपभोक्तालाई कारबाई गर्नुपर्छः नेता बस्नेत जाजरकोट, २५ माघ- नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले काम नगर्ने तर ठाउँ मात्र ओगट्ने उपभोक्ता समितिलाई कारबाई गर्नुपर्��ेमा जोड दिनुभएको छ । आज जाजरकोटको सदरमुकाममा आयोजित बहुक्षेत्रीय पोषण योजना अभिमुखीकरण कार्यक्रममा उहाँले भन्नुभयो — बजेट पाएर पनि काममा आनाकानी गर्ने जोसुकैलाई पनि कारबाई गर्न सक्नुपर्दछ । नेता बस्नेतले आवश्यकता, चाहना र सम्भावनाका आधारमा काम गर्न सकेमा मात्र जनताले विकासको अनुभूति प्राप्त गर्ने बताउँदै विकासको काममा अवरोध नगर्न सबैमा आग्रह गर्नुभयो । कामै नगरी बजेट सक्ने गरेको जनगुनासो सुनिएका कारण अब त्यस्ता बदमासी गर्नेलाई कारवाही गर्नुपर्ने उल्लेख गर्दै उहाँले रिम्ना छेपारे सडक अबको दुई महिनाभित्र सकिने र अन्य दर्जन ठाउँमा टेन्डरको तयारीमा रहेका कारण यहाँको विकासमा अब गति लिने छ भन्नुभयो । नेता वस्नेतले गुणस्तरीय काम गर्नका लागि आवश्यक वातारण तयार गर्न आग्रह गर्दै जिल्लाका दर्जनौँ ठाउँमा ठूला सिँचाइका योजना सञ्चालनको तयारीमा रहेका कारण अब जिल्लाको खाद्यान्न उत्पादन दर बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
0 notes