Tumgik
#पथभर
nepal123 · 7 years
Photo
Tumblr media
पाथीभरा डाँडामा पम्पिङ प्रणालीबाट खानेपानी तेह्रथुम, ११ वैशाख । गुराँस पर्यटनले प्रदेश नं १ मै चर्चित पर्यटकीय गन्तव्य बन्दै गएको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित पाथीभरा देवीको मन्दिर परिसरमा खानेपानी पु¥याइएको छ । मन्दिरमा आउने दर्शनार्थी र पर्यटकलाई लक्षित गरी पम्पिङ प्रणालीबाट खानेपानी उपलब्ध गराइएको हो । सङ्खुवासभा र तेह्रथुमको सिमास्थित सो पाथीभरा मन्दिर परिसरमा यसअघि हावाबाट पानी जम्मा हुने प्रविधि जडान गरी खानेपानी उपलब्ध गराइएको थियो । तर सो प्रविधि बिग्रिएर खानेपानीको समस्या भएपछि जिल्ला खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयले पम्पिङ प्रणालीबाट पानी तानेर खानेपानी पु¥याएको हो । यस क्षेत्रमा यतिबेला गुराँस फुलेर डाँडाकाँडा सबै राताम्मे छन् । एकै ठाउँमा २८ प्रजातिका गुराँस अवलोकन गर्न पाउने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनेर पनि चिनिन्छ । गुराँस हेर्न आउने सबैजसो आन्तरिक तथा बाह्य पर्यटकले तीनजुरेस्थित पाथीभरा मन्दिरको दर्शन गर्छन् । मन्दिरमा दर्शन गरे ताप्लेजुङको ठूलो पाथीभरा जानु नपर्ने कथन भएकाले पनि यहाँ धेरै भक्तजन आउँछन् । पानी अभावले प्रयोगविहीन रहेका यहाँका ट्याङ्की, धारा र शौचालयसमेत प्रयोगमा आएका छन् । खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयको रु १७ लाख र मन्दिर संरक्षण समितिको रु एक लाख लगानीमा गरी कुल रु १८ लाखको लागतमा खानेपानी पु¥याइएको मन्दिर संरक्षण समितिले जनाएको छ । खानेपानीको सुविधा भएपछि पर्यटकले वसन्तपुरदेखिनै पानी बोकेर जानुपर्ने बाध्यता हटेको छ । खानेपानीको सुविधा उपलब्ध भएपछि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई राहत मिलेको घुर्मिसेका डिकबहादुर पौडेलले बताउनुभयो । उच्च क्षेत्र भए पनि पछिल्ला वर्षमा पानीका मुहान सुक्न थालेकाले समस्या भएको घुर्मिसेका व्यापारी युवराज खड्काले बताउनुभयो । “यो पदमार्ग भएर दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउँछन् । तीमध्ये सबैजसो पाथीभरा मन्दिरको दर्शन गरेरै जान्छन्, व्यापारी खड्काले भन्नुभयो । यहाँ रहेको पाथीभरा मन्दिरमा ताप्लेजुङको पाथीभराकै शिला ल्याएर स्थापित गरिएको स्थानीयको दाबी छ । यस पटक पनि नयाँ वर्षसँगै आउने पर्यटकको घुइँचो लागिरहेको स्थानीय दावा शेर्पाले बताउनुभयो । The post पाथीभरा डाँडामा पम्पिङ प्रणालीबाट खानेपानी appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
पाथीभरा क्षेत्रको विकासका लागि झापावासीको सहयोग ताप्लेजुङ, २९ चैत । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको विकासका लागि झापाका एक नागरिकले नगद सहयोग प्रदान गरेका छन् । पाथीभरा क्षेत्रमा पदमार्ग, खानेपानी, शौचालयजस्ता भौतिक संरचना निर्माण होस् भन्ने उद्देश्यले झापाको बरदशी गाउँपालिका–५ चकचकीका नरेन्द्र योङ्हाङले ५० हजार पाँच रुपैयाँ नगद सहयोग गर्नुभएको हो । परिवारसहित सोमबार पाथीभरा मन्दिरको दर्शन गरेर फर्कने क्रममा उहाँले स्थानीय विकास अधिकारी नरहरि भण्डारीको रोहबरमा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष सजन पौडेललाई उक्त सहयोग रकम प्रदान गर्नुभएको हो । स्थानीय विकास अधिकारी भण्डारीले सहयोग प्रदान गरेकामा योङ्हाङलाई धन्यवाद दिँदै उक्त रकम मन्दिर क्षेत्रको विकासमा लगानी गर्ने बताउनुभयो । The post पाथीभरा क्षेत्रको विकासका लागि झापावासीको सहयोग appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
पाथिभरा जाँदै गरेका तिर्थयात्रीको मृत्यु १९ चैत, काठमाडौं । ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथिभरा जाँदै गरेका एक तिर्थयात्रिको गएराति मृत्यू भएको छ । मृत्यू हुनेमा मोरङ टंकिसिनिबारी १ निवासी ५० वर्षीय कुमार बानियाँ रहेका छन्
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
पाथीभरा भलिबल : उपाधिका लागी आज आर्मी र पुलिस भिड्दै काठमाडौँ । दोस्रो पाथीभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा आज उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्दै छन् । ताप्लेजुङमा जारी दोस्रो पाथीभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा आर्मीले एपीएफ क्लबलाई पराजित गर्दै उपाधि दाबेदार बनेको हो भने पुलिसले मध्यमाञ्चललाई हराउदै आर्मी सँगको भेट पक्का गरेको हो । आयोजकका अनुसार प्रतियोगिताको विजेताले तीन लाख ३० हजार र उपविजेताले एक लाख ६५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
0 notes
nepal123 · 8 years
Text
पाथिभरा ��ाने यातायात दिनको समयमा मात्र चल्ने
पाथिभरा जाने यातायात दिनको समयमा मात्र चल्ने
२२ असोज, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकामदेखि पाथिभराका लागि छुट्ने जीप रातको समयमा सञ्चालन गर्न रोक लागाइएको छ । सदरमुकाम फुङ्लिङबाट सुकेटार हुँदै तल्लो फेदिसम्म जाने मोटर बाटो कच्ची भएको र रातको समयमा यो मार्गमा यात्रा गर्न जोखिमपुर्ण हुने भएकाले रोक लागाईएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । तिर्थयात्रिको बढि चाप हुने यो समयलाई मध्यनजर राख्दै विहान चार बजे देखि बेलुका छ…
View On WordPress
0 notes
nepal123 · 8 years
Text
पाथिभरा जाने यातायात दिनको समयमा मात्र चल्ने
पाथिभरा जाने यातायात दिनको समयमा मात्र चल्ने
२२ असोज, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकामदेखि पाथिभराका लागि छुट्ने जीप रातको समयमा सञ्चालन गर्न रोक लागाइएको छ । सदरमुकाम फुङ्लिङबाट सुकेटार हुँदै तल्लो फेदिसम्म जाने मोटर बाटो कच्ची भएको र रातको समयमा यो मार्गमा यात्रा गर्न जोखिमपुर्ण हुने भएकाले रोक लागाईएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । तिर्थयात्रिको बढि चाप हुने यो समयलाई मध्यनजर राख्दै विहान चार बजे देखि बेलुका छ…
View On WordPress
0 notes