#ढकम
Explore tagged Tumblr posts
Photo
पाथीभरा मन्दिरबाट दुई लाख २१ हजार चोरी, भित्री ढाेकामा पसेर लकर फाेडियाे ताप्लेजुङ, १२ पुस– तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट रु दुई लाख २१ हजारभन्दा बढी चोरी भएको छ । तीर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका आजीवन र विशिष्ट सदस्यले गरेको सहयोगबाट प्राप्त रु दुई लाख २१ हजार चोरी भएको समितिका सहसचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिनुभयो । मन्दिर परिसरमा पुजारीका लागि बनाइएको पुरानो भवनको भित्री भागको कोठामा प्रवेश गरी लकर फोरेर उक्त रकम चोरी भएको बताइएको छ । काफ्लेका अनुसार सदरमुकाममा रहेको संस्थाको खातामा रकम जम्मा गर्न तयारीस्वरुप गनेर राखिएको रकम चोरी भएको हो । प्रजिअ नरबहादुर खड्काले सोे घटनाका बारेमा पाथीभराको विकासमा क्रियाशील पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति र पाथीभरा क्षेत्र विकास समितिसँग छलफल गरिने प्रतिक्रिया दिनुभयो । यसैबीच प्रहरीले नेपाली र भारतीय गरी रु एक लाख ३१ हजार तीन सय ५५ र एक सय ��मेरिकी डलरसहित लिङ्खिम गाविस घर भएका ११ वर्षीय सागर लिम्बुूलाई पक्राउ गरेको छ । ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार बोरामा हालेर खाल्डो खनी गाड्दै गरेको अवस्थामा लिम्बूलाई पैसासहित नियन्त्रणमा लिइएको हो । पक्राउ परेका लिम्बूको बयानका आधारमा सो घटनामा नाल्वो घर भई लिङ्खिमस्थित मामाघरमा बस्दै आएका १४ वर्षीय रमेश नाल्वो र लिङ्खिम नै घर भएका अन्दाजी १४ वर्षीय मोहन लिम्बूको समेत संलग्नता देखिएकाले उनीहरुको खोजी जारी रहेको केसीले बताउनुभयो ।
0 notes
Photo
अन्तर्राष्ट्रिय युवा सम्मेलन ढाकामा सम्पन्न, अर्काे वर्ष नेपालमा हुने पोखरा, ५ मंसिर- ‘दिगो युवा विकासका लागि दक्ष युवाशक्ति’ भन्ने नाराका साथ बंगलादेशको राजधानी ढाकामा अन्तर्राष्ट्रिय युवा सम्मेलन सम्पन्न भएको छ । बिहिबार देखि शुरु भएको सम्मेलन अर्काे वर्ष नेपालले आयोजना गर्ने गरी शनिबार राति अबेर सकिएको छ । श्रीलंकाले शनिबार अबेर आफ्नो दावेदारी फिर्ता लिए पछि नेपालले यो अवसर प्राप्त गरेको हो । सम्मेलनको समापन समारोहमा बोल्दै प्रमुख अतिथि सुचना प्रविधि मन्त्रालयका सचिव श्याम सुन्दर सिक्दरले बंगलादेशजस्ता देशहरुले ठूला विकास परियोजनामा जोड दिई देशको विकास तथा युवा रोजगारीको सिर्जना गर्नुपर्ने बताए । उनले यही लक्ष्यका साथ बंगलादेशका विभिन्न विकास परियोजनाहरुमा आगामी वर्षसम्ममा दुई लाख नयाँ रोजगारी सिर्जना गरिने बताए । सम्मेलनमा बोल्दै नेपाली टोलीका प्रमुख सुवास मल्लले विकासशिल देशहरुमा रहेको युवा जनशक्ति प्रचुरताको अवस्थाबाट ति देशहरुले लाभ लिन स्पष्ट नीतिको खाँचो रहेको बताए । समारोहमा नेपाललगायत बंगलादेश, श्रीलंका, भारत, ब्राजिल, प्यालेष्टाइन, अफगानिस्तान, न्युजिल्याण्ड, अमेरिकाजस्ता १४ देशका ३०० युवा प्रतिनिधिहरुले भाग लिएका थिए । सुजन पौडेल, भानु पौडेल, रमेश सिंह, दीपक तिवारी, धर्मदत्त पौडेल र पोमलाल गिरीले पनि सहभागीता जनाएका थिए । सम्मेलनका विभिन्न सत्रहरुमा नेपाली टोलीको तर्फबाट गोविन्द गिरी, विश्वदर्शन पराजुली, अमृत सुवेदी, रविन्द्रराज पौ��ेल, प्रभा भुजेल, सुजन पौडेल, भानु पौडेल, दीपक तिवारीलगायतले आफ्ना भनाईहरु राखेका थिए । त्यसै गरी शकुन्तला शर्मा, विश्वदर्शन पराजुली, दुर्गाराज पाण्डे, रमेश सिंह, धर्मदत्त पौडेल, पोमलाल गिरी लगायतले साँस्कृतिक प्रस्तुत समेत राखेका थिए । उक्त अवसरमा नेपालजस्ता अल्पविकशित तथा विकाशशिल देशहरुमा व्याप्त युवा ��ोजगारीको समस्या, समाधान तथा विदेश पलायनका विविध आयामहरुको बार���मा छलफल भएको थियो । कार्यक्रमका विभिन्न सत्रहरुमा बेरोजगारी, युवा नेतृत्व विकास, युवा सशक्तिकरण, स्वयंसेवा तथा दक्ष रोजगारी लगायतका विषयहरुमा छलफल गरिएको थियो । बंगलादेशका विभिन्न संस्थाहरु स्टेप अप फाउण्डेसन, लाइफ एण्ड स्किल डेभलोप्मेण्ट क्लब, होप’८७ तथा न्युजिल्याण्डका संस्थाहरु बाज्डा र लाइफ स्किल कोचिङ्गको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा नेपाली टोलीको व्यवस्थापन पोखराको गुरुचेला एजुकेशनले गरेको हो ।
0 notes
Photo
दुई विद्यालयका ढोकामा सिलिन्डर बम विस्फोट महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार बौद्धमा रहेका आकाशद्वीप बोर्डिङ स्कुल र मनकामना उमाविमा सिलिन्डर बम विस्फोट भएको हो । सानो आकारको सिलिन्डरलाई बमका रुपमा प्रयोग गरिएको र विस्फोटका कारण कुनै मानवीय क्षति नभएको उहाँले जानकारी दिनुभयो । यसैगरी बौद्ध क्षेत्रमै रहेको इस्टपोल एकेडेमी, एम्बेस्ड एकेडेमी, राई स्कुल र बालसंसार स्कुलमा शङ्कास्पद वस्तु भेटिएको थियो । ती वस्तु बम नभएको पुष्टि भएको छ । बम र शङ्कास्पद वस्तु राखिएका स्थानमा योंग कम्युनिस्ट फोर्स र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र लेखिएको पर्चा भेटिएका छन् । The post दुई विद्यालयका ढोकामा सिलिन्डर बम विस्फोट appeared first on Diyo post.
0 notes
Photo
दुई विद्यालयका ढोकामा बम विस्फोट काठमाडौँ, ४ असोज । राजधानीको बौद्ध क्षेत्रमा रहेका दुई विद्यालयको ढोकामा आज बिहान बम विस्फोट भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार बौद्धमा रहेका आकाशद्वीप बोर्डिङ स्कुल र मनकामना उमाविमा सिलिन्डर बम विस्फोट भएको हो । सानो आकारको सिलिन्डरलाई बमका रुपमा प्रयोग गरिएको र विस्फोटका कारण कुनै मानवीय क्षति नभएको उहाँले जानकारी दिनुभयो । यसैगरी बौद्ध क्षेत्रमै रहेको इस्टपोल एकेडेमी, एम्बेस्ड एकेडेमी, राई स्कुल र बालसंसार स्कुलमा शङ्कास्पद वस्तु भेटिएको थियो । ती वस्तु बम नभएको पुष्टि भएको छ । बम र शङ्कास्पद वस्तु राखिएका स्थानमा योंग कम्युनिस्ट फोर्स र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र लेखिएको पर्चा भेटिएका छन् ।
0 notes