#मनदरबट
Explore tagged Tumblr posts
Photo
चित्तपोलस्थित महादेव मन्दिरबाट नागको मुकुट चोरी भक्तपुर, २८ माघ- सूर्यविनायक नगरपालिका– १३ चित्तपोलस्थित महादेव मन्दिरबाट चाँदीको नागको मूर्तिको मुकुट चोरी भएको छ । करिब पाँच लाख बराबरको चारकिलो चाँदी चोरी भएको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो । त्यसैगरी सूर्यविनायक नगरपालिका– १२ चितापोल देउजा गाउँका ३६ वर्षीय राम देउजाको शव सोही नगरपालिकाको नलिन्चोक जोरपाटीस्थित एउटा खेतमा भेटिएको पनि उहाँले बताउनुभयो ।
0 notes
Photo
जुम्ला चन्दननाथ मन्दिरबाट चोरिएका २१ मूर्तिमा एक दर्जन मूर्तिसहित दुई शङ्ख भेटिए जुम्ला, १९ पुस- गत मङ्सिर ११ गते जुम्ला चन्दननाथ मन्दिरबाट चोरिएका २१ मूर्तिमा एक दर्जन मूर्तिसहित दुई शङ्ख भेटिएका छन् । आज बिहान ८ः०० बजे प्रहरीले देपालगाउँ गाविसस्थित ढुङ्ग्री खोलामा फालिएको अवस्थामा ती सामग्री भेटाएको हो । भेटिएका मूर्तिमा पित्तलबाट निर्मित विष्णु, गणेश, बालगोपाल, मुकुट, पद्मासनमा बसेको अर्को मूर्ति, बुद्धको ठूला र साना दुई मूर्ति, बुद्धले ध्यान गरेको ��ूर्ति, कृष्ण बालगोपालले मुरारी समातेको मूर्ति, पत्थरबाट बनेको हनुमानको मूर्ति तथा पित्तल र तामाका भगवतीका दुई मूर्ति भेटिएको प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनुभयो । त्यसैगरी दाहिने शङ्ख एक र बायाँ शङ्ख एक तथा तीन रुद्राक्ष पनि भेटिएको बताइएको छ । “हामीले सुराक पाएअनुसार सदरमुकामबाट बिहान डेढ घन्टाको पैदलपछि ८ः०० बजे मात्र मूर्ति नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो । भेटिएका मूर्ति खोलाको किनारमा फालिएको अवस्थामा रहेको उहाँको भनाइ छ । प्रजिअ रुद्रप्रसाद पण्डितले भेटिएका मूर्तिबाटै त्यसमा संलग्न हुनेलाई अनुसन्धान गर्न सहज हुने बताउनुभयो । अहिले त्यस क्षेत्रमा सुरक्षा अवस्था बढाएर व्यापक खोजी भइरहेको छ ।
1 note
·
View note
Photo
चन्दननाथ मन्दिरबाट दत्तात्रेयसहित भगवानको १४ वटामूर्ति चोरी जुम्ला, १२ मङ्सिर । नेपालको प्रसिद्ध धार्मिकस्थल मानिने जुम्ला चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवान्को मूर्ति चोरी भएको छ । चार हात भएको दत्तात्रेय भगवान्को मूर्तिसहित सानातिना गरेर १४ वटा मूर्ति गएराति चोरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । १४ वटा मूर्तिमात्र नभई अन्य बहुमूल्य वस्तु पनि त्यहाँबाट चोरिएको हुन सक्ने प्रजिअ पण्डितले बताउनुभयो । त्यसका लागि अहिले अनुसन्धान कार्य जारी राखिएको उहाँको भनाइ छ । चोरी भएको दत्तात्रेयको मूर्तिको शिरमा सुनको मुकुट र अन्य भाग चाँदीले बनेको कर्णालीका धार्मिक तथा संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताउनु भयो । मुख्य मन्दिरको पादुकाको अघि कमलको आसन बनाएर दत्तात्रेय भगवान्को मूर्ति राखिएको र यो १२ धार्नी भएको आचार्यले जानकारी दिनु भयो । त्यसका साथै सुन र चाँदीले बनेको १८ हात भएको भगवतीको मूर्ति, तामा र पित्तलले बनेको बुद्धको मूर्ति र अन्य मिश्रित धातुले बनेको कृष्ण, विष्णु, गोपाल, अप्सरालगायतका देवी देवताका मूर्ति चोरी भएको उहाँको भनाइ छ । जिप्रका, जुम्लाका प्रहरी निरीक्षक दिलबहादुर थापाले चोरीको घटना कसरी भएको भन्ने कुरा अध्यययन अनुसन्धान हुनाका साथै सो स्थलमा प्रहरीले सुरक्षा दिइरहेको जानकारी दिनुभयो ।
0 notes