#पखरलक
Explore tagged Tumblr posts
Photo
पूर्वसांसद मणिराम पोखरेलको निधनमा शोक व्यक्त गर्दै संसद बैठक स्थगित, अब ३ बजे बस्ने काठमाडौँ, २४ पुस- व्यवस्थापिका–संसद्को आजको बैठकले पूर्वसांसद मणिराम पोखरेलको निधनमा शोक व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेको छ । बैठकले २०१५ सालमा तत्कालीन खोटाङ जिल्ला क्षेत्र नं १६ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद पोखरेलमा श्रद्धाञ्जलि अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो । सभामुख ओनसरी घर्तीले प्रस्ताव गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । नेपाली काँग्रेसका तत्कालीन सांसद पोखरेलको ८७ वर्षका उमेरमा यही पुस १८ गते निधन भएको हो । पोखरेल मुलुकको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा साहित्यसेवक हुनुहुन्थ्यो । व्यवस्थापिका–संसद्को बैठक आज अपराह्न १५ः०० बजेसम्मका लागि स्थगन भएको छ ।
0 notes
Photo
संविधान संशोधन विधेयक संविधान विपरीत रहेको पोखरेलको आरोप काठमाडौँ, १७ पुस- नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक संविधान विपरीत ��एको जनाउँदै त्यसलाई संसद्मा छलफल गर्न नसकिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल काठमाडौँले पुस २२ गतेको एमालेको जनप्रदर्शनको सन्दर्भमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधान संशोधनको प्रस्ताव सामाजिक सद्भावमा खलल पार्ने, जनभावना विपरीत र असंवैधानिक भएको विचार व्यक्त गर्नुभयो । नेता पोखरेलले भन्नुभयो, “संविधान संशोधन प्रस्ताव संसद्मा पेस भएर टेबल गर्ने प्रयास भइरहेको छ, त्यो हुन सक्दैन, हामी त्यो हुन दिँदैनौँ, किनकि त्यसको आवश्यकता र औचित्य छैन ।” नेता पोखरेलले संविधान संशोधनका विषयमा एमालेसहित नौ दलले संसद् चल्न नदिए पनि निर्वाचन गर्ने विषयमा भने एमालेले सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले सभामुखले राजनीतिक दलहरुलाई असहमतिका विषय र प्रक्रियामा सहमति गर्न गराएको ध्यानाकर्षणलाई आफूहरुले सकारात्मक रुपमा लिएको र सोहीअनुरुप दलहरुले प्रक्रियामा सहमति खोज्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा चौतारी काठमाडौँका अध्यक्ष लोकेन्द्र केसीले संविधान संशोधनको विषयलाई लिएर एमालेले गर्न लागेको जनप्रदर्शन सफल पार्न सबैसँग आग्रह गर्नुभयो । एमालेले पुस २२ गते काठमाडौँको भृकुटीमण्डपमा जनप्रदर्शन गर्ने तयारी भएको छ । विभिन्न ३३ स्थानबाट पदयात्रा निकाल्ने बताइएको छ ।
0 notes
Photo
संशोधन प्रस्ताव तत्काल स्थगन गर्न महासचिव पोखरेलको माग बागलुङ, १० पुस- नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संसद्मा दर्ता भएको संशोधन प्रस्ताव स्थगन गर्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल बागलुङ शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता पोखरलले संविधान संशोधन अहिलेको आवश्यकता नभएको उल्लेख गर्दै भन्नुभयो, “सरकारले संशोधन प्रस्ताव फिर्ता लिन नसक्ने हो भने स्थगित गरोस् । ” उहाँले अहिलेको संशोधन प्रस्ताव राष्ट्रिय हितको प्रतिकूल रहेको जिकिर गर्दै संविधान संशोधनको विपक्षमा एमाले नरहेको तर अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुन सक्ने विचार राख्नुभयो । संशोधन प्रस्तावमा ल्याइएका भाषा, नागरिकता, प्रतिनिधित्व र सीमा हेरफेरसम्बन्धी बुँदामा एमाले सहमत हुन नसक्ने उहाँको भनाइ छ । “प्रदेशको सीमा हेरफेर हुनसक्छ, तर संवैधानिक व्यवस्था अनुसार हुनुपर्छ” नेता पोखरेलले भन्नुभयो “प्रदेशसभालाई मात्र त्यो अधिकार छ, संविधानको धारा २७४ मा त्यो स्पष्ट किटान गरिएको छ ।” संशोधन प्रस्तावमा छलफल समेत हुन नदिइने बताउँदै नेता पोखरेलले सरकारलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभयो । “संशोधन प्रस्ताव स्थगन गरेर सरकारले मुलुकलाई निर्वाचनतिर लगोस्, एमाले पूर्ण रुपमा सहयोग गर्न तयार छ” पोखरेलले भन्नुभयो । निर्वाचनसँगै संविधान पनि कार्यान्वयनमा जाने उहाँको भनाइ छ ।
0 notes
Photo
दशैंको परम्परागत संस्कार संरक्षण गर्न पोखरेलीको माग पोखरा, १९ असोज- नेपालीहरुको महान चार्ड विजयादशमी तथा शुभदिपावली पर्वको परम्परागत संस्कार संरक्षण गर्न पोखरेलीहरुले माग गरेका छन । मलेसियाको क्लारा ईन्टरनेश्नलको संवन्धन प्राप्त नेपालकै एक मात्रै आधिकारीक संस्था हङकङ व्युटि ईन्स्टिच्युट प्रालिले नेपालीहरुको महान पर्व वडा दशैं, शुभ दिपावली, छट पर्वको अवसरमा बुधबार पोखरामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा वोल्ने पोखरेलीहरुले नेपाली परम्परागत संस्कार हराउदै गएकोमा चिन्ता व्यक्त गर्दै संरक्षण गर्न जोडदार माग गरेका हुन। दशैं पर्वको अवसरमा गाँउ टोलमा सरसफाई हुने, विभिन्न पेशा व्यवसायले टाडा रहेकाहरु विच दशैं पर्वको अवसरमा भेटघाट दुखः सुख्ख साटसाट गर्ने, एक आपसमा मिलेर मिठो मसिनो तथा नयाँ लुगा लगाउने, ठुलालाई आदर र सानालाई माया गर्ने, रोटेपिङ, लिङगे पिङ लगायतका प्रचलनहरु विस्तारै हराउदै गएकोमा पोखरेलीहरुले चिन्क्ता व्यक्त गरेका हुन । प्रा.लि.का संचालक एवं संचारकर्मी मीना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार वद्रीविनोद प्रतिक, पुण्यप्रसाद पौडेल, नारायण कार्की, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्ट, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, पोखरा उद्योग बाणिज्य संघका सदस्य सीता बराल, प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल, फोनिज कास्कीका अध्यक्ष हुम तमु, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, संचारीका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना शर्मा बर्षा, डव्लु.डव्लु.जे.कास्कीका अध्यक्ष शरिता तिमिल्सिना, रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ, पोखरा एफ.एम.का स्टेशन इन्चार्ज संजय मल्ल, राष्ट्रिय सौन���दयकर्मी युनियन नेपालका महासचिव सुमन गुरुङ, पत्रकार दिननाथ बराल लगायतले चार्डपर्व नेपाली संस्कार अनुसार मनाउन जोड दिएका थिए । उक्त अवसरमा पोखरा उद्योग बाणिज्य संघका नवनिर्वाचित सदस्य सीता बराललाई उनको कार्यकालको सफलताको कामना सहित प्रालिका अध्यक्ष मीना गुरुङले माला लगायर वधाई ज्ञापन गरेकी हुन। कार्यक्रममा गायक सन्तोस वस्यालले गित प्रस्तुत गर्दै केहि समय अतिथिहरुलाई छम्छमी चनाएका थिए । प्रालिका अध्यक्ष मीना गुरुङले व्युटि थेरापिस उत्पादन गर्ने उद्धेश्यले आफ्नो प्रालिले मलेसियाको क्लारा इृन्टरनेश्नलसंग सहकार्य गरेको बताईन । उनले प्रालिमा ४ देखि ६ महिनाको व्युटिको डिप्लोमा कोर्ष हुने भएको बताए । महिलाहरु बाहिरि सुन्दरतासंगै भित्रि सुन्तरता सहित आर्थिक रुपमा सक्षम वन्नको लागि पनि महिला उद्यमशिलता आवश्यक भएको गुरुङको भनाइ थियो । प्रालिमा हाल करीब एक सय जना प्रशिक्षार्थीहरु विभिन्न कोर्षको लागि तालिम लिदै गरेको प्रालिका जनरल म्यानेजर प्रजित गुरुङले बताए ।
0 notes
Text
सिताराम पोखरेलको "आखा भरि रंगिन सपना" गीतको म्युजिक भिडियो सांगीतिक बजारमा (भिडियो सहित)
सिताराम पोखरेलको “आखा भरि रंगिन सपना” गीतको म्युजिक भिडियो सांगीतिक बजारमा (भिडियो सहित)
काठमाडौँ : नेपाली गित/संगीत क्षेत्रमा २०४४ साल देखि निरन्तर रुपमा लागिरहेका गायक सिताराम पोखरेलले एसियन म्युजिकले उत्पादन गरेको सम्मान-२ एल्बमको “आखा भरि रंगिन सपना” गीतको म्युजिक भिडियो लिएर दर्शक सामु आएका छन l आज देखि उक्त म्युजिक भिडियो विभिन्न टेलिभिजन च्यानल हरुमा र युटुब्मा हेर्न पाइने भएको छ l
हालै मात्र सुटिंग भएको सो भिडियोको निर्देशन समन अधिकारिले गरेका हुन् जसमा गायक पोखरेल सहित मोडल…
View On WordPress
0 notes
Text
विमानकाण्डको विरासतमा मन्त्री पोखरेलको अग्निपरीक्षा
विमानकाण्डको विरासतमा मन्त्री पोखरेलको अग्निपरीक्षा
‘हेर्ने होइन फेर्ने’ मन्त्रीले त्यो रात देखेको ‘पशुपतिको सपना’
(more…)
View On WordPress
0 notes