#परमपरगत
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
परम्परागत पेसा जोगाउन अधिकार माग्दै राजी समुदाय कञ्चनपुर, १५ वैशाख । स्थानीय तहको निर्वाचनपछि बन्ने नीतिमा कञ्चनपुरमा बसोबास गर्दै आएका राजी समुदायले अधिकार स्थापित गर्न माग गरेका छन् । लोपोन्मुख जातिमा सूचीकृत राजी समुदायले जडीबुटी सङ्कलन गर्ने, सिकार गर्ने, कन्दमूल खोज्ने, माछा मार्नेलगायतको परम्परागत पेसा जोगाउनका लागि अधिकारको माग अघि सारेका हुन् । जडीबुटी सङ्कलन गरी गाउँ गाउँमा घुमेर बिक्री गरिआएको पैसाले जीवन निर्वाह गर्दै आएका राजी समुदायका व्यक्ति हाल पेसाबाट पलायन भएपछि मजदुरी गरेर घर खर्च चलाउँदै आएका छन् । राष्ट्रिय वन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सामुदायिक वनले जडीबुटी सङ्कलनमा रोक लगाएपछि पुर्खौंदेखिको परम्परागत पेसा खोसिएको छ, राजी समुदायका अगुवा बासमती राजीले भन्नुभयो, “वनमा जडीबुटी सङ्कलन गर्न नै नपाइएपछि अन्य पेसा अपनाएर जीवन धान्न थालेका छौँ ।” स्थानीय तहको निर्वाचनपछि निर्वाचित हुने पदाधिकारीले अधिकार सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो । राजी बहुल रहेका क्षेत्रमा समुदायका व्यक्तिलाई राजनीतिक दलले उम्मेदवारका रुपमा अगाडि सारी हकअधिकार स्थापित गर्न सघाउ पु¥याउनुपर्ने उहाँले बताउनुभयो । “राजी समुदायका व्यक्ति विभिन्न रोगका लागि आवश्यक पर्ने जडीबुटीबारे जानकार भएकाले परम्परागत ज्ञानको जगेर्ना गर्नका लागि स्थानीय तहमा बन्ने नीतिमा यसको संरक्षणका लागि योजना बनाइनुपर्छ”, अमर राजीले भन्नुभयो । “समुदायका व्यक्ति बिरामी परे वन क्षेत्रबाट जडीबुटी खोजेर ल्याई यसबाटै उपचार गरी निको हुन्थे, अस्पतालको मुखै देखेका थिएनन्”, उहाँले भन्नुभयो, “हाल जडीबुटी सङ्कलनमै रोक लगाइएपछि अस्पतालसम्म पुग्न थालेका छौँ ।” “साबिक देखतभूली गाविस र कृष्णपुर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने परम्परागतकालदेखि माछा मार्दै आएको गडविजला तालको संरक्षणसहितको स्वामित्व राजी समुदायलाई दिइनुपर्छ भनेर माग ग¥यौँ”, दिनदयाल राजीले भन्नुभयो, “जिविसले ठेक्का लगाउने भएकाले दिनै मानेनन् ।” स्थानीय तहको निर्वाचनपछि अधिकार स्थापित हुनेमा आशावादी रहेको उहाँले बताउनुभयो । वन, प्राकृतिक तालतलैया र नदीमा माछा मार्न नपाएपछि मौलिक अधिकार खोसिएको उहाँको भनाइ छ । राजी समुदायका व्यक्तिलाई आधुनिक जडीबुटी सङ्कलन गर्ने, प्रशोधन गर्ने र औषधि तयार गर्ने तालिम दिएर स्वरोजगार बनाउनका लागि स्थानीय तहले नीति तर्जुमा गर्नुपर्ने नरेश राजीले बताउनुभयो । प्रकृति पूजामा विश्वास गर्ने राजी समुदायले सालको रूखलाई देवता मानेर पूजा गर्ने चलनसमेत बिस्तारै हराउँदै गएको छ । वन नजिक र खोला नदी किनारामा बस्दै आएका राजी समुदायको अन्य समुदायसँगको देखासिखीमै परम्परागत प्रकृति पूजासमेत छाड्दै जान थालेका छन् । परम्परागत ढकिया बुन्ने, डोरीको खाट बनाउने, परम्परागत आफ्नै मौलिकताका घर निर्माण गर्ने, माछा मार्ने, जाल बुन्नेलगायतका परम्परागत सीपसमेत ओझेलमा परेका छन् । यहाँ बसोबास गर्दै आएका राजी समुदाय सुर्खेत आफ्नो थातथलो भएको बताउँछन् । राजी समुदायको विवाह र संस्कृतिसमेत अन्य समुदायभन्दा भिन्नै भएपनि अन्य समुदायको संस्कृतिको प्रवेशले हराउँदै गएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका–५ र कृष्णपुर नगरपालिका–४ र ५ मा बस्दै आएका २३ घरधुरीका एकसय दुईजना राजी समुदायका व्यक्तिमा प्रवेशिका परीक्षा पास गरेका एकजना समेत रहेका छैनन् । अन्य समुदायका व्यक्तिका बालबालिका विद्यालय पढेको देख्दा विद्यालय पठाउन त मन लाग्छ, बासमतीले भन्नुभयो, “विद्यालयले शुल्क लिने हुँदा आर्थिक अभावले बालबालिकालाई आधारभूत तहभन्दा माथि पढाउन सकेका छैनौँ ।” राजनीति र रोजगारीका क्षेत्रमा संलग्नता बढाउनमा सबैको हातेमालो आवश्यक रहेको राजी अगुवाको भनाइ रहेको छ । यहाँ हाल राजी समुदायको मुक्तकमैया बस्तीमा र जोखिमयुक्त नदी तटीय क्षेत्रमा बसोबास रहेको छ । The post परम्परागत पेसा जोगाउन अधिकार माग्दै राजी समुदाय appeared first on Etajakhabar.
0 notes
amhikastkar · 3 years ago
Text
(PKVY) परम्परागत कृषी विकास योजना 2021: ऑनलाइन रजिस्ट्रेशन आणि लॉगिन
(PKVY) परम्परागत कृषी विकास योजना 2021: ऑनलाइन रजिस्ट्रेशन ��णि लॉगिन
परमपरगत कृषी विकास योजना लागू करा परम्परागत कृषी विकास योजना ऑनलाइन नोंदणी | परमपरगत कृषी विकास योजना फॉर्म | परम्परागत कृषी विकास योजना लॉगिन पारंपरिक खेती की तुलना जैविक खेती सेहत साठी लाभदायक होती. जैविक खेती मध्ये कम कीटनाशकांचा उपयोग होता. याशिवाय जैविक खेती भूजल आणि दुनिया के पानी में नाइट्रेट की लीचिंग बहुत कम होती है। ही बातमी लक्षात ठेवा की सरकार द्वारा आयोजित जादूचा पाढा त्रासदायक ठरला…
Tumblr media
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
अन्तर्राष्ट्रिय फेसन सप्ताहमा नेपाली परम्परागत पोशाक २३ चैत, अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा अन्तर्राष्ट्रिय फेसन सप्ताह हुने भएको छ । मे १० देखि १२ सम्म का लागि तय गरिएको फेसन सप्ताहमा कार्यक्रममा विश्वका ५० भन्दा बढी
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
लोप हुँदै परम्परागत पानीघट्ट, भावी सन्ततीले खोजे के देखाउने ? बैतडी, २३ पुस- केही समयअघिसम्म जिल्लाका सबै क्षेत्रमा सञ्चालनमा रहेका पानीघट्ट पछिल्लो समय लोप हँुदै जान थालेपछि यसको सुधारको माग बढेको छ । कुटानी पिसानीमा प्रयोग हुने घट्टमा पानी अभाव हुन थालेपछि सुधारिएका घट्टप्रति स्थानीयको आकर्षण बढेको र परम्परागत रुपमा प्रयोग हुने काठका ठाँउमा फलाम र प्लास्टिकका सामग्री फेर्दा थोरै पानीमा पनि घट्ट चल्ने भएकाले यसको मा��� बढेको तल्लादेहीका स्थानीयबासिन्दा नरेन्द्र भण्डारीले बताउनुभयो । सुधारिएको मदानीबाट घट्ट चलाउन दुई इन्च पानी भए पुग्छ । नदी र खोलाहरुमा पानीको सतह घट्दै गएपछि आधुनिक पानीघट्टको आवश्यकता परेको भण्डारीले बताउनुभयो । “सडक सञ्जाल र विद्युत नभएको पुर्चौडी क्षेत्र आधा दर्जन गाविसमा आधुनिक पानीघट्ट पु¥याउनु जरुरी रहेको छ”–उहाँले भन्नुभयो, “पानी घट्टकै भरमा कुटानी पिसानी हुन्छ, बिद्युत् नपुगेकाले यस्तो ठाउँमा परम्परागत पानीघट्ट सुधारको आवश्यकता छ ।” बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले घट्ट सुधारमा अनुदान दिँदै आएको थियो तर विगत छ महिनादेखि उक्त कार्यक्रम बन्द भएकाले पानीघट्ट सुधारको माग गर्दै निवेदन थुप्रिएका छन् । बैकल्पिक ऊर्जाका क्षेत्रमा क्रियाशील संस्था सामाजिक चेतना तथा विकास सङ्घका अनुसार अहिले सम्म ६०० जति सुधारिएका घट्ट जडान भएका छन् । जिल्लामा एक हजार ५०० सयको हाराहारीमा घट्ट सञ्चालनमा रहेको तथ्याङ्क छ । तीमध्ये ६०० मात्रै सुधारिएका छन् । घट्ट सुधार गर्न पाइप, औजार र उपकरणमा रु २५ हजारसम्म लगानी हुने गरेको छ । परम्परागत रुपमा प्रयोग हुने काठका सामग्रीको सट्टा फलाम र पोलिथिनका सामग्री राखिन्छ । नयाँ बनाउदा घट्ट, घर र कुलोसहितमा रु डेढ लाखसम्म खर्च हुने बताइएको छ । “उपभोक्ताबाट अत्याधिक माग आएको छ, पानीघट्ट सुधार कार्यक्रमलाई निरन्तरता दिन बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग पहल गरिरहेका छौँ”– उहाँले भन्नुभयो । बिद्युत् र डिजेल मिल भन्दा घट्टको पिसानी सस्तो र मिठो हुने भएका कारण गाउँमा यसको माग बढेको हो । रासस
0 notes
amhikastkar · 4 years ago
Text
सेंद्रिय शेतीसाठी प्रति एकर अनुदान दिले जाते, कसे ते जाणून घ्या?
सेंद्रिय शेतीसाठी प्रति एकर अनुदान दिले जाते, कसे ते जाणून घ्या?
परमपरगत कृषी विकास योजना आजकाल अनेक शेतकर्‍यांनी पिकांना जास्त उत्पादन मिळण्यासाठी रासायनिक खताचा वापर करण्यास सुरवात केली आहे. परंतु त्याचा कदाचित वातावरणाबरोबरच आपल्या आरोग्यावरही थेट परिणाम होतो हे त्याला ठाऊक नसते. यासह शेती जमीन नापीक होत आहे. अशा परिस्थितीत केंद्र व राज्य सरकार शेतीमध्ये रासायनिक खताचा कमीतकमी वापर करण्याचा प्रयत्न करीत आहेत, तसेच शेतक organic्यांना सेंद्रिय शेती करण्यास…
Tumblr media
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
दशैंको परम्परागत संस्कार संरक्षण गर्न पोखरेलीको माग पोखरा, १९ असोज- नेपालीहरुको महान चार्ड विजयादशमी तथा शुभदिपावली पर्वको परम्परागत संस्कार संरक्षण गर्न पोखरेलीहरुले माग गरेका छन । मलेसियाको क्लारा ईन्टरनेश्नलको संवन्धन प्राप्त नेपालकै एक मात्रै आधिकारीक संस्था हङकङ व्युटि ईन्स्टिच्युट प्रालिले नेपालीहरुको महान पर्व वडा दशैं, शुभ दिपावली, छट पर्वको अवसरमा बुधबार पोखरामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा वोल्ने पोखरेलीहरुले नेपाली परम्परागत संस्कार हराउदै गएकोमा चिन्ता व्यक्त गर्दै संरक्षण गर्न जोडदार माग गरेका हुन। दशैं पर्वको अवसरमा गाँउ टोलमा सरसफाई हुने, विभिन्न पेशा व्यवसायले टाडा रहेकाहरु विच दशैं पर्वको अवसरमा भेटघाट दुखः सुख्ख साटसाट गर्ने, एक आपसमा मिलेर मिठो मसिनो तथा नयाँ लुगा लगाउने, ठुलालाई आदर र सानालाई माया गर्ने, रोटेपिङ, लिङगे पिङ लगायतका प्रचलनहरु विस्तारै हराउदै गएकोमा पोखरेलीहरुले चिन्क्ता व्यक्त गरेका हुन । प्रा.लि.का संचालक एवं संचारकर्मी मीना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार वद्रीविनोद प्रतिक, पुण्यप्रसाद पौडेल, नारायण कार्की, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्ट, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, पोखरा उद्योग बाणिज्य संघका सदस्य सीता बराल, प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल, फोनिज कास्कीका अध्यक्ष हुम तमु, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, संचारीका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना शर्मा बर्षा, डव्लु.डव्लु.जे.कास्कीका अध्यक्ष शरिता तिमिल्सिना, रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ, पोखरा एफ.एम.का स्टेशन इन्चार्ज संजय मल्ल, राष्ट्रिय सौन्दयकर्मी युनियन नेपालका महासचिव सुमन गुरुङ, पत्रकार दिननाथ बराल लगायतले चार्डपर्व नेपाली संस्कार अनुसार मनाउन जोड दिएका थिए । उक्त अवसरमा पोखरा उद्योग बाणिज्य संघका नवनिर्वाचित सदस्य सीता बराललाई उनको कार्यकालको सफलताको कामना सहित प्रालिका अध्यक्ष मीना गुरुङले माला लगायर वधाई ज्ञापन गरेकी हुन। कार्यक्रममा गायक सन्तोस वस्यालले गित प्रस्तुत गर्दै केहि समय अतिथिहरुलाई छम्छमी चनाएका थिए । प्रालिका अध्यक्ष मीना गुरुङले व्युटि थेरापिस उत्पादन गर्ने उद्धेश्यले आफ्नो प्रालिले मलेसियाको क्लारा इृन्टरनेश्नलसंग सहकार्य गरेको बताईन । उनले प्रालिमा ४ देखि ६ महिनाको व्युटिको डिप्लोमा कोर्ष हुने भएको बताए । महिलाहरु बाहिरि सुन्दरतासंगै भित्रि सुन्तरता सहित आर्थिक रुपमा सक्षम वन्नको लागि पनि महिला उद्यमशिलता आवश्यक भएको गुरुङको भनाइ थियो । प्रालिमा हाल करीब एक सय जना प्रशिक्षार्थीहरु विभिन्न कोर्षको लागि तालिम लिदै गरेको प्रालिका जनरल म्यानेजर प्रजित गुरुङले बताए ।
0 notes