#नकलय
Explore tagged Tumblr posts
Photo
मानव तस्करले जबरजस्ती २ सय ४० आप्रवासीलाई चढाएको डुंगा डुब्यो, ५ जनाको शन निकालियो एजेन्सी । भूमध्यसागर हुँदै युरोप प्रवेश गर्न खोज्ने २ सय ४० जना आप्रवासी चढेको डुंगा समुद्रमा डुब्दा पाँच जनाको शव निकालिएको छ भने अन्य अवस्था अज्ञात छ । स्पेनको प्रोएक्टिवा ओपन आम्र्स नामक एक सहायता दलले लिबियाको तटीय क्षेत्रमा आप्रवासी चढेको टुंगा डुबेको जनाएपछि उद्धारको काम सुरु गरिएको हो । बिबिसीका अनुसार मानव तस्करले डुंगामा क्षमताभन्दा बढी आप्रवासीलाई चढाएर युरोप प्रवेश गराउन खोज्दा दुर्घटना निम्तिएको हो । युरोप प्रवेश गर्न खोज्ने आप्रवासीहरु चढेको ढुंगा दुर्घटना भएको यो पहिलो पटक होइन । यसअगाडी अघिल्लो वर्ष मात्रै ५ हजार बढी आप्रवासीहरुले यस्तै जोखिमयुक्त यात्राका क्रममा ज्यान गुमाईसकेका छन् ।
0 notes
Photo
उपत्यकाका नदीबाट सोह्र मेट्रिक टन फोहर निकालियो काठमाडौँ, १६ पुस- उपत्यकाका प्रमुख नदी सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइको १९० औँ हप्तामा आज तिलगङ्गा क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । स्वतः स्फूर्त रुपमा सफाइमा उपस्थित भएकालाई दुई समूहमा विभाजन गरी एक समूहले सफाइ र अर्को समूहले तिलगङ्गा क्षेत्रका घर÷घरमा छिरेर जनचेतनामूलक अभियान सञ्चालन गरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो । तिलगङ्गा क्षेत्रका घर दैलोमा गई नदीमा फोहर नफालौँ, फोहर फाल्नेलाई कारबाहीको दायरामा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिकपर्ने स्थानमा सहभागी बनौँ भनी जागरणमूलक कार्यक्रम गरिएको सदस्य श्रेष्ठले बताउनुभयो । आजको सफाइ महाअभियान पूर्व सचिव किशोर थापा, एलपी भानु शर्मा, डा राजु अधिकारी लगायतको नेतृत्वमा सम्पन्न भएको थियो । सफाइमा अधिकार सम्पन्न बागमती समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल विज्ञापन सङ्घ, जीवन विज्ञान नेपाल, लायन्स क्लब, न्यानो स्पर्श, एस ट्राभल्स, तिलगङ्गा महिला समूह लगायतको सफाइमा संस्थागत सहभागिता थियो । आजदेखि बागमती सफाइ महाअभियान शङ्खमूल– गुह्येश्वरी खण्डमा केन्द्रित भएको छ । यो खण्डमा बागमती सफाइको २०० औँ हप्तासम्म स्नानयोग्य बनाउन अभियान केन्द्रित गरिएको सफाइ महाअभियानले जनाएको छ । रुद्रमती सफाइको १४९ औँ हप्तामा आज रातोपुल– सिफल हुँदै भण्डारेश्वर महादेव मन्दिर र कालोपुलसम्म सफा गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो । सो स्थानबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, चारुमती मित्र समूह, भण्डारेश्वर व्यवस्थापन समिति, महानगरपालिकाका ७, ९ र ३३ वडा कार्यालयको पनि सफाइमा सक्रियता थियो । महानगरपालिका– ७ नं वडा नागरिक मञ्चले कालोपुलदेखि मित्रपार्कसम्मको सडकलाई फोहरमुक्त घोषणा गरेको सो अवसरमा संयोजक रमेश महर्जनले जानकारी द���नुभयो । आगामी हप्ता रुद्रमती सफाइ सुरु भएको १५० औँ हप्ताका अवसरमा बूढानीलकण्ठदेखि बुद्धनगरसम्मको नदी क्षेत्रमा सफा गरिने समाजले जना��को छ । विष्णुमती सफाइको १२३ औँ हप्तामा आज तारकेश्वर नगरपालिका– १६ स्थित विष्णुमती र महादेवखोलाको दोभान क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाईसँगै यस क्षेत्रमा जनचेतनामूलक कार्यक्रम पनि गरिएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिनुभयो । सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विष्णुमती नदीलाई छुने महानगरपालिकाका वडाका कर्मचारी, नेप्से म्याक प्रालि, आमा समूह, तारकेश्वर नगरपालिका एवम् स्थानीयवासीको सक्रिय सहभागिता थियो । गुह्येश्वरीमाथिको बागमती सफाइको १५१ औँ हप्तामा आज सर्वेश्वर विश्रामस्थल आसपासको बागमती क्षेत्रमा सफाइ गरियो । सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो । यस क्षेत्रको आजको सफाइमा चाल्र्स डाटर्बिन स्कुलका विद्यार्थीले घर घरमा गएर नदीमा फोहर नफाल्न अनुरोध गरे । आजदेखि प्रत्येक हप्ता विद्यार्थीलाई परिचालन गरेर जनचेतना फैल्याइने भएको छ । सफाइमा राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, र माकालबारी टोलसुधार समिति लगायतको सक्रियता थियोे । नख्खुखोला सफाइको ६८ औँ हप्तामा आज सफाइ सम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरियो ।
0 notes
Photo
बाग्मतीबाट अाजमात्रै तेह्र मेट्रिक टन फोहर निकालियाे काठमाडौँ, ९ पुस– उपत्यकाका प्रमुख नदी सफाइ गरी १३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइको एकसय ८९ औँ हप्ताको कार्यक्रम आज गुह्येश्वरीमाथिको बागमती सफाइको एक सय ५० औँ हप्ताको सफाइमै केन्द्रित भएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले जानकारी दिनुभयो । गुह्येश्वरीमाथि सफाइ अभियान सुरु गरिएको एक सय ५० औँ हप्तामा आज गोठाटार र जोरपाटी जोड्ने पुलमुनिको बागमती क्षेत्रमा सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी काठमाडौँ महानगरपालिका, राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज र माकालबारी टोल सुधार समितिलगायत संस्थाको सक्रियता थियोे । सफाइमा कुल ५५० व्यक्तिको सहभागिता रहेको र तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती समितिका वरिष्ठ डिभिजनल इन्जिनियर प्रभात श्रेष्ठले बताउनुभयो । आजको सफाइमा यस क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने सांसद अम्बिका बस्नेत, रामेश्वर फुयाँल र दीपकप्रसाद कुँइकेल पनि सहभागी हुनुहुन्थ्यो । सफाइमा पूर्व सचिव किशोर थापा, महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङलगायतको सहभागिता रहेको समाजका अध्यक्ष एवम् अधिकार सम्पन्न बागमती समितिका सञ्चालक समिति सदस्य उत्तम पुडासैनीले जानकारी दिनुभयो । यसैगरी तिलगङ्गामा तिलगङ्गा महिला समूहले पनि बागमती सफाइ गरेका छन् । यी क्षेत्रमा सरसफाइसँगै जनचेतनामूलक कार्यक्रमसमेत गरिएको उहाँले बताउनुभयो । यस क्षेत्रका घर दैलोमा गई नदीमा फोहर नफालौँ, फोहर फाल्नेलाई कारबाहीको दायरामा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिकपर्ने स्थानमा सहभागी बनौँ भनी जागरणमूलक कार्यक्रम गरिएको थियो । अर्को हप्तादेखि बागमती सफाइ महाअभियान शङ्खमूल– गुह्येश्वरीखण्डमा केन्द्रित हुने भएको छ । यो खण्डमा बागमती सफाइको २०० औँ हप्तासम्म स्नानयोग्य बनाउन ११ हप्ता शङ्खमूल–गुह्येश्वरी खण्डमा सफाइ केन्द्रित गरिने सफाइ महाअभियानका अभियानकर्मी एवम् अधिकार सम्पन्न बागमती समितिका सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले जानकारी दिनुभयो । रुद्रमती सफाइको १४८ औँ हप्तामा आज कालोपुलदेखि भत्केकोपुल हुँदै ज्ञानेश्वरसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका अध्यक्ष वासुदेव मरासिनीले जानकारी दिुनभयो । प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, महानगरपालिकाका ७, ९ र ३३ वडा कार्यालयको पनि सफाइमा सक्रियता थियो । विष्णुमती सफाइको १२२ औँ हप्तामा आज पनि तारकेश्वर नगरपालिका १६ स्थित तारकेश्वर मन्दिर क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विष्णुमती नदीलाई छुने महानगरपालिकाका वडाका कर्मचारी, नेप्से म्याक प्रालि, गायत्री परिवार एवम् स्थानीयवासीको सक्रिय सहभागिता थियो । आजदेखि विष्णुमतीको मुहानस्थल बूढानीलकण्ठमा पनि सफाइ अभियान सुरु गरिएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिनुभयो । विष्णुमतीको मुहानक्षेत्र सफाइ गरी आज एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
0 notes
Photo
फोर्ब्सले निकाल्यो यस्तो नतिजा, घण्टामै ३ लाख कमाउँछन् सलमान एजेन्सी । अमेरिकाको चर्चित म्यागजिन फोर्ब्सले सलमान खानलाई सार्वाधिक कमाई गर्ने बलिउड अभिनेताको अग्रस्थानको सूचिमा राखेको छ । सलमानले एक वर्षमा २ अर्ब ७० करोड ३३ लाख भारु कमाई गरेको उल्लेख गरेको छ । हिसाब गर्दा सलमानको घण्टाको कमाई ३ लाख भारु हुन आउँछ । अघिल्लो वर्ष एक नम्बरमा रहेका अभिनेता शाहरुख खान यो पटक भने दोस्रो स्थानमा पुगेका छन् । उनको यो वर्षको कमाई दुई अर्ब २१ करोड ७५ लाग भारु रहेको छ । फोर्ब्सको सूचिअनुसार तेस्रो स्थानमा क्रिकेटर विराट कोहली रहेका छन् । उनको यस वर्षको आम्दानी एक अर्ब ३४ करोड ४४ लाख भारु रहेको छ । यसअघि भने कोहली सातौं स्थानमा थिए । अघिल्लो वर्षको सूचिमा पाचौँ स्थानमा रहेका अभिनेता आमिर खान यस वर्ष भने टप टेनमा पनि आउन सकेनन् । टप टेनको स्थानमा अक्षय कुमार, महेन्द्र सिंह धोनी, दीपिका पादुकोण, प��रियंका चोपडा, सचिन तेन्दुकर, अमिताभ वच्चन र ऋतिक रोशन रहेका छन् ।
0 notes
Photo
बागमती नदीबाट आजमात्रै १८ मेट्रिक टन फोहर निकालियो काठमाडौँ, २ पुस- उपत्यकाका प्रमुख नदी सफाइ गरी १८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइको १८८ औँ हप्तामा आज बल्खु पुल र तरकारी बजार क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । स्वतःस्फूर्त रुपमा सफाइमा उपस्थित भएकालाई दुई समूहमा विभाजन गरी एक समूहले बल्खुपुल क्षेत्रमा र अर्को समूहले तरकारी बजारमा सफाइ गरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो । सरसफाइसँगै त्यस क्षेत्रमा जनचेतनामूलक कार्यक्रम समेत गरिएको उहाँले बताउनुभयो । बल्खु क्षेत्रका घरदैलोमा गई नदीमा फोहर नफालौँ, फोहर फाल्नेलाई कारबाहीको दायरमा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिकपर्ने स्थानमा सहभागी बनौँ भनी जागरणमूलक कार्यक्रम गरिएको थियो । आजको सफाइ महाअभियान पूर्व सचिव किशोर थापाको नेतृत्वमा सम्पन्न भएको थियो । सफाइमा अधिकार सम्पन्न बागमती समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लोकसेवा आयोगबाट अधिकृत परीक्षा उत्तीर्ण गरी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा तालिम लिइरहनुभएका १०० जना, रोयल ��हकारी, जीवन विज्ञान नेपाललगायत संस्थाको सफाइमा संस्था��त सहभागिता थियो । अर्को हप्तादेखि बागमती सफाइ महाअभियान शङ्खमूल–गुह्येश्वरी खण्डमा केन्द्रित हुने भएको छ । यो खण्डमा बागमती सफाइको २०० औँ हप्तासम्म स्नानयोग्य बनाउन ११ हप्ता शङ्खमूल–गुह्येश्वरी खण्डमा सफाइ केन्द्रित गरिने सफाइ महाअभियानले जनाएको छ । रुद्रमती सफाइको १४७ औँ हप्तामा आज बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा सफा गरिएको रुद्��मती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो । सो अवसरमा मन्दिर परिसरबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, लिटिल फ्लावर स्कुल, महानगरपालिकाका ७, ९ र ३३ वडा कार्यालयको पनि सफाइमा सक्रियता थियो । विष्णुमती सफाइमा महायज्ञ, फोहर नफाल्ने सङ्कल्प विष्णुमती सफाइको एकसय २१ औँ हप्तामा आज तारकेश्वर नगरपालिका– १६ स्थित तारकेश्वर मन्दिर क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइसँगै मन्दिरमा गायत्री परिवार नेपालको सक्रियतामा वैदिक यज्ञ गरी स्थानीयवासीले नदीमा फोहर नफाल्ने सङ्कल्प गरेको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिनुभयो । नख्खुखोला सफाइको ६७ औँ हप्तामा आज नख्खुपुलमुनि सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेप्से म्याक प्रालि, श्रीकुल स्कुल, विश्व सफाइ अभियन्ताद्वय राजमान महर्जन र सुशीला महर्जनको सहभागिता रहेको अभियानकर्मी बलुदेव पाण्डेले बताउनुभयो । गुह्येश्वरीमाथिको बागमती सफाइको एकसय ४९ औँ हप्तामा आज गोठाटार र जोरपाटी पुलमुनिको बागमती क्षेत्रमा सफाइ गरियो । सफाइमा राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, तिलगङ्गा महिला समूह र माकालबारी टोल सुधार समिति लगायतको सक्रियता थियोे । सफाइसँगै नदी किनारमा रोपिएको बिरुवामा पनि गोडमेल गरी पानी हालिएको समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । आगामी हप्ता यस क्षेत्रमा सफाइ सुरु गरिएको एकसय ५० औँ हप्ताका अवसरमा विशेष कार्यक्रमको तयारी भएको पनि उहाँले जानकारी दिनुभयो । रासस
0 notes
Photo
उद्योग दिवस दिवसको अवसरमा पोखरामा निकालियो प्रभातफेरि पोखरा, १० मंसिर- औद्योगिक क्षेत्रमा लगानी, समृद्धिको सुनौलो बिहानी नाराका साथ नेपालमा पहिलो पटक विहीबार उद्योग दिवस मनाईएको छ । सरकारले हरेक वर्ष मंसीर ९ गते उद्योग दिवस मनाउने निर्णय गरे अनुरुप पोखरामा पनि प्रभातफेरि कार्यक्रम गरि यो दिवस मनाईएको हो । घरेलु तथा साना उद्योग कार्यालयको अगुवाईमा पोखरामा सृजनाचोकदेखि पोखरा सभागृहसम्म प्रभातफेरि कार्यक्रम आयोजना गरियो । पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, महिला उद्यमी संघ कास्की, कास्की पोखरा हस्तकला संघका प्रतिनिधिको ¥यालीमा सहभागिता रहेको थियो ।¥यालीपछि आयोजित सभामा बोल्दै प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले मुलुक समृद्धिको आधार नै औद्योगिक विकास भएको भन्दै सरकारले पनि लगानीको वातावरण सिर्जना गर्न तत्पर हुनुपर्ने बताए । पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले दर्ता नभई सञ्चालित उद्योग व्यवसायले कर छली गर्ने र राष्ट्रलाई कुनै योगदान नदिने बताउँदै उनीहरुलाई निरुत्साहित गर्ने गरी सरकारले कदम चाल्नुपर्ने बताए ।लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बाबुराम गिरीले अनुत्पादक क्षेत्रमा ठूलो लगानी खर्च भएको हुँदा लगानी उद्योग व्यवसायमा भए मुलुक हितमा रहेको बताए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख विष्णुहरि गौतमले स्वागत गरेका थिए।
0 notes
Photo
नेपाल बन्दको पूर्वसन्ध्यामा विप्लव माओवादीले निकाल्यो पोखरामा मोटरसाइकल र्याली पोखरा, २७ कात्तिक- मंहगी, भ्रष्टाचार र खाद्य सम्प्रभुताको बिषयमा आन्दोलनरत नेकपा (माओवादी) कास्कीले नेपाल वन्दको पूर्व सन्ध्यामा पोखरामा बृहत् मोटरसाईकल र्याली निकालेको छ । आज लखनचोक स्थित पार्टी कार्यालयबाट सुरु भएको बृहत् मोटर साइकल र्याली नयाँबजार,महेन्द्रपुल,पिएन क्यामपस, हरि चोक, पर्स्याङ, जिरो हलन चोक लेकसाइड, तमु ह्हुय्ला चोक विरौटा, एयरपोर्ट, लखन चोक हुँदै अमरसिंह चोकमा गएर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै जनपरिषद कास्कीका प्रमुख नन्दप्रसाद तिवारी क. ज��नले नेपाल बन्द आन्दोलनको अन्तिम बिकल्प रहेको बताए । खाद्यमा रहेको भष्टाचार महगी र खाध सम्प्रभुताको बिषयलाई लिएर पार्टीले भाद्र २० गते देखि नै धर्ना, प्रचारात्मक आन्दोलन गर्दै सरकारलाई सचेत गराएको पनि बताए । तर यो मुलुकका शासक वर्गले हामीलाई नटेरेकोले जनताकै खाद्य सम्प्रभुताको अधिकारको निम्ति नेपाल बन्दको विकल्प रोजेको बताए । भोलीको नेपाल बन्द जनताको अधिकारकै लागि भएकोले र कसैले बन्दको विरुद्धमा कुनै खाले गतिविधि गरेमा राज्य नै जिम्मेवार रहने बताईएको छ ।
0 notes
Text
महिलाको पित्तथैलीबाट निकालियो १२ हजार पत्थरी
एकजना महिलाको पित्तथैलीबाट डाक्टरले झण्डै १२ हजारवटा पत्थरी निकालेर विश्व ��िर्तिमान कायम गरेका छन् । भारतको कोलकातास्थित देवदूत सेभायान अस्पतालमा ५१ वर्षकी मिनाती मण्डलको सरीरबाट ११ हजार ९५० वटा पित्तथैलीको पत्थरी निकालिएको हो ।
लामो समयदेखि पेट तथा छाति दुख्ने र पोल्ने समस्याबाट पीडित रहेकी मण्डल दुइ हप्ताअघि अस्पताल भर्ना भएकी थिइन् । अल्ट्रासाउण्डका क्रममा डाक्टरहरुले उनमा निकै जटिल…
View On WordPress
0 notes