#नतज
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक भक्तपुर, २३ माघ- राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको कक्षा ११ को मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उतीर्ण भएको जानकारी दिनुभयो । परीक्षामा कुल ५३ हजार ५०७ जना परीक्षार्थी सहभागि भएकोमा ४६ हजार १४३ जना परीक्षार्थी उतीर्ण भएको उहाँले जानकारी दिनुभयो । बोर्डले कक्षा ११ को नियमित परीक्षामा एक विषयमा अनुतीर्ण भएका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गरेको थियो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
फोर्ब्सले निकाल्यो यस्तो नतिजा, घण्टामै ३ लाख कमाउँछन् सलमान एजेन्सी । अमेरिकाको चर्चित म्यागजिन फोर्ब्सले सलमान खानलाई सार्वाधिक कमाई गर्ने बलिउड अभिनेताको अग्रस्थानको सूचिमा राखेको छ । सलमानले एक वर्षमा २ अर्ब ७० करोड ३३ लाख भारु कमाई गरेको उल्लेख गरेको छ । हिसाब गर्दा सलमानको घण्टाको कमाई ३ लाख भारु हुन आउँछ । अघिल्लो वर्ष एक नम्बरमा रहेका अभिनेता शाहरुख खान यो पटक भने दोस्रो स्थानमा पुगेका छन् । उनको यो वर्षको कमाई दुई अर्ब २१ करोड ७५ लाग भारु रहेको छ । फोर्ब्सको ��ूचिअनुसार तेस्रो स्थानमा क्रिकेटर विराट कोहली रहेका छन् । उनको यस वर्षको आम्दानी एक अर्ब ३४ करोड ४४ लाख भारु रहेको छ । यसअघि भने कोहली सातौं स्थानमा थिए । अघिल्लो वर्षको सूचिमा पाचौँ स्थानमा रहेका अभिनेता आमिर खान यस वर्ष भने टप टेनमा पनि आउन सकेनन् । टप टेनको स्थानमा अक्षय कुमार, महेन्द्र सिंह धोनी, दीपिका पादुकोण, प्रियंका चोपडा, सचिन तेन्दुकर, अमिताभ वच्चन र ऋतिक रोशन रहेका छन् ।
0 notes
nepal123 · 8 years ago
Text
नमुना जनमतको नतिजाः संसोधनको विपक्षमा अत्यधिक मत
नमुना जनमतको नतिजाः संसोधनको विपक्षमा अत्यधिक मत
८ पुस, गुल्मी । ��रकारले पाँच नम्बर प्रदेशबाट पहाड र तराईका जिल्ला छुट्याउने गरी ल्याएको संविधान संसोधन विधयेकबारे गुल्मीमा भएको नमुना जनमत संग्रहको नतिजा सार्वजनिक भएको छ । ११८ यात्रु सवार विमान अपहरण गुल्मी सदरमुकाम तम्घासमा सकिएको मतगणना अनुसार संसोधन प्रस्तावको बिपक्षमा ५ हजार ८ र पक्षमा जम्म ४९ मत खसेको थियो । संयुक्त युवा विद्यार्थीको आयोजनामा मंसिर ३० गते भएको मतदानमा ५ हजार १ सय १०…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
महिला संघको भोटिङ विद्युतीय मेसिनबाट हुने, साँझसम्म नतिजा अाउने काठमाडौं, भदौ ३१ । कांगेस निकट नेपाल महिला संघको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुदैछ । ६९ वर्षपछि तेस्रो महाधिवेशन गरेको संघको नयाँ नेतृत्वका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर बीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । महिला संघको निर्वाचनमा विद्युतीय मेसिनबाट भोटिङ हुने भएको छ । मनोनित सदस्यले उम्मेदवार बन्न नपाउने सम्बन्धी विवाद समाधान भएसंगै निर्वाचन समितिले तीव्रताका साथ मतदानको तयारी थालेको छ । राष्ट्रिय सभागृहमा बिहान ९ः३० बजेदेखि नै मतदान सुरु हुने जनाइए पनि विद्युतीय मेसिनका कारण मतदानमा केही ढिलाइ भएको निर्वाचन समितिका संयोजक यदुनाथ खनालले जानकारी दिए । विद्युतीय मेसिनका कारण प्राविधिक समस्या हुन गएकाले केही ढिलागरी मतदान हुन लागेको उनले बताए । तर मतदान विद्युतीय मेसिनबाट मतदान हुँदा छिट्टै सकिने र रातिसम्मै मतपरिणाम आउने खनालले बताए।  विद्युतीय मेसिनमा भोट राख्न कुनै समस्या हुन्छ कि भनेर बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरुलाई सिकाउने काम भएको थियो । दिउँसो ३ बजेसम्म मतदान गर्ने समय तोकिए पनि लाइनमा बसेकाले त्यसपछि पनि मतदान गर्न पाउने उनले बताए । महाधिवेशनमा २११२ प्रतिनिधिले मतदान गर्न पाउनेछन् । काँग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको संयुक्त प्यानल बनाएका छन् । देउवा–सिटौला पक्षबाट अध्यक्षमा उमा रेग्मी र महासचिवमा धना खतिवडा प्रतिस्पर्धामा छन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलका तर्फबाट मीना पाण्डे नेतृत्वको टिम चुनावी मैदानमा छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
कक्षा १२ को नतिजा प्रकाशित भक्तपुर, २७ भदौ- उच्च माध्यमिक शिक्षा परिषदले लिएको कक्षा १२ को परीक्षाफल सोमबार प्रकाशित भएको ��� । प्रकाशित नतिजा अनुसार नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत उत्तिर्ण भएका छन् । त्यस्तै आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत उत्तिर्ण भएका छन् । नियमिततर्फ सहभागी एक लाख ७५ हजार पाँच सय ९३ जनामध्ये ८४ हजार पाँच सय ९३ जना उत्तिर्ण भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आंशिकतर्फ एक लाख २३ हजार एक सय ८१ जना सहभागी भएकोमा ४८ हजार सात सय ६३ जना उत्तिर्ण भएका छन् । एक विषयसम्म अनुत्तिर्ण भएकाको मौका परीक्षा कात्तिक ६ गते हुनेछ ।
0 notes
nepal123 · 9 years ago
Text
एसएलसीको नतिजा अब लेटर ग्रेडिङ प्रणालीमा सार्वजनिक गरिने  
२५ मंसिर, भक्तपुर । सरकारले यस वर्षदेखि प्रवेशिका परीक्षाको नतिजा लेटर ग्रेडिङ अर्थात् अक्षराङ्क प्रणालीमा सार्वजनिक गर्ने भएको छ । (more…)
View On WordPress
0 notes