#गदवरम
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
गोेदावरीमा जैविक विविधता उद्यान स्थापित ललितपुर, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय गोदावरीमा स्थापित ‘जैविक विविधता शैक्षिक उद्यान’ पर्यटक, पर्यावरण र भावी सन्ततिका लागि अध्ययन केन्द्र बन्न सक्ने बताउनुभएको छ । राष्ट्रिय वनस्पति उद्यानद्वारा आज आयोजित नेपाल–बेलायत दौत्य सम्बन्ध कायम भएको २०० वर्षका अवसरमा निर्मित उद्यानको उद्घाटन गर्दै उहाँले जैविक विविधताले जलवायुबाट आएको नकारात्मक असरलाई कम गर्न र प्रकृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सकिने बताउनुभयो । सो अवसरमा वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले जैविक विविधता मानव तथा वातावरण चक्रका लागि अपरिहार्य रहेको बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनवहादुर शाहीले उद्यान आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षण हुने विश्वास व्यक्त गर्नुभयो । वनस्पति विभागका महानिर्देशक राजदेवप्रसाद यादवले उद्यान स्थापनाले रोजगारीको सिर्जना, अध्ययनको वातावरण तथा पर्यटक आगमनमा थप मद्दत पुग्ने बताउनुभयो । नेपालका लागि बेलायती राजदूत रिचर्ड मरिसले नेपालसँग बेलायतको सम्बन्ध दिगो रुपमा कायम रहने विश्वास व्यक्त गर्नुभयो । उद्यानको स्थापना बेलायती सहयोगमा भएको बताइएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
नेपाल–बेलायत कूटनीतिक सम्बन्ध दुई सय वर्ष पुगेका अवसरमा  गोदावरीमा जैविक विविधता शैक्षिक उद्यान स्थापना काठमाडौँ, ३ असोज । सरकारले नेपाल–बेलायत कूटनीतिक सम्बन्ध दुई सय वर्ष पुगेका अवसरमा ललितपुरको गोदावरीमा ‘जैविक विविधता शैक्षिक उद्यान’ स्थापना गरेको छ । वन तथा भूसंरक्षण मन्त्रालय, वनस्पति विभागले स्थापना गरेको उक्त उद्यानको औपचारिक उद्घाटन भने यही असोज ६ गते हुनेछ । गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानभित्र स्थापित सो उद्यानको तयारीका बारेमा आज वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले अवलोकन तथा निरीक्षण गर्नाका साथै सम्बन्धित कर्मचारीलाई आवश्यक सुझाव, सल्लाह र निर्देशन दिनुभयो । बेलायतको प्राविधिक सहयोगमा निर्मित सो उद्यान हिमाल, पहाड र तराई तीनै क्षेत्रमा पाइने ८८ प्रजातिका विविध वनस्पति वृक्षरोपण गरी तयार पारिएको वनस्पति विभागका महानिर्देशक राजदेवप्रसाद यादवले राससलाई जानकारी दिनुभयो । सानो क्षेत्रफलमा विविध वनस्पति रहेको सो उद्यान १.३ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने उद्यानभित्र २५ प्रजातिका विशेष वनस्पतिमा विस्तृत जानकारीका लागि सूचनापाटी राखिएको छ । सो उद्यान वनस्पति विज्ञानसम्बन्धी अध्ययन गर्ने विद्यार्थी र शोधकर्ताका लागि ज्यादै उपयोगी हुने र यसले गोदावरी क्षेत्रमा आउने पर्यटकको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि हुने उहाँले बताउनुभयो ।
0 notes